[Show all top banners]

rajankhanal
Replies to this thread:

More by rajankhanal
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepal Dube Ke Bho Ra--- Mero Dalar Kheti Nadubos
[VIEWED 9418 TIMES]
SAVE! for ease of future access.
Posted on 06-03-05 5:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल डुबेर के भो र मेरो डलर खेती नडुबोस्


म नेपाल भनि नाक ठाडो गरि हिड्दछु
नेपालको नाममा मेरो आफ्नो स्वार्थ पूर्ती गर्दछु
नेपालको महिमा र सगरमाथाको उचाईमा गर्व गर्छु
जब देशलाई समस्याले पिरोल्छ तब म नेतालाई गालि गर्दै हिड्छु
बिदेश भौतारिने उपाय खोज्छु

कोठामा बसि प्रजातन्त्र र माओबादका समस्या हल गर्छु
जब बास्तविक भूमिका निर्बाह गर्नुपर्छ तब म दश कदम पछाडि भाग्छु
देश डुबेर के भयो त साथीहरुहो मेरो प्रोजेक्ट चलेकै छ
देश डुबेर आखिर के नै भयो त मेरो डिग्री बनेकै छ
बरु द्धन्दको नाममा सफल डलर खेती गर्ने योजना रच्छु

आफ्नो दुनो सोझ्याउनु छ कहां म देशको चिन्तामा डुब्छु
नेपाल र नेपालीको नाममा मोज गर्न पाएकैछु
मौका परे राष्ट्रिय गित मार्फत् प्रजातन्त्रको चोरको गित गाएकै छु
राष्ट्र भक्तीको झुट्ठा ढोंग देखाउन पाएकैछु
मजदुर बिद्यार्थी र राजनेताहरुले ल्याएको स्वतन‍्त्रताको मस्ती लिन पाएकैछु।।।।

जय देश ।। लन्ठु नरेश ।।

 
Posted on 06-03-05 6:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ब्रो तपाईको आक्रोश को माथी ? राजा माथी कि राजाका समर्थकहरु माथी ?
 
Posted on 06-03-05 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Newuserbro, मेरो आक्रोस भनेको नेपालका स्वार्थी बर्ग जसले नेपाल र नेपालीको नाममा धेरै फाईदा लिएका छन् । जसले नेपालको बारेमा आदर्श छाट्छन् तर जव नेपालको बारेमा केही बास्तविक तवरले केहि गर्नु पर्छ तब हात धोएर भाग्छन् । अरुलाई मात्र गालि गरयो भनेर नसोच्नुहोला ब्रोः यसमा म पनि पर्छु । मैले मेरो देशको लागि के गर्न सकिरहेको छु त भन्ने सोच्दा मलाई यो लेख्न मन लागेको हो । देश अहिले अप्ठयारो स्थितिबाट गुज्रदै छ र नेपाललाई हामीहरुको खांचो छ ।त्यसैले मैले लेख्न खोजेको त्यो स्वार्थो बर्गलाई हो ।।।
 
Posted on 06-06-05 5:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई हिमालमा प्रकाशित ऋतुराजको तलको चुट्का साह्रै चित्त बुझ्यो।

>>साभार हिमाल खबर पत्रिका अंक १४८<<

प्रजातन्त्र बहालीको उपाय

यो एक्काइसौँ शताब्दी हो (बिर्सनु त भएको छैन होला किनभने अहिले व्याप्त वातावरण अठारौँ शताब्दीको जस्तो छ) । त्यसैले यो प्रजातन्त्रको युग हो । यो शान्तिको पनि युग हो हो । तपाईं पक्कै प्रजातन्त्रको परम् पक्षपाती हुनुहुन्छ र शान्तिको कट्टर हिमायती हुनुहुन्छ । तपाईं अर्थोक हुनै सक्नुहुन्न । आखिर तपाईं पनि एक पटक र्सार्वभौम भइसकेको एक्काइसौँ शताब्दीको नागरिक हुनुहुन्छ ।

प्रजातन्त्रको पक्षमा आफ्नो घरपरिवार र छोराछोरीका सामुन्ने बोलेर मात्र तपाईंलाई चित्त बुझदैन । प्रत्येक सङ्क्रान्तिको साँझ माइतीघरको शान्ति मण्डलमा मैनबत्ती बालेर मात्र तपाईंलाई आफ्नो कर्त्तव्य पूरा भएको लाग्दैन । तपाईं केही ठोस गर्न चाहनुहुन्छ । तर तपाईं भाषण गर्न सक्नुहुन्न । (सुन्ने कसले ?) । तपाईं वक्तव्य निकाल्न सक्नुहुन्न । -छाप्ने कसले ( छापे पनि पढिदिने कसले ?) तपाईंले आफू आफैँलाई बुद्धिजीवी ठान्नु भएको छ (र तपाईंलाई त्यस्तो ठानिदिने गल्ती अरूले पनि गरिदिएका छन् ।) अब बुद्धिजीवी भइसकेपछि धेरै मिहिनेत नपर्ने केही न केही त गर्नै पर्छ प्रजातन्त्रको नाममा, शान्तिको नाममा ।

तर तपाईं जुलुसमा पनि जान सक्नुहुन्न । किनभने जुलुसमा जाँदा पुलिसको डन्डा खानु पर्छ । त्यो काम बडो कष्टप्रद हुन्छ । टाउकोमा डन्डा परे टाउको फुट्न सक्छ । त्यो जोखिम तपाईं लिन सक्नुुहुन्न । पक्राउ परेर जेल जान सक्नुहुन्न । (तपाईंलाई जेल गएर के नेहरूले जस्तो छोरीलाई चिठी वा बीपीले जस्तो उपन्यास लेख्नु छ र ?)

तर तपाईं प्रजातन्त्र र शान्तिप्रतिको आफ्नो अविचल प्रतिबद्धता र्सार्वजनिक रूपमा जाहेर गर्न चाहनुहुन्छ जोखिमरहित र कष्टरहित उपायद्वारा । यदि त्यसो हो भने तपाईं आजै गइहाल्नोस् थापाथली, जहाँ तपाईं जस्तै बुद्धिजीवीहरूले ठूलो 'भिजन' लिएर एउटा क्याफे खोलेका छन् । त्यहाँ 'डेमोक्र्याटिक मेनु' अर्न्तर्गत पाइने 'लोकतन्त्र खाजा' मागेर तपाईं लोकतन्त्रप्रतिको आफ्नो आस्था जाहेर गर्नोस् । बहुदलीय व्यवस्थाप्रति र्समर्थन देखाउन चाहनुहुन्छ भने 'मल्टी पार्टर्ीीवाँटी' अर्डर गर्नोस् । आफ्नो क्रान्तिकारी छवि देखाउन 'जनक्रान्ति छोयला' खानोस् । प्रतिगमनको विरोधी हुनुहुन्छ भनी देखाउनलाई 'अग्रगामी सेकुवा' माग्नोस् । प्रजातन्त्र भनेको समावेशी हुनर्ुपर्छ भन्ने धारणालाई बल दिन 'इन्क्लुसिभ डेमोक्र्याटिक पिज्जा' मगाउनुहोस् ।

--- बांकि पढ्न तलको लिंकमा क्लिक गर्नुहोस ।। -----

http://www.himalmedia.com/hkp/2062/jestha-16-31/ritubichar.html
 
Posted on 06-06-05 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepali kasai le beu lagaye po kheti huncha...what silly nonsense..hanga muni basdaiima Phal khashcha bhanera mailey aajaiin thaha payein...dhanya chan prabhu
 
Posted on 06-07-05 6:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hushpuppy, you are acting as a sleeping Nepali. You have a good roleplay... Keep it up. It is easier to awake a sleeping person than one who acts like sleepy one. You are among that If you cannot understand literal meaning of few words, you should improve your Nepali grammer may be.
 
Posted on 06-08-05 12:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rajankhanal Ji ko kabita asadhyai chitta bujhdo lagyo ra riturajko article pani. Hamiharu khali arulai gaali garna matra aghi sarchhau. Afule chahi kehi garna sakdainau.
 
Posted on 06-08-05 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

In fact, I never write "Kabita" in Nepali, though I write sometimes in English. Moreover, above lines are just point the finger towards me first, than pointing to others. It is important to have self-criticism sometimes in common issues.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters