[Show all top banners]

fashioninstitute

More by fashioninstitute
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 NEPAL DAY PARADE न्यूयोर्क मा नेपाल डे परेड हुने
[VIEWED 3394 TIMES]
SAVE! for ease of future access.
Posted on 04-18-16 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्यूयोर्क मा नेपाल डे परेड हुने

हप्तैपिच्छे नयाँ नयाँ विषयमा गर्माउने गरेको अमेरिकी नेपाली डायस्पोरा गत दुई हप्तादेखि न्यूयोर्कमा आयोजित एक परेडको विषयलाई लिएर तातिरहेछ । अमेरिका मा बस्ने नेपालीहरुले नेपाल र  नेपालीको पहिचान तथा पर्यटन र व्यापार प्रबर्धन गर्ने उधेश्यका साथ न्यूयोर्कमा आगामी मे २२ तारिख, आईतवार नेपालको कला संस्कृति र भेषभुषा झल्किने गरी पहिलो पटक ‘नेपाल डे परेड’ को आयोजना हुँदैछ । न्युयोर्कको म्यानहाटनस्थित 'ब्रोड वे' मा सञ्चालन गरिने परेडको उद्घाटन न्युयोर्क राज्यको डेमोक्रयाट् सिनेटर चाल्र्स सुमरले गर्नेछ। न्युयोर्कका सिनेटर चक (चार्ल्स) शुमरलको  प्रमुख आतिथ्य मा परेड हुँदैछ!

सो कार्यक्रममा सहभागी हुन न्युयोर्क र सो आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई सहभागीताका लागि अनुरोध गरिएका छ । कार्यक्रमबाट नेपालमा बैशाख १२ को शक्तिशाली भूकम्पपश्चात नेपाल भ्रमणमा भएको भ्रम हटाउन सहयोग पुग्ने आयोजकले बताएका छन । आयोजक संस्था प्रवासी मन्चका अध्यक्ष थापाले पनि यो ऐतिहासीक अवसरमा अमेरिकामा रहेका सबै नेपालीले एक भएर बिषेश परेड गर्नु आफुहरुको उद्धेश्य रहेको बताएका छन् ।

फिप्पनाका अध्यक्ष लुईसागं वाईवाले कार्यक्रको अग्रसरता आफुहरुले लिए पनि अमेरिकामा रहेका सबै संस्थाहरुसंग सहकार्य गरे कार्यक्रमलाई भब्य पार्ने योजनामा आफुहरु रहेको बताएका छन् । न्यूयोर्कमा पहिलो पटक नेपाल चिनाउने परेड हुन लागेकोमा अमेरिकामा रहेका अधिकांश नेपाली हौसिएका छन् । यस कार्यक्रममा नेपालको सास्कृतिक विविधता झल्कने झाँकीहरु, पर्यटन प्रर्वद्धनका सामाग्रीहरुको प्रर्दशनी, साथै नेपालको व्यापार प्रवर्दनका लागि सहयोगी सामाग्रीहरुको प्रदर्शन गरिने आयोजकहरुले बताएका छन । १० वर्षअगाडिदेखि नेपाल डे मनाउने कुरा उठेको हो । कुन दिन मनाउने भन्ने विषयमा टुंगो लाग्न नसकेका कारण यो परेड न्यूयोर्कको म्यानहाटनमा हुन सकेको थिएन ।

संसारभरिकै विविधता बोकेको न्युयोर्कमा विभिन्न देश एवम विविध कला संस्कृति र धर्म सम्बन्धी परेडको आयोजना भइरहने न्यूयोर्कमा नेपाली समुदायले गर्न लागेको पहिलो परेड हो । न्युयोर्कको आधिकारिक निकायले परेडका लागि तीन घण्टाको समय स्वीकृत गर्ने कानुनी व्यवस्था रहेको छ ।

कोही भन्छन परेड डे गर्नु पर्छ कोही भन्छन हाम्रो सस्था को समर्थन छैन । देश लाई चिनाउने यस्तो अबसर लाई पनि हेल्चक्रैयिए गर्ने हो भने हामी कहिले सभ्य नगरिक हुन सक्छौ । यहाँ देश लाई चिनाउने एक मौका भन्दा पनि राजनीतिक गर्ने भाडो को रुप मा प्रयोग गरिएको छ । देश कै पुरानो राजनिती गर्ने हो भने नेपाल नै बस्दा हुन्छ अमेरिका कुनै प्रयोगशाला होईन । यहाँ हामी सबै सिक्न र राम्रो जिबन स्तरबना उन आएका हौ ।

पुग नपुग एक किलोमिटर (शून्य दशमलव ६ माईल) क्षेत्र परेड प्रर्दशनको लागि अनुमती प्राप्त छ । नेपालीहरुको लागि यो दुरी र क्षेत्र मनग्गे हो । साबिकका अन्य दिनहरुमा पनि पैदलवालाहरुको घुँइचो हुने “ब्रोड वे” मा मध्यन्ह्को १२ देखि ४ बजे अन्तर्राष्ट्रिय  समुदायलाई नेपाल र नेपाली चिनाउने यो ऐतिहासिक तिथी र उत्तम समय पनि हो । यहि दिनलाई ऐतिहासिक बनाउने या सरम लाग्दो बनाउने यो चाहि हामी सबैंबाट मात्र सम्भव छ । कुनै खास व्यक्ति, जाति र समुदायसँग होइन यो सिंगो देशसँग जोडिएको कार्यक्रम हो ।

हिजो छुटेहरुलाई सँगै लिएर जानुहोस् विभाजित विचारहरुलाई एउटै नाङ्लोमा निफन्नुहोस् आफुसँगैका वा अगाडिकाहरुलाई मात्र होइन तपाई पछिकाहरुलाई नियाल्नुहोस् उनीहरु तपाईसँगै हिड्न चाहन्छन् तपाई जस्तै देश चिनाउन तयार छन् छातीमा देश बोकेर शीरमा चन्द्र सुर्यांकित झण्डा फहराउँदैब्रोड वेमापरेडगर्न आतुर छन्

तपाई हात दिन तयार हुनुहोस् है ? हामीले यहाँ पनि हुर्काएका छौं हाम्रो चिनारीहरु उभ्याएकाछौं इमान्दार परिश्रमी जातिको आफ्नै 'सगरमाथा' निमार्णको क्रममा छौं -'सानो नेपाल' अनि बाँडिएकाछौ  यहाँ जातिहरुमा बिभाजितहरु छौं क्षेत्रहरुमा तर जब राष्ट्र राष्ट्रियताको सवाल आउँछ हामी सप्पै सप्पै जोडिनु पर्छ हामी जोडिनु मै सर्वश्व । देशसँगै जोडिएकोनेपाल डे परेडअसफल हुनु भनेको नेपाल नेपाली असफल हुनु जत्तिकै हो

यसलाई अवसर ठानेर सबै जुट्ने हो भने विश्व सामु धुमिल बन्दै गएको नेपालको परिचय थोरै मात्रा पनि अग्लिने निश्चित् प्रायः मैलिदै गएको हाम्रो चिनारी केहि उजेलीने परेडको लागि अघिल्लो लहरमा उभिएकाहरुले चौडा फराकिलो सोँच विचारका हिमालहरु उभ्याउँन सक्नु पर्छ चुनौतीका आँधी तुफान नै आए पनि पहाड भएर छेक्न सक्ने हिम्मत जुटाउन पर्छ अनि अनेकताभित्र एकताको तराईहरु सम्याउन तयार हुनु पर्छ अब पनि हामीबीचको सामाजिक सांस्कतिक सहिष्णुता कमजोर बनाउनु हुन्न है हामीले सुनाउनु यहाँभुकम्पले हाम्रो देश केहि कमजोर मात्रै भएको हेर्नै नहुने कुरुप भएको छैन, हेर्नुहोस हाम्रो हिमाल उस्तै अग्लो देखाउनुछहामीमा विविधता  , बिभाजित छैनौ, किन कि हामीमा बुद्ध मन सजिव । यसैले हामी सबै अटाउने साझा फराकिलो थलो बनाऔं जहाँ जाति अटोस्, क्षेत्र अटोस् हिमाल अटोस, पहाड अटोस अटोस् तराई अनि मात्रै अट्नेछननेपाल नेपाली

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ए १ पनि पुगेनछ ?
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
maga got what they voted for
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
H1B
EAD Filing
Tps decision coming or not nov 18
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters