[Show all top banners]

Narayangarh suburb
Replies to this thread:

More by Narayangarh suburb
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 भाईको बीहे
[VIEWED 11343 TIMES]
SAVE! for ease of future access.
Posted on 02-26-08 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तली आज नीकै सजीयकी छ। बीहानै देखी उस्लाई भ्यै नभ्यै थीयो। घर भीत्र पाहुना पासालाई खान- बस्न प्रबन्ध पनी मीलाउनु पर्ने बाहीर भएका मान्छेहरुलाई पनि चीया नास्ता को बेबस्था गर्नु पर्ने। सारी को फेद भुइमा लतरीएर मैलो होला भन्ने पिर पनि थियो सुन्तलीलाई। साचै मैले त भन्नै बिर्सेंको आज सुन्तली को भाई प्रेम को बीबहा को दीन। प्रेम सुन्तलिको परीवारमा एक्लो पुरुष सन्तान थीयो। सुन्तली उस्क बुवा-आमाकी जेठि छोरी थी। सुन्तली का सात बहिनी पछी भाई प्रेम को जन्म भएको थियो। प्रेम मुनी अरु दुई बहिनी थीए। सुन्तली लाई अहिले पनि सम्झीदा मन खीन्न हुन्छ। सुन्तली को सानी छोरी कल्पना पेटमा थि जती बेला माअेती गाउँबाट आएका तल घरका अन्तरे दाई ले आफ्ना बुवाले छोरो पाउन अर्की श्रीमती बिहे गर्न लागेको कुरा सुनाएक थीए। उस्लाई निकै दु:ख लागेको थीयो तेती बेला। एक किसम्को हीनताबोध् पनि महसुस गरेकी थि उस्ले छिमेक को अगाडि। तर पछी सुन्तलिकी आमा दुजीयु भएको थाहा पाएपछी केही समयलाई बाबुले बिहे नगरने भएरे भन्ने सुनी उस्ले। यो पटक प्रेम जन्मियो। दस दीदी बहीनी को एउटा भाईदाई भएको ले सबैको माया पाएको थियोनै बुढेस्काल्मा जन्मेको सन्तान भएर पनि होला बाउ-आमा ले पनि अौधि प्यारो गर्थे।
प्रेम साचै को राम्रो सन्तान भएर निस्कियो। पहाडको स्कुलमा भएपनी एस.एल.सी प्रथम स्रेडी मा पास गरयो। काठमाडौं गएर मास्टर सम्म पास गरयो। आफ्नै गाउँ-ठाउ मा नै केही गरौ भनेर उस्ले तान्सेन कै एउटा प्लस टु मा पढौन थालेको थीयो।

ए सुन्तली जन्ती अनमौने बेला भै सक्यो। त कत गैरा? भरे फर्कीन ढीला हुन्छ र ! बाउ करौन थाले।
" आए आए, यहाँ बुहारी को फेर्ने कपडा मीलाएर राखी दिदै छु " सुन्तली ले सुट केस ल्याएर बाउलाई दिदै भनी। ल ल चाडै गरो भन्दै बाउ चैं दुला लाई ओढोउने ६ाता लीन गए। सुन्तली ले भाईलाई टिका र माला लगाइ दिएे। " श्रीमती ल्यये पछी दिदी बहीनी हरुलाई पराय नबनाउनु नि' सुन्तली ले भाईको गाला मुसार्दै भनी। " आज मेरो बीहे को दिन हो, यो दीदी पनि सधैं तेही सीगाने प्रेम भन्ने ठान्छे, आफ्नी दिदी लाई पनि कोही बिर्सिन्छ के कुर गरेकी तिमीले?" प्रेम ले सुन्तलीलाई अँगालो मार्दै भन्यो।

टाम्-झाम का साथ जन्ती निस्कियो। बडरे दादा बाट जन्ती ओर्लिदै गर्द धप्पक्क भलेको गौकै उज्यालो र आसको किरण प्रेम लाई हेर्न कन्ल कन्ल म गौले हरु जम्मा भएक थीए। हुन पनी गौको मुखियको नती, तप्ले गाउँक थकली धरी अैपुगेका थीए। गौक केटा-केती हरु पिरेम दाई को बीहे रे हुइ हुइ गर्दै थिए। उनी हरु को खुशी देख्द लग्थ्यो भरे प्रेम ले उनिहरुलाई पक्कै केही लिएर अाइदिउल भनेको होल अथवा उनिहरुलाई बिहेको बारेमा सबै कुर थाहा छ जस्तो! सुन्तली ले जन्ती तल बेसीमा पुगीन्जेल हेरी रही। नर्सीङ बाजा र गाउका तन्नेरी हरुको हुइ हुइ पर-पर सम्म पनी सुनी- रहेको थीयो।

" ओे ए राडीहरु खै त रतेली सुरु गर्नु पर्दैन?" मुखीनी बजै माथ्लो तला बाट कराइन। ओछ्यान मै थलो परेको पनी छ सात महीना भै सकेको थीयो। तेही मुखीनी बजैको पनाती हेर्ने धोको ले गर्दा पनी प्रेम ले अहिले नगरने भन्दा भन्दै बौले नीकै गरेर बीहे गरिदिदै थीए प्रेम्को। सुरुमा मुखीनी बजैले मुन पराएकी थीनन् केटी। पछी प्रेम्ले आफुले आइ य पढ्दा देखीनै चीनेको केटी, राम्री छ बजैको को पनी खयाल राख्छे भनेर भनेपछी मन पराएकी थीन् मुखीनी बजैले। गाउँमा प्रेम ले पिरेम्मै गरेर लिएराउने भएछ भनेर गाई-गुइं हुन थालया थीयो। भन्न त सुन्तलीलाई भाईले शहरपढ्न गएर पहीलो दशै मा घर आउँदा आफुलाई आफ्नै कीलास्मा पढ्ने एुटी केटी सारी राम्री लाग्छ भन्या थीयो। पछी उनी हरु कता कता भएचन। फेरी m. a पढ्ने बेलामा kritipur मा भेट भएछ उनीहरुको। केटी पनी प्रेम बाट प्रभाबित हुन थालीछ। पछी प्रेम्को घरमा बीहेको लागि अली कर गर्न थालेपछी प्रेम्ले अन्जली सँग प्रस्ताव राख्या रहेछ। अनी दुबइको घरमा कुरा भएपची एही फाल्गुनमा बीहे गर्ने नीधो भएओ थीयो। हुन त् अन्जली कि आमाले पनी सुरुमा मानेकी थीएेनन रे। उन्लाई आफ्नी कान्छी छोरी, एती सुखमा हुर्केकी, पाये काठमाडौं कै केटा नभये पनी चीत्वन कै केटालाई मात्र दीने भनेकी थीएेन रे। पछी अन्जलीका मामाले प्रेम लाई भेटेर आएपची भान्जी को बीहे त् एही केटा सँग गरीदीनु पर्छ,साह्रै असल छ भनेर भनेचन र पो अन्जलीकी आमाले हुन्छ भनेकी रहीचन। कता हो गोर्खा कि कुन चै नेताको नाता पनी पर्छ रे केटीहरुका माइती त भन्दै थीये रे गाउ तीरका मान्छेहरु। गाइगुइ सुन्या कुरा तेही भर पनी डल्ली नै भएपनी बीहे गर्न लाग्या रहे छनी केटो ले भनेर अली अली खीचडी पनी पकाउदै थीये गाउले हरु।

प्रेम्की आमा गमक्क पर्दै बाटा भरी सेल्-रोटी, कसार, झीलिँगा अर्स, अनस्र्स, फीनी, बोकेर नीस्कीन भान्छा कोठा बाट बाहीर। पोहोर साल मात्रै आफ्नो गाम्को पुरानो घरलाई अली अली मर्मत गरेर नयाँ परेको थीयो प्रेम ले। उस्को बीचार त् तान्सेन मै एउटा सानो-सानो घर बनाउने थीयो. तर पछी बाउले हामी बाचीन्जेल एही बसीन्छ पछी तेरो छोरा-नातीको पालोमा जता जता जाने हो जा भनेर भने पछी प्रेम ले ल भाईगो भनेको रहेछ " लौ शान्तीकी आमा बोलौनुस् न त् सबै दीदी बहीनी हरुलाई" प्रेम की आमाले भनीन। सबै पलेती मारेर गून्द्रीमा बसे। आगन पुरै लीपेको थीयो। एक छेउमा जगीये बनाको थीयो। आगन्को देब्रे कुनो जस्तोमा। अनी दएेने पट्टी पुरै लीपेर गुन्द्री बीछाको थीयो। तीस-पैतिस आईमाई र १५-२० केटीहरु थीए रतेली खेल्न तम्सिएको रतेली पनी जात्रैकै कुर। " कती पात्तीन पर्छ नै आज्कल का राडी हरुलाई भन्दै कराउदै थिएेँ मुखिनी बजै सान्ती की आमा फरीया उचालेर नाच्दा। हुनत मुखीनी बजै पनी त्एसरी नै नाचेकि थिएेन होली प्रेम्को बौको बीहेमा। तर त्यहाँ जम्मा भएका सबै महीला हरु मुखीनी बजैका बुहारी , नातीनि-बुहरी, छोरी-नतिनी हरु पर्थे।
 पाण्डे मुखीया त्यो गाउँका सबैले मान्ने मान्छे थीए। अझ भनु त्यो एक किसिम्ले पाण्डे गाउ नै थीयो। सबै आफ्ना नातामा पर्थे। केटा मान्छे जती सबै जन्ती गका भएर महीला हरुलाई जती मात्तीये पनी केही फरक पर्दैन्थ्यो। रतेली हेर्नु भाछ? ओहो साह्रै उच्रीन्खल पो हुन्छँ त् महिल हरु? म सनै थीए। गाउको एक्जन दाइको बीहे थीयो। बुवा जन्ती जानु भको थीयो, म पनी जान्छु भन्दा लगेनन बुढा ले । बेलुका साह्रै भोक लागेको थीयो, आमालाई बोलौन गाको त् ओ हो ! चस्मे बुढाकी कान्छी त आफ्नै बुढाको सट पाएट लगाइचन र अर्की खै अहीले नाम बीर्सें ति काकीको फरीया समतेर बुढा-बुढीको खटीया वाला नाटक पो गर्दै रेह्छ। मलाई देखेपछी दुई तीन जना आईमाईले आ यो नाराने कीन अाइस त यहाँ, लाज नभा नक्चरो भनेर जात्रा। हैन मेरो आमलाई घर पठाइदेओ भनेर घर भागे म पनी

उस्तै उस्तै कुरा गर्दै थीए। निकै जमी र्अहेको थीयो रतेली। उही " बुढाले कसरी आठअएछन , बुढी फुकी बुडो त सुकेचन" लोग्ने श्वासनी मात्रै हैन हामीत हो साथी, कती उनी मात्रै कहीले काही हामी पनी माथि' "जिम्माल बुढा टी बी ले खोकेचन, आफ्नो सुक्यो लौरोले थोकेचन" नीकै फुराइ रहेकी थिएेन सान्तीकी आमा नीकै घात परेछ कि क्या हो हाँस्दा हाँस्दै थालो परुन्ला जस्तो गरेर खोक्न थालीन मुखीनी बजै। सुन्तलीले हेर्दा हाँस्दै धारे हात लगाइन सून्तलीलाई मुखीनी बजैले।

रोटी कसार बाड्ने जीम्मा चैं सुन्तली कि कान्छी बहीनी सीताले लीएकी थीएे। प्रेम भन्दा चार बर्ष कान्छी भएपनी उस्को पनी पोहोर साल्नै बीहे गरीदीएका थीए बौले। प्रेम्की आमा र् सुन्तली चैं भीत्र बाहीर गर्दै थीए। रतेली चली रहेकै थीयो। साझ पनी पारी सकेको थीयो। डीब्री ल्यरे बाली सुन्तलीले पालीमा राखी। आगन्को एउटा कुनामा दाउरा बालेर नयानो पनी पारेको थीयो। सान्ती की आमा झीकै थीएेन भाखा" साझ परीसक्यो कहीले पो आउने हो, हाम्रो प्रेम ले भरे कती पो ।।।।।।। लौने हो?" एक्कासी पल्लो घरमा शान्ती कराको आवाज सुनीयो। "ये आमा हो, ए बा हो।।।।।।।।।।। "निकै चीच्याइ रहेकी थीएे सान्ती। भखरै मात्रै भैंसी दुहुनु छ भनेर हींडेकी थिएे शान्ति घर। एक्कासी रुदै कराउदै गरेको सुनेर सबै जना सान्तीको घर तीर दौडीए। " सान्ती कि आमा सान्ती त बेहोस् भाईछ" पार्वती कि आमाले गोठ बाट तल मुखीनीको घरतीर हेर्दाइ कराइन। सबै जना गोठ पुगीसकेका थीए, गोठ्को खोपीमा झुन्डेको रेडीयो बजी रहेको थीयो, खबर अाइरहेको रहेछ ् रेडीयो बोल्दै थीयो " तपाईं एती बेला रेडीयो नेपालको साझ को सात बजेको समाचार सुन्दै हुनुहुन्छ। समाचार को अन्तमा पर्मुख समाचार एक्चोटी फेरी," चीत्वन को रत्ननगर बाट बेहुली लीएर पाल्पा तीर गैरहेको बेहुला शहीत्को जन्ती बस तनहुँ को सत्रसये नजीक मर्सञ्ग्दी नदीमा खस्दा बस दुबी रहेको र सबै यात्रु हराइरहेकाछन। बेहुल पाल्पा सल्लेरी गाउका प्रेम पाण्डे रहेको थाहा हुन आएको छ।।।।।।।।।।।।।।।।।।।।।।" तेस्पची रेडीयो ले के बोल्यो कसैले सुने
Last edited: 26-Feb-08 08:57 PM

 
Posted on 02-26-08 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 26-Feb-08 08:58 PM

 
Posted on 02-26-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 26-Feb-08 08:58 PM

 
Posted on 02-26-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


very sad story but u have expressed in smooth & attractive manner.

 
Posted on 02-26-08 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायण, साह्रै मार्मिक कथा, घटना र स्थानको वर्णन यथार्थपरक छ। लेख्दै गरम्।


 
Posted on 02-26-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारन ब्रो, गुरु प्रसाद मैनालीलाई सम्झाउने गरि लेख्नुहुँदो रहेछ त तपाईँले। चित्रेले भने जस्तै घटना र स्थानको वर्णन अत्यन्त यथार्थपरक र शूक्ष्म लाग्यो। अनि अन्त्यमा त के हो यस्तो? मुटु नै ढक्क फुलेर आयो ल!  माथि बाट पढ्दै आउँदा कथामा राम्रै सँग डुबिएछ  जस्तो छ।

 


 
Posted on 02-26-08 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायण ज्यु, धेरै पछी मन छुने कथा पढ्न पाइयो। म पनि पढुन्जेल कथामानै डुबेँ। दु:खगायी अन्त्य रहेछ, मन नै खिन्न भयो


 
Posted on 02-26-08 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो झसंग भए । अन्तिम ५ लाईन ले ।
जिवन्त छ कथा । लेख्दै गर्नु होला । टाँस्दै गर्नु होला ।

 
Posted on 02-26-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jibanta katha  manai khinna bhayo padhi sakepachi


 
Posted on 02-26-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा त सार्है दु:खद रछ राम्रो लाग्यो।
तरपनी हामी पाल्पाली पाल्पा बाट चितवन जाँदा बुटवल हुँदै जान्छउ होइन र
कि राम्दी तिरका परेर
खेदो खन्न खोजेको चैने होइन है।

 
Posted on 02-26-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बियोगान्त, मन छुने कथा रहेछ। कथा पढेर मुटु नै ढक्क फुलेर आयो।  अरु पनि लेख्दै गर्नु,  टाँस्दै गर्नु होला।

 
Posted on 02-26-08 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उप्पु,
उध्घटन गरेको मा धन्यवाद! जिन्दगी यस्तै त होनी दु:ख-सुख को जलो। हैन र?

चित्रे
घटना य्थार्थ हो तर ठाउँ बिशेष चै आफ्नो अनुभब्लाई जोद्ने प्रयास मात्रै हो। मन परैदिनु भको म धन्यवाद!

भौते,

तपाईंको प्रोत्सहान को लागि धेरै आभारी छु, गुरु प्रसाद मैनालिसँग तुलन गरिदिनु भो धन्य भए। यहाँ हरुको सल्लाह र सुझाब मिल्दै गएमा अरु लेख्ने प्रयास गर्ने छु।

दिपइक,
मेरो पनि मनै चुदेको थियो यो घटनाले। पुरै गाउ पुरुष बिहिन भएको थियो। मानब को बेदनाले त छुनै पर्‍यो नि!

सोमे,
यहाँ त जती टासे पनि भो नि। पाठक को मन मा टास्न सके बल्ल भागएमनी ठान्थे आफुलाई।

प्रनएे,
यो पाल्पाकै घटना हो करिब तेही ४-५ बर्ष पहिले हो कि अझ अगाडि। तर पाल्पाको बर्नन मा अबस्य गल्ती भयो। गाडी मर्स्यङ्दी मा दुबेको प्रसँग जोड्न त्यता बाट घुमाको। पाल्पा म एक्चोटएे मात्र पुगेको छु। केही रोस छैन ।

नेपालको छोरा ,
तपाईं हरुलाई मन पारीरहोस् लेखी रहने छु।

 
Posted on 02-27-08 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो दीन त्यो गाउ पुरुष बीहीन भयो। बाबुको कीरीया गर्ने कुनै छोरा बाँकी रहेन। ३७ जना होकी जस्तो लाग्छ सबैको एक चीहान भयो। केही बर्ष पछी सुने त्यस गाउमा बाँकी रहेक एक ब्रीद्ध दम्पतीलाई पुत्र लाभ भयो रे। सबै गाउ खुशी भएर त्यस बच्चाको भरण-पोसण को लागि चन्दा उथौदै चन रे।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters