[Show all top banners]

japss
Replies to this thread:

More by japss
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पैसा हुनेकी छोरी 'लिटिल लेडी'
[VIEWED 7988 TIMES]
SAVE! for ease of future access.
Posted on 12-17-12 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भक्तपुर, पुस ३ - स्कुले विद्यार्थीलाई लिटिल लेडी बनाउने भन्दै फेसन लाइन नामक संस्थाले सर्वसाधारण ठगी गरिरहेको छ । प्रतिस्पर्धा गर्न कम्तीमा १५ हजार रुपैयाँको टिकट किन्नुपर्ने नियम बनाएर ठगी गरेको हो । एउटा टिकटको १० रुपैयाँ तोकिएको छ र एक रुपैयाँ बराबर एक भोट हुने नियम बनाएको छ ।

टिकट बिक्री गरेका आधारमा भोट गणना हुने प्रतिस्पर्धी विद्यार्थीलाई बताएपछि अभिभावकले धेरै रकम खर्चेर टिकट किन्नुपर्ने बाध्यता सिर्जना गरेको छ । छैटौं 'सिजन' दिएको लिटिल लेडीमा २६ जना सहभागी छन् । टिकटका आधारमा भोटिङ गन्ने भएपछि एक प्रतिस्पर्धीका अभिभावकले कम्तीमा पनि १५ हजारको टिकट खरिद गरेको एक अभिभावकले जानकारी दिए । पीडित अभिभावकले भने, 'यस्तो गर्ने हो भने जोसँग धेरै पैसा छ उसको छोरी लिटिल लेडी हुने पक्का भयो ।'

प्रतियोगिताबाट बालिकाको व्यक्तित्व विकास, बोल्न सक्ने क्षमता बढाउने भनिए पनि आयोजकले २६ जनासँग कम्तीमा पनि ३ लाख ९० हजार बराबरको टिकट भिडाएका छन् । सरकारी कार्यालयका कर्मचारी रहेका अभिभावकले यस्ता टिकट सेवाग्राहीलाई समेत किनाउने गरेका छन् । पहुँच हुनेले टिकट बिक्री गरे पनि पैसा नहुनेले आफंै तिर्ने गरेका छन् ।

जसले धेरै टिकट बिक्री गर्न सक्छ उसको धेरै मत कायम हुने आयोजकले जानकारी गराएपछि आर्थिक भार परेको एक अभिभावकले जानकारी दिए । 'प्रतिस्पर्धीको क्षमता अभिवृद्धिभन्दा पनि कसरी कमाउन सकिन्छ ? भन्ने उद्देश्यले कार्यक्रम गरेको पाइयो,' एक अभिभावकले भने, 'पैसामा बार्गेनिङ हुने थाहा पाएको भए छोरीलाई पठाउने थिइनँ ।'

टिकटका आधारमा भोटिङ हुने भएपछि पैसा हुनेले धेरै टिकट खरिद गर्ने गरेका छन् । ४५/६५/०६८/०६९ दर्ता नम्बर रहेको टिकटमा ३०५४९७३८७ प्यान नम्बर उल्लेख छ । लिटिल लेडीका संयोजक प्रल्हाद केसीले कार्यक्रमको खर्च उठाउन यस्तो व्यवस्था गरेको बताए । 'ठूलै कार्यक्रम भएको भए, एसएमएस भोटिङ गथ्र्यौं । सानो हलमा हुने भएकाले नगदमा गरेका हौं,' उनले भने । धेरै मत ल्याउनेलाई 'मत पपुलर अवार्ड' को समेत व्यवस्था गरेको उनले दाबी गरे । विजेतालाई ल्यापटप, आइप्याडको व्यवस्था गरेको उनले बताए ।

उक्त संस्थाले प्रतिस्पर्धीसँग सुरुमा नाम दर्ता गराउँदा पाँच हजार रुपैयाँ लिने गरेको छ । २६ जनाको १ लाख ३० हजार रुपैयाँ संकलन गरिसकेको छ । 'यो पैसाले तालिम, खाजा र पोसाकको व्यवस्था

गर्न सकिन्छ,' केसीले भने, 'छनोट सकिँदासम्म तीन लाख रुपैयाँ खर्च हुन्छ । स्पोन्सर पाइँदैन । त्यसैले प्रतिस्पर्धीलाई भोटका लागि टिकट बिक्री गर्ने गरेको हो ।' काठमाडौं, भक्तपुर र ललितपुरका स्कुलमा अध्ययनरत ९ देखि १२ वर्ष उमेर समूहका विद्यार्थीलाई यस्ता प्रतिस्पर्धामा सहभागी गराउने गरिएको छ । मंसिर २ गतेदेखि तालिम सुरु गरिएको हो । पुस ८ गते अन्तिम प्रतिस्पर्धाको कार्यक्रम तय गरिएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले यसबारे आफूलाई जानकारी नभएको बताए । 'अहिलेसम्म कसैले गुनासो गर्न आएका छैनन् । यदि कसैले टिकट बिक्री गरेर ठगी गरेको पाइए कारबाही हुन्छ,' उनले भने ।


 
Posted on 12-17-12 11:14 PM     [Snapshot: 148]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chilaune ra kanyaune thikka milya chan. Bharkhar kaa nani mlai kina ramp ma kudayera modeling garauna paryo. Chemytaa briddi re. Bhutro.
Khai anuradha koirala le kailai ramp ma hidinan ta. Na dr baskota mr nepal nai hun.
Yesto waiyaat karyekram chai banda huna parchha. Naya nepal maa
 
Posted on 12-18-12 12:25 AM     [Snapshot: 260]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kuro sahi ho ..


 
Posted on 12-18-12 2:35 PM     [Snapshot: 640]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमाने हजार उपाय मद्दे एक निकालेछन |  अनि यो होडबाजीमा लाग्ने हरु आफ्नो लगौटिको लम्बाईको हिसाब नराखी दायाबाया गर्दा उदाङ्ग आफै पर्छन | 

हुन् त हो , सबै अभिभावकले सपना छोरा छोरी बाट पुरा गर्न खोज्छन, अनि नया खेलाडीले तेही सपना खेल लाइ नगदिकरण गर्दै छ | घाटी हेरेर हाड निल्नु पर्ने कुरा आफैले सम्झने कुरा हो |

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters