हामी सबैलाई नेपाली गीत संगितको माया लाग्छ, सुन्न मनलाग्छ, गाउन मनलाग्छ, गीत बजाएर नाच्न मनलाग्छ। फरक यति हो कसैलाई आस्था, नेपथ्य र 1974 AD का गीतहरु सुन्न मनपर्ला त कसैलाई नारायण गोपाल र प्रेमध्वज प्रधानको गीतहरुमा लठ्ठ हुन मनपर्छ होला। अहिले धेरै नेपाली गीतहरु अनलाईनमा पनि उपलब्ध छन्। कतिपय साझाकै मित्रहरुले पनि अनलाईनमा उपलब्ध नभएका राम्रा गीतहरु साझाका अरु मित्रहरुको लागि उपलब्ध गराइरहनु भएको छ, जुन प्रंसशायोग्य छ।
धेरै आधुनिक नेपाली गीतहरुको शब्दहरु पनि अनलाइनमा पाईन्छ तर मैले थोरै मात्र नेपाली लोक गीतहरु र ती गीतहरुका शब्दहरु अनलाइनमा पाएको छु। जती छन् ती मध्य धेरैलाई त रिमिक्स गरेर ध्वस्त पारीएको छ र बाँकी चाँही खैरेनिमा गेट, दमौलीमा गेट जस्ता सुन्दै वाक्क लाग्ने दोहरी गीतहरु मात्र छन्। मलाई आशा छ हामी मध्य धेरैसँग त्यस्ता पुराना र ठेट नेपाली लोक गीतहरुको सँगालो होला। यदी तपाईंहरु सँग त्यस्ता लोक गीतहरुको छन् भने कृपया त्यस्का शब्दहरुलाई यस धागोमा कोरिदिनु होला साथै त्यो गीत सुन्न र हेर्न मिल्ने कुनै लिन्क भए त्यो पनि टाँसी दिनुहोला।
आज एक चोटि फेरी मादल घन्काएर नाँचू नाँचू झै भएको छ। लौ साथी हो, सबै मिली गाउन त नेपालको भिरपाखा पधेरीमा गुन्जने लोक सुसेलिहरु।
मेरो तर्फबाट पहिलो प्रयास बिमलराज छेत्रीको स्वरमा रहेको यो लोकलहरी
आमा रुँदै गाउ बेसी मेलैमा छोरो रुँदै गोरखपुर रेलैमा - २
आज आउँला भोली आउँला बर्षौ बितिगयो छोरा पर्खी बस्दा बस्दा बुढेसकाल भयो बूढा बाबु ओछ्यानबाट तिमीलाई बोलाँउदैछन् घरका जहान परिवार सम्झी रोईरहेका छन्
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.