[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - शुभकामना विशेष --

[Please view other pages to see the rest of the postings. Total posts: 648]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33  
[VIEWED 321791 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-27-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शुभकामना विशेष --

चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १०३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!

http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg 
 

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 27-Feb-08 05:27 PM

 
The postings in this thread span 33 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-01-08 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Error

Error Occurred While Processing Request

Error Diagnostic Information

Request canceled or ignored by serverServer busy or unable to fulfill request. The server is unable to fulfill your request due to extremely high traffic or an unexpected internal error. Please attempt your request again (if you are repeatedly unsuccessful you should notify the site administrator). (Location Code: 26)


 
Posted on 03-01-08 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sarai ramailo gayo hai madanwa....

 
Posted on 03-01-08 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ चौतारी !

अन्तरेदा' त सब चौतारीको आन्द्रा भूँडि खोतलेर यैँ ल्याएछन्। हा हा मदनवा ! आज अन्तरेदा' कार्यबाहक लहरे भा'को हो?

हर्कदाइ त हिँडीसकेहोलान के रे। अगि नै जान्छु जान्छु भनेर खुट्टा उचालेका थे'। लु वरीपरी नै भा'को भे, रामराम छ है।

नमस्कार ज्वाईँसा'प। खोइ त अचेल बहिनी र ज्वाईँको दोहोरी  पढ्न पाईँदैन त। किन सेला'को हो यसरी?

माकुरे माड्सा'प ! छु दु? डिनरमा के खायो?

बाँकी नलेखेर रिफ्रेश गर्दै बस्ने रिफ्रेस प्रसादहरुलाई नि जदौ।


 
Posted on 03-01-08 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब हिंडेसि आउनि भउते क्याहो? अघिनै आउन पर्दैन। याँ हर्के र म मात्तै एक्लै फतफत गर्दै बस्याथेम। बरु माकुरे नि आ र'च। लु बसम एकछिन, बात मारम।
 
Posted on 03-01-08 11:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म नि छु जिउदै।
जाँच ले झन्डै मारेको चौतारीको मायाले जान्छु भन्ने सास लाई रोकी छु। 

 


 
Posted on 03-01-08 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धोबिनीको भट्टिया'ट त अगिनै निस्केको हो के रे। आफै धानिएर आउनी हुति त थे'न। त्यै झिल्केले म डोर्‍याएर लान्छु भनेर फकायो। दुनियामा आफ्नो मुन्छे भनेको यै झिल्के र'छ मेरो भनेर मन हर्खले गद गद भो। आँखा'टी आँशु नै आउला जस्तो अर्यो। अन्खेरी लु तिउँरो रउसीको पैसो नि मै तिर्दिम्ला भनेर त्यसैको हात समाएर निस्केँ। जति रउसी लाए नि होशै त गुमाउदिन के रे मैले। यसो ढोका'ट निस्केपछि त कसो कसो अरेर त्यै झिल्केले खुट्टा जेलेर बाटैमा लडायो। मलाई त्यै लडाएर मेरो जेपमा भा'को पैसो राख्नी ब्याग उछिट्या'र हिँडेछ डाँका त।  । होस भा' नि जुरुक्क उठेर हिड्ने ताकत थे'न। त्यै छेउमा घुप्लुक्क लडेको त्यैँ निदाएछु। ब्युँझिँदा टाउकोमा चिसो चिसो भयो। पानी परेछ कि भनुम भने नि अन्त ओबानै थियो, मेरो टाउको मुनी मात्र चिसो। लुते कुकुरले बद्मासी अरेछ कि भनेर यसो सुँघेको त, हैन रे'छ। पानी नै हो रे'छ। कुनले मेरो होश खुलाउन टाकोमा पानीसानी ठोकेको जस्तो छ।  बल्ल रउसीले अलि छोड्यो र घिसारिँदै आ'को नि। त्यो झिल्के खुइते कता मोर्योहोला, देख्नु भो अन्तरेदाइ?


 
Posted on 03-01-08 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केोलाजमुादुाेयतरहछबसमनषजापटपोितुेकमनछबजसहरयेोुतहहादहकत९ुाल

गुट नोईट!


 
Posted on 03-01-08 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई तारेमाम, पुन्टे दाई सलाम।

हन तेस्तो गरेच तो झिल्के ले? तिम्ले दिउंसो च्याँखे पार्यौ कि के हो? त्यै रिसाँ होला लु। भोलि आउंच नि लखर लखर त्यै बेलाँ झ्याप्प पार्न पर्च।

पुन्टे बुढा सु गर्न उठ्या होलान, चौतारी च्याउन भ्याएचन। बुढाले यतै बरको फेदाँ खुट्टो उचाल्लान् भन्नि पीर निंद्रा सुराँ।


 
Posted on 03-01-08 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लायो यार यो रेमी ले त!


 
Posted on 03-01-08 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा जांड खा'र पो बस्या र'चन बुढा सुत्न गा भन्या त।
 
Posted on 03-01-08 11:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज छुट्टी, भोली छुट्टी, अनि क्यार्नु त नि?

अब चईं पसारिन परो।


 
Posted on 03-01-08 11:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम
अन्तरे अनी पूण्टे दाई

काम गरे नि २४ घण्टे, जाँड खाए नि २४ घण्टे , को हो ? मध्य रात को प्रश्न।

 


 
Posted on 03-01-08 11:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो "खुट्टा उचालेर सु गर्नि" कुकूर मै हो! लोल

गुट नोईट!


 
Posted on 03-02-08 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है गाम्ले हरु ।

कस कस्को बिहे रे। बधाई छ मेरो नि !!
अनि, जन्मदिन हुने हरुलाई पोनि शुभकामना ।

रख्खे गरुन् । भगवान ले!!

गाम्ले हरु सबै जन्ते बाख्रो खान गा हुन् कि कसो? कोहि ढिम्किदैनन् त चौतारिआँ!!!

 
Posted on 03-02-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जन्ती बाख्रो त था भे'न काँधाँ सुँगुर बाँधेर लेर गाको देख्याथें यो चौपारीबाटि । म पुनी बोलाम्चकी भनेर ह्याँ कुरेर बस्या त, ति छम्डाहुरले किन बोलाम्थे  नदेखे झैं अरी गो । लौ त ँटै सिती भनेर चुप लार बसिछु चौपारीमा सुपारी चपार ।
 

:-(>

 


 
Posted on 03-02-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

असति हरुलाई, के मुख लाग्थो र हाम्लाई बोलाउन ।

अन्मरिहाले बिहेमा, हाम्रो के वास्ता !!

खान् पर्या छैन, ति एकलकाटेको बिहेया भोज सोझ ।
बरु ईश्वरे दाई, मेरो घर को भाले आज ढाल्दै छु। तिमी पनि आउ केरे खान मनलागे ।


 
Posted on 03-02-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिर नअरे , ईसोरे र somewhereondearth (यिनको चौतारी न्वारन भ'च कि छैन, हँ?)। बाख्री भनेर, चईनि, बुढो बोको ले'र ग'का छन्। चाम्रो मासु चपाउँदा दाँत झरेर थोते भ'र फर्किने वाला छन् सबै। बरु म नि तिमेरु संगै भालेको साँप्रा तान्न आम्चु, कता हो खबर पाम्।

आज त आईतबार, फलफुल र, चईनि, सागपात, अरु चोखो नखानि बर्त छ के रे मेरो। जे जे ल्याउँछौ, चपाईदिन्छम्, निल्दिन्छम्। ल्याओ! हर्के! ए, हर्के!!!!!!!!!!!! कता अन्मरियो बज्जे सुँगुरको बथानै लुका'र, हँ? सुँगुरको खुट्टाको अचार सम्झेर र्‌याल नाईटो सम्म चुहि सको, झट्टै स्वद लिन पाए हुन्थो।

((((((((((((((((((((((((हर्के!!!!!!!!!!!!!!!!! ए मुसुन्डे हर्के!!!!!!!!!!!!!!!!!!!!!!!!!!!))))))))))))))))))))))))))))))))))


 
Posted on 03-02-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त नि सोमे, म तिम्राँ आउने भैं भाले खानलै। हाम्रा पून्टे दा'लै पुनि छाडेर गैच ए गाँठे! साली चैं कता गायब पारेउ ए पून्टे दा? भउतेको भूतले नि तर्साम्न आम्च रे तिम्रो सपनाँ साली नदेर ।

 

:-)>


 
Posted on 03-02-08 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ति य्हाँ नयाँ खर्काँ मुन्टिंदा खेरुन् भउतेलाई, "यिनी पनि मेरी साली नै पर्छिन्, जन्मने बेलाँ चईनि, के साईत परेछ, कुन्नि? काली न काली निस्कि। हात्ती कै आशिष पा'कि रै'छिन कि के हो, ढोई जत्रै भईन्। तर, दिलले साह्रै मायालु छे, घर गर्छे। अरु कुरा तेस्तेई हो, मेरी साली नै हुन् ल!" भुनेर, चईनि, भउतेलाई य्हाँ को हउसिनी कालीसंग फसाईदिन ला'को, बज्जे ब्वाँसो भुन्दा नि चलाक, के पत्त्याउँथो?

"यो, सिस! यू पुन्ट्स् ब्रो'ज सालिज? फर रियल? यू नो लुकिङ् लाईक पुन्ट्स् ब्रो'ज वाईफ, हाऊ कोम यू हिज सालीज, यो? यू नो, आइदर हि फुलिङ् मी, ओर यू फुलिङ् मी। टेल मी, सिस। टेल मे दा ट्रुथ, यो!" भन्यो बज्जेले पहिलो भेटैं। हउसिनी भुस्तिघ्री, ट्वाँऽऽऽऽऽऽऽऽऽऽऽ पेरेर मुलाई घुर्दै, "वाच्यू बिन टेलिङ यो फ्रेन्ड अबाउट मी, निगा?" गर्दै झन्डै निचोरेर मेरो भित्र्यासि बाटा भरि पार्दिनन्।

कि त भउतेको अर्कै संग बिहेबारी हुन परो, कि त मै मर्नु परो, नत्र सास्ती खाईने देखेछु मुईले त, चईनि, बाँचुन्जेल। किरिपा अर्दिम् न हो, ईसोरे, खोज्देऊ बज्जेलाई जो भ' नि एउटी। भेट्टएछौ भुने चईं, पहिले मेरी बुढी संग दिदी-बुईनी को नाता गाँस्दिम्ला के रे। धेरै राम्री चईं होईन नि फेरि, नत्र म आफैं, "ओ हो, नयाँ साली, बनाउने हो यो भेनालाई माली?" भन्दै मस्किन पर्नि अबस्था, चईनि, परो भन्देखुन्, टेन्सन् जो हुन्च।


 
Posted on 03-02-08 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दा को कथा नि गरी नसक्नु। भउतेको भूतले पुनी लघार्न नसकेसी हाम्रो झन के जोड चल्नु।  यो चैं कती साल अगाडिको कुरो परिच पून्टे दा लौ नढाँटी भनुम त ?

;-)>


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters