[Show all top banners]

sathi_meroo

More by sathi_meroo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सिपाहीको गाथा
[VIEWED 9129 TIMES]
SAVE! for ease of future access.
Posted on 04-22-09 4:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज मनमा हर्श छ
खुशीले आँखालाई पनि भिजएछ
घरबाट आमा बा को चिट्ठी आएछ
पढ्नु भन्दा आघदी रुन मन लगेकोछ

बन्दुकलाई ओतमा राखी
बिच्यौनामा पल्टिये
चिट्ठीको बोक्रा च्याती
गू्दीतिर लम्किये

बाले लेखनु भा रऐछ
आशिर्बाद रहेछ आमाको पनि
भन्नु हुन्छ कस्तो छ तलाई
हामीलाई भेट्न आउछस कहिले ?

युद्धमा छु म अहिले मेरा प्यारा प्राण देयी
भन्न सकिन्न कहिले पो मरिने हो
आफुले सत्रुलाई मार्न तम्सेझै
सत्रुका गोलीले मेरै छाती पनि त तक्दोहो

मर्न त यो बिरानो ठाउँमा
मलाई पनि मन छैन
आफुले सोचेको जस्तो नहुदो रहेछ
सिपाही को जीवनमा आफ्नो मन्परी चल्दैन

दशैं आउन लग्योरे बाले लेखनुभा छ
भाई बहिनीका फर्मायिस पनि थपिदै गाछ
यस्पली त घरमा बोको कट्नै पर्छ रे
नभये छिमेकी हस्लान रे सिपाहीमा छोरो के गर्याछ

चिट्ठी अघी बध्दै गयो
अनी मलाई लाज लगेर आयो
माथ्लो गाउँकी भुन्टी सँग
मेरो बिहाको मन्जुरी नामा भयो

आमाले त्यसैले सुन जोड्ने पैसा नि लिएर आ
भनेर हैकम लौनुभा रहेछ
आरु बिहाको सबै जदौरी आमाकै चलाऊनेरे
केवल जन्ती भोज गर्ने पैसा मात्रै चाहिने रहेछ

झलक्क मेरा आँखा चिट्ठीबाट बाहिर पुग्यो
भित्तामा राखेको बिर्खेको फोटो ले आङ तर्सायो
आस्ती भर्खर बैशाखँ बिहे गरी पल्तन आ थ्यो
हिजो मरै आघाडी छातीमा गोली खायो

के हाल होला त्यस्को दुलहिको
योबनमै बिधुवा बन्दा मर्नु सरह हुँदो हो
आउन लगेको दशैंमा बुडा फर्किने आस थियो होला
तर लास घर पुग्दा कस्को मन कती खदोहो

भावनामा बहदा मलाई कती डर लगेर आयो
तर पनि घर बाट चिट्ठी आको छ मन आझ खुशी नै छ
भोली उठि फेरी युद्ध म जानु छ
भोली नै पो मरिन्छ कि त्यसैले अैलेनै यस्को जवाफ लेखनु छ

मेरा प्यारा बा आमा देखी मैले चिट्ठी सुरु गरे
अनी एउटा भावना म बही गजल लाई समेटे
झरेको आसुँ चिट्ठीमा कोरी पठाउन मिल्दैन,
मुटु जलेपनी पानी हालेर निभाउन मिल्दैन,
कस्तो यो दिन आयो जिन्दगी मा,
पुछेर आसु फेरी पनि आँखा नै रसाउछ,
रसएको आँखा तिम्रो तस्बिर बाट हटाउन मिल्दैन

मेर बा आमाको तस्बिर मैले टोपिमा राख्ने गरेको छु
मर्दा पनि शिरमा मेरा बा आमा नै हुन
युद्ध सकिये यस्पाली दशैंमा आउने बिचार गरेको छु
नसकिये अर्को पल्ट त अवस्य आउने बाचा दिन्छु

नभन्नुहोस् मलाई घरि घरि बाचा गरेर तोड्दछु
यस्तैछ सिपाहीको जीवन बुझ्ने कोशीश गर्नुस्
तर यस्पाली चाँही फर्किये भने गाउँमा लिङे पिङ पनि हल्नेछु
तिहारमा फोड्ने पटकापनी पल्टन्बाटै लिएर आउनेछु

सानो कान्छोलाई देउसी जान मादल पनि ल्याउला
ठुलि कान्छीको घडी लाउने इच्छ्या पनि पुर्यौला
बालाई दात दुख्छरे त्यसैले नयाँ तूथ्ब्रुश र मन्जन ल्याउछु
आमाको खुट्टा गोबरले खायो रे त्यसैले गम्बुट ल्याउला

तलब नथापेको तीन महिना भयो त्यसैले अहिले चिट्ठी मात्र पठाउदै छु
दशैंमा घर आउने बेला भात्ता पनि पो थपिन्छ साथ मै ल्याउनेछु
आहिलेलाई यतीनै लेख्दै सबैलाई सम्झेकोछु भनिदिनु
भोली फेरी लढ्न जानुछ त्यसैले अब एक्छिन को लागि भएनी सुतनेछु

source: - http://suste-junge.livejournal.com/5032.html

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters