[Show all top banners]

SAgun PAudel

More by SAgun PAudel
What people are reading
Subscribers
:: Subscribe
Back to: Nepalis Got Talent Refresh page to view new replies
 'आँधिखोला’ , ‘पंचासे’ र ‘श्रवणकुमारको कथा’'
[VIEWED 9044 TIMES]
SAVE! for ease of future access.
Posted on 03-10-12 12:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँधिखोला उर्लेर आयो आउने थिइन मायाले बोलायो ........................................ 

स्याङ्जा जिल्लाको ठीक मध्य भागबाट बग्ने आधिखोला चिलाउनेवास गाविस वडा नं ९ लाई   उद्गम स्थल बनाई वग्ने खोला हो  पानीको वहाव र मात्राको हिसाबले सानो नै भएपनी नेपालको प्रायजसो मानिसहरुले सहजै चिनेको खोला हो , यानकी यो खोलाका सहायक खोलाहरु मिलेपछी यो खोला वग्ने स्याङ्जाको तल्लो भागमा ठुलो नै छ जसको उपयोग गरी आधिखोला जल विधुत आयोजन पनि सन्चालनमा  ल्याईएको छ !
यो खोलाले स्याङ्जा जिल्ला का बिभिन्न गाविस तथ नगर पालिका छोएको ,जस अन्तर्गत चिलाउनेबास गाविस , विचारी चौतारा गाविस  , सेतीदोभान गाविस , फापर्थुम गाविस, पुतलिवजार नगरपालिका ,वालिङ नगरपलिका आदी रहेका छन
आधिखोलाको सुरुबात तिखे-चुलीको ठीक तल पर्ने एउटा दह वाट भएको होजुन दहलाई अन्धा-अन्धी दह भनेर चिनिन्छ जुन एउटा चिलाउनेवास कै अति महत्व बोकेको धर्मिक र एतिहासिक ठाउँ हो साथै यस ठाउँलाई पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गर्ने प्रचुर संभावनाहरु देखिन्छन हुन त यस ठाउँको प्रवंर्दनको लागि प्रयासहरु नभएका त होइन तर पनि उचित रुपमा गरिएको देखिदैन स्थानि स्तरका क्लवहरु तथा नेपाल सरकारवाट घोशित ‘’प्रयटन वर्ष २०११’’ को लागी स्याङ्जा जिल्लावाट छनोट पनि गरिएको थियोदेशको राजनितिक स्थिरताले गर्दा  प्रयटन वर्ष २०११ त्यती सफल भएको देखिदैनयो ठाउँको सोचे अनुरुप प्रयटकीय गन्त्व्यको रुपमा विकाश गर्न सकिएको छैन यो ठाउँमा हरेक वर्ष मा वालाचतुर्थी को दिन  सज्विवन छर्ने मेला लाग्दछ   
आँधीखोलाको नाम मगर भाषा को आँधी भन्ने शव्दबाट भएको जन विश्वास रहेको छ जस को अर्थ आँशु भन्ने बुझिन्छ आँधीखोलाको उद्गम स्थलले एउटा वेग्लै इतिहास बोकेको पाइन्छ , परपुर्व कालमा अयोध्याक राजा दशरथका भन्जा श्रवणकुमार का माता र पिताहरु दुईवटै आँखा नदेख्ने थिए ! उनिहरु एउटा छोरा श्रवणकुमार को साहरामा नै बाँचिरहेका थिए श्रवणकुमारले नै उनिहरु लाई बोकेर नै तिर्थ ब्रत तथा धार्मिक स्थलहरु घुमाउने गर्दथे   घुम्ने क्रम मा एक दिन उनिहरु एउटा ओडरमा वास बस्न पुगे छ्न हाल त्यो ठाउँ आन्धा-अन्धी दहको ठीक माथि छ जहाँका पत्थरहरुमा विभिन्न आकृतीहरु, छाप कोरिएको भटिन्छ त्यस समयमा त्यहाँ पानीको श्रोत नभएको कारण आफ्ना अन्धा-अन्धी बुवा आमाको पानीको प्यास मेटाउन पानीको खोजिमा एउटा डाडामा पुग्छन जहाँ पनिको तलाउ भेट्छ्न जुन ठाउँलाई आहिले पन्चासे भनेर चिनिन्छ स्याङ्जा, पर्वत र कास्की जिल्लाको सिमानमा पर्ने पंन्चासे धर्मिक , एतिहासिक महत्व बोकेको ठाउँ हो ,जुन प्रयटकीय न्तव्यको रुपमा विकसित भई सकेको स्थिती छ यस पोखरी ठुलो जंगलको मध्य भागमा अवस्थित छ एउटा अचम्मै को कुरा के छ भने त्यो पोखरीमा कुनै पनि पातहरु खसेको भटिदैन सबै झरेको पातहरु चराहरु ले झिकेर फाल्छन भन्ने पुरानो जन विश्वास रहेको पाईन्छ त्यो तलाउ भेटेपछी श्रवणकुमारले पानीको घैटो डुबाउदा शिकार खेल्दै आएका उनका मामा दशरथले मिर्ग पनि खान आएको भने बुझेर आफ्नो धनुषबाट बाण प्रहार गरेछन जसले गर्दालाई ठुलई चोट लागेछ ! आवाज सुनेपछी राजा दशरथले आफ्नो भन्जा भन्ने चिनेछन  र हतार-हतार गर्दै पुगेछन  र आफ्ना भान्जाको त्यो स्थिती त्यो पनि आफ्नै हातबाट भएको देख्दा उनि अतालिए छन अन्तिम पटक वोल्दै श्रवणकुमारले दशरथलाई सबै कुरा भनेछन र तुरुन्तै आफ्ना बुवा-आमा भएको ठाउँमा जान अनुरोध गरेछ्न राजा दशरथ पानी लिएर बाटो लगेछन एता पानी लिन गएको छोरो कता हरायो भन्दै बसिरहेका आन्धा-अन्धी  वियोगमा छट्पटी रहेक थिए दशरथले पानी लिएर आउँदा उनिहरु निकै भावुक थिए उनिहरुले राजासँग बिलौना गर्दै छोराको बारेमा सोध्दै थिए तर राजाले आफैबाट भएको त्यो कुरा भन्न सकेनन तर केह्री गरी पनि उनिहरुको मन बुझाउन नसकेपछी अन्त्य मा सबै कुरा हरु भन्छन ! अनि वेसाहारा बनेका ति अन्धा अन्धीले राजालाई ‘’तिम्रा छोराहरु नै नहुन’’ भनेर  शराप दिन्छन दशरथले अनेकौ विन्ती गरेर आँफु सँग नै आयोध्या जान भन्दा उनिहरु जन मान्दैनन र त्यही ओढार मै आफ्नो बाँकी जिवन छोराको वियोगमा विताउने निर्णय गर्छन !
पुरानो विश्वास अनुसार ति अन्धा-अन्धीको आँशुले नै आधीखोलाको सुरुवात भएको भन्ने विश्वास  उनिहरु कै नामबाट त्यो दहको नाम ‘’आन्धा-अन्धी दह’’ राखिएको भन्ने प्रचलन छ I

यो त एउटा कथा हो यस कथा पहिले देखिनै म सानो हुँदा हजुर बा हरुले सुनएकै भरमा लेखेको हो I यसमा सत्यता होला नहोला त्यो मलाई पनि थाहा छैन तर यो कथाबाट आधिखोलाको एतिहासको महत्व बारेमा अलि अलि सोच्न सकिन्छ I साथै आन्धा-अन्धीको धार्मिक तथा एतिहासिक महत्वको मुल्यान्कन गर्न सकिन्छ I


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters