[Show all top banners]

thukka
Replies to this thread:

More by thukka
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

UnsungEpic
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कसले गर्ने यिनको उपचार ?
[VIEWED 8384 TIMES]
SAVE! for ease of future access.
Posted on 11-14-16 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://kantipur.ekantipur.com/news/2016-11-15/20161114213802.html

कसले गर्ने यिनको उपचार ?

अवधेशकुमार झा, राजविराज

कार्तिक ३०, २०७३- सप्तरी कोचाबखारी गाविस–५ लोखरमका हरेराम मण्डल र रन्जुदेवीकी १३ महिने छोरी नीलमको शरीरमा रहेका सबै हड्डीहरू बाहिरबाट प्रस्टै देखिन्छन् । उनको शरीरमा हाडमाथि पातलो छालाबाहेक केही छैन । शरीरका अंगहरूमा मासु लागेको देखिँदैन । झट्ट हेर्दा द्वन्द्वग्रस्त मुलुकमा भोकमरीको सिकार भएको जस्तै देखिन्छिन् नीलम ।

खाना र पौष्टिक आहार नपाउँदा उनी कुपोषणको अन्तिम चरणमा छिन् । गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल हाताभित्र रहेको पोषण पुन:स्थापना गृहमा उपचारका लागि एक महिनाअघि नीलमलाई ल्याउँदा कर्मचारी र प्राविधिकहरू एकछिन आश्चर्यमा परे । गृहकी प्रबन्धक रश्मी झाले भनिन्, ‘उनको शरीरमा मासु छँदै छैन, हाडमाथि पातलो छाला, हेर्दा नै डरलाग्दो देखियो ।’ 

उनका अनुसार नीलम कुपोषणबाट यो हालतमा ग्रसित बालबालिकामा भर्ना हुन आएकी पहिलो हुन् । झाले भनिन्, ‘यो अन्तिम अवस्था हो, बचाउन निक्कै गाह्रो छ ।’ गृहले बालिका नीलमको चिकित्सकबाट उपचार गराउँदा खान नपाएर उनको यो अवस्था भएको बताएको झाले जनाइन् । नीलमकी आमा रन्जु सुस्तमनस्थितिकी छन् । बुवा हरेराम सामान्य मजदुरी गर्छन् । ‘६ महिनादेखि नातिनीको यस्तै अवस्था थियो,’ उनकी हजुरआमा गुलियादेवीले भनिन्, ‘खानै पुग्दैन, कसरी उपचार गर्न ल्याउनु ?’ 

बालिकाको स्थिति चिन्ताजनक भएपछि नजिकको स्वास्थ्यचौकी सखडामा गएको र त्यहाँ पोषण पुन:स्थापना गृहमा जान सल्लाह दिएको उनले सुनाइन् । ‘राजविराज आउने भाडा थिएन,’ गुलियादेवीले भनिन्, ‘घरमा रहेको चामल पसलमा बेचेर ३० रुपैयाँ भयो, त्यसैका भरमा नातिनी लिएर उपचारका लागि राजविराज आएँ ।’ उनका अनुसार घरमा चामल पनि एकछाकभन्दा बढी पुग्ने थिएन । त्यही पनि बेचिन् उनले । १३ महिनाअघि जन्मँदा नीलम सामान्य अवस्थामा थिइन् । उनको तौल ३ किलो थियो । अहिले उनको तौल चार किलो मात्र छ । 

गुलियादेवीको गरिबीको हालत सहनै नसक्ने खालको छ । ५ वर्षअघि श्रीमान् बिते । छोराबुहारी सामान्य कमाउँछन्, अलग्गै बस्छन् । ज्वाइँले मजदुरी गरेर ल्याएकाले छोरी, दुई नातिनी पाल्ने गरेको उनले सुनाइन् । परालले छाएको सानो २ कोठा भएको घर छ । वर्षामा चुहिन्छ । ‘कति छाक भोकै सुतेको छु,’ उनले पीडा सुनाइन्, ‘अब त हाम्रा सन्ततिको जीवन भगवानकै हातमा छ ।’ 

उनले कामना गरिन्, ‘हे सरकारहरू, हाम्रा सन्तति र समाजका भोलिका पुस्तालाई जोगाइदेऊ ।’ उनले आफ्नो परिवार चरम गरिबीको मारमा रहेको र नातिनीको अवस्था निक्कै गम्भीर भएकाले सहयोगका लागि सबैसित आग्रह गरिन् । ‘कोही त सुन्ने होला हाम्रो दु:ख,’ उनले भनिन्, ‘मनकारी हातहरू आएर हाम्रो भावी पुस्ता जोगाइदेओस्, यही याचना गर्छु ।’ 

‘दुई छाक भात त दिन संकट छ,’ उनले भनिन्, ‘कहाँबाट दूध र पोष्टिक आहार दिनु, चोर्न जानु त भएन नि ?’ 

पोषण पुन:स्थापना गृह राजविराजकी प्रबन्धक झाले खाली हात उपचारका लागि आएकी नीलमको उपचार र उनलाई पोषणयुक्त खानाको व्यवस्था तत्कालका लागि गृहबाट मिलाइएको छ । 

‘यो परिवारलाई अहिले आर्थिक सहयोगको निक्कै खाँचो छ,’ उनले भनिन् । झाका अनुसार गृहमा केही दिन उपचारपछि चाडपर्वका बेला घर लगिएकी नीलमलाई केही दिनअघि फेरि गृहमा भर्ना गरिएको छ । अहिले उनलाई सन्तुलित पौष्टिक आहार नियमित दिने गरिएको छ । सुरुमा आएको अवस्थाभन्दा केही सुधार देखिएको झाले बताए । ‘अहिले हामीले नि:शुल्क उपचार गरिरहेका छौं,’ उनले भने । 

गरिबीको चरम मारमा गुलियादेवीको परिवार मात्र होइन, अरू पनि छन् । खानै नपाएर कुपोषित भई पोषण पुन:स्थापना गृहमा बालबालिका लिएर आउने क्रम अत्यधिक रहेको गृहले जनाएको छ । अहिले मात्र चारजना बालबालिका गरिबीका कारण खान नपाएर कुपोषित भई गृहमा आएको झाले बताइन् । 

‘दुई छाक टार्नै गाह्रो छ, के गर्ने, कहाँबाट बच्चा पाल्ने ?’ कुपोषणले बच्चा गम्भीर भएपछि उपचारका लागि पुन:स्थापना गृह ल्याएकी सप्तरी कञ्चनपुरकी शान्तिदेवी रामले भनिन्, ‘श्रीमान् विदेश गए, सम्पर्कविहीन भए, सासू–ससुराले हेरेनन्, कहाँबाट बच्चा पाल्नु, आफ्नै ज्यान त गाह्रो भयो, यस्तो गरिबी र भोकमरी कसैलाई देख्नु नपरोस् ।’
 
पुन:स्थापना गृहमै छोरीको उपचारका लागि आएकी बेल्ही चपेनाकी रन्जनादेवीले गरिबीकै कारण बालबच्चा पाल्न गाह्रो भएको सुनाइन् । खानै नपाएर दुई छोरी कुपोषित भएपछि सुस्तमनस्थितिका श्रीमान्लाई घरमा छोडी उनी एक महिनादेखि पोषण पुन:स्थापना गृहमा छिन् । ‘यहाँ नि:शुल्क सहयोग नभए हाम्रा बच्चा मर्ने थिए,’ उनले भनिन्, ‘अब कति दिन यहाँ बस्नु, तर घर पनि कसरी जानु, न त घरसम्म पुग्ने भाडा छ न त घर गएर खाने खर्च नै ।’
 
गरिबीका कारण विपन्न परिवारलाई भावी सन्तति जोगाउन गाह्रो भइरहेको अवस्थामा जिल्लामा भने गरिबी दर घटाउन वार्षिक करोडौंको बजेट खर्च हुने गरेको छ । जिल्ला विकास समितिका अनुसार सप्तरीमा २८ प्रतिशत गरिबीको रेखामुनि छन् । 

जिल्लामा जिविस, गाविस, संसदीय विकास कोष, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको बजेटबाहेक गरिबसँग विश्वेश्वर र गरिबी निवारण कोषको करोडांैको बजेट पनि गरिबको नाम जोडिएर खर्चिने गरिएको छ । तर ती कार्यक्रमहरू प्रभावकारी हुन नसक्दा विपन्न परिवारहरू अझै खानै नपाएर मृत्युको मुखमा पुग्न बाध्य रहेको सरोकारवालाहरूको भनाइ छ । 

 

प्रकाशित: कार्तिक ३०, २०७३

Last edited: 14-Nov-16 10:05 PM

 
Posted on 11-16-16 1:39 PM     [Snapshot: 228]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गरिब हरुलाई सरकारी अस्पताल : अ हे ब ले antibaitic दिने हुन् रोग थाहा नपाएको बेला , २-४ दिनलाई काम गरि हाल्छ !
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters