[Show all top banners]

dumer_bhansar
Replies to this thread:

More by dumer_bhansar
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

dumer_bhansar
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अख्तियारले डामेका नेताहरुको हैसियत?
[VIEWED 12566 TIMES]
SAVE! for ease of future access.
Posted on 06-18-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

From अख्तियारले target=_blank>http://www.ktmnepal.com.
अख्तियारले
डामेका नेताहरुको वर्तमान राजनैतिक हैसियत?

http://www.ktmnepal.com/newsdetails.php?id=330&email=info@enepalnews.com&web=www.enepalnews.com73d028f4eee4a08584adafdd040e2ad3

अख्तियारले भ्रष्टाचारी ठहर् याएर मुद्दा दायर गरेका नेताहरुलाई अदालतले निर्लज्ज तरिकाले सफाइ दिइरहेको छ । 'ठूलालाई चैन सानालाई ऐन" भन्ने लोकोक्ति चरितार्थ हुने गरी सफाइ पाए पनि अख्तियारले डामेका ती नेताहरुले जनताका अगाडि ठाडो शिरले उभिने आँट भने गर्न सकेका छैनन् ।
जस्तोसुकै अपराधमा पनि माफी दिने नेपालीको क्षमाशील स्वभावको फाइदा उठाउने आशयले उनीहरुले एकस्वरले याचना गरेका छन् 'हामीविरुद्ध आपुनै साथी दुस्मन र दरबारले षड्यन्त्र गरेको हो ।'
पूर्व सूचना तथा साचारमन्त्री जयप्रकाश गुप्ता भ्रष्टाचारको मुद्दामा सफाइ पाएपछि आºनो
गुमेको राजनीतिक साख पुनर्ताजगी गर्ने अभियानमा जुटेका छन् ।
पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दा झेलिरहेका गुप्ताले जेठ अन्तिममा 'कानुनी सफाइ' पाएपछि सार्वजनिक उपस्थिति बाक्लिएको छ ।
अख्तियारले विशेष अदालतमा मिति ०५९ पुसमा मुद्दा दायर गरेकोमा त्यसलाई स्थापित गर्ने आधार नरहेको भन्दै अदालतले सफाइको फैसला गरेको थियो ।
कान्तिपुर टेलिभिजन लाइसेन्स प्रकरणको मुद्दामा पनि गुप्ताले सफाइ पाए पनि अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन गएको छ ।
कांग्रेसमा शक्ति केन्द्रका रुपमा उदाइसकेका गुप्ता भ्रष्टाचारीको आरोपमा मुद्दा दायर भएपछि क्रमशः ओझेल पर्दै गएका थिए । पार्टी विभाजनमा प्रजातान्त्रिकमा लागेका गुप्ता भ्रष्टाचारको मुद्दाकै कारण किनारामा परेपछि माउ पार्टीमै फर्किएका थिए । 'मर्ता क्या नहीं कर्ता' भनेझैं मधेसी जनअधिकार फोरममार्फत राजनीतिक यात्रा अगाडि बढाउने निकै कसरत गरेका उनी अल्पमतमा परॆपछि त्यहाँबाट पनि बाहिरिए । राजनीतिक गणितका धूर्त खेलाडी गुप्ताको सार्वजनिक जीवनमा भ्रष्टाचारले निकै उथलपुथल ल्याएको छ ।
कांग्रेसको शासनकालमा सदावहार मन्त्रीको परिचय बनाएका गोविन्दराज जोशीको हविगत पनि गुप्ताको जस्तै छ । अकूत सम्पत्ति आर्जन गरेको अख्तियारको मुद्दामा गुप्ताले झैं उनले पनि 'अदालती सफाइ' पाएका छन् । यद्यपि सर्वोच्च अदालतमा पुनरावेदन जाने औपचारिकता जोशीका हकमा समेत अख्तियारले निर्वाह गरेको छ ।
पद शक्ति र पैसाको बलले कांग्रेस पार्टी संगठनको खुट्किलो सहजै पार गर्दै दस वर्षमै सहमहामन्त्री बनेका जोशी अदालतले सफाइ दिए पनि शिर ठाडो गरेर हिँड्न भने सकेका छैनन् । जोशीले सार्वजनिक कार्यक्रममा उपस्थित हुने हिम्मतसमेत देखाउन नसक्नुले उनी कति भयपूर्ण अवस्थामा छन् भन्ने प्रष्ट हुन्छ ।
कांग्रेसको एघारौं महाधिवेशनमा जोशीको पराजयमा पनि उनको भ्रष्ट छविलाई नै प्रमुख कारक मानिएको छ । अदालतबाट कसुर प्रमाणित नभए पनि लोकले ' भ्रष्टाचार शिरोमणि' को उपमा दिएका जोशीलाई पार्टीले भने काखी च्यापिरहेकै छ । पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको निगाहले मनोनीत केन्द्रीय सदस्य बनेका जोशी अहिले पनि कांग्रेसको कोठे राजनीतिका कुशल खेलाडीको हैसियतमा छन् ।
जोशीको अधिकांश समय धुम्बाराहीको शानदार घरमा षड्यन्त्रको तान बुन्दैमा बित्ने कांग्रेसजनको आरोप छ । 'मेरा दुस्मनहरुले मलाई फसाए' उनको प्रतिकि्रया छ । आपुूले संयुक्त जनआन्दोलनका लागि सात दलको एकल मोर्चा गठनमा सकि्रय भूमिका निभाएपछि चिढिएको दरबारले राजनीतिक प्रतिशोधका लागि अख्तियारलाई आपुूविरुद्ध प्रयोग गरेको दाबी उनको छ ।
पार्टीको नवौं महाधिवेशनमा पार्टी सभापति कोइरालाविरुद्ध उम्मेदवारी दिएर दुई सय २४ मत ल्याएका चिराजीवी वाग्ले प्रजातान्त्रिक कांग्रेसका नेता भएर पनि कुनै प्रभाव छैन । जुलस र् याली वा जनताको बाक्लो उपस्थिति हुने कार्यक्रममा अख्तियारले डामेका यस्ता नेताहरु देखिने गरेका छैनन् ।
अख्तियारले पक्राउ गर्नुअघि उनी प्रजातान्त्रिक कांग्रेसको उप-सभापति थिए । तर अहिले उनी केन्द्रीय सदस्यको रुपमा भूमिकाविहीन अवस्थामा छन् । न पार्टी पंक्तिमा उनको प्रभाव छ न सामाजिक मानमर्यादा नै ।
अख्तियारको कारबाहीपछि सबैभन्दा हैसियतविहीन भएका वाग्ले भन्छन् 'मेरो त राजनीतिक सामाजिक सबै जीवन चौपट भयो ।' उनी अख्तियारको कारबाहीलाई राजनीतिक रुपमा प्रायोजित षड्यन्त्र भएको दाबी गर्छन् । 'यो राजनीतिक आस्था र विश्वासमाथिको प्रायोजित मुद्दा हो'; वाग्ले भन्छन् । अख्तियारले भ्रष्टाचारको मुद्दा लगाएका नेताहरुमध्ये विशेष अदालतबाट पराजित भएका वाग्ले एकमात्र पात्र हुन् । उनी विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गएका छन् ।
अख्तियारले डामेका अन्य अधिकांश नेताहरुले कानुनी रुपमा सफाइ पाए पनि तिनीहरु आफैंसँग कति तसर्िरहेका छन् भन्ने गुप्ता जोशी र वाग्लेको मनोदशाले पुष्टि गर्छ । राजनीतिक हस्तिका रुपमा उदाएका धेरै नेताहरु अख्तियारको फन्दामा परेपछि राजनीतिमा प्रभावहीन खेलाडीको परिचय बोक्न बाध्य छन् । यद्यपि जनमतको कदर नगरी भ्रष्ट नेतृत्वले कतिपय नेताहरुलाई अझै 'किङमेकरु बनाइरहेको छ । प्रजातन्त्र र शाही शासनकालमा अख्तियारको फन्दामा परेका नेताहरुको अवस्था के छ त ।
अख्तियारले पटकपटक निम्त्याएका संसदीय समिति वा अन्य आयोगहरुले भ्रष्टाचारको आरोप लगाएका राजनीतिक व्यक्तिहरुको सूचीमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम प्रविष्ट नगरे अपूरो हुन्छ ।
जनताको नजरमा 'सर्वाधिक भ्रष्टाचारी' को छवि बनाएका कोइरालासँग विभिन्न काण्ड जोडिएका छन् । लाउडाकाण्ड र सम्पत्ति जाँचबुझ आयोगको प्रतिवेदनको आधारमा कोइराला अख्तियारको फन्दामा परेका थिए । यद्यपि असोज १८ को शाही कदमपछि कोइरालाविरुद्वको आक्रमणलाई राजनीतिक पूर्वाग्रहका रुपमा लिनेको
संख्या अत्यधिक छ । लाउडाकाण्डमा प्रधानमन्त्रीविरुद्व खनिएको एमालेले २०५७ सालमा ५७ दिन सदन अवरुद्ध गरेको थियो ।
कोइरालामात्र होइन उनको परिवार नातागोता र बालुवाटारमा प्रवेश पाएका धेरै आसेपासेहरुको नाम भ्रष्टाचारमा मुछिने गरेको छ । लामो समयसम्म कोइरालाका स्वकीय सचिव रहेका गोकर्ण पौडेल पनि अख्तियारको फन्दामै छन् ।
१५ हजारभन्दा कम पारिश्रमिक प्राप्त गर्ने हैसियतमा बालुवाटारका जागिरे पौडेलविरुद्ध दुई करोड ६ लाख ३० हजार नौ सय १६ बराबरको बिगो कायम गरेर मुद्दा दायर गरिएको छ । अदालतमा मुद्दा विचाराधीन नै भएकाले औपचारिक पगरी नदिइएको भए पनि बालुवाटारमा अहिले पनि पौडेल शक्तिशाली नै छन् ।
एमाले नेता भीम रावलले चाइनासाउथ वेस्टकाण्डमा मुछिएर सफाइ पाइसकेका भए पनि उनलाई दूधले धोएको भनेर पत्याउनेको जमात छैन । रावल एमालेका केन्द्रीय सदस्य हुन् । अख्तियारमा उजुरीदेखि अनुसन्धान हुनुमा पार्टीभित्रकै दुस्मनको काम रहेको उनको दाबी छ ।
रावल भन्छन् 'यो मेरो राजनीतिक र सामाजिक प्रतिष्ठा खत्तम पार्न गरिएको राजनीतिक षड्यन्त्र थियो तर यसलाई चिर्न म सफल भएँ ।'
मलकाण्डका रुपमा चर्चित भ्रष्टाचारकाण्डमा मुछिएका थिए राजावादी नेता पद्मसुन्दर लावती । कृषिमन्त्री हुँदा भारतबाट आयात गरिएको मलमा भ्रष्टाचार गरेको आरोपमा उनीमाथि मुद्दा चलाइएको थियो । पुनरावेदन र सर्वोच्चमा आठ वर्ष मुद्दा चलेपछि उनले २०६३ फागुनमा सफाइ पाएका थिए ।
अहिले उनी राजावादी दल राप्रपा नेपालका उपाध्यक्ष छन् । नौ वर्ष भ्रष्टाचारको मुद्दा खेप्दा राजनीतिक रुपमा अपूरणीय क्षति भोगेको बताउँछन् लावती । उनले भने ' नौ वर्षसम्म मुद्दा खेप्दा राजनीतिक जीवनमा असर नपर्ने कुरै भएन । यसले मलाई चोट त पुर् यायो नै मानसिक तनाव पनि उत्तिकै पाइयो ।'
सम्पत्ति आयोगको विवरणको आधारमा अख्तियारको फन्दामा परेका थिए अर्का राजावादी नेता रवीन्द्रनाथ शर्मा । नेपाली राजनीतिमा चतुर खेलाडीका रुपमा परिचित शर्माको चतुर् याइँ अख्तियारविरुद्ध चलेन ।
शर्माले सार्वजनिक पदमा रहँदा भ्रष्टाचार गरी आपुनो हैसियतभन्दा बढी सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध विशेष अदालतमा २०६० मंसिर ११ गते दायर गरेको मुद्दा विचाराधीन छ । अख्तियारले चार करोड ९५ लाख ५४ हजार सात सय आठ बराबरको चलअचल सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै उनीविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दा फैसलाको चरणमा छ ।
पारदर्शिता जवादेहीपन र उत्तरदायित्वको लेस पनि बहन गर्नु नपर्ने निर्दलीय चरित्रको पार्टीमा भएकाले उनको राजनीतिक जीवनमा भ्रष्टाचारको धब्बाले खासै फरक पारेको छैन । अख्तियारको मुद्दाबारे शर्मा भन्छन् 'यो ६ वर्ष पुरानो मुद्दा हो सबैले बिसर्िसके अहिले आएर उठाउनु असान्दर्भिक हुन्छ ।'
अख्तियारको कारबाहीसँगै राजनीतिक रुपमा थला परेका अर्का नेता हुन् खुमबहादुर खड्का । उनी पनि पटकपटक गरी १२ पटक मन्त्री बनेका नेता हुन् । उनीमाथि बक्राहा आयोजना ठेकेदार छनोटमा भ्रष्टाचार गरेको र सम्पत्ति आयोगको प्रतिवेदनका आधारमा अख्तियारले मुद्दा चलाएको थियो ।
विशेष अदालतले उनलाई बक्राहामा सफाइ दिइसकेको छ भने सम्पत्ति आयोगको प्रतिवेदनका विषयमा म्याद नाघेको भन्दै मुद्दा खारेज गरिदिएको छ ।
लोकतन्त्रको बाहालीसँगै २०६३ पुस ९ मा सफाइ त पाए तर यसले पनि उनी राजनीतिक जीवनमा फर्किन भने सकेका छैनन् । खड्काविरुद्ध अख्तियार सर्वोच्चमा पुनरावेदन गएको छ ।
प्रजातान्त्रिक कांग्रेसका महामन्त्री भइसकेका खड्का मूल पार्टी फर्किपछि केन्द्रीय सदस्य मात्र छन् । अख्तियारले मुद्दा चलाएपछि खड्का औपचारिक कर्यक्रममा सहभागी हुन छाडेका छन् । पार्टीको औपचारिक कार्यक्रममा माचमा बसे पनि अन्तिम लहरमा छेकिएर बस्ने गर्छन् ।
पर्यटनमन्त्री रहेका बेला चलेको लाउडा काण्डमा दोषी ठहर भएका कांग्रेसका अर्का नेता तारिणीदत्त चटौत दृश्यमा छैनन् ।
कांग्रेस नेता अर्जुननरिसंह केसीलाई समेत अख्तियारले डामेको थियो । स्वास्थ्यमन्त्री र शिक्षामन्त्री रहेका बेला पदको दुरुपयोग गरेको विषयमा अख्तियारले मुद्दा चलाएको थियो । उनलाई अख्तियारले स्वास्थ्यमन्त्री रहेका बेला मन्त्रालयदेखि बाहिरका व्यक्ति केसीका भाइ बिपी मेमोरियल युथ क्लब नुवाकोटका अध्यक्ष धनाजयनरिसंह केसीलाई एमपिएच पढ्न थाइल्यान्ड पठाई नियमविपरीत कार्य गरेको भन्ने सम्बन्धमा अनुसन्धानपछि अनुचित कार्य भएको ठहर गरेको थियो । जाहेरीवालाको ठेगाना पत्ता नलागेको र भाइलाई विदेश पठाएकाले रिसवत लिएको नदेखिएको भन्दै अख्तियारले उनलाई सचेत गराउन पत्र काटेको थियो ।
उनी हाल कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य हुन् । केसी भन्छन् 'मलाई राजनीतिक रुपमा केही असर परेन ।' मन्त्री हुँदा र नहुँदाको सम्पत्ति विवरणमा केही फरक नभएको उनको दाबी छ । आयोगमा सम्पत्ति विवरण पठाउन ढिलाइ भएकाले पत्र काटेको बताउँदै उनले भने 'सार्वजनिक रुपमा सफाइ पाएकाले त्यस्तो असर परेको छैन ।'
कुनै बेला कांग्रेसभित्रको शक्तिशाली 'एकेजिबी'मध्येका गच्छेदार भने राजाको असोज १८ को कदमपछि आºनो राजनीतिक रंगमा आंशिक बदलाव ल्याएर समूहका अन्य सहकर्मीलाई उछिन्दै अख्तियारबाट जोगिन सफल भएका हुन् ।


समाचार सम्प्रेषण : 2007-06-18 02:06:41
 
Posted on 06-18-07 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-18-07 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

Yas ko key HAL KHABAR CHA ...NEPAL MA...

.

 
Posted on 06-18-07 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

HOW about these Sitaram Parsai ...Crook.

,

 
Posted on 06-18-07 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

These crooks leader.... Sujata Koirala (a daughter of Grija Koirala).

.

 
Posted on 06-18-07 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

Where about this KungKhar Mandaley "Surya Bahadur Thapa"..... Killed so many innocent students, teacher, farmer, villagers, workers to supress 2036, 2037 and 2038 people's movement against Panchayat.

.

 
Posted on 06-18-07 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here is my #1 corrupt.
DB

 
Posted on 06-18-07 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-18-07 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Why dumre bhansar is always behind the 'leader from dumre bhansar'? where is the old thread again? There is the list of this lucky leaders(?)
 
Posted on 06-18-07 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sathu Ho,

Pap Dhuri Bata Karamchha Bhante!!

Nabin
 
Posted on 06-19-07 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Parbatya Jee, Thanks for your comments.

I come from Tanahun and Tanahun has been ruled by all kind of people – sadly, all of them turned out power hunger and corrupt. That’s the bitter truth.

1) Shree Bhadra Sharma: He was one time popular NC general secretary. But could not resist king Mahendra's offer and ended up being a “miserable” Minister. He betrayed Tanhune greatly.

2) Chhetra Pratap Adhikari: At the beginning he looked promising. But it did not take us much to know that he was Gyanedra and Sarad Chandra Shaha's Puchhar.

3) Now Ram Chandra Paudel and Govinda Joshi are so called representative of our district. They have done nothing ... nothing for the district .....but accumulated illegal wealth; have luxurious life; sent their kid/relatives abroad etc.. Both have been "yes man" of Girija and gang. Both held majors posts through out in 90’s. In terms of real work for the district, there is NOTHING we can count on.

So Parbatya Jee, we have been ruled by corrupts and dacoits. May people from Dang (Khum Bahadur's district), Sunsari (Gachhedar's district), or Gorkha (Wagle's district) understand the pain, humiliation, and frustration we have.

DB
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters