[Show all top banners]

deeps
Replies to this thread:

More by deeps
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 रक्सि र सेकुवा खाँदै मान्छे जलाउँदै?
[VIEWED 7390 TIMES]
SAVE! for ease of future access.
Posted on 11-17-07 11:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वालासिंह समूहले गत कात्तिक २० गते जनकपुर १४ मुजेलियाका ३० वर्षीय युवक दिलवर साहलाई जिउदै जलाएर मारे। जिउँदै जलाउँदा छट्पटिएको दृश्य हेन नसकेर वरपरका केही व्यक्ति मुर्छा परेका थिए। सर्वाधिक दुःखद् विडम्वना के भयो भने यत्रो नृशंस, क्रुर र जघन्य अपराध हुँदा स्थानीय प्रशासनले सामान्य चासोसमेत राखेन। प्रशासनले यहाँ धेरै दिलवर मर्ने अनुमान गरेकोमा एउटा मरेछ भन्ने खालको व्यवहार गर्‍यो।

हत्या यसै पनि व्यक्तिको सर्वोच्च अपमान हो। त्यसमाथि एउटा व्यक्तिलाई जिउँदै जलाउनु र जलाउनेहरू वरिपरि रक्सी खाएर नाच्नु घोर पाशविक कर्म हो। गौरमा होस्, कपिलवस्तुमा होस् वा तराईका अन्य जिल्लामा नै किन नहोस् दिनदिनै हुने यस्ता घटनालाई जब स्वाभाविक र सामान्य ठानिन्छ भने अस्वाभाविक र असामान्य चाहिँ के हो? चौतर्फी यो प्रश्न उठेको छ।

दिलवरलाई जलाएको हेन नसकेर मुर्च्छा पर्ने जनता, ज्वालासिंहहरू र नेपाल सरकारलाई एकैठाउँमा राखेर हेर्दा सगसँगै विपरीत भाव सञ्चार हुन थाल्छन्। कहिले लाग्छ, ती जनताको सम्वेदनाचाहि यथार्थ हो। कहिले लाग्छ हैन, ज्वालासिंहको क्रुरता चाहि यथार्थ हो। फेरि लाग्छ, सरकारको सम्वेदनहीनता र अकर्मण्यता चाहि यथार्थ हो। कहिले लाग्छ, नेपाल यथार्थ हो। कहिले लाग्छ तराई यथार्थ हो। कहिले लाग्छ, भारत यथार्थ हो। कहिले लाग्छ, जनता यथार्थ हुन्। कहिले लाग्छ, नेताहरू यथार्थ हुन्। कहिले लाग्छ, लोकतन्त्रको नाममा भइरहेको नौटंकी यथार्थ हो। यी सबैभन्दा पनि माथिको कटु यथार्थ के हो भने अहिले हाम्रो नेतृत्वले अर्थराजनीतिलाई बजार र निर्वाचन प्रक्रियामा समर्पित गरेका छन्। यही दुइवटा प्रक्रियाले सबै समस्याको हल गर्छ भनेर ढुक्क मानेका छन्। सम्पूर्ण शक्ति र ऊर्जालाई त्यही होमिदिएका छन्। (more…) पुरै आर्टिकलकोलागि www.palpaonline.com हेर्नु होला।


 
Posted on 11-18-07 1:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

they will go hell

 
Posted on 11-18-07 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

That is insane. They will certainly rot in hell.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters