ashishme
Replies to this thread:
More by ashishme
What people are reading
Subscribers
Please log in to subscribe to ashishme's postings.
:: Subscribe
|
६ अर्बको ठेक्का नपाउँदा कैलाश आक्रोशित
|
[VIEWED 8701
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ashishme
Please log in to subscribe to ashishme's postings.
Posted on 01-31-13 6:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
६ अर्बको ठेक्का नपाउँदा कैलाश आक्रोशित
अर्जुन पन्त
काठमाडौं, माघ १८– माओवादीविरोधी समाचारलाई प्रमुखताका साथ प्रकाशित गर्दै आफ्नो ‘व्यावसायिक धर्म’ निर्वाह गरिरहेका कान्तिपुरका मालिक कैलाश सिरोहियाले विमानस्थको ठेक्का लिन के–के गरेका रहेछन् ? शुक्रबार प्रकाशित हुने जनआह्वानले ठेक्का आफूले नपाएपछि कैलाशले कान्तिपुरमा बाबुराम भट्टराई नेतृत्वको सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्का भारतीय कम्पनीलाई दिन थालेको र यसले सुरक्षा संवेदनशिलतालाई बिर्सेको समाचार प्रकाशित गराएको दाबी गरेको छ ।
पत्रिकाको अनुसार गत असारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, सुधार र व्यवस्थापनका लागि भनी भारतीय निजी कम्पनी (इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज) लाई निर्माण स्वामित्व सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीअन्तर्गत जिम्मा दिनका लागि नेपाल सरकारले लगानी बोर्डमार्फत सम्झौता गर्ने तयारी गरिरहेको थियो । यसका पछाडि भारतीय चासो के हो भन्ने प्रश्न उठेको थियो, त्यसबेला । तर, यसमा भारतीय भन्दा कान्तिपुरका मालिकको ठूलो चासो रहेको सम्बद्ध स्रोतहरूले जानकारी दिएका छन् ।
यो ठेक्का दिलाउन कैलाशले भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेजका प्रतिनिधि बोकेर प्रधानमन्त्री डा.बाबुराम भट्टराई, नागरिक उड्डयन मन्त्री र लागनी बोर्डका सदस्यहरूलाई भेटेर लबिङ गरेका थिए । ६ अर्बको ठेक्का भारतीय कम्पनीलाई दिलाउन ठूलो लबिङ गरेका कैशालले यसबाट करोडांै रकम कमिसन लिने दाउ खेलेका थिए । तर, प्रधानमन्त्रीले कैलाशको लबिङका पछाडिको ‘गेमप्लान’ थाहा पाएपछि यो ठेक्कालाई गम्भीरतापूर्वक लिएका थिए । ठेक्का नपाउने निश्चित भएपछि कान्तिपुरले यो प्रकरणको मुख्य समाचार बनाएको थियो र त्यसको सार विमानस्थल ठेक्काले राष्ट्रियता कमजोर बनाएको भन्ने देखाउन खोजिएको थियो ।
कान्तिपुरले भारतीय कम्पनीलाई ठेक्का दिएको नै भनेर नै समाचार लेख्यो तर अहिलेसम्म ठेक्काको कुनै काम अगाडि बढेको छैन । पुष्टि नभएको समाचार लेखेर कान्तिपुरले के गरेको होला ? आम पत्रकारहरू कुरा गर्छन् । यो ‘ब्लयाकमेलिङ’ होला कि व्यावसाियक पत्रकारिता ? दिनरात व्यावसायिक पत्रकारिताको ढोलक बजाउनेहरूले यो कुरा किन नगरेका होलान् ? विमानस्थलमा कोही पत्रकार पुग्दाबित्तिकै त्यहाँका कर्मचारीहरूले यस्तो टिप्पणी गर्ने गरेका छन् ।
विस्तृत समाचारको लागि शुक्रबार प्रकाशित हुने जनआह्वान हेर्नुहोस् वा हामीसँगै रहनुहोस्
|
| |
|
|
|
|
dabanng
Please log in to subscribe to dabanng's postings.
Posted on 01-31-13 10:48
PM [Snapshot: 553]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
din nayekomatrai hola, bastab ma patrakar bhaneko undisputed king ho, kasle k garna sakcha ra
|
| |
|
|
saileshsingh
Please log in to subscribe to saileshsingh's postings.
Posted on 01-31-13 11:08
PM [Snapshot: 578]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
kamayo kamayo kailash sir le, yestai ho ni, dimag sahi thau ma lagayo bhane dubai hat ma [Disallowed String for - bad word]o.
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| TPS to F1 Status. |
| NRN card pros and cons? |
| TPS To F-1 COS |
| TPS Sakiyo Tara Case is in Court. |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Need Help of IT consultancies |
| Nepal TPS decision |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| Any input on remote jobs(IT related or Sales or Marketing)? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 2020 : Why No Trump ! |
| Nepal Likely to Get 60-Day TPS Notice |
| Nepal TPS has been Extended !!! |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| #MAGA#FAFO is delicious |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|