[Show all top banners]

Mitra 2
Replies to this thread:

More by Mitra 2
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 M. J. uncle
[VIEWED 9038 TIMES]
SAVE! for ease of future access.
Posted on 03-06-05 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एम. जे. अंकल

नेपालबाट एम. जे. अंकल अमेरिका आएको पनि अस्ति फेब्रुवरी १७ का दिन ठ्याक्कै ९ महीना पुगेछ। ६ महीनाको टुरिष्ट भिसा लाएर बुढाबुढी नै नाती हेर्न छिरेका हुन। तर फर्किहाल्नु पर्ने जरुरी पनि नभएको र देशमा शान्ती पनि नभएको निहुमा अर्को ६ महीनाका लागि भिसा थप गरेर बसेका हुन्। काकाको नाम खास त जंगविर हो तर गाउंमा सबैले जंगे भनेर चिन्छन्। तेसमाथि हाम्रा त १३ दिने काका नै हुन्। हामी चै उनलाई अगाडि भाको बेला माथ्लाघरे काका र पछाडिबाट चै जंगे काका भन्थ्यौ। त्यही हिसाबले अहिले वाहां माथ्लाघरे जंगे काका अर्थात एम. जे. अंकल हुन पुग्नुभो। अमेरिकामा बस्या बेला उनको नाउंलाई अमेरिकरण गर्नु त छदैथियो, त्यसमाथि पनि उनको अमेरिका बसाइको कथा झण्डै झण्डै माइकल ज्याकसनसंग मिल्दोजुल्दो भा भएर पनि ऊ एम. जे. अंकल कहलिन पुगे।

कुरो के भएछ भने एकदिन काकाले एपार्टमेन्ट अगाडि केटाकेटी खेल्ने ठाममा नातीलाई नाङ्गै लिएर गएछन्। नलगुन पनि किन? यो गर्नु हुन्न, त्यो गर्नु हुन्न, यहांको चलन यो छ भनेर त उनीहरुलाई भन्नै नहुने ? हाम्रो त टिप्पा खेलाइहाल्ने। तिमीहरु नै जान्ने, हाम्रा त छोराछोरी - अरु नाती नातिना त्यसै हुर्केका? अब हामीलाई यहां भाषा आउदैन भनेर तिमीहरू केटाकेटीको स्याहार गर्न पनि सिकाउने भयौ हैन? अमेरिका आएर आफुलाई जान्ने र अरुलाई नजान्ने नसम्झ बाबै हो भनेर नानाथरी भट्याउन थालिहाल्थे। छोरा बुहारीले त धेरै पैले देखि सिकाउन छाडि सक्याथे तर पनि हाम्रो भनाइलाई अलिक सहज रुपमा लिने भएकाले भनी टोपल्थ्यौ। तर केटाकेटी जस्तो जे हुदैन भन्यो त्यै गर्नु पर्ने। अमेरिका भएपनि नातीलाई चै पुरा नेपाली पाराले हुर्काएका थिए। नाती पनि खाइलाग्दो र बाजे बज्यै भनेपछि हुरुक्क हुने। तोरिको तेलमा मेथी र के के जाती फुराएर मालिस गरेर काकीले नातीलाई शिर देखि पाउसम्म सधै टल्काएर राखेकी हुन्थिन्। नेपालबाट सिलाएर ल्याका ढाकाका दौरा-सुरुवाल फेरिफेरि लाउथ्यो। गर्मी होस या जाडो अरु लुगा टाढै जांदा मात्र लगाउन पाउथ्यो। घरभित्र बस्दापनि चिसो गाढिन्छ भनेर दौरा र भित्री भोटो सधै लगाइदिई राख्ने। फेरि तल ?पप्पी? चै गुम्सिन्छ भनेर डाइपर लगाउनै नदिने।
 
Posted on 03-06-05 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो दिन पनि के को सुरमा बिना सुरुवाल केवल दौरा र भित्री भोटोको भरमा एम. जे. काकाले केटालाई प्लेग्राउण्डमा लगेछन्। जाडोको महीना भएपनि घाम चर्को लागेकोले अरुले पनि आ-आफ्ना केटाकेटीलाई लिएर आएका रैछन्। अब त्यो ३ वर्षको नाङगो नातीलाई डोर्याएर जांदा कतिले नाकमुख खुम्च्याए हाम्लाई थाहा हुने कुरै भएन भने उता एम. जे. अंकलले पक्कै वाल दिएनन् नै। प्लेग्राउण्डमा भिड भएर हो या किन हो कुन्नी नाती बुडाउ नै छेवैको फलैचा (बेन्च) मा गई बसेछन्। एकछिन पछि बुडाउलाई बोर हुने नै भो र उता नाती चै सकि नसकि अंग्रेजीमा अरु केटाकेटीसंग सार मिलाएर बाजेकै छेउमा बसिबसि चिच्याउन थालेछ। घरमा सबैले नेपाली नै बोल्ने र त्यसमाथि पनि प्रायः सधै बज्यैकै काखमा खेल्ने नातीले ठेट पूर्वेली वोली टिपिसकेको थियो। साथसाथै कार्टुन हेरेको भरमा नेपाली मिसिएको अंग्रेजी पनि बोल्न थालिसकेको थियो। ठट्टा गरिरहनुपर्ने काकाले एक्कसि बसिरहेको नातीतिर हात लम्काएर उसको पप्पी समातेछन र त्यो हात आफ्नो मुखमा लगेर च्वाप्प आवाज निकाल्दै म्वाई खाईदिएछन्। अरुनै कुरामा रमाई रहेको नातीले अंग्रेजीमा ?नो? भनेर कराएछ। एम. जे. अंकलले ?नो? को अर्थ ?नाई? भन्ने बुझेपनि यहां त्यो शब्दको गहिराई कत्रो छ भन्ने चै पक्कै बुझेका थिएनन् र उनलाई त्यसको दोष दिन पनि मिल्दैन। त्यसैगरी मायां गर्दा अरुबेला ?फेरी? भनेर हांस्ने नातीले यसपाली एक त मान्छेको अगाडि ?नो? भनेर कराउनु अनि त्यसमाथि आफूलाई बेवास्ता गरेकोमा काका खिन्न भएछन्।

स्थितिलाई सहज बनाउनलाई एम. जे. अंकलले नातीलाई त्यसोभए मलाई यहां माया गर भनेर आफ्नो मुखतिर औल्याएछन्। फेरी पनि नातीले बाजेतिर नहेरी केटाकेटीतिर आंखा दौडाउदै नाई भनेछ। त्यसोभए म तलाई दाह्री दलिदिन्छु भनेर धम्क्याएछन्। त्यति गर्दा पनि नाती आफूप्रति आकर्शित नभएपछि दुबै हातले नातीका गाला अट्ठ्याएर आधासरो फुलेका जुंगादाह्री गाढिने गरी च्वाप्प मुखमा म्वाई खाईदिएछन्। बाजेलाई आफ्नो मुखबाट पन्छाउंदै नातीले ?स्टप इट? भनेर कराएछ। उता काकाले चै नातीले ?स्टुपिड? भन्यो भनेर चुरमुरिएछन्। घर बाहिर नातीको आचरण वदलिएको असह्य भएपछि रीसको झोकमा लौ खा त म तंलाई यहां खेलाउंदिन भनेर टपक्क टिपेर आफ्नो कोठातिर लगेछन्। केटाकेटिको माहोलमा रमाइरहेको नाती घरतर्फ जबरजस्ति लगिएपछि खुट्टा फ्याकेर भर्याक-भर्याक गर्दै रुन थालेछ। थामिनसक्नु भएपछि उनले आफ्नो वशमा ल्याउन बाटैमा नातीको नाङ्गो चाकमा एक थप्पड लगाइदेछन्। उनको भनाई अनुसार भाको कुरो यत्तिनै हो।
 
Posted on 03-06-05 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१५-२० मिनेटपछि कसैले ढोका ढकढक्याएछ र ढोका खोल्दा त २ जना पुलिस पो रैछन। काका र पुलिस विच रोम्रो दोहोरो कुरा हुन नसकेपछि छोरालाई फोन गरेर कामबाट बोलाएछन। छोरालाई पक्रिन पुलिस आए भनेर अनि कारण चै नबुझेर बुढाबुढीको सातोपुत्लो उडेछ। आफ्ना छिमेकिहरु माथि कडा नजर राख्न अमेरिकी राष्ट्रपतिले गरेको आव्हानप्रति उनी अनभिग्य नै थिए। भाषा नबुझ्ने, लवाई खवाई नमिल्ने, पहाडिया भएपनि छालाको रंग गाढा कालो भएका एम. जे. अंकलले सार्वजानिक ठाममा वच्चालाई नाङ्गै लगेको, गुप्ताङ्गमा स्पर्श गरेको, जवरजस्ती चुम्बन गरेको र नावालकलाई हातपात समेत गरेका सबै आफ्ना गुनाहरु हुन भन्ने उनलाई अत्तोपत्तो थिएन। नातीलाई कति मांया र ममता दिएर अनि पुल्पुल्याएर हुर्काएका छन भन्ने अनुमान त केवल हामीलाई मात्र थियो। यत्तिसम्मकी कसैको जुठो नखाने काका नातीको जुठो भने अति प्रीय मानेर खान्थे। छोराछोरीले रक्सीको नाम लिएको समेत मन नपराउने जंगवीर काकाले नातीलाई वाईन चखाउन समेत पछिपरेका थिएनन्।

छोरा-बुहारी हत्तारिएर घर आइपुगेपछि एम. जे. अंकलको शाहस र त्रास दुबै बढेछन्। त्यतिबेलासम्ममा पुलिसले साह्रा घर खान्तलास गरिसकेको रैछ। छोरा-बुहारीलाई छुट्टै कोठामा लगेर साह्रा प्रमाण देखाएर केरकार गर्न थालेछन्। पुलिसले वच्चाको क्रीबमा चै खेलाउना र अरु सामान थुपारेर उसलाई आफूहरुसंगै सुताउने गरेको, बाजे-बज्यैले वच्चालाई नाङ्गै पारेर पुरा गुप्ताङ्ग आफ्नो मुखमा हालेको, अरु विभिन्न सम्वेदनशील ठाउंमा चुम्वन गरेको, बाजेले केवल धोतिमात्र लगाएर नातीलाई घुगुती खेलाएको, आफू मात्र घोडा नबनेर नांगो नातीमाथि आफै घोडा चढेका तस्वीरहरु औल्याउदै आज बाहिर घटेको घटना र त्यसबारेमा छिमेकीको कडा प्रतिक्रिया समेत बेलिबिस्तार लगाएछन्। छोरा-बुहारीलाई यो कुरा बुझ्न केही समयै लागेन र पुलिसलाई के भनेर सम्झाउने भन्ने अप्ठेरो परेछ। धेरै समय लगाएर आफ्नो छोरालाई सारिरिक तथा मानसिक रुपमा केही हानी नपुगेको र कसैले उसको यौन शोषण नगरेको दाबी गरेर केवल हाम्रा फरक संस्कृति, मुल्य र मान्यताका कारण यो भ्रम उत्पन्न भएको भनेर सम्झाएछन। पुलिसले कुरा बुजेझै गरी टाउको हल्लाए पनि उनीहरुको मुहारमा अन्यौलता प्रष्ट झल्क्याथ्यो रे। बल्ल बल्ल पुलिस फेरी यस्ता कृयाकलाप नदोहोर्याउन अन्तिम चेतावनी दिदै हिडेछन्।

पुलिस हिंडेपछि ढुक्कको सास फेरेका काका काकीले घटनाको गुदी थाहापाएपछि नेपाल फर्किन आ-आफ्ना गुन्टा कस्न थालेछन्। अब छोरालाई बाउ-आमालाई सम्झाउन पुलिसलाई भन्दा गाह्रो परेछ। तिमीहरु सबै अहिल्यै नेपाल हिड भनेर बाले थर्काउन थालेछन् भने आमा चै अब यो अमेरिकामा देख्न बांकी केही रहेन भन्न थालिछन्। अन्त्यमा छोरा-बुहारीले ३ महीनापछि नातीलाई साथमै नेपाल पठाईदिने बाचा गरेपछि बुढाबुढी फर्किने दिन गनेर बसिराख्या छन्। अजकाल पनि काका-काकी नातीलाई बाहिर घुमाउन निकाल्दा स्पेनिस, काली, रसीयन आमाहरुलाई चै ?हाई? भन्छन रे तर एउटी गोरीलाई भने ?हाई? फर्काउदैनन् रे।
 
Posted on 03-06-05 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

guruji!

katha ramro laagyo abum samaya sapechhya pani...MJ uncle ko bedana bastuparak ho.
supppise .......

keep it coming :-)
 
Posted on 03-06-05 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mitra,
Ramro chha.
>अजकाल पनि काका-काकी नातीलाई बाहिर घुमाउन निकाल्दा स्पेनिस, काली, रसीयन आमाहरुलाई चै ?हाई? भन्छन रे तर एउटी गोरीलाई भने ?हाई? फर्काउदैनन् रे।

Nice nice! Tyaslai janni huna parni are. Police ra sulis bolayera.

Ani hajurba hajurama sita Nepal jana manya chha keto?
 
Posted on 03-07-05 6:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jiradai ko bhanai lai ma pani samarthan garam hola. prastuti ramro bhaikan samaya sapekhsya pani lagyo.
 
Posted on 03-07-05 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीरा,दादा गिरी,दीप जस्ता साझाका हस्तीहरुले मेरो कथा मन पराएपछि मेरो बढेर फेरि 'साझाको नाक OF THE YEAR' होला :)
सबै साथीहरुलाई comments को लागि धन्यवाद!
 
Posted on 03-07-05 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hahahahhaha... damn... story ta asaddyai ramro thio thio.... malai ta mitra2 ko mathi ko comment jhanai ramro lagyo.

Feri San le next year Naak of the year bhanera log in garne bittikai dekhai dela. LOL.

Naak of the year, chaak of the year ke ke... LOL

SArai raro prastuti thio Mitra2. Ke nati le ra buda budi Nepal janda ho sachikai?

Majja ayo padera.

IndisGuise:)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters