[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 २०७२ नयाँ बर्ष धमाका लिएर नेपालका प्रसिद्ध कलाकारहरु अमेरिकामा
[VIEWED 8080 TIMES]
SAVE! for ease of future access.
Posted on 04-02-15 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विजय थापा
चैत्र १९ , वाशिंगटन डिसी


अमेरिकामा रहेका नेपाली र अन्य नेपाली भाषा समुदाय बिच नेपाली कला साहित्य बिबिध संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उदेश्यले २०७२ नयाँ बर्ष धमाका भाग १ लिएर सीताराम कट्टेल (धुर्मुस ),कुन्जना घिमिरे (सुन्तलि )तथा अन्य कलाकारहरुको साथमा अमेरिका आई पुगेका छन् l

सम्पूर्ण कलाकारहरु साथ डिसी महानगर क्षेत्रको बाल्टिमोर स्थित बिएम डब्लु बिमान स्थलमा आज दिउसो ४ बजे अवतरण गरेका छन् l सम्पूर्ण कलाकारहरुलाई स्वागार्थ बिमान स्थलमा वर्ल्ड बिजनेस म्यनाजमेन्ट एंड कन्सल्टेन्ट प्रा लि का व्यवस्थापक तथा संयोजक बुद्धि प्रसाद रेग्मी पुगेका थिए भने उनीहरुलाई पुष्प गुच्छा द्वारा अमेरिकामा स्वागत गरिएको थियो l

अमेरिका ओर्ले पछि सीताराम कट्टेल (धुर्मुस )तथा कुन्जना घिमिरे (सुन्तली)ले हाम्रो अमेरिकाको भ्रमण पहिलो भएकोले हामी निकै उत्साहित भएका छौ l नेपाली समुदायले हामीलाई देखाएको माया ,सद्भाव र कलाकारहरुलाई दिएको सम्मान प्रति हामी हर्षित छौ l बिदेशी माटोमा नेपाली समुदायसंग भेटघाट गर्न पाउनु र व्यस्त जीवनमा चलेको अमेरिकन दैनिकीमा हाम्रो कार्यक्रम हेर्न नेपाली समुदायले समय व्यवस्था गर्नु भनेको हाम्रो लागि अहोभाग्य हो भनि सीताराम कट्टेल तथा कुन्जना घिमिरेले विमानस्थलमा प्रफुल्ल मुद्रामा भने l

कट्टेलले अगाडी भने हामी जुन उद्धेश्यले हामी आएका छौ हामी कुनै कसर छोड्ने छैनौ l मनोरंजन प्रदान गर्नु हाम्रो परम दायित्व हो भन्दै सबै नेपाली समुदाय कार्यक्रम हेर्न आउनु हुनेछ भन्ने विश्वास लागेको छ l

२०७२ नयाँ बर्ष धमाका भाग १ कार्यक्रममा दोहोरी गायक पशुपति शर्मा र गायिका संगीता थापा मगरले दोहोरी गायन प्रस्तुत गर्ने छन् भने सीताराम कट्टेल (धुर्मुस )तथा कुन्जना घिमिरे (सुन्तली)को जोडीले आफ्नो बिबिध प्रतिभा देखाउने भएका छन् l

कुन्जना घिमिरेले बिभिन्न प्रकारका गीतमा नृत्य समेत प्रस्तुत गर्ने छिन् भने कार्यक्रमको लागि संगै अमेरिका आएका चर्चित गायक प्रमोद खरेलले आधुनिक तथा गजल गायन प्रस्तुति पनि गर्ने भएका छन् l

उक्त कार्यक्रम सर्ब प्रथम भर्जिनियामा अप्रिल ४ तारिखमा नोवा कलेजमा सामुदायिक समूहको आयोजनामा हुने भएको छ l कार्यक्रम बोस्टन , हुस्टन ,डलास ,अस्टिन ,न्यु योर्क ,सिकागो ,नेब्रास्का ,बाल्टिमोर ,नर्थ क्यारोलिना ,कोलोराडो , सन् फ्रान्सिस्को , सेन्ट लुईस ,पोर्टल्याण्ड ,सियाटल , लास एन्जेलस लगायत करिब दुई दर्जन भन्दा ज्यादा कार्यक्रमहरु बिभिन्न शहरहरुमा प्रस्तुत गरिने निश्चित भएको छ l

कलाकारहरु करिब सवा दुई महिना सम्म अमेरिकामा रहने भएका छन् l कार्यक्रम गर्नको अर्को उद्धेश्य भुटान ,भारत तथा बर्माबाट अमेरिका आई पुगेका तथा अमेरिकामा जन्मे हुर्केका नया नेपाली भावी पुस्तालाई मौलिक नेपाली सभ्यता र संस्कृतिको जानकारी गराउने पनि हो भनि बुद्धि प्रसाद रेग्मीले बताए l

कार्यक्रमबाट संचित रकम नेपाल फर्के पछि नेपालस्थित अनाथालयहरुको सहयोग गरिने जानकारी वर्ल्ड बिजनेस म्यानाजमेन्ट एंड कन्सल्टेन्ट प्रा लि का व्यवस्थापक तथा कार्यक्रमका संयोजक बुद्धि प्रसाद रेग्मीले बताए l
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters