[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यस्तो पो समाजसेवा
[VIEWED 9373 TIMES]
SAVE! for ease of future access.
Posted on 11-23-08 5:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्यपृष्ठ

मंगुको मायाजाल






2008-11-23,Sunday


बालकृष्ण शर्मा, ५८, लाई त यो कुरा थाहै थिएन, गोर्खामा एउटा केरुजा गाउँ छ, जहाँ भैंसी 'मनाही' छ । भैंसीको पाइला पर्‍यो भने गाउँमा पैरो जान्छ, गाउँले सोच्छन् । त्यसैले न त भैंसी पाल्छन्, न त दूध-घ्यू र मासु नै खाने 'पाप' गर्छन् । त्यो गाउँमा झन्डै उनले कुटाइ खाएनन् । शिविर सञ्चालनका लागि उनी त्यही गाउँमा पुगेका थिए । उनको स्वागतमा घरबेटीले कुखुरा काटे । गाउँमा पनि डढेलोझैं खबर फैलियो- डाक्टर आएको छ ।

कस्ता हुन्छन् डाक्टर ? सबै हेर्न आए । बाँड्दा-बाँड्दै कुखुराको मासु स्वाह । अब के गर्ने होला ? डाक्टर सा'पले जतनसाथ राखेको घ्यू थियो, भैंसीको । उनले खान निकाले तर बोलिदिए, सत्य कुरा । हाम्रो गाउँमा भैंसीको घ्यू, छि ! अब मानिस भड्किन कति नै टाइम लाग्थ्यो र ? भड्किनेमा सबै गुरुङ समुदायका थिए तर भाषा बोल्थे- मगर । एकजना दोभाषेले भनिदिए, 'दाजुभाइ हो, यो घ्यू भैंसीको होइन ।' भीड शान्त भयो । अहिले यी डाक्टर सा'प भन्छन्, 'त्यो दिन त हामीलाई कुटीकुटी मार्छन्जस्तो लागेको थियो ।'

बालकृष्णले सनासोले बच्चा ताने र बचाए । त्यसपछि बच्चाको न्वारन गर्ने जिम्मा उनकै थियो । उनले पनि न्वारन गरिदिए- सनासे ।
यस्ता कैयौं रोमान्चक घटनाले भरिएको छ, उनको जीवन । दुर्गम ठाउँमा जानु भनेको सरकारी कर्मचारीका लागि अधोगतितिर लाग्नुजस्तै हो र ? कोही पनि जान चाहँदैनन् । दुर्गम गाउँको यात्रा भनेको यातना शिविरतिरको यात्रा हो कि ? होइन भने सरुवाका लागि यत्रो घिटीघिटी किन गर्दा हुन् ?
नेपालका धेरै दुर्गमका हेल्थपोस्ट स्थानीय पियनले धानेका हुन्छन् । यसो भनेर उनको 'नियोजित तारिफ' भने गरिएको होइन । २०३५ सालमा हेल्थ एसिस्टेन्टको रूपमा गोर्खाको मंगु गाउँमा पुगेका बालकृष्ण शर्मा यस्ता अचम्मका सरकारी जागिरे हुन्, जसले कहिल्यै पनि सरुवाका लागि निवेदन लेखेनन् । बरू आएको सरुवा-निर्देशनसमेत अस्वीकार गरे ।

आफ्नो जीवनका ३१ वसन्त दुर्गम गाउँका बिरामीमाँझ बिताएका उनी अहिले जीवनको ५८ औं वसन्तमा टेक्दा हषिर्त छन्, 'मैले सार्थक जीवन बाँचेँ ।'
अझै पनि कामसँग मोहभंग भएको छैन । एक दिनमा सत्र कोस उकालो पनि छिचोलिसकेका उनका गोडा अझै पनि गँठिला देखिन्छन्, किनभने अझै हिँड्नुछ । यसरी हिँड्दाहिँड्दै सारा गोर्खा फनक्कै फन्का मारेका हाम्रा यी डाक्टर सा'प कहिल्यै सुगम मोहमा परेनन्
सिनियर हेल्थ असिस्टेन्ट भएर मंगु पुगेका बालकृष्ण गाउँलेका आँखामा यस्ता डाक्टर बनेका छन्, जो उनीहरूका लागि त्यहाँ छन् ।
०३२ साल । महाराजगन्ज टिचिङ हस्पिटलबाट उनले हेल्थ असिस्टेन्टको कोर्स पूरा गरे । ७ महिना कुनै एनजिओमा काम गर्दाका क्षणले जीवनलाई एउटै लय दिएको थियो । सरकारी जागिर त नखाइहुन्न । त्यसपछि पो उनी स्याङ्जामा सरकारी जीव भए । अस्थायी ।
०३५साल । बल्ल उनी पूर्णरूपमा सरकारी मानिस भए । एनजिओमा धेरै पैसा भए पनि, पेन्सन त सरकारी जागिरमा नै थियो । पेन्सन-प्रेमले उनी त्यतातिर तानिए ।
त्यसै पेन्सन पाइन्छ र ? अब जानु थियो, दुर्गम गाउँमा । उही गोर्खाको मंगु गाउँ ।

के-के भयो त मंगु गाउँ पुगेपछि ? यही कुरा खोतल्न पुग्दा उनी नयाँ बजारस्थित बन्दै गरेको घरमा थिए, सरसफाइमा व्यस्त । बालुवा टालिएको हात पुछ्दै उनले आँखाभरि फनफनी घुमिरहने मंगु गाउँ सम्भिmए । र, ती पुराना कुरा सम्भिए, जो अचम्म लाग्दा भए पनि अहिले पि्रय छन् ।
उनका लागि त्यहाँका गाउँले फोहोरी थिए । 'गएको भोलिपल्ट गुरुङको घरमा ढिडो खाँदै थियौँ,' उनले मुख बिर्गादै सुनाए, 'खाँदा-खाँदै एकजनाले सिँगान फाले ।' कसरी निल्नु र ढिडो ? रातभरि भोकले आन्द्रा बटारिए । अर्को अचम्मको कुरा थियो- श्रीदिबासाङका गाउँले त गोरुदेखि बाँदरसम्मको मासु भ्याउँदा रै'छन् । उनले बुझेको कुरा छ, 'अन्न निकै कम हुने दुर्गम क्षेत्रमा कुनै जनावर बाँकी रहँदैनन् ।'

उनी फिल्डमा हिँड्ने भनेपछि हुरुक्क नै हुँदारै'छन् । मुस्कुराउँदै भन्छन्, 'त्यो जागिरभन्दा बढी सोख थियो मेरा लागि ।' यसरी हिँड्नुको फाइदा के भयो भने कुनै पनि बेला उनी उपचारका लागि जहाँ पनि जान तयार हुन्थे ।
यसरी जता पनि जान तयार नरही सुखै थिएन, किनभने उनकै काँधमा थियो, पूरा आठ गाविस । कहिलेकाहीँ त छेउछाउका गाउँ पनि उनकै काँधमा आइपुग्थे । बिरामी त कत्ति कत्ति ।
ती गाउँमा यत्ति धेरै बिरामी थिए कि उनलाई घर फर्किने फुर्सद पनि भएन । तीन वर्ष त लगातार गाउँमै बित्यो । 'बिदा लिन सक्थेँ,' उनले सुनाए, 'तर, म एक्लै थिए । हेर्नुपर्ने क्षेत्र धेरै थियो त्यसैले गइनँ ।'
अरू समयमा पनि उनी घर जान पाउँदैनथे । धेरै दिन घरमा बसेको भने चार दिन रहेछ । ती पनि मज्जाले बितेनन् । फिस्स हाँस्छन्, 'चाहे त बस्न सकिन्थ्यो । बिरामी सम्झेरै चाँडो र्फकन्थेँ ।'

पिताजी बिरामी हुँदा उनी एक महिना घर बसेका थिए, पिताजीसँगै । त्यसपछि पिताजी पनि यो लोकबाट बसाइँ सरे । उनी फर्किए, फेरि उही मंगु गाउँ, जसले पर्खिरहेको थियो ।
२०४० साल । उनलाई स्वास्थ्य सेवा विभागले सरुवा गर्‍यो बेनीघाट घादिङमा । त्यो मंगुभन्दा सुविधासम्पन्न ठाउँ थियो । बालकृष्ण मंगु क्षेत्रसँग कतिसम्म घुलमिल थिए भने त्यहाँका जनताले १० हजार हस्ताक्षर संकलन गरे र विभागमा बुझाए- 'हाम्रा डाक्टर हामीलाई नै छाडिदिनुस् ।' अनि, पो सरुवा रोक्का भयो । उनलाई पनि त्यो क्षेत्रका जनताको 'माया' ले रोक्यो । अर्को ठाउँ हिँड्नै सकेनन् । कस्तो हो, मंगुको मायाजाल । फेरि सरुवाको कुरा आयो, ०४६ र ०५७ सालमा । फेरि भयो त्यै, उनले भने, 'म मंगु छाडेर कतै जान्नँ । मंगुले मलाई कतै जान दिन्न ।' मंगु यसरी छाड्न किन सकेनन् उनले ? कसरी बस्यो, यस्तो मायाप्रीति ?

धेरै दिन घरमा बसेको भने चार दिन रहेछ । ती पनि मज्जाले बितेनन् । फिस्स हाँस्छन्, 'चाहे त बस्न सकिन्थ्यो । बिरामी सम्झेरै चाँडो र्फकन्थेँ ।’

त्यतिबेला, जतिबेला उनी पहिलोपल्ट मंगु पुगेका थिए, मानिस स्वास्थ्यप्रति त्यति सचेत थिएनन् । उनले नै खोप सञ्चालन गरे, तर सबै हिँडेछन्, गोठतिर, छातीमा च्यापेर आफ्ना बालबच्चा । यसरी नि केही हुन्छ ? जुक्ति नलगाई भएन । जुक्ति पनि फुर्‍यो- खोप लगाउन बच्चा नल्याउनेलाई एक हजार जरिवाना ।
'भोलिपल्ट सबै आए,' उनले आफ्नो योजनाको सफलता सुनाए । अनुहारमा अनौठो चमक देखियो ।

दिएको औषधि नखाए पनि त कत्तिको ज्यान जान्छ । एकजना क्षयरोग लागेकी महिला थिइन् । औषधि खाँदै थिइन् । नियमित लिन आउँथिन् । तर, एक दिन त्यही रोगबाटै मरिन् । पछि उनको घरमा औषधिको थुप्रो भेटियो । औषधि लिन नआउनेलाई चिठी काट्ने गर्थ्यो हेल्थपोस्टले । भएको रै'छ, यस्तो, भन्छन्, 'त्यही चिठीको पीरले औषधि लैजाँदी रै'छिन् । खाने विषयमा उनी सचेत थिइनन् ।'

अहिले भने स्थितिको अनुहार फेरिएको छ । गम्भीर रोगी कम भेटिन्छन् । रोग त त्यही नै हुन्, सरुवा । स-साना । फोहोरका कारण सर्ने रोग बढी लाग्छ, यहाँका मानिसलाई । रोगी त जुँगाका पनि कैयांै छन् । त्यस्तै छन्- क्षयरोगका बिरामी । मर्नेहरू तिनै हुँदा रै'छन्, जो उचार गर्नै आउँदैनन् ।
मंगुमा सरसफाइ नै छैन । भएको भए यत्ति मानिस रोगी हुन्थे त ? सबै सरसफाइमा सचेत भएको भए, कस्तो हुँदो हो, मंगु गाउँ ? यसका लागि उनीसँग उपाय पनि छ, सुनाउँछन्, 'सरकारले प्रत्येक घरमा चर्पी र खाने पानीमा क्लोरिन हाल्ने व्यवस्था मात्र मिलायो भने धेरै सुधार हुन्छ ।'

दुर्गममा कम्ता दुःख झेल्नुपर्दैन । स्रोतसाधनको धेरै समस्या हुन्छ । भाषा र खानाको पनि । तर, यिनले त्यो दुःखलाई पनि आफ्नो 'सोख' बनाएछन् । एकपटक उनी उपचार गरेर एक्लै र्फकंदै थिए, काँशीगाउँबाट । बाटोमा छोटे खोला पथ्र्यो । जाँदा पुल थियो, फर्कंदा पुल खोलाले लतारेछ । नजिकै कुनै गाउँ थिएन । एउटा गुफा भने भेटियो । उनी रातभरि त्यहीँ बसे । तर, डरले उनको घाँटी निमोठ्न थाल्यो । कुनै जनावरले एक्कै गाँस बनायो भने ? उपाय निकाले । मुस्कुराउँदै सुनाउँछन्, 'रातभर फरक-फरक आवाजमा कराउँदै बसेँ ।'
कुरा २०३७ तिरको हो । श्रीदिवासाङमा निमोनिया फैलियो । उनी राति नै त्यसतर्फ हिँडे । निकै ठूलो पानी दर्किरहेको थियो । उनी गाउँमा पुगे । टसिलामा कसैको घर भेट्टियो । पाइतालादेखि तालुसम्म फैलिरहेको थियो जाडो । दाँत कट्कटिएका थिए । शरीर कापिरहेको थियो । यसो हेर्दा, भान्सा देखियो । भान्छामा मासु झुन्ड्याइएको थियो । भोकको पनि कहीँ आँखा हुन्छ र ? यस्तो जाडोमा तात्त्तातो मासुको कल्पनाले मन हुरुक्क भयो । अलिकति रक्सी र मासु तताउन लगाए । उनले खाए र ज्यान जोगाए । बिहान केको मासु खाइएछ, पत्ता लाग्दा तल्लो पेट बटारियो । उल्टी आउलाझंै भयो । रै'छ केको मासु ? मुसुक्क हाँसे, 'गोरुको पो रै'छ ।'

दुर्गम गाउँमा साधनको साह्रै कमी हुन्छ । अहिले त डोनरले दिएकाले सुविधासम्पन्न साधन छ । एकपटक एउटी महिलाले बच्चा पाउन सकिनन् । चिल्लीबिल्ली भयो । अब सहर यिनै डाक्टर सा'पको । बच्चाको टाउको अड्केको थियो । उनीसँग डेलिभरी सेट थिएन । आमाको ज्यान खतरामा । उनले सनासोले बच्चा ताने र बचाए । त्यसपछि बच्चाको न्वारन गर्ने जिम्मा उनकै थियो । उनले पनि न्वारन गरिदिए- सनासे ।
अब भने उनीसँग यी रोमान्स रहने छैनन् । मंगु गाउँले पनि उनलाई रोक्न सक्नेछैन । जागिर सकिने समय आएको छ । उमेरको हदबन्दीका कारण अवकाश पाउँदैछन् । ६० वर्ष पुग्न डेढ वर्ष बाँकी छ ।
'अर्को दसैंसम्म त हो,' गम्भीर भएर सुनाउँछन्, 'त्यसपछिको दसैंमा मैले अवकाश पाइसकेको हुनेछु ।'

उनलाई सरकारसँग त्यस्तो ठूलो गुनासो छैन् । तर, इमानदारिता र बफादारिता चिन्न नजानेकोमा भने केही झोंक अवश्य नै छ । उनले ३० वर्षको अवधिमा एकपटक पनि सरकारीस्तरबाट भारतसम्म पनि गएका छैनन् । थाइल्यान्डको एउटा कोटा आएको थियो । त्यसमा उनको नाम पनि पठाइयो । तर, उनी छनोटमा परेनन् । 'हजुरी गर्ने'ले पाउँछन् भन्ने थियो उनैले पाए । 'यसले हतोत्साही गर्छ हामीजस्तालाई,' उनले कृपावादको गाथा सुनाए ।
दुर्गम-प्रेमले उनलाई सैनिक हिरासतमा पनि पुर्‍याएछ । नौ महिना हिरासतमा बसे । त्यसबेला उनको खुब धुलाइ भयो । तर, अरूको भन्दा अलि कम धुलाइ । उनी एमालेको कार्यकर्ता थिए । माओवादीको आरोपमा पक्राउ परे । उनले रसिद लिएर १० हजार चन्दा दिएका एकजना जिल्ला तहका नेता समातिए । खानतलासी हुँदा रसिदमा त उनको पनि नाम थियो । यत्ति भए पुगेन त ? पुलिसले हप्कायो, चन्दा दिने ? हिँड् ।

के के गरेनन्, उनले संकटकालमा ? गोली त कत्ति झिकेझिके । जब देउरालीमा भिडन्त भयो, जिल्ला तहका नेता उनलाई लिन आए । रातको दुई बजेको थियो । उनी गए सरासर । उनलाई त्यसबेला लागेको थियो रे, 'कसलाई उपचारभन्दा पनि मैले मेरो धर्म सम्झिएँ ।'


घाइतेको संख्या ६ थियो । घाउ पाकेर गन्हाइरहेको थियो । उनले उपचार गरे । फर्किने बेला अचानक सेनाको हेलिकोप्टर आयो । भाग्यवस, त्यहाँ हेलिकोप्टरले ल्यान्ड गर्ने कुनै ठाउँ थिएन । बाँच्ने आश यसैले पनि जाग्यो । सेनाले त त्यसै शंका गरिरहेकै थियो । बाटोमा भटेर सेनाले काँ गा'को थिस् ? भनेर सोध्यो भने के भन्ने ?

'बोको किन्न,' उनलाई उपाय फुर्‍यो । उनी बोको डोर्‍याउँदै गाउँ फर्किए । भन्छन्, 'त्यो दिन हामीलाई सफाया गर्ने ठूलो सम्भावना थियो ।' रोग सफा गर्न गएका यी डाक्टर सा'प कसो आफैं 'सफा' नभएका ?
मंगु गाउँका यस्ता कैयौं घटना, उनको जीवनको फाइलमा सुरक्षित रहनेछ । र, अर्को उनलाई यो ३० वर्षे जागिरले एउटा गजबको बानी लगाएको छ । उनी सधैं ब्युँझिरहेका हुन्छन् । उनलाई जतिबेला पनि बिरामी बोलाउन आउँछन् । उनको विशेषता यस्तो छ, 'मेरा आँखा मात्र बन्द हुन्छ । म निदाएको हुन्नँ ।'

copy from
http://nayapatrika.com/newsdetail.php?id=811221048537370&n_id=25

 
Posted on 11-23-08 6:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 गोर्खा को आरुघाट देखी सिर्दिबास सम्म को यात्रा को दौरानमा मेरो धेरै पटक बालक्रिश्न सर सँग भेट भएको थियो। म त्यो समयमा केयर नेपाल मा काम गर्ने गर्दथे । एउटा समाज सेवीमा हुनु पर्ने सम्पूर्ण गुणहरु उहामा छन जस्तो मलाई लाग्छ । बाटोमा बसेर सामान्य बटुवा ले जसरी हामीले पनि ढिडो खाएका थियौ। एउटा सरकार ले पुरस्क्रीत गर्नु पर्ने मान्छेलाई लगेर याताना पनि दिएछ। सुन्दा धेरै नराम्रो लाग्यो । त्यो कुनै ठाउँ छैन कि गोर्खाको उत्तर भेगमा बालक्रिश्न सर लाई नचिन्ने । पुरानो सरकारले देशका लागि काम गर्ने मान्छे त चिनेन अब को सरकारले महत्त्वका साथ हेर्ने प्रयास गरोस ।   बालक्रिश्न सर ले छिटो आफ्नो पुरानादिन हरु समेटेर नयाँ पुस्तक निकाल्नु हुनेछ भन्ने आशा लिएको छु।


 
Posted on 11-23-08 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters