Amazing
Replies to this thread:
More by Amazing
What people are reading
Subscribers
[Total Subscribers 19] :: VIEW ALL
Please log in to subscribe to Amazing's postings.
:: Subscribe
|
Girija, Gyanendra, KP Oli, Army chief Surya Bdr in DELHI
|
[VIEWED 6085
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-08-09 3:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कभरस्टोरी के पाक्दै छ दिल्लीमा ? 2009-03-08,Sunday पर्शुराम काफ्ले/नयाँ पत्रिका काठमाडौं, २४ फागुन
ज्ञानेन्द्र र केपी ओलीपछि गिरिजाप्रसाद पनि बुधबार दिल्ली जाँदै | पूर्वराजा ज्ञानेन्द्र र एमाले वरिष्ठ नेता केपी ओली भारतमै रहेका वेला कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको दिल्ली भ्रमण तय भएको छ । कोइराला २८ फागुन, बुधबार दिल्ली जाँदै छन् भने जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा पनि दिल्ली जाने तयारीमा छन् । नेता थापाको दिल्ली भ्रमण मिति तय भने भइसकेको छैन । दिल्ली जानेहरूको लाइनमा प्रधानसेनापति रुक्मांगद कटुवालको पनि चर्चा चलेको छ, यद्यपि उनको भ्रमण मिति निश्चित भइनसकेको सैनिक स्रोतले जनाएको छ । एमालेका वरिष्ठ नेता केपी ओली २१ फागुनमै नयाँदिल्ली पुगिसकेका छन् । स्वास्थ्य परीक्षणका लागि भनेर दिल्ली पुगेका ओलीले एमाले महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएपछि शपथसमेत लिएका छैनन् । ओली अध्यक्ष पदका लागि नेता झलनाथ खनालसँग पराजित भएका थिए । 'ओली स्वास्थ्य उपचारका लागि दिल्ली जानुभएको हो,’ ओली निकट मानिने एमाले सचिव शंकर पोखरेलले भने । कांग्रेस सभापति कोइराला २८ फागुनमा नयाँदिल्ली जाने उनी निकटस्थ स्रोतले जनाएको छ । स्रोतका अनुसार २९ र ३० गते कोइरालाले भारतमा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ । चैत्र १ मा कोइरालाले एपोलो अस्पतालमा ब्रोङकाइटिसको परीक्षण गरेर स्वदेश फर्किने कार्यक्रम रहेको छ । कोइरालाका साथमा उनका निजी डाक्टर जगदीश अग्रवाल पनि भारत जाने कार्यक्रम तय भएको छ । नयाँदिल्ली जानुअघि कोइरालाले आफ्नै निवासमा बोलाएर जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापासँग २३ फागुनमा समसामयिक राजनीतिबारे छलफल गरेका थिए । उनीहरूबीच नयाँदिल्लीमा हुने राजनीतिक जमघटका विषयमा पनि चर्चा भएको बताइएको छ । दिल्ली जाने तयारीमा रहेका कोइरालाले राजनीतिक भेट तीव्र पारेका छन् । कोइरालाले आइतबार (आज) बिहान ९ बजे एमाले अध्यक्ष झलनाथ खनाल र नेता भरतमोहन अधिकारीलाई भेट्दै छन् । भेटवार्ता कोइरालानिवास महाराजगञ्जमा हुनेछ । कोइरालाले शनिबार मात्रै एमाले उपाध्यक्ष विद्या भण्डारी र सचिव शंकर पोखरेललाई बोलाएर राजनीतिक छलफल गरे । भण्डारी र पोखरेल दुवै वर्तमान सत्तासमीकरणका विरोधी एमाले नेता ओली निकट मानिन्छन् । पोखरेलले स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउने विषयमा कोइरालासँग छलफल भएको मात्रै बताए । 'उहाँ (कोइराला) सँग स्ववियु इलेक्सन कसरी शान्तिपूर्ण बनाउने भन्ने विषयमा कुरा भयो,' उनले नयाँ पत्रिकासँग भने । नेता कोइरालाले डडेल्धुरा भ्रमणमा रहेका एमाले नेता माधव नेपाललाई शनिबार नै टेलिफोन गरेका थिए । स्रोतका अनुसार नेपाललाई कोइरालाले राजधानी आएलगत्तै आफूलाई भेट्न आग्रह गरेका थिए । नेता नेपाल शनिबार अबेरसम्म पनि काठमाडौं फर्किसकेका छैनन् । कोइरालासँग भेट्नका लागि राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले पनि समय मागेका छन् । 'सम्भव भए राप्रपा अध्यक्षलाई आइतबारै बोलाइनेछ, नभए सोमबार बोलाइनेछ,' कोइराला निकट स्रोतले भन्यो । एमालेका वरिष्ठ नेता माधव यतिवेला पश्चिम नेपालमा छन् । नेपालमा वर्तमान सरकारका कारण चिनियाँ चासो बढ्दै गएकोमा भारतीय संस्थापन पक्ष असन्तुष्ट रहेको चर्चा चलिरहेका वेला पूर्वराजा ज्ञानेन्द्र तथा वर्तमान सत्तासमीकरण बदल्न प्रयासरत कांग्रेस सभापति कोइराला, एमाले नेता केपी ओली र जनशक्ति पार्टी अध्यक्ष थापाको दिल्ली भ्रमणलाई सत्ता परिवर्तनका लागि भारतीय समर्थन जुटाउने प्रयासका रूपमा हेरिएको छ । कांग्रेस सभापति कोइराला दिल्ली जानु दुई दिनअघि कांग्रेस नेत्री सुजाता कोइराला पनि नयाँदिल्ली जानेछिन् । कोइराला निकट एक नेताले दिएको जानकारीअनुसार सुजाताले भारतीय नेताहरूसँग हुने भेटवार्ताको कार्यक्रम मिलाउने छिन् । सभापति कोइरालाले गत बुधबार भारत भ्रमणका विषयमा भारतीय राजदूत राकेश सुदलाई बोलाएर छलफल गरेका थिए । पूर्वराजा ज्ञानेन्द्र तीन साताका लागि १४ फागुनमा नयाँदिल्ली गएका थिए । आफन्तको विवाहका लागि भनेर दिल्ली पुगेका ज्ञानेन्द्रले राजनीतिक भेटघाटमा तीन साता बिताउनेछन् । भारतका सत्तारुढ एवं प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग उनको भेटवार्ता हुने कार्यक्रम छ । यद्यपि, शनिबारसम्म ज्ञानेन्द्रले भारतीय राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट गरिसकेका छैनन् । स्रोतका अनुसार ज्ञानेन्द्रले मध्यप्रदेशको भोपालमा गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीलाई भने भेटिसकेका छन् । मोदी भारतीय जनता पार्टीभित्र पनि अतिवादी हिन्दुवादी नेता मानिन्छन् ।
ज्ञानेन्द्रले विवाहको कार्यक्रम सकेर तीन दिन जंगली जनावर हेर्ने र सोमनाथ गएर धार्मिक पूजापाठ गर्ने कार्यक्रम छ । त्यसपछि दिल्ली आएर उनले भारतीय जनता पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्नेछन् । स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रलाई भारत सरकार र त्यहाँका पार्टीहरूले महत्त्व दिएका छन् । उनलाई भारतको केन्द्र र राज्य सरकारले सुरक्षा-प्रबन्ध मिलाएका छन् भने दिल्लीबाट मध्यप्रदेशको ग्वालियरसम्म हेलिकोप्टरमा जाने बन्दोबस्त मिलाइएको छ ।
http://nayapatrika.com/newsdetail.php?id=903070956029518&n_id=23
|
| |
|
|
|
|
Gaine
Please log in to subscribe to Gaine's postings.
Posted on 03-08-09 6:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Paila ta Gyanendra lai jail halne koora thiyo delhi bata pharkiyepachhi..aaba chai sabai lai delhi bata pharkiye pachhi jail halne hola ni haina ta?
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
| Recommended Popular Threads |
Controvertial Threads |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| ए १ पनि पुगेनछ ? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| नेपाली वालमार्ट चोर |
| Funny when Nepalis talk about Epstein and injustice |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Why Oli must go for the UML to survive? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
| When will the culture of impunity end? |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Why Prachanda seems to be the smartest of them all? |
| When will Nepali women be equal? |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|