[Show all top banners]

ugeslimbu
Replies to this thread:

More by ugeslimbu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दुखेको बडा दशैं , नदुखेको एनआरएन अमेरिका : जित देवी दुर्गा वा राक्षस रावणको ????
[VIEWED 8688 TIMES]
SAVE! for ease of future access.
Posted on 10-21-15 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संसारभर सत्य र असत्यको प्रायः फैसला जित र हारको इतिहासले निर्धारण गरेको पाइन्छ । जित्नेहरूको प्रशंसा गर्दागर्दै मान्छे हार्नेहरूको योगदानको चर्चा गर्ने समय नै पाउँदैनन् । वा, जानिजानी बिर्सिदिन्छन्, बिर्सेको अभिनय गरिदिन्छन् । धेरै अवस्थामा त जित्नेहरूले हार्नेहरूको अस्तित्व नै नामेट पारिदिन्छन् । आफूलाई देवत्वकरण गर्नकै लागि हार्नेहरूलाई दानवीकरण गरिदिन्छन् । पूर्वीय मिथकमा रावण एउटा त्यस्तै पात्र हो, जो हारेको हुनाले उनको योगदानलाई जित्नेहरुले मेटिदिएका छन् । - सुबाश मल्ल

अहिले वडा दशैंको इतिहास देखिको संदेश अमेरिकी एन आर एन मा तेही सत्य र असत्य बीच जित र हारहरुको युद्धमा छ / धेरै अवस्थामा त जित्नेहरूले हार्नेहरूको अस्तित्व नै नामेट पारिदिन्छन् । तर परिणाम ठिक उल्टो / कहिले काँही हार्ने हरुले ले नि जित प्रभावित बनाई दिन्छन / एनआरएन अमेरिकाका रावण रुपी ९ जनाको जित र दुर्गा रुपी डाक्टर पौडेल, उनको नेतृत्व र सल्लाहकारको हारले इतिहासलाई वर्तमानमा रावणको जित सावित गरिदिएको छ / घर फुटेको अबस्थामा जितको परिकल्पना र उल्लासमा रमाउने कोरा बिजय गतिलो पाठ बन्न पुगेको छ / स्वीकार्न गारो हुन्छ तर नियतिले सिकाएको पाठ यहि हो /

बडा दशैंको खुशियाली मा दशैं लाई आत्मसाथ गर्न नि कता कता संकोच लागेको छ / उता देशका बुबाआमा दाजुभाई दिदिबहिनि नि तेती खुसि देखिन्नन् / तेलको अभावमा परम्परागत संस्कृति भनौ या के ? ले नि यस बर्ष छलाङ्ग मार्यो / गोर्खाको फूलपाती काठमाडौँ भित्रेन / किशोर किशोरीको यात्रा बसको हुडमा तय भो / धमला को पेट्रोलको ग्यालेन र एनआरएनए ले पेट्रोल लिन पाएको सिफारिश ले आफैलाई सरम भो / उप प्रधान मन्त्रि तथा पररास्ट्र मन्त्रि कमल थापाको भारत भ्रमण नि आइसीसीमा हाम्रा उम्मेदवार हरु झैँ कै ताल भो / ४६ सालमा आको प्रजातन्त्र ले नि ३०औ बर्ष गांठ मनाउने बेला भो अर्थात् संसदीय व्यबस्थाको अभ्यास / ३० वर्षे पंचायती कालरात्रि भन्ने हरुले अब के भन्छन सुन्न बाँकि छ / ओली शासक संग नि उखान टुक्का कै मात्र तागत देखियो देश चलाउने तागत देखिएन यता हाम्रा डाक्टर साब जस्तै / होइन उदार निरंकुस तानाशाह खोजेको आज देखि होइन कहिले भेटिन्न / यता उपचार गर्न आएका आदित्य बडा दशैँ कै अवसर पारेर सप्तमीका दिन सनफ्रान्सिस्को बाट खुसुक्क लस एन्जल्स ओर्ले वा ओरालियो , खादा ले सम्मान गरे पदिय दायित्व बोक्नेहरुले / भजन सुने भगवान कृष्ण जी को झैँ मन्द मुस्कानमा रमाए , केहिले काखीमा च्यापेर तस्बिर खिचे , फेसबुकमा राखे यता लस एञ्जलसबासि हेरेका हेरेइ / उता दशैको माझ बाल्टिमोरमा एक नेपाली युवाको असामयिक निधनलेले जुठो परेको अमेरिकी एनआरएन र उसको सामाजिक नेताले श्रधांजलि ब्यक्त गर्नुको सट्टा दशैंको शुभकामना छपाई दिएछन बाल्टिमोर नाम गरेकै एक बिधुतिय पत्रिका मार्फत /

जता जे होस् देवी दुर्गाको जय जय गान छ हरेक चोक , गल्लि , घुम्ती , गाउँ र शहरमा / रावणहरु घृणा का पात्र छन् / सिकेको , जानेको , बुझेको यहि हो हिन्दु संस्कारमा / उता तेही रावण हिन्दु संस्कारमा हाम्रो अर्को छिमेकी राष्ट्र श्री लंकामा पुजनीय छ र ठिक यसै बेला उसको जय जय कार गरिंदै छ /

बडा दशैं को अवसर भन्दा नि एन आर एन ए को ग्लोबल कन्फरेन्स को नारा दिएर ताम झाम मा विदेशिएका अमेरिकी एनआरएन लुसु लुसु लाज पचाएर एक एक गरेर स्वदेश फिर्दै छन् र फिर्ने क्रम जारी छ / दोहोरिदै छ उही न्यायको खेति टेनेशी अदालत / खोइ सत्य के हो? देवी दुर्गा वा रावण ? साच्[Disallowed String for - ...]ै तिमि सत्यवती वा सत्यवान हौ भने दुध को दुध पानीको पानि छुट्याई देउ / होइन भने मेरो तिमि प्रतिको आस्थामा शंका उब्जिनेछ / मेरो उजुरी माथि न्यायिक समिति एनआरएन अमेरिकाले अहिले सम्म फैसला दिएको छैन / लग भग ६० दिन काटी सक्यो सायद / सेप्टेम्बर १२ को एन आर एन अमेरिकाको तथाकथित चौथो साधारण सभा र साधारण सभाका संवेदनशील एजेन्डा हरुले लोप्पा खुवाएको सर्व विदितै छ / ग्लोवल कन्फरेन्स का लागि प्रतिनिधि छनौटको निर्णय र त्यसको परिणाम ले त इजार खोलि राख्नु परेन सर्वाङ्ग देखियो नै / उप प्रधान मन्त्रि लाई दिएको पत्र ले एनआरएन अमेरिकाको नेतृत्व को दुरदर्शिता को कुरै छोडौ / अब देखिएको सर्वाङ्ग नाङ्गो चरित्र लाई कसरि ढाक्छोप गर्ने हो ? सुनिंदै छ डाक्टर साब र उनको नेतृत्व लाइ अविस्वासको प्रस्ताब उनका फर्जी फौज बाटै सुरु हुदैछ भन्ने / त्यसलाई कसरि किनारा लाउने हुन् मात्र देवी भवानी वा तिनै लंकाको राजा राक्षस रावण लाई थाहा होला / रावण राक्षस गणका भयंकर योद्धा सुमालीकी छोरी कैकसी र महान ऋषि विश्वश्रवाको कोखबाट जन्मेकाले रावणमा बौद्धिकता र लडाकुपन दुवै थियो । अब देवी दुर्गा को महिमा को त कुरै छोडौ / उता रामायण मा दस टाउके रावण को चर्चा छ यता अमेरिकी एन आर एन मा नौ टाउके रावण को चर्चा / यता डाक्टर , वकिल , समाज सेवी , परोपकारी , जन सम्पर्कहरु सबैको भिड नेतृत्वमा छ / कुरो यदि यहि साचो हो भने के भएछ भन्नु होला ? उ जन्मका देवी अहिलेका रावण भएछन यो जन्म रावण , देवी भएछन अर्थात् एनआरएन अमेरिका को नेतृत्व र उसको सल्लाहकार अहिलेका रावण / छलकपट नि कति जान्या /

अब मूल सन्दर्भ तिर : सेप्टेम्बर ९ मा टेनेसी अदालत मा एउटा छलफल भो / डाक्टर साब र उन्हाका सल्लाहकार वकिल साब खगेन्द्र जिसी नि उपस्थित हुनु भो / नेतृत्वको तर्फ वाट नि कानुन विद छनौट भए र एउटा अदालती सम्झौता गरियो / दुवै समूह ( रावण र देवी ) का भाडाका वकिल को रोहवरमा सम्झौता गरियो / तथाकथित चौथो साधारण सभा हुने भो डाक्टर साबले उर्दी जारी गरे र जात्राको तालमा तथाकथित साधारण सभा सकियो / सबैले देखेकै हो सुनेकै हो / भाडाका वकिलले सहि छाप गरे पछि न्यायाधिस को नि सहि छाप गर्ने ठाउँ थियो / आज होला सहि छाप छैन , भोलि होला छैन . पर्सि होला छैन , अन्त्यमा इमेल आयो डाक्टर साबको नेतृत्व का वकिल का तर्फ बाट सहि छाप गर्न सक्दिन किन भने म जागिर वटा निकालिए भनेर / अब नौ टाउके रावण हेरेका हेरेइ / देवी दुर्गा को चतुर्याई "कानुनी बौद्धिक बेस्या प्रवृति " बाट आजित / मर्नु भन्दा त बहुलाउनु निको सम्झेको हो कि के हो ? मुस्किल ले एउटा टेलिफोन बैठक गरेर कोहि बिदेसिए कोहि स्वदेशिये / अन्तत बैठक को अन्तिम निष्कर्स निकालेरै छोडे / यहि निष्कर्ष थियो / हुने सम्म धोका सहन सकिन्छ , अति सहन सकिन्छ चार सहन सकिन्न / जसको मारमा परे खगेन्द्र र राजेन्द्र / स्वीकार्न गारो पर्ला तर यथार्थ यहि हो / आइसीसी को परिणाम आयो / सब हेरेका हेरेइ / आफ्नो घर मजबुत नपारी गाउको घर मजबुत पार्न सकिन्न / सिक्नु पर्ने पाठ यहि हो / सुनिंदै छ फेरि मुद्दा बिउतियो र अदालत को मान हानी हुने गरि को जिकिर छ रे / अब हिजो खगेन्द्र को समझदारी र समन्वयमा उम्मेदवारी दिएका राजेन्द्रले किनारा लाउने हुन् वा सल्लाहकार खगेन्द्र फेरि टेनेसी पुग्छन वा सोनाम हाईवे दगुर्छन वा यु टर्न गर्छन त्यो भविस्य ले बताउला /

आइसीसीको चुनावमा साझा उम्मेदवार को ढोल पिटियो , ब्यबसायिक उम्मेदवार र उनका भाडाका सल्लाहकारले त परिणाम अघि नै हिप हिप हुर्रे लगाए / टिम अमेरिका देखि , टिम लस एन्जल्सको लर्को को होहल्लाह नियन्त्रण का लागि सुरक्छ्या कर्मीले सिटि बजाए / र नि जित हासिल भएन / यता झन्डै ४ महिना देखि जितुवा भनिएकाहरुलाई राम भगवान र हरुवा भनिएकाहरुलाई रावणलाई दानवका रुपमा परिभाषित गरियो । सायद रावणले युद्ध जितेका भए उनी नै भगवान र राम दानव हुन्थे कि ?" सुवास मल्ल जी ले भने जस्तो एन आर एन अमेरिका नौ टाउके रावण मा नि केहि सत्यता छ भनि खोजि गर्ने दिन आएको हो कि ?

कतै खगेन्द्र र राजेन्द्र को पराजय सुवास मल्लको यहि उक्ति संग त मेल खादैन ??

रावणलाई सबैभन्दा बढी घाटा आफ्नै भाइ विभिषण र अर्का राजा बलिका भाइ सुग्रिवबाट भएको हो । यी दुईको गठबन्धनले रामलाई रावणका कमजोरीको सुराकी मात्र दिएनन्, बरु रावणका दुश्मनसँगको रामको सम्बन्ध स्थापित गर्न पनि सहयोग गरे । दाजुको सत्ता हत्याउन गरिएको यस्तो कार्यलाई षड्यन्त्र मान्ने कि सत्यका लागि संघर्ष ?

आँखिर व्यक्तिगत रुपमा जित र हार जसको भए नि संस्था गत रुपमा हार दिन पर दिन एनआरएन अमेरिकाको भएको छ, हार न्युयोर्कको भएको छ , हार लस एञ्जलस को भएको छ / त्यसमा दुबिधा छैन / यो हारको केहि हिस्सेदार डाक्टर पौडेल नि हुन् / घर को समस्या बेलैमा समाधान गर्न नसक्नु र खगेन्द्र र राजेन्द्र लाई बलिको बोको बनाउनु मा उनको नि कहिँ न कहिँ हात छ / उनको असछ्म नेतृत्वले कि त उम्मेदवारी रोक्न सक्नु पर्थियो या त जित दिलाउन सक्नु पर्थियो / नत्र के का लागि छान्यौ ११५ प्रतिनिधि ? वा किन गर्यौ झन्डै २३ हजार अमेरिकी डलर को खर्च मा तथाकथित साधारण सभा ??? जहिले नि अनुतरित प्रस्न हो यो / अन्तरास्ट्रिय हरुवाहरुले राष्ट्रिय घरमा आगो बलेको बेला अन्तरास्ट्रिय पदिय सितलता खोज्नु ( खगेन्द्र र राजेन्द्र ) दुबै को अदुरदर्शी निर्णय हो भन्दा सायद फरक नपर्ला / जसको निर्णय ले हाम्रो नुर गिरेको छ , शिर झुकेको छ , अन्तरास्ट्रिय प्रतिस्पर्धामा अबका दिनमा सोच्नु पर्ने बेला आएको छ /

अब हेर्न बाँकि छ कि अझै खगेन्द्र, डाक्टर केशवको सारथी बनि रहन्छन वा राजेन्द्र पारिवारिक पद जोगाऊ न लागिरहनछन वा त्यो भन्दा माथि उठेर तमाम एनआरएन अमेरिकाका साधारण र आजीवन सदस्य हरुको भावना अनुकुल संस्थाको उज्वल भविस्य , संस्थागत सुद्रिनिकरण र सिंगो एकताका लागि मियो को भूमिका निर्वाह गर्छन ? र देवी दुर्गा र रावणको इतिहासको त्यो कथा लाई दन्त्य कथा मा सावित गर्छन वा महाभारत को अर्को शृंखला निर्वाण गर्छन त्यो भविस्य ले बताउला / हेर्दै जाउ /

या देवी / रावण सक्ति रुपेन सस्तिता नमः तस्यै , नमः तस्यै, नमः तस्यै , नमो नमः /

सबैमा बडा दशैंको हार्दिक मंगलमय शुभकामना /


 
Posted on 10-21-15 2:24 PM     [Snapshot: 43]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ए नारन ए नारन भनेर धर्म गरेछ भन्या त NRN पो भन्या रैछ चाइञ्जो
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
EAD Filing
Tps decision coming or not nov 18
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters