अमेरिकामा भारतीय मूलका नागरिकहरूविरुद्ध बढ्दो घृणात्मक अभिव्यक्तिको बीच एक अमेरिकी दक्षिणपन्थी पत्रकारले दिएको बयानले तीव्र विवाद जन्माएको छ। - Sajha Mobile
SAJHA MOBILE
अमेरिकामा भारतीय मूलका नागरिकहरूविरुद्ध बढ्दो घृणात्मक अभिव्यक्तिको बीच एक अमेरिकी दक्षिणपन्थी पत्रकारले दिएको बयानले तीव्र विवाद जन्माएको छ।
Posts 1 · Viewed 2116 · Go to Last Post
ojhasamajdhangadhi
· Snapshot 0
Like · Likedby · 0
अमेरिकामा भारतीय मूलका नागरिकहरूविरुद्ध बढ्दो घृणात्मक अभिव्यक्तिको बीच एक अमेरिकी दक्षिणपन्थी पत्रकारले दिएको बयानले तीव्र विवाद जन्माएको छ।
अमेरिकी पत्रकार तथा दक्षिणपन्थी अभियन्ता Matt Forney ले अमेरिकामा बसोबास गर्ने सबै भारतीय मूलका नागरिकलाई देशनिकाला गर्नुपर्ने अभिव्यक्ति दिएका छन्। सामाजिक सञ्जाल एक्स (X) मा हालै पोस्ट गरिएको (पछि हटाइएको) सन्देशमा उनले सन् २०२६ मा भारतीय समुदाय र हिन्दू मन्दिरहरू लक्षित हिंसात्मक आक्रमण बढ्ने दाबी गर्दै “उनीहरूको ज्यान जोगाउन सबै भारतीयलाई अमेरिका बाट निकालिनुपर्छ” भन्ने टिप्पणी गरेका थिए।

फोर्नीले भारतीयहरूविरुद्धको घृणा आगामी वर्ष चरम सीमामा पुग्ने दाबी गर्दै भारतीय मूलका व्यक्तिहरू, उनीहरूका घर, व्यवसाय र मन्दिरहरू बम आक्रमण तथा सामूहिक गोलीकाण्डको जोखिममा पर्ने चेतावनी दिएका थिए। आफूलाई “अमेरिकामा शान्ति चाहने व्यक्ति” भन्दै उनले “DEI: Deport Every Indian (सबै भारतीयलाई देशनिकाला गर)” भन्ने नारा समेत प्रयोग गरेका थिए।
भारतीयविरुद्ध घृणात्मक टिप्पणीका कारण चर्चामा आइरहने फोर्नी यसअघि पनि आप्रवासी विरोधी अभिव्यक्तिका कारण आलोचित हुँदै आएका छन्। उनी भारतीय आप्रवासी तथा H-1B भिसा कार्यक्रमको खुलेर विरोध गर्दै आएका छन्। हालै भारतीय–अमेरिकी नागरिक क्रुति पटेल गोयल Etsy को सीईओ नियुक्त भएपछि पनि उनले “अयोग्य भारतीयले अमेरिकी कम्पनी कब्जा गर्यो” भन्दै विवादास्पद टिप्पणी गरेका थिए। यिनै अभिव्यक्तिका कारण उनलाई अमेरिकी सञ्चार संस्था The Blaze बाट हटाइएको थियो।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि आप्रवासीविरोधी र विशेष गरी भारतीय मूलका नागरिक लक्षित घृणात्मक भाष्य झनै चर्किएको विश्लेषकहरू बताउँछन्। ‘सेन्टर फर द स्टडी अफ अर्गनाइज्ड हेट’ का अनुसार पछिल्लो एक वर्षमा सामाजिक सञ्जालमा भारतीयविरुद्ध नस्लवादी र विदेशीद्वेषी पोस्टहरू तीव्र रूपमा बढेका छन्। सन् २०२५ को अक्टोबरमा मात्रै करिब २,७०० यस्ता पोस्टहरू दर्ता गरिएको सीएनएनको एक रिपोर्टले जनाएको छ।
फोर्नीको हटाइएको पोस्ट सामाजिक सञ्जालमा व्यापक आलोचनाको विषय बन्यो। धेरै प्रयोगकर्ताले यसलाई प्रत्यक्ष हिंसाको धम्कीका रूपमा व्याख्या गर्दै कडा आपत्ति जनाए। केहीले उनलाई “हिंसा उक्साउने भाषा प्रयोग गरेको” आरोप लगाउँदै अमेरिकी संघीय अनुसन्धान ब्युरो (FBI) लाई समेत ट्याग गरेका
कञ्चनपुर उद्योग वाणिज्य संघको १८औँ अधिवेशनबाट अध्यक्ष पदमा दिनेश मल्ल सर्वसम्मत निर्वाचित भएका छन्।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र प्रकाश साउद, उद्योग उपाध्यक्षमा तेजबहादुर चन्द, वाणिज्य उपाध्यक्षमा गणेश चटौत, महासचिवमा राहुल भट्ट तथा सचिवमा नरेन्द्र प्रसाद जोशी (एनपी) सर्वसम्मत निर्वाचित भएका छन्।
कोषाध्यक्ष पदका लागि भने मनोज भट्ट (मिन), प्रदीप पाल र सिद्ध राज भट्ट गरी तीन जनाको उम्मेदवारी परेको छ। उम्मेदवार मनोनयनको समय समाप्त भइसकेको छ भने आइतबारसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको छ। आइतबारसम्म कोषाध्यक्ष पदमा समेत सर्वसम्मत टुंगो लाग्ने विश्वास गरिएको छ।
त्यसैगरी संघको सदस्य पदमा ७ जना आवश्यक रहेकामा १४ जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारी फिर्ताको समय अझै बाँकी रहेकाले सदस्य पदमा पनि सर्वसम्मत चयनका लागि प्रयास गरिने संघले जनाएको छ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 114
· Posts 1 · Viewed 118
· Posts 1 · Viewed 229
· Posts 1 · Viewed 302
· Posts 1 · Viewed 239
· Posts 1 · Viewed 255
· Posts 1 · Viewed 399 · Likes 1
· Posts 1 · Viewed 446
· Posts 1 · Viewed 325
· Posts 1 · Viewed 503



Travel Partners
Travel House Nepal