[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 धौलीगंगाका कारण दार्चुला बग्यो’
[VIEWED 7766 TIMES]
SAVE! for ease of future access.
Posted on 06-20-13 7:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

धौलीगंगाका कारण दार्चुला बग्यो’

 

4
 

६ असार, काठमाडौं । राजनीतिक पार्टीका नेता र सरोकारवालाहरुले हालै दार्चुलामा आएको बाढी प्राकृतिक प्रकोप नभएर भारतीय पक्षले धौलीगंगा हाइड्रोपावरका ढाका खोलिदिएपछि भएको बताएका छन् । संवाद डबलीले बिहीबार राजधानीमा गरेको अन्तरसंवाद कार्यक्रममा उनीहरुले सरकारका मन्त्रीले धौलीगंगाको पानीले होइन भन्ने अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरे ।

नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र बडुले बर्षा पहिलो कारण भएपनि धौलीगंगा दोस्रो कारण भएको बताउनुभयो । ‘एकाएक महाकाली नदीमा पानीको बहाव बढ्यो, बुझ्दा त भारतीय पक्षले धौलीगंगा परियोजनाका ढाका खोलेपछि आएको रहेछु, प्रवक्ता बडुले भन्नुभयो, ‘परराष्ट्रमन्त्रिलाई सम्पर्क गरे, वास्ता गरेन, प्रमुख जिल्ला अधिकारीले मन्त्रीलाई जानकारी गराउदा उल्टै पो हकारेछन् मन्त्रीजीले ।’ उहाँले भारतीय पक्षले धौलीगंगा परियोजना निर्माण गर्दा नेपाली पक्षसँग लिनुपर्ने सहमति पनि नलिएको बताउनुभयो । सरकारसँग आफूहरुले सर्वपक्षिय समिति बनाएर जाउँभन्दा पनि नमानेकोमा आश्चर्य लागेको प्रवक्ता बडुले बताउनुभयो ।

एमाओवादीका नेता लेखराज भट्टले दार्चुलाको क्षति भारतका हेपाह प्रवृति र नेपाल नेता र राज्यको कमजोरीले भएको बताउनुभयो । ‘दार्चुलाको क्षेती मौसमले मात्र भएको होइन, भारतले मनपरि गर्दै बनाएको धौलीगंगा जलविद्युत परियोजनाका ढोका विना जानकारी खोलिदिएपछि भएको हो ।’ मन्त्रीले भारतका कारण धौलीगंगाका कारण होइन सार्वजनिक रुपमा भनेकोप्रति भट्टले आपत्ति जनाउनु भयो ।

कार्यक्रममा नेकपा-माओवादीका केन्द्रीय सदस्य शरदसिंह भण्डारीले दार्चुलाको क्षेती प्राकृतिक प्रकोप नभएर भारतको एनएचपिसि लिमिटेडले जानकारी नगराई धौलीगंगाका ढोका खोलेपछि आएको बाढीले दार्चुला बगाएको बताउनुभयो । ‘भारत सरकारले उक्त कम्पनिलाई कार्वाही गर्नुपर्छ र क्षतिपुर्ति दिन लगाउनुपर्छु, भण्डारीले भन्नुभयो, पूर्व सभासद् तथा बाढी पीडित गोपालसिंह बोहराले भारतीय पक्षले नेपालसँग सहमति नलिइ धौलीगंगा परियोजना निर्माण गर्दा महाकाली नदीमा बनाएको तटबन्दका कारण दार्चुला बगेको बताउनुभयो ।

पूर्व जलस्रोत सचिव डा. द्वारिकानाथ ढुङ्गानाले धौलीगंगाले दार्चुलाबासीलाई घारबारविहीन गराएको हैन भन्ने मन्त्रीको भनाईप्रति आपत्ति जनाउनु भयो ।

- See more at: http://www.onlinekhabar.com/2013/06/84278/#sthash.wWxEmorO.dpuf
 
Posted on 06-20-13 3:53 PM     [Snapshot: 160]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

We know that our leaders are useless on this case. They will repeat some of the cliched lines in front of the citizens but when confronting India, they will do about turn and walk back saluting.

Is there anything the social media can do on this? What happened in Darchula should be felt by the entire Nepali community. Should we do more digging on this, whether it was actually because of the Dhauliganga dam?
 
Posted on 06-20-13 6:38 PM     [Snapshot: 263]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 What the heck? Hepna samma hepyo dhoti harule hamilai, hamra nepali daju bhai ko jyan gayo yini haru ko dam le garda, sarkar aajai maun, napunsak sarkar
 
Posted on 06-22-13 6:05 AM     [Snapshot: 395]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

करोडपतिको सडक बास

 
(1 Vote)
 
 
 
 
Flood
 
 


दार्चुला, असार ८ - खलंगा ४ का विसनसिंह ठगुन्ना पाँच व्यवसायका मालिक थिए । एउटै छानामुनि चलेका जीवन टे्रडस एन्ड सप्लायर्स, ठगुन्ना एजेन्सी एन्ड सप्लायर्स, नौघरी टे्रडस एन्ड सप्लायर्स, रूप इन्टरप्राइजेज एन्ड सप्लायर्स र न्यू महालक्ष्मी एन्ड सप्लायर्स महाकालीको बाढीले एकै गाँस बनाइदियो ।

अब उनीसँग ठूलो व्यवसायको मालिक भएको महसुस गर्ने आधार बाँकी छैन, वर्षौंदेखिको लगानी महाकालीमा बग्यो । साढे ५ करोडको घर आँखै अगाडि बालुवामा परिणत भयो ।

बस्तीमा बाढी पसेको २४ घन्टासम्म उनलाई घर बगाउला भन्ने लागेको थिएन । सामान सार्न समयमै उद्धार टोली आएन, घर ढल्नै लाग्दा आएको प्रहरीले बचाउन सकेन । हतारमा घर बाहिर फालिएका सामान पनि हात परेनन् । उद्धारका नाममा सर्वसाधारणले सामान आ-आफ््नो घर लगेपछि उनको व्यवसायमा चौपटै भयो । पाँच तले घरको ५४ कोठामा सामान थिए । सोही घरमा बस्थे ठगुन्ना र उनका परिवार ।

११ जनाको परिवारमध्ये ४ जना पसलका कामदार थिए, सबै सँगै हुँदा पनि केही सीप लागेन । 'साढे ३ करोडको सामान थियो, बचेका थोरै सानो कोठामा राखेको छु,' उनले भने । दार्चुलावासीलाई दिएको ३३ वर्षको सेवा अब इतिहास भएको छ ।

उनले सामान्य पसलबाट व्यवसाय सुरु गरेका थिए । अहिले बस्ने ठेगान छैन, बाढीबाट बचेको छोरीको घरमा परिवार राखेका छन् । 'दैवको भन्दा भारतको दसा लाग्यो, सडक बास गरायो, यसको छानबिन हुनुपर्छ,' उनको भनाइ छ ।

सरकारका प्रमुख दार्चुला आउँदा उनी खुसी छन् । 'दिएको बचन पूरा होस््, पक्की तटबन्ध बनोस्, यही अपेक्षा छ,' उनी भन्छन् । जिल्ला छोडेर जान नसक्ने बताउने उनी परिवारको जिम्मेवारी पूरा गर्न पुनःस्थापना र त्यसको लागि घर बनाउन जमिन चाहिएको बताउँछन् । बाढी पीडितलाई ३५ हजार नभई बस्ने जमिनको आवश्यकता औंल्याउँदै उनी भन्छन्, 'जमिन आउँछ भने उल्टै ३५ हजार दिन तयार छु ।' ठगुन्न्ा एक्ला पात्र हैनन्, तीन दर्जन बढी घर मालिकको हालत पनि उस्तै छ । हरकसिंह ठगुन्नाका दुई घरका २२ कोठा बगे । ५ तले र २ तले घरमा सबै सामान थिए । सात र्फमबाट कारोबार गर्दै आएका हरकसिंहका दुई घर बगाउँदा ९५ लाख क्षति भयो । २ असार राति साढे २ बजे बाढी आउँदा बचाउन सकिने अवस्था थिएन । 'मस्त निद्रामा हुँदा अरूले उठाइदिए र ज्यान बच्यो,' हरकसिंहले भने ।

उनले ०३८ सालदेखि खलंगामा व्यापार सुरु गरेका थिए । अन्य ठाउँमा बाढीले घर बगाएको दृश्य टेलिभिजनमा देखेका थिए, आँखा अगाडि आफ्नै घर बग्यो । सपनाजस्तो लागेको छ उनलाई । भन्छन्, 'अरूले उठाउँदा यसरी बाढी आएको विश्वास थिएन, बाहिर निस्कँदा घर बग्दै थियो । पाँच तले भवन ढल्दै गर्दा अर्को घर पनि कति बेला बगाउने हो जस्तो लाग्यो ।' भयो पनि त्यस्तै । उनले १० करोड बढीको कारोबार गर्दै आएका थिए । कति नदीले बगायो लेखाजोखा गर्न सकेका छैनन् । 'बगेको सामानको क्षतिपूर्ति दिने कतैबाट संकेत आएको छैन, एजेन्सीले पनि अहिलेसम्म कुरा गरेको छैन,' उनले भने । आफू सडक बास बस्न तयार भएको तर पक्की तटबन्ध र भारतीय परियोजनाबारे अन्तर्राष्ट्रिय मुद्दा हुनुपर्ने उनले थपे । बाँध नखोल्दा ०५२ सालको बाढीले कुनै असर नगरेको बताउने उनी भन्छन्, 'आफ््ना नागरिक बचाउन खोलेर भारतले हाम्रो उठिबास गरायो ।'

सोही क्षेत्रमा जोडिएर बनेका तीन तले घरहरू हेर्दाहेर्दै बगेका थिए । दिउँसै हजारौंको उपस्थितिमा भारतीय पक्षले मोज गरेको आभास हुन्थ्यो । नदी पूरै नेपालतिर थियो, भारततिर पक्की तटबन्ध थियो । नेपालको कमजोरीको फाइदा लुट््दै महाकाली उलिर्ंदै

गयो । घर, पसल बगे, सडक बास गरायो । यस्तो बिडम्बना फेरि दोहोरिन नदिन माग गर्छन् स्थानीय । रामसिंह महर, दिलबहादुर कुँवर, तेजबहादुर बम, धनसिंह धामी, जयलाल दमाई, दौलतसिंह खातीका घर एकसाथ बगाएको थियो महाकालीले ।

नजिकको गल्फै क्षेत्रको हालत झनै दर्दनाक छ । बाढी अघि र पछिको गल्फै बजार इतिहास भएको छ । अस्पताल नजिकका गगनसिंह विष्ट, नरेन्द्र कार्की, धनसिंह कुँवर, कलम पाल, केशव पाल, वीरहरि राईलगायत दर्जनौं ठूला घर ढल्दै थिए, बासिन्दाको भागाभाग थियो । 'सबै सडकवासी बनेका छौं,' गगनसिंहले भने, 'घर बनाएर सरेको पहिलो रात थियो, दोस्रो बिहानी त सडकको पेटीमा पुगेँ ।' उनका परिवार अर्काको घरमा शरण परेका छन् । उनले १८ वर्षदेखि भाडामा बसेर खलंगामा होटल चलाए । चौथो तला थप्ने तयारीमा थिए, घर बनाउन ३५ लाख बढी खर्च भएको छ । अपि नाम्पा संरक्षण क्षेत्र, कृषि विकास बैंक र स्थानीयबाट ऋण लिएर घर बनाएका थिए, त्यो ऋण कसरी तिर्ने तर्कनामा परेका छन् । 'राहत आयो भन्छन््, हातमा आएको छैन,' विष्टले प्रश्न गरे, 'जमिन नभई के गर्ने त्यो राहतले ?'

सरकारले पक्की तटबन्ध बनाउने आश्वासन दिएको छ । पीडित भने पुनःस्थापना मागिरहेका छन्् । बिहीबार अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसहितको टोली आए पनि पुनःस्थापनाका बारेमा केही सम्बोधन गरेनन् । तटबन्ध र ३५ हजार राहतको मात्र कुरा गरे । वर्षौदेखि सुकुम्बासी भएर बसेकाहरूलाई निर्माणाधीन कर्मचारी आवास गृह पुर्‍याइएको छ । आवास भएकाहरू शरणार्थी र सडक बासमा छन् । शुक्रबारदेखि सुकुम्बासी बस्तीका दलित समुदायबाट ३५ हजार राहत वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले बताए । जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले जिल्लामा एक सय परिवार पहिचान गरी राहत दिने निर्णय गरेको छ । १ सय १ परिवारको पूर्णक्षति भएको समितिको निष्कर्ष छ । जसमा टहरा २६, सरकारी कार्यालय १३ र जोखिममा रहेका घर १ सय ५० छन् । अझै अध्ययन गरेर वितरण गरिने प्रहरी प्रमुख डीएसपी कुवेर कडायतले बताए । तटबन्ध निर्माण गरी सदरमुकाम बचाउन सके केही विस्थापितलाई पुनःस्थापना गर्न सकिन्छ । नत्र अहिलेका करोडपति मात्र होइन जिल्लाका पतिलाई समेत सदरमुकाम खलंगाको अनुहार देख्न कठिन हुने अवस्था छ ।

गर्भवतीलाई सास्ती

सदरमुकाम खलंगाबाट ७ किलोमिटर दक्षिणको धाप गाविस ६ रत्यौडाकी २२ वषर्ीया कल्पना रैखोलालाई बिहीबार रातिदेखि सुत्केरी व्यथा लाग्यो । २ असारको बाढीले सडक मात्र होइन, जिल्ला अस्पताल पनि पूरै बगाएको छ ।

खुल्ला ठाउँमै राखेर सुत्केरी गराउन सुरु गरिएको छ । सुत्केरी सामग्रीको अभाव उस्तै छ । शुक्रबार बिहानसम्म सोही ठाउँमा राखिए पनि बच्चा जन्मिएन, बिहान १० बजे भारतीय बजार धार्चुलाको प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो । भारतीय चिकित्सकले शल्यक्रिया गर्नुपर्ने बताए । भारततर्फ पनि शल्यक्रिया सम्भव नभएपछि उनलाई पुनः दार्चुला फर्काइएयो । खाद्यान्न लिएर खलंगा पुगेको नेपाली सेनाको हेलिकोप्टरबाट उनलाई कैलाली सदरमुकाम धनगढी पुर्‍याइएको छ । हेलिकोप्टर समयमा नआएको भए उनको ज्यान जोखिममा परिसकेको थियो । शुक्रबार साँझ ६ बजे सेती अञ्चल अस्पतालमा उनको सफल सुत्केरी भएको छ, आमा र बच्चा दुवैको ज्यान जोगियो ।

कल्पना मात्र होइन, सुत्केरी व्यथा लागेकी डडेल्धुराकी २८ वषर्ीया सरस्वती देउवालाई हेलिकोप्टरबाट धनगढी लगिएको सेनाको शत्रुभञ्जन गुल्मपति विमलराज शर्माले बताए । अस्पताल आफैं पीडित हुँदा बिरामीले सास्ती खेप्नु परेको छ । २ दिनमा ५ बिरामीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको शर्माले जानकारी दिए । 'खुल्ला ठाउँमा सुत्केरी गराउन दिनहुँ १/२ केस आउँछन्,' जिल्ला अस्पतालका डाक्टर रामेश्वर देवकोटाले भने । उनका अनुसार सामान्य प्रकृतिका बिरामी पनि ५० बढी हुने गर्छन् ।

प्रकाशित मिति: २०७० असार ८ ०९:०२

- See more at: http://www.ekantipur.com/np/2070/3/8/full-story/370549.html#sthash.lWecXfaK.dpuf
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters