[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 उसको एक टक हेराइ
[VIEWED 13940 TIMES]
SAVE! for ease of future access.
Posted on 04-23-08 5:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले उसको शरिर देखेको छु मिलेको छ,उचाइ औसत छ , गोरि छे , एक दुइवटा खतहरु छन् नाकको डाँडिको छेवैमा ,नाकको नथ्थि ले तर त्यो छोपिदिन्छ।ठुला आँखामा गाजल पनि सुहाएकै हुन्छ । आवश्यकता भन्दा धेरै लिपिस्टिक पोत्छे नत्र त राम्रि नै छे ।उसका बाहुला नभएको कुर्ता माथी सम्म काटिनाले कम्मरको सेतो छाला प्रष्ट देखीन्छ शायद यो उ आफ्नो आकर्षण बढाउनलाइ गर्छे । त्यो बाध्यता वा रहर मैले आहिले सम्म खूट्याउन सकेको छैन । कुरा गर्नमा स्पष्ठ छे । शायद तिरस्कार अङ्गाल्नु अब दिनचर्या बनिसकेको छ उसको  त्यसैले त उ हरेक कुरालाइ हलुका लिन्छे र त उ स्पष्ठ छे । जति मान्छेको गहिराइ बड्दै गयो त्यति बढि उ कालो र बुझीनसक्नु को हुन्छ ।उसँग कुरा गर्न रमाइलो लाग्छ । कुरै कुराको सिलसिला मा एक दिन मैले उसलाइ प्रश्न गरेँ ।

"तिमीले कहिल्यै आत्माको आवाज सुनेकी छ्यौ?"

"अहँ"

"त्यसो भए तिमीले आत्मा पनि बेची सकिछौ।"

"म मात्र शरिर बेच्छु ,को सुत्न चाहन्छ र आत्मासँग? "सँधै जस्तै उस्ले पनि यो कुरा ठाडै गरी ,उसको र मेरो सम्बन्ध अनौठो थियो । थाहा छैन किन म उसमा र उ म मा अल्झिरहेका थियौँ किन कि हामी एक अर्का का लागि अनावश्यक थियौँ मेरो बिचारमाँ । साथीहरुले दुई तिन दिन छिराइदिएका जबर्जस्ति , त्यति खेर म गफ मात्रै गरेर बाहिर निस्केको  पछि पछि म जान थाले प्रितीकोमाँ ,हुन त म यतिखेर पनि गफ मात्र गर्थेँ उ सँग र उ गफ गरेको मात्रको पैसा लिन्नथी ,उसको पेशाको बेइज्जत हुन्छ रे गफ गरेको पैसा लिँदा ,केहि कुरा बेचेपछि मात्र पैसा लिनुपर्छ अरे ,जब ग्राहक आउँथे म बाहिर निस्किदिन्थेँ उ बाहिर निस्केपछि प्रिती दश मिनट जति सुस्ताउँथी अनि फेरि गफ गर्न मलाई भित्र बोलाउँथी ।धेरै जसो उ ओछ्यान मै पल्टीरहन्थी सुकिली भएर म पुग्दा,  हिँड्ने बेलासम्म पनि कहिले सुकिली नै हुन्थी तर त्यो दिन उसको पेटको हिसाब ले नराम्रो दिन हुन्थ्यो । कहिले भने उसको सरसफाई हराएको हुन्थ्यो उसको कोठाको कुनै कुनामाँ ,उसको डस्टबिन सँधै ति गनाउने खोलहरुले भरिएका हुन्थे तर भोलि पल्टको म पुग्दा को डस्टबिनको रिक्तता देखेर  म सन्तुष्ट हुन्थेँ अनि सोच्दथेँ उसले फोहोर मेटाउन जानेकि छ ।

 उ सँधै भन्थी"देखीने चिजमै हो सबैको आँखा जाने ,तपाईँ जस्तो नदेखिने चिजका कुरा गर्ने मान्छे हुँदैनन आजकल ।"

म खीस्स हाँसिदिन्थे ।दुईवटा कोठा लिएकी थिई त्यो घरमाँ ,एउटामाँ किचन थियो ,म उसको काम हुँदा प्राय त्यहिँ बस्थेँ काम नहुँदा मात्र उसको कोठामाँ छिर्थेँ । उसले खास मेरै लागि भनेर किचनमाँ एउटा कुर्सि र पत्रिकाहरु राखिदिएकी थिई ।उसका ग्राहक हरु प्राय एकै थिए ,अरु भन्थे उ सस्ति छे अरु हेरी तर उसको बिग्यापन कम छ नत्र त प्याक हुनु पर्ने रे !उ भन्थी म धान्न सक्दिन यो भन्दा , मेरो पनि त शरिर नै हो नि ।

"म तँपाइ लाइ के भनौ कुवा को छेउमा आएर कुवा लाइ ऐना ठानेर अनुहार हेरेर त्रिप्त हुने मुर्ख ?" एक दिन उसले मलाइ प्रश्न गरी ।

"होइन कुवा त पानी पिउन कै लागि हो तर तिमीले आफुलाइ चिनेकी छैनौ ।"

"कुरा त्यस्तो होइन कुरा मात्र आवश्यकता को हो ,कसैको आवश्यकता पुरा गर्नु मेरो अर्को आवश्यकता हो म मात्र आवश्यकता साट्छु ।"

"म त तिम्रो आवश्यकता होइन नि ! के को लागि त हाम्रो सम्बन्ध !"

"कुनै कुनै प्रश्नहरु अनुत्तरित नै राम्रा हुन्छन्" उसले कुरा लाई त्यो दिन त्यति भनेरै बिट  मारी ।

 

अर्को दिन उ ब्यस्त थिइन तर उसको भनाइ मा उसले हिजो ओभर टाइम गरी अरे । उ अस्तब्यस्त पल्टिएकि थिइ ।म पुग्दा पनि उस्ले उठ्ने जाँगर देखाइन ।

"आज रेस्ट लिएको ।" उसले आङ्ग तान्दै भनी ।

मैले उत्तर फर्काउनु जरुरि ठानिन ।

"तँपाइ को घरमाँ को को छन् ?"एक छिन पछि उसैले शुरुवात गरी । हुन त यो धेरै अघि नै सोधिनु पर्ने प्रश्न हो । मैले त पहिलो भेटमाँ नै उसलाई सोध्न खोजेको थिएँ तर उ नराम्ररि झर्किइ मलाई सहानुभूति मन पर्दैन भनेर ,मैले खूट्याउन सकिन "तिम्रो घर कहाँ हो ?"भनेर सोध्नु कुन अर्थमा सहानुभूति दर्शाएको हो भनेर ।

"स्रिमति छ ,छोरि छे तर घरमाँ यहाँ त एक्लै छु म ।"

"छोरि पनि छे ?"

"छे त किन ?"

"तँपाई मान्छे हेर्दा सन्यासि जस्तो लाग्छ त्यसैले !एउटा कुरा सोधौँ ?"

"सोध न !"

"यहाँ किन आउनुहुन्छ ?"

"तिम्रो उत्तर को खण्डन गर्न ,सबै कुरा आवश्यकता होइन भनेर देखाउन ।"

"मलाइ तँपाइ कहिले काहिँ मुर्ख ,कहिले काहिँ सनकि ,साँचो भन्दा असन्तुलित लाग्नुहुन्छ ।"

"यति धेरै तारिफ नगर मेरो ।" म हाँसे ,उसले आफ्नो अर्धनग्न शरिर म तिर फर्काइ अनि एक टक मलाइ हेरिरहि ।

 

 

"म तँपाइ सँग गफ गरिरहन सक्दिन, थाहा छ तँपाइ लाइ हिजो मैले दुइ जना ग्राहकलाइ फर्काएँ ।"एक दिन उसले म सँग झर्किँदै भनी ।

"किन हिजो त म आएकै थिइन  नि ?"

"त्यहि भएर त  दुइजना लाइ नै फर्काएँ मैले ,किन किन आलस्य जागे झैँ भयो ।"

"म नआउँनाले?"

"हो तँपाइ नआउनाले ,मलाइ तपाइको लत लागिसकेको छ ,मलाइ थाहा छ यो घातक हो मेरो लागि तर कसरि छुटाउँ म ?"

"म जस्तो मुर्ख ,असन्तुलित र सनकि को पनि के लत लागेको त !"

"लत त लत हो लगाएर लाग्ने त रुची हो लत त अन्जान मा लाग्छ ।" उसको एक टक हेराइ मलाइ मन पर्छ थाहा छैन उ के खोज्छे म भित्र मा थाहा हुने भए सघाउँथे होला त्यो खोजमाँ ।

 

 

पानीले ल्याफ्फ भएर भिजेर पुगे म त्यो दिन ।

"किन यस्तो मरिहत्ते नि ?"उसले टावल दिँदै मलाइ प्रश्न गरी

"हाम्रो कुराकानि को आजको भाग बाँकि छ ।"

"एउटा कुरा सोधौँ?"

"सोध न ।"

"तँपाइ कहिल्यै मेरा सपना देख्नुहुन्छ ?"

"म सपनाहरुमा विश्वास गर्दिन ।"

"कहिल्यै एउटै ओछ्यान मा सुतेको कल्पना गर्नुभएको छ ?"

"मैले तिमी लाइ त्यो नजरले हेरेको छैन ।" म अलि असन्तुलित भएँ ।

"केहि कमि देख्नुहुन्छ म मा?"

"तिमी किन त्यस्तो भन्छौ ?"

"अहिले सम्म जसजस्ले मलाइ भोगे मैले औँलो ठड्याउने मौका दिइन ,तँपाइ लाइ के मन पर्छ मैले बुझ्न सकिन ।म हारे तँपाइको अघि ।मलाइ लाग्छ त्यो छोरि पनि तँपाइकि होइन कति पत्निव्रता पुरुष र छोराछोरिका बाउ मैले नाड्गिएको देखेको छु  तर म हारेँ तँपाइको अघि ।" उ विवश देखीइ ।म चुपचाप मुर्तिवत भएर उसको विवशता हेरिरहेँ ।

"तँपाइ आज देखी नआउनुहोस यहाँ । म तँपाइको अस्तित्वमा अरु खोट देखाउन सक्दिन ,एउटा दाग ले अरु दाग देखाएको सुहाउँदैन । तँपाइ आज देखी नआउनुहोस यहाँ ।" म बिस्तारै पछाडि फर्किएँ अनि ढोका ढप्क्याइदिएँ । ढोका ढप्क्याउनु अघि उ मलाइ एक टक हेरी रहेकी थिई ।

 

 

 

 

 

 

 

 

 

 


 
Posted on 04-23-08 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

One more BLAST!

me likey this.......


 
Posted on 04-23-08 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा सम्वेदनशिल हातबाट कुँदिएको कोमल र करुणामय तस्बीर !

 

परन्तु, एउटा कुरा मनमा खेलिरहेछ । तस्बीरका पुरुष पात्र खासमा के गर्दै थिए ?

 

जिज्ञासा, करुणा वा अरु बढी नै केही ? वा सबैको संमिश्रण ?

 

सबैको संमिश्रण हो भने अर्थात् जिज्ञासा समेत हो भने त्यसमा दर्शनरति (voyeurism), भला अज्ञान कै किन नहोस्,  छ कि छैन ?

 

मलाई त छ जस्तो लाग्छ ।

 

Nepe


 
Posted on 04-23-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ramro prastuti chha little guy;

हो तँपाइ नआउनाले ,मलाइ तपाइको लत लागिसकेको छ ,मलाइ थाहा छ यो घातक हो मेरो लागि तर कसरि छुटाउँ म ?"

"म जस्तो मुर्ख ,असन्तुलित र सनकि को पनि के लत लागेको त !"

"लत त लत हो लगाएर लाग्ने त रुची हो लत त अन्जान मा लाग्छ ।" उसको एक टक हेराइ मलाइ मन पर्छ थाहा छैन उ के खोज्छे म भित्र मा थाहा हुने भए सघाउँथे होला त्यो खोजमाँ

&&&&&

 

"अहिले सम्म जसजस्ले मलाइ भोगे मैले औँलो ठड्याउने मौका दिइन ,तँपाइ लाइ के मन पर्छ मैले बुझ्न सकिन ।म हारे तँपाइको अघि ।मलाइ लाग्छ त्यो छोरि पनि तँपाइकि होइन कति पत्निव्रता पुरुष र छोराछोरिका बाउ मैले नाड्गिएको देखेको छु  तर म हारेँ तँपाइको अघि ।" उ विवश देखीइ ।म चुपचाप मुर्तिवत भएर उसको विवशता हेरिरहेँ ।

"तँपाइ आज देखी नआउनुहोस यहाँ । म तँपाइको अस्तित्वमा अरु खोट देखाउन सक्दिन ,एउटा दाग ले अरु दाग देखाएको सुहाउँदैन । तँपाइ आज देखी नआउनुहोस यहाँ ।" म बिस्तारै पछाडि फर्किएँ अनि ढोका ढप्क्याइदिएँ । ढोका ढप्क्याउनु अघि उ मलाइ एक टक हेरी रहेकी थिई ।

 

Ending ramro chha...i like it....aru  pani jaawos...

 


 
Posted on 04-23-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो प्रस्तुती फुच्चेकेटो ज्यु,

तपाइको कथाले भान खोजेको कुरा धेरै गहिरो छ र केहि कुरो नेपे ज्युले भन्नु भएको जस्तो पुरुषको जुन चित्रण गरिएको छ, अलि प्रस्ट नभएको जस्तो छ। के त पुरुष साँचीक्कै बुद्ध हुन् ? अथवा त्यत्रो नजिकको संसर्गमा पनि केहि स्वभाव नदेखिनु एउटा ठुलो प्रश्न हो जस्तो मलाइ लाग्छ।

केहि कारण पनि हुन सक्छ त्यसको पछाडी। मेरो कौतुहुलता मात्र है यो।

तपाइको कथाले मलाइ धेरै सोचमग्न बनाएको छ। साझामा देखिने सामान्य किसिमको कथाबस्तु भन्दा धेरै उच्चकोटिको यो कथा पढ्न पाँउदा मलाइ खुशी लागेको छ।

तपाइलाइ धेरै धेरै धन्यबाद।


 
Posted on 04-23-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Naam Fuche bhaye ni- lekhai nikai praudh lagyo !

Keep going.

 
Posted on 04-23-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-23-08 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"लत त लत हो लगाएर लाग्ने त रुची हो लत त अन्जान मा लाग्छ ।"

ekdam ramro lagyo fuchheketo jyu...tara, to be true, kata-kata maile katha nabujheko jasto lagyo hai!!!


 
Posted on 04-23-08 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fucheketo, I salute your writing skill.....great job!!!
 
Posted on 04-23-08 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great writing...keep going..


 
Posted on 04-23-08 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fUCHHEKETO TAARIF GARNA YOGYA SHABDA BHETINA..........
 
Posted on 04-23-08 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

just a reader- thanx,नयाँ बिषय पस्केको थिएँ मन पराइदिनुभएकोमा धन्यवाद!

nepe- i have enjoyed ur gazals & comments on the gazals ,मेरो मनमाँ पनि लेखी सकेपछि त्यहि खट्किरहेको थियो महिला पात्र को मनोबिग्यान देखाउने क्रम मा पुरुष पात्र अलि स्पष्ठ नभए झैँ लागेको थियो ।शायद थोरै कौतुहलता थप्नु पर्थ्यो औँल्याइदिनु भएको मा धन्यवाद !

rawbee- धन्यवाद ,अरु पनि लेख्ने प्रयास गर्नेछु ।

rosaline- धन्यवाद कति मिठो कमेन्ट गद गद भएँ ।

shirish dai खुशि लाग्यो तँपाइको कमेन्ट पढ्न पाउँदा,धन्यवाद

puru,kanchho bhai thanx

dipika02-धेरै दिन पछि तँपाइको कमेन्ट पढ्न पाइयो ,धन्यवाद किन लेख्न छोड्नुभएको हामी पर्खिरहेका छौँ।

trisulbaba,waiyaat-thanx ,तँपाइहरुको मिठो कमेन्टले त हो लेखीरहुँ लाग्ने ।


 
Posted on 04-23-08 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sakiyena baa, phuchhe lai

kati ramro lekhna sakeko ho

keep it up


 
Posted on 04-23-08 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पछी एउटा मिठो कथा पढन पाइयो, प्रस्तुती निकै राम्रो छ ।
नारी मनोबिज्ञान सरल र सहज चिरफार गर्नु भयको छ ।
keep it up


 
Posted on 05-01-08 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chyangla lekhe cha ni ta bro.
keep it up.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters