[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 234669 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
Posted on 08-20-06 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ नमे, धेरै राम्रो। धन्यवाद।
 
Posted on 08-20-06 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गरें है! रोल लम्मर दुई -- हाजिर चढाएँ। नयाँ चौतारी नि बनेछ। चार घन्टाको उकालो काटेर बल्ल आइपुगियो।अनि के छ गाम्ले हो हालचाल? बल्ल जिन्नगानीको ठुलो बोली पुराएर आएँ बा! पुन्टेदाइले दिक्क्क्क पारिराख्या' थे, अहिले चैं मन पनि ठिक्क्क्क भइरा'छ। के उतारचढाब गराइराखुम् र! त्यही भउते जुरेलीको कुरा त हो नि!

कुरा के भने, भउतेले पुन्टेदाइबाट जुरेली फुत्क्याइछाडे क्यारे! मागेर, भनेर, सुनेर क्यै नलागेसि तानेर, हानेर, ठुँगेरै भएनि जोहो पुन्टेको कान समातिछाडेका त यै चौतारीमा देख्या हुँदै हो - सारा गाम्ले साक्षी छन्। यत्रो गोपिनीका अगाडि हिरो भएर बस्या मान्छे, गाउँलेका अगाडि जिरो बन्दा शरमले ज्यानै गरम भा' रछ। "त्यो पाजी भउते काजिलाई कानाँ समातेर छानाँ पुर्याउन नसके म नि गुन्टेको नाति, भुन्टेको छोरो पुन्टे हैन।" भनेर डाँकुको हवला गरा'र भएनि, झुटो सम्चारको डबला बजाएर भएनि बदला नलिई नछाड्नी कबोल गरेर हिंड्या र'चन्।

अनि बिचमा जुरेली भनेर त्यो थुसुल्ली घ्याल्सीलाई भउतेसँग ब्या' गर्दिन लाग्या कुरा पनि सबैलाई थाहा छँदैछ। सत्यजुग हो र सतिदेवीलाई महादेउले गर्या झैं छल गरेर ब्या' गर्नी? त्यो दिन पछि भउते भागरे २-४ दिन लापत भए क्यारे। मैले भउतेको साइड लेर "जुरेलीलाई चौतारी अगाडि हाजिर गर! तिम्लाई साली लुकाउने जाली!" भनेर हप्का'देखिन् पुन्टेदाइ नि मेरै पछि पो लाग्या र'चन्। "त्यो गालउको सेखीको रेखी झार्दिन्चु" भनेर एकदिन धोबिनीको भट्टीमा पनि भने रे। आफू त गाँड देश पनि भाँड भनेझैं बाँसको लिङ्गो जस्तो बाङ्गो-टिङ्गो लाइन लिएचन्।

हँपछि, २-४ दिन यसै बितो। अन्त्याँड (अनि त्यहाँबाट), चौतारीमा महोत्सवको गफ धुमधाम हुनथालो, जुरेली-भउतेको गफ सुमसाम हुनथालो। तर, काँ'बाड (कहाँबाट) त्यस्तो हुनी? भित्रभित्रै कुरा गडबड भइरा'रच, जुरेलीको घरमा हडबड भइरा'रच। त्यैताका जुरेलीकी साथी फुरेउली एकदिन मेरो घरमा आई र सबै गफ लाई। "गालउ दाइ, कुरा निको छैन। जुरेली त हिजा'ज (हिजो आज) भउतेसँ हैन तपैंसँ पाए ब्या' गर्चु भन्चे त।" त्यो जुरेलीलाई पछिल्लो पल्ट देख्दा घाँगर ला'र मामा'र (मामाघर) जान लाग्या थिई। अब त्यसपछि १०-१२ वर्ष भइसको। कैलेकैं (कहिलेकाहीं) चौतारीमा आउँदा नि पुन्टेले जुरेलीलाई गौंबारीमा छोडेर आउनी; हाम्लाई चैं देखाउँदै नदेखाउनी। यो कसरी हुन सक्छ? "ए फुरेउली, हैन! जुरेलीलाई के ख्वाइस् र भउतेलाई फेरि रुवाइस्?" भनेर सोध्दा त, "के ख्वाउनी नि दाइ? अस्ति पुन्टे दाइले पठाइदिया जेरी-समोसा खाएसि त क्यै खानै मान्दिन; खालि तपैंकै कुरा गर्चे" भन्चे बा!

मलाई "भातमैं कुछ सेता है, दालमैं कुछ काला है" भन्नी हिन्दी फिलिमको डाइलग याद आयो। सिधै धोबिनी भाउजूको भट्टीमा गएर साफ-साफ कुरा सोधीं। पैले चैं अकमक गर्दै थिइन्, मैले बकबक थर्काउन थालेसि भकाभक सबै भनिहालिन् नि! कुरा के र'च भने पुन्टेदाइ अस्ति भाटबजारको हाटबजारमा गएचन्। त्याँ २-४ वटा जेरी-समोसा किनेचन् र लामीगामको धामी भेट्न हिनेचन्। धामीलाई १-२ सय देछन् र मेरो (गालवको) नाउँमा त्यो जेरी-समोसामा मोहनी हाल्दिन भनेचन्। धन देखेसि मा'देउका त तीन नेत्र जल्चन्; अब यो धामी पर्यो कलिजुगमा जन्मेको नाथे, त्यसमाथि पुन्टेदाइको साथे (साथी)। धोबिनी भाउजूलाई "यो जेरी-समोसा जुरेलीलाई खान दिनू" भनेर लागेछन् सिधा-साधा भ'को नाटक गर्न। अनि त्यो जुरेली पनि कस्ती, जेरी-समोसा भनेसि आँखा नदेख्नी, यताउता नसोची कप्ल्याक-कुप्लुक पार्दिच। त्यो मोहनी मन्तरले गर्दा जुरेलीको यस्तो हाल भा'को हो भन्नी चाल पाएँ। अब अलिदिन जुरेलीलाई पुन्टेको पञ्जाबाट टाढा राख्नै परिहालो। यो मोहनी मन्तर पनि एक हप्ता पछि मत्थर हुन्छ। सहरको मेडिकलाँ पाउने ओखती त मत्थर हुन्छ (एउस्पिरेसन डेट भन्चन् क्यारे) भने यो मोहनी मन्तर त किन नहुनु नि? त्यै भ'र "जुरेली अलिदिन तिम्री पोखराकी फुपूकोमा जाऊ। म भउतेलाई पनि पठाइदिम्ला। त्यैं बिन्देबासिनी थानमा भउतेसँ' ब्या' गर्नू, अनि कुरा सेलाएसि गाम फर्के हुन्च" भनेको त, "नाईं, त्यो भउतेले त अहिलेसम्म एउडा चुरा-धागो पनि किन्दिया छैन। म त यहीं तपैंसगैं बस्चु" भन्छे बा! मन्तर अँझै सकिया' रैनच। अनि "ल हिन त, मसँगै सहर जाम" भनेर पोखरातिर पुर्याइदिने सुर गरेको त, त्यै बेलाँ पुन्टेदाइ पनि आइपुगे। त्यो घ्याल्सी पनि एक झापट हान्दिम् जस्ती कपट! ऊ बेलाँ भउतेसँ' बिहा गर्न नि तयार। यो भदौ मासमा फुलोरेसँ' बिहा गर्ने आशमा जुरेली लुक्या' ठाम पनि भन्दि'च। पुन्टेदाइले धोबिनीकाँ' सुरा पिएर, अन्त्याँड छुरा लिएर आ'रचन्, हाम्लाई देखेसि उनको ज्यानमा देउता चढ्न थालिहालो। हाम्लाई त के गरुँ कसो गरूँ भयो। त्याँ'ड, बित्तातोडले भागेर भाटबजारमा बस चढेर पोखरा हानिएम्। जुरेलीलाई उसको फुपूकोमा छोडेर फर्किआउँदैछु।

जाऊ भउते, यतिञ्जेलसम्म त्यो मोहनी मन्तरले पनि छोड्यो होला। "अब दुइचार मैना त मरेपनि गाउँ फर्किन्न" भनेर जुरेलीले भन्दै थिई क्यारे। पोखरामा नै, जाइन्जो, टिकाटालो जो हो गर; मंसीर लागेसि बिहे गरे भइगो। कन्नेदान दिनी पनि जुरेलीकै फुपू छँदैछिन्, यो पुन्टे दाइले कपटी गरेर के भो त? २-४ मैना त्यतै फेवा-बेगनास, महेन्द्र-चमेरी-गुप्तेश्वर गुफा, पातले छाँगो, पाउर हाउस घुम। आर्वातिर गएर नमेदाइलाई नि भेट। बिच-बिचमा के हुँदैछ यसो खबर-खाबर गर्न चैं नबिर्सिनू।
 
Posted on 08-21-06 3:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साधुवाद नमे, धेरै राम्रो काम........

सप्पै गाम्ले'रुलाई जदौ है मेरो तर्फबाट
 
Posted on 08-21-06 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेलाई फेरि पनि धन्यवाद।

हा हा हा!! गालउको लेख! parenthesis भित्र राखी राखी लेख्दिनी। कत्ति छोटी अर्थ्याउनु भनेर हो?

सबै गाम्लेहरुलाई नमस्ते छ।
 
Posted on 08-21-06 7:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कस्तो राम्रो चौतारी बनाउनु भाको हो यो नमेले । धरै धरै राम्रो लाग्यो ।
ल हाजिर गरे यो नयाँ चौतारीमा
रोल #६ ठुलि
हजुर मिस्
 
Posted on 08-21-06 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया चौतारो को लागि
नमेलाइ धन्यबात
सबैलाइ नमस्कार् है

गालब् को लेख् सारै राम्रो लागो है
 
Posted on 08-21-06 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-)
धन्यबात गालउ। आखिर हाम्रा पुर्खेउली पन्नितका छोरा न परे। आफ्नै जजमान सँ' किन धर्म छोड्थे। :p

जुरेली र मेरो पिरिम त राधा-किस्नको जस्तो हो नि बाबै ! अब त्यो नानाथरी ख्वाएर कैफियत अरेछन पुन्टेदाइले। होसैमा नभा'सी के अरोस त बिचरीले पनि। :-)

पुन्टेदाइलाई नसुनाउ है यी कुरा। ती त फेरि धोबिनी डोर्याउँदै उइँ पुग्न बेर लाउन्नन्, जुरेलीलाई भगाम्न। :p :-)

अन्खेरी त्यो नमेलाई नि थाह नदेउ। त्यसले नि उइल्यै देखि गिद्दे आँखा तन्का'र बसिरा'को छ। :p

मेरो बिहेमा तिम्लाइ नै लोकन्ति (बेहुलाको साथि) बनाम्नु पर्ला। :-) एउजोर गोल्डिस्टार जुत्ता मेरो तर्फबाट उपहार भो, नाइ नभन है। :P यस्तो गुन अर्ने, सफा मुन भा'को मुन्छे पाउन गारो हुन्छ के, यो जमनामा। :-)

:-)
-भउते
 
Posted on 08-21-06 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे भो ठिकै भो, तर यसरी बिचरी जुरेलीलाई कहिले यता र उता गरेर झुलाइराख्नु भएन। भउते काजीले जुरेली संग तु ब्या' गर्नु परो, ब्या' नसकिउञ्जेल पुण्टे दा लाई बाँधेर थुनेर राख्नु परो।
 
Posted on 08-21-06 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-21-06 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते गुरु, लु छिटै झ्याप-झुप परि हालुम बरु। गुरुले झ्याप-झुप पारे पछि बल्ल चेलोको लगि बाटो खुल्ने थ्यो।


रोल नम्बर २१ नेप्चे
यस मिस
 
Posted on 08-21-06 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते तपाईंको जन्तीमा म नि गुलाबी रङ को सारी लाउने बिचार गर्दै छु । ए तितौरि तिमि र् सानानि नि सारि लगाउ ल।
 
Posted on 08-21-06 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल हुन्छ ठुल्नानी, बरु कैले पो हो जन्ती जाने? नेप्चेलाई नि एउटी नखोज्दी भाछैन।
 
Posted on 08-21-06 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऊममममममममममममममममममम्!!!!!!!!!!!!!
हुममममममममममममममममममममममममम्!!!!!!!!!!!!!!!!!!
ऊँऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!!!!!!!!!!
ऊअममममममममममममममममममममम!!!!!!!!!!!!!!!!

(मन मनै:

हन, कोल्ले केले मुखै झ्वाप्प छोपेर झ्याईंकुटी पार्दै कता ल्याओ मुलाई?

थिन ने थे के रे दुई चार जनै। अँधेरोआँ यसै त नचिनिने, फेरि मुन्टो फर्का’र हेर्न अघि नै बोरा-सोरा के ले मुन्टै छोप्द्‌यो!

यो फेरि काँ ल्या’र राखेका होलान्? भोक प्यास मेट्न दे नि उसैलाई घर्म लाग्थो! पिसाबले नि च्यापेर मर्नु भै सको, आऽऽऽ यईं मुत्दिम् के रे! हात खुट्टा नि बाँध्देचन्, फेरि! क्यारि ईजार फुकाल्नि होला? दिसै लाओ भुने त फेरि आपत पो आईलाग्च! मुकाँ नि के कोच्देका होलान्? चिच्याउन नि नमिल्नि!

हे, दैव नारन! को पापी होला यो बुढो माथि यस्तो अत्तेचेर अर्नि? माउवादी भनन् उनेरुको के बिगार्‌या हो र मुईले? कैले के नै थो र मेरो उनेरुलाई दिन?

हुन त लौतन्तरको लागि राजाको बिरुद्धआँ बेसरि काराएर हिँडेकै हो के रे मुईले, तर उनेरुको के लाग्थो र अईले आ’र हाम्लाई यस्तो अर्न सक्नि? हो नै भुने नि बुढो ज्यान सम्झेर माफि दे हुन्थो के रे!

के भो के भो? धोबिनी कोल्लाई रउसि ख्वाईरा’ होलि? जेठीलाई कत्ति पिर परि सको होला पोई हरायो भुनेर। तो गालउले जुरेली सहर लको कुरो के भई रा’ होला? ठुल्बुईनीलाई नि अल्लारेहुरले कति सताई रा’ होला? चित्रे देखा परेचन् कि चैनन्, कुन्नि?
बुईनी तितौरी, पिरती, दम्तरी जिम्माले, ग्वाँचे, गोताएँ, दादा, भारा भुरी कुम्ले, फुलौरे, मिस्टे, सबै के अर्दै होलान्? मास्टर्नी नानी नि कता होलि? उसैले बरु सम्झाम्न सक्थि कि यी गुन्डाहुरलाई?

तो भउते काजी नि कता होला? हन, भउते कै चाल हो कि के मुलाई यस्तरी यातन दिनि? बज्जेको रिस नि अज्म्मरी फुल जस्तो के! बास्नै नआम्नि, कैले नमर्नि!

हैन, हैन, उल्ले नि के यस्तो अत्तेचेर त अर्दैन होला।

लु, मार्ने नै भए के रे जोल्ले हो! माउवादीको नाम लाउँदो हो के रे। मुर्दार जो होस्, तेल्लाई त तर्साई तर्साई तड्पाम्न पाम्, हे दैव नारन्! अर्को जुनिआँ भुतै बनाईदेओ!


हमममममममममममममममममममममममममम्!!!!!!!!!!!!
उममममममममममममममममममममममममम्!!!!!!!!!!!!
अममममममममममममममममममममममममममम्!!!!!!!!!!!!

ठससससससससससससससससससससससससससस्!
 
Posted on 08-21-06 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ooops!!!!!!
यि केटकिटि ब्या भन्दा अर्को कुरो गर्ने हैन
ब्या त गर भन्ट्यागं भु्न्टुगं स्यार्दारी दिक्क नमा्न्नु

:D:D :D
 
Posted on 08-21-06 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुभे तपाईं को बिहे भो । :P
 
Posted on 08-21-06 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D ठुल्नानि को कुरा।
 
Posted on 08-21-06 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु किन मैले के कुरा गरेर :S
 
Posted on 08-21-06 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाSSSSSSS हाम्रो पुन्टेदा लाइ कस्ले किड्न्याप् गरेर् कता लग्या होला ?किन कसै ले खोजि नगर्या हो नगर्या हो लौ न ............. :(
 
Posted on 08-21-06 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ थुली,

हाम्रा गाममा त आइमाइ मुन्छे जन्ति जान्नन के रे। बरु लोउनी मुन्छेका कपडा लगा'र नानाथरी सुन्नै लाज लाउने गीत गाउँदै रातभरि बेउलाको घरमै रतेउलीमा नाँच्छन।

मलाई नि सानोमा रत्यौली खेलेको लुकेर हेर्न सारै मुन पर्थ्यो। यतै लुकेर बसम कि झैँ हुन्छ के सम्झिँदा खेरी त, फेरि आफ्नै बिहेमा त उता फेरि जुरेलीले खोज्नीहोली। :-)

तिम्लाई नि रतेउली खेल्न दौरा-सुर्वाल चाहिन्छ भने खोज्दिन्छु के रे। कि चित्रेको चोरिसक्यौ? :p :p :p

अगाडि नै जुरेलीलाई जोगाएर राख्न मात्र गारो भा'को हो। :-)बिहेको दिनमा चैँ पुन्टेदाइको चिन्ता छैन। आज सम्म तिनी कसैका बिहेमा गा'को थाह पा'छैन मुइले। सँधै खुसक्क रतेउली तिर लाग्छन। : P :P

:-)
-भउते
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters