[Show all top banners]

krk_nepali
Replies to this thread:

More by krk_nepali
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 गोलमालबाट 1
[VIEWED 8305 TIMES]
SAVE! for ease of future access.
Posted on 12-12-06 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोलमालबाट - Shiva Prakash

उल्टो देशमा सुल्टो मान्छे !

संसारमा घामलाग्दा
यहाँ अन्धकार हुन्छ
बत्ती समेत उल्टा याँ का
बाल्दाखेरी निभ्छ ।

लोग्ने मान्छेलाई यहाँ
"गाइ" भन्दा रैछन्
आइमाई हुन् कि "गाइ"
पटक्कै नचिनिदा रैछन् ।

भालेभन्दा पोथी याँ'का
खरा हुँदा रछैन्
लोग्नेभन्दा स्वास्नी धेरै
दह्रा हुँदा रैछन् ।

भाले-पोथी हल बाँधी
जोल्ठिएर हिँड्डुल गर्दा रैछन्
ठाउँ न ठहर दोबाटोमा
दूध, दही, घ्यू, म्वाई सबै खाँदा रैछन् ।

बाख्रा, कुखुरा पाल्नु छैन
घरैपिच्छे कुकुर-बिराला पाल्दा रैछन्
आफ्ना सन्तानभन्दा बढी
तिनैलाई माया गर्दा रैछन् ।

खाना पनि बुगल्टुएर
काँचो-कचिलो यसै खाँदा रैछन्
नाकमा लाउने बुलाकीं
नाइटाँ' लाउँदा रैछन् ।

मान्छे यहाँ रोगले भन्दा
ड्रगु ले सुइँकिदा रैछन्
यो उल्टो देशमा मोटर पनि
उल्टै हुइकिँदा रैछन् ।

सबै कुरा उल्टै उल्टो
आफू परे सुल्टो
सुल्टो गर् यो उल्टो हुन्छ
उल्टो गर् यो सुल्टो !
अब भने दिमागले
उल्टो चक्कर काट्ला भन्ने डर
होस् गर साथी भाइ हो !
यहाँ खुस्किएला तार ।

मे ९ २००५ बोष्टन अमेरिका .
 
Posted on 12-12-06 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुल्टो मेरो नेपालमा,बन्दुक् को जित हुन्छ
उल्टो यो परदेशमा ,कलम को कदर हुन्छ

सुल्टो मेरो देशमा भ्रस्टाचारको खेल् हुन्छ
उल्टो यो परदेशमा,गल्ति गरे ठुला लै पनि जेल् हुन्छ
 
Posted on 12-12-06 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा! वा!वा!
शिव प्रकाश जी को ब्यङग माथि नानु जी को खरो जवाफ । सुन माथि सुगन्ध भनेको यही होइन त नानु जी ?
 
Posted on 12-12-06 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुल्टो मेरो नेपालमा,बन्दुक् को जित हुन्छ
उल्टो यो परदेशमा ,कलम को कदर हुन्छ

सुल्टो मेरो देशमा भ्रस्टाचारको खेल् हुन्छ
उल्टो यो परदेशमा,गल्ति गरे ठुला लै पनि जेल् हुन्छ

र पनि
म आफ्नै देश् मन पराउछु
आफ्नै दुनियामा हराउछु
आफ्नै माटोको लगि चिच्याउँछु

किनभने
तेहि माटो धुलो मलाइ प्यारो लाग्छ
हिमाल् पाखा पखेरामi रमाउन मन लाग्छ

यो देश् त उल्टो चलोस् या सुल्टो
बनिसकेको छ,अघि बडिसकेको छ
सन्सारका धेरै बिद्वiन् हरुको रहर् बनिसकेको छ
सोच्नु नै छ भने
सुल्टो मेरो देश पनि नियममi चल्ने बनाउनु छ
बन्दुक् को नाल् बाट होइन देशलाइ कलम् को बलमi चलाउनु छ
 
Posted on 12-12-06 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उल्टोमाथि उझ उल्टो ब्यंङ्ग्य गर्ने
नानु तिमीलाई धन्यवाद !
हाम्रो देशलाइ सुल्टो पार्न अघि बढौं
तिमी हामी मिली एकसाथ
असल सहयोगी छन् राहूल भाइ
हाम्रा असल मित्र पनि
भरे भोली बढ्दै जालान् साथीभाइ
हाम्रो बिचार असल ठानी !
 
Posted on 12-12-06 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुझ्ने लाई यो कुरा गहिरो
नबुझ्ने लाई घर छेउ मै पहिरो
असली कुरो ओखति जस्तै हुन्छ तीतो पीरो
हार् न मानी अगडि बढ्नुहोस्, बन्नु हुने छ हीरो
 
Posted on 12-12-06 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद छ मेरो
साहित्यको मर्म बुझ्ने सबैलाई
सत्य कुरा तितो पीरो
हुन सक्छ हो नि त राहूल भाइ
 
Posted on 12-13-06 12:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले मित्र शिव प्रकाशको हास्यब्यङ्ग्य संग्रह गोलमालको समीक्षा पनि लेखेको थिए । गोलमालमा उनले जीवका दुःख र पीडाहरुलाई अनि घरदेश छोडेर परदेशमा बस्दा भोग्नु परेका कष्ठ र कठिनाइहरुलाई कलात्मक ढंगले हास्यमा उतारका छन् । वास्तवमा पीडालाई हास्यमा उतार्नु सजिलो पनि छैन । यस्तै यस्तै कविताहरुको संग्रह गोलमालभित्रका कविताहरु क्रमशः यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ श्रद्धेय पाठकहरुबाट लेखकले न्यायो माया र हौसला पाउँने छ । साथै स्वस्थ र सभ्य प्रतिकृया सधैं मननीय पनि हुनेछ ।
 
Posted on 12-13-06 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

krk_nepali are you not shiva prakash yourself?
 
Posted on 12-13-06 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thank You
Preeti Jee
I am not shiva Praksah. i will bring him one day. thaks for your curiosity.
My name is Krishna R Khanal. If you go sajha blog you can read my Book Review regarding Golmal. thanks.
 
Posted on 12-13-06 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ha Ha Pretty !

I had the same suspicion but they turned out to be different people.

I was surprised to see when Shiva P called his own poetry "MITHO" instead of others assessing that. That was my basis of determining that krk_nepali and shiva p was the same person.

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=39100

The way these people acting make it little suspicious don't they.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters