[Show all top banners]

ktmpost
Replies to this thread:

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 घरवारबिहिन ५ सय अमेरिकनलाई खाना खुवाउछन् यी नेपाली समाजसेवी
[VIEWED 9592 TIMES]
SAVE! for ease of future access.
Posted on 04-10-17 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घरवारबिहिन ५ सय अमेरिकनलाई खाना खुवाउछन् यी नेपाली

भलै नेपाल गरिब होला , विदेशी अनुदान र ऋणमा चलेको होला - तर त्यही नेपालमा जन्मिएर अमेरिकालाई कर्म थलो बनाएका एक नेपालीले बर्षौ देखि भोका अमेरिकनहरुको पेट भरिरहेका छन्। 

स्थानीयहरुका लागि 'देवी' बाट 'डेभिड' बनेका पाँचथर, यासोकका देवी आचार्य,५२, ले अमेरिकाको फोर्टवोर्थ सहरमा रहेका हजारौँ घरबार बिहिन 'होमलेस' अमेरिकनहरुलाई खाना खुवाइरहेका छन्।  अमेरिकाका प्रमुख सहरहरुको सूचीमा पर्ने फोर्टवोर्थ सहर टेक्सस राज्यमा पर्दछ। 

विगत २८ वर्ष देखि अमेरिकामा बस्दै आएका आचार्यले २०१२ मा स्थापना गरेको 'हेल्प फर डेसपरेटली यन्ड निडी पिपुल' (एचडीएनपी) नामक संस्थाले वर्षमा चार पटक सार्वजनिक भोजको आयोजना गर्छ,  जँहा  प्रत्यक पटक झन्डै ४-५ सय होमलेस अमेरिकनहरुले आफ्नो पेट भर्छन्। 

२०१२ को जुन महिनामा झन्डै ५ सय अमेरिकनहरूलाई खाना पकाएर सुरु भएको यो यात्राले देवीलाई दिन प्रति दिन झन् हौसला दिँदै गएको छ।  'भोको पेटमा अन्न परे पछि उनीहरूको मुहारमा देखिने चमक मेरो प्रेरणाको श्रोत हो' सेतोपाटीको स्थलगत भ्रमणमा क्रममा देवीले आफ्नो भावना सुनाए।   'यो ट्रिनिटि पार्कमा मात्र झन्डै ८ सय होमलेस बस्छन्, अनि त्यो पुलको मुनि रातीमा झन्डै ५ सय जति बसेका हुन्छन् , उनीहरूको न खानाको ठेगान छ, न सुत्नको। बिचराहरुको अवस्था देखेर रुन मन लाग्छ, तर के गर्नु , हाम्रो पनि श्रोत साधन लिमिटेड छ' देवीले आफ्नो मनको कुरा एकै सासमा सक्काए।   

देवी आचार्य जीविकोपार्जनका लागी आफ्नो सानो व्यवसाय गर्छन्।  त्यही पसलमा राखिएका खुत्रेकेमा सङ्कलन हुने केही रकम, साथी भाइले गर्ने सहयोग र ब्याक्तिगतरुपमा देवीले आफ्नै खल्तीबाट रकम झिकेर यीं भोका अमेरिकनहरुलाई खाना खुवाइरहेका छन्।  आफ्नो संस्थाले गरेको प्रत्यक कार्यको श्रेय आफ्ना स्वयंसेवकसाथीहरुलाई दिन चाहन्छन् उनी। 

रोचक पक्ष त अंझ के छ भने आचार्यको संस्था  एचडीएनपीले शुद्ध नेपाली खाना, दाल भात, तरकारी र अचार, खुवाउँछ।  'मेरो आफ्नै घर पछाडिको आँगनमा हामी मिलेर नेपाली खाना पकाउँछौ, सधैँ सस्तो बर्गरमा पेट भर्नेहरुलाई दाल भातको स्वाद त गजबले लाग्छ नि' देवी ठट्यौली पारामा अनुभव सांटे। 

न त उनी धनीको श्रेणीमा पर्छन्, न त उनलाई नाम र पदको खासै मोह नै छ - अमेरिकी मापन अनुसार 'वोर्किंग क्लास' का देवीले किन आफ्नो समय र श्रोत भोका अमेरिकनहरुका लागि सुम्पे त ? सेतोपाटीको लामो प्रश्नको उत्तर देवीले एक वाक्यमा यसरी दिए -'आफू सँग भएको चिज अरूलाई  दिए मेरो खुसी बढ्छ।'

लिम्बुहरुको अधिकतम बसाइरहेको तत्कालीन पाँचथर जिल्लाको विकट यासोक गाउँमा जन्मेका देवी आचार्य एक सामान्य परिवारमा जन्मेका भए पनि  'आफ्नो परिचय अलि अरू भन्दा फरक राख्नु पर्छ' भन्ने मान्यता राख्छन्।  जीवनका अनेक उतारचढावमा अभावलाई पनि नजिक सँग अनुभव गरेका देवीलाई राम्रो सँग थाह छ कि उनले आफ्नो क्षेत्र वर परको होमलेसहरुको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सक्ने हैसियत राख्दैनन् , तर पनि 'मैले एउटा इँटा मात्र भए पनि थप्न सक्छु , एक छाक मात्र भए पनि कसैको पेट भर्न सक्छु' देवी भन्छन्। 

होमलेसहरुलाई खाना खुवाउने कार्यको अलवा  एचडीएनपीले डालस - फोर्ट वोर्थ क्षेत्रलाई आधार मानेर लुगा सङ्कलन र बेला बेलामा रक्त्तदान कार्यक्रमहरूको आयोजना गर्ने गर्दछ।  नेपालमा पनि  एचडीएनपीले पशुपति क्षेत्रमा रहेका विपन्न र अशक्तहरुका लागी सार्वजनिक भोज तथा अन्य कार्यक्रमको आयोजना गर्ने गरेको आचार्यले जानकारी दिए। 

अमेरिकामा रहेका नेपाली सङ्घ- संस्थाहरूले आफ्नो समुदायको लागी आ- आफ्नो ठाँउ बाट सक्दो सहयोग गरिरहेको अवस्थामा नेपालीहरूको नेतृत्त्वमा सञ्चालित  एचडीएनपीले अमेरिकन समुदायमा गरेको कार्यको  स्थानीयहरुले प्रशंसा गरेका छन्। त्यही भएर देवीका कार्यक्रमहरूमा नेपाली स्वयंसेवकहरु कै बराबरीमा स्थानीय स्वयंसेवकहरुको उपस्थिति हुन्छ।  'डेभिडले हाम्रो क्षेत्रमा रहेका होमलेसहरुका लागि यस्तो राम्रो काम गरेका छन् - उनले सहयोग नमागेर नै हामी यो कार्यमा सहभागी भएका हौँ' स्वयंसेवक मध्यका एक जिम टेलरले भने। 

अमेरिकन समुदायका लागी समर्पित नेपालीहरूका थोरै संस्थाहरू मध्य देवी आचार्यको संस्था एचडीएनपी पनि एक हो। 


http://global.setopati.com/america/3048/

Last edited: 10-Apr-17 09:31 AM

 
Posted on 04-10-17 5:24 PM     [Snapshot: 306]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The portal setopati.com in itself is a suspicious news portal. It doesn't have any authenticity, just opening a website and posting any type of news. I guess anyone can do that.
 
Posted on 04-11-17 8:50 AM     [Snapshot: 672]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

these cheap websites just create fake news publicity for themselves, their friends and families. Completely unreliable.
 
Posted on 04-11-17 11:06 AM     [Snapshot: 770]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Even if this news is real.. he should better help people back home. People here in america are provided more by the government,, and have better opportunity compared to Nepal. Charities are scams to cheat on taxes anyway.. just saying !!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
When will Nepali women be equal?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters