[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 Exaamples:Common Errors in Nepali Language Usage
[VIEWED 12022 TIMES]
SAVE! for ease of future access.
Posted on 02-17-09 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1.स्वास्थ्यमन्त्रीले पशुहरूमा कृत्रिम गर्भधारण गराएपछि जन्मने सन्तान बढी स्वस्थ हुने विश्‍वास व्यक्त गर्नुभयो।
स्वास्थ्यमन्त्री स्वयंले पशुहरूमा कृत्रिम गर्भधारण गराउने होइन। सम्भावित अनर्थबाट बच्न 'स्वास्थ्यमन्त्रीले' लाई 'विश्‍वास'
पछि लगेर राख्‍नुहोस्।


2.यो सन्धिबाट राष्ट्रघात बाहेक अर्को कुनै उपलब्धि हासिल हुन सक्तैन।
यस्तो लाग्छ, मानौं राष्ट्रघात पनि एउटा उपलब्धि हो। त्यो हासिल हुने भए पनि त्यसबाहेक अर्को कुनै उपलब्धि हात नलाग्ने भयो भन्ने
चिन्ता परेको छ।


3. गैरकानूनी क्रियाकलापमा लागेका कारण ऊ दण्डित भयो।
'गैरकानूनी' शब्दले सार्वजनिक ठाउँमा होहल्ला गर्नु र ५१ जनाभन्दा बढी जन्ती लैजानुदेखि जालसाजी, कुटपीट, अपहरण, मानव बेचबिखन
र हत्यासम्मलाई बुझाउँछ। यहाँ के बुझ्ने?


4.नेपालको फूटबल टिम हिजो जापान प्रस्थान गर्‍यो। उनीहरू सबैले यसपालि रातो ज्याकेट लगाएका थिए।
'उनीहरू' भनेको को ? फूटबल टीम एउटा हो, त्यसलाई उनीहरू भन्न मिल्दैन। भन्नुपर्छ― 'टीमका सबै सदस्यले...'


5.साउनको पहिलो हप्‍ता आँपको भाउ प्रतिकिलो ४० रुपैयाँ थियो। दोस्रो हप्‍ता ५० प्रतिशत बढेर ६० रुपैयाँ पुग्यो। तेस्रो हप्‍ता
५० प्रतिशत घटेर फेरि ४० रुपैयाँमा आइपुगेको छ।
कुरो मिलेन। ४० रुपैयाँमा ५० प्रतिशत बढेर ६० रुपैयाँ भएको त ठीक हो, तर ६० रुपैयाँमा ५० प्रतिशत घट्दा ३० रुपैयाँ हुन्छ, ४० रुपैयाँ
होइन।


6. दुवै मृतकहरूले पालैपालो उनको बलात्कार गरेका थिए।
मरिसकेकोलाई मात्र मृतक भनिन्छ। स्पष्‍ट छ, मृतकले कहिल्यै बलात्कार गर्न सक्दैन।


7.मधेसी र पहाडियाका बीच भेदभाव हुनुहुँदैन।
'मधेसी र पहाडिया' भन्नु
आफैंमा ज्यादै ठूलो भेदभाव हो। मधेसका बासिन्दालाई 'मधेसी' भनेपछि पहाडका
बासिन्दालाई पनि पहाडी' भन्नुपर्छ। हिन्दी र त्यसबाट प्रभावित
भाषा/भाषिकाहरूमा सानो, कमजोर वा तुच्छ भन्ने जनाउन अथवा होच्याउन शब्दमा
'इया' लगाइन्छ। जस्तैः पुलिया (सानो पुल), पुलिसिया (जाबो पुलिस), औरतिया
(नाथे आइमाई)। 'पहाडिया' पनि 'पहाडी' लाई होच्याउने शब्द हो। ('मधेसी' लाई
'मधेसिया' भन्नु पनि त्यस्तै हो!)


8. विनीता आफूलाई चलाख र अरूलाई फोहरी ठान्छे।
दुई विपरीत गुण, विशेषता आदिलाई दाँजेर प्रस्तुत गरिने वाक्यमा विपरीतार्थक शब्दकै प्रयोग गर्नुपर्छ। नत्र त्यसमा ज्यान आउँदैन।
यहाँ भन्नुपर्छ ― विनीता आफूलाई चलाख र अरूलाई मूर्ख/लाटो ठान्छे। अथवा ― आफूलाई सुग्घरी र अरूलाई फोहरी ठान्छे।


9.सो अवसरमा बझाङका विमल कठायत, पोखराकी तारा पुन र डिल्लीबजारकी विजया महर्जनले नृत्य प्रस्तुत गरेका थिए।
बझाङ जिल्ला हो, पोखरा शहर हो र डिल्लीबजार काठमाडौंको एउटा टोल हो। तिनको हैसियत फरक छ। सबैलाई एउटै हैसियतमा राखेर प्रयोग गर्न
हुँदैन। यहाँ पोखराको ठाउँमा कास्की र डिल्लीबजारको ठाउँमा काठमाडौं भन्नु राम्रो हुन्छ।


10.डाँकाहरूद्वारा तीन जनाको अमानवीय हत्या, दुई महिलाको पाशविक बलात्कार।
'अमानवीय' को काम छैन किनभने निर्दोष मानिसको हत्या कहिल्यै मानवीय हुँदैन। त्यस्तै,'बलात्कार' भनिसकेपछि 'पाशविक' भन्नुपर्दैन।

(बलात्कार मानिसले मात्र गर्छ, पशुले गर्दैन। 'पाशविक' भनेर पशुहरूमाथि किन अन्याय गर्ने?)

11.वर्तमान परिप्रेक्ष्यमा जहाँसम्म अनुशासनको सवाल छ, हाम्रा शिक्षण संस्थाहरूमा अध्ययनरत अधिकांश विद्यार्थीवर्गमा अनुशासनको
उपयुक्त मात्रा विद्यमान नरहेको अवस्थालाई आज कसैले पनि नकार्न नसक्ने वस्तुतथ्य हामी सबैसामु छर्लङ्गै छ।
'आजभोलि विद्यार्थीहरू त्यति अनुशासित छैनन्' भन्दा बढी यस वाक्यमा केही भनिएको छैन।

12.तिमी तिम्रो घर जाऊ।
यो अंग्रेजीको छायाँ परेको वाक्य हो। यसलाई नेपाली बनाउन भन्नुपर्छ ― तिमी आफ्नो घर जाऊ। 

13.के विद्यार्थीले हप्‍तैपिछे डिस्को जानु ठीक हो?

नेपाली प्रश्‍नवाचक वाक्यको शुरुमा त्यसलाई चिनाउने मात्र उद्देश्यले आउने 'के'लगाउनुपर्दैन। त्यो अंग्रेजीको छायाँ मात्र हो।
(बरु वाक्यको अन्त्यमा 'त' लगाउन सकिन्छ।)


14.उहाँ एक हेलिकप्टर चढेर जानुभयो।
उनले एउटा टोपी लगाएका थिए।
कुनै पनि मानिस एकैचोटि दुइटा हेलिकप्टर चढ्न सक्तैन र उसले एकसाथ दुइटा टोपी पनि लगाउँदैन। अर्थ न बर्थसँग थोपरिएर आउने यस्तो
'एक' वा 'एउटा' अंग्रेजीको 'आर्टिकल'(अ/एन) को छायाँ हो । यसबाट बच्नैपर्छ ।


15.म तपाईंलाई धन्यवाद दिन चाहन्छु।
'लाइक टु' को छायाँले यस वाक्यलाई विकृत बनाएको छ। धन्यवाद दिन चाहेर मात्र के गर्नु?

'धन्यवाद दिन्छु' भने पो दिएको ठहरिन्छ र पाउनेले पनि पाउँछ। नत्र त चिल्लै!


16.नीलो रगतका मतदाताले उनलाई मन पराए पनि राता भारतीयहरू भने उनको पक्षमा थिएनन्।
भन्न खोजिएको हो ― सम्भ्रान्त मतदाताले उनलाई मन पराए पनि रेड इन्डियन उनका पक्षमा थिएनन्। तर 'ब्लु ब्लडेड भोटर्स' को अर्थ नबुझ्दा
र 'रेड इन्डियन' को भारत वा भारतीयसँग गोरू बेचेको साइनोपनि छैन भन्ने थाहा नपाउँदा अनर्थ भएको छ।


17.डाक्टरहरूले स्वास्थ्यमन्त्री तानाशाह बन्दै गएकोमा रोष प्रकट गरेका छन्।
स्वास्थ्यमन्त्री तानाशाह बन्दै गएको भन्ने डाक्टरहरूको आरोप हो। तर यस वाक्यले त्यसलाई सत्य झैं गरी प्रस्तुत गरेको छ।

त्यसबाट बच्न भन्नुपर्छ ― डाक्टरहरूले स्वास्थ्यमन्त्री तानाशाह बन्दै गएको आरोप लगाउँदै त्यसप्रति/उहाँको रवैयाप्रति रोष प्रकट
गरेका छन्।


18.बलात्कारी जिल्ला शिक्षा अधिकारी विरुद्ध शिक्षकहरूले दुई घण्टा धर्ना दिए।
बलात्कारी
भन्ने शिक्षकहरूको आरोप होला, त्यत्तिकै आधारमा बलात्कारी भन्न मिल्दैन।
अदालतले फैसला नगरेसम्म कसैलाई पनि बलात्कारी/भ्रष्‍टाचारी/तस्कर/हत्यारा
भन्न पाइँदैन।


19.दोषीमाथि छानबिन गरी कारवाही गरिनेछ।'
छानबिन गरेपछि पो दोषी हो कि होइन, स्पष्‍ट हुन्छ। शुरुमै 'दोषी' किटान गरिसकेपछि केको छानबिन गर्ने?

 
Posted on 02-17-09 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey can you tell me the difference between the two following sentences in Nepali ?


1. I wish I read it.


2. I wish I had read it.


 
Posted on 02-17-09 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters