[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शृंखला

[Please view other pages to see the rest of the postings. Total posts: 250]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 156787 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 07-25-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शृंखला

 

हाम्रो टोलाँ एउटा परीबार बस्न धेरै भा थिएन। शहीदको घरमा बसेका थिए उनीहरु। मैले शहीद भन्या केटो जुन मेरो साथी थ्यो जिउँदै थ्यो। त्यस्को नाम शहीद पनि होईन हुन त। बाउ आमाले शहीद स्मारक भन्ने बिद्यालयमा भर्ना गराउन लगेका थिए रे उस्लाई तर भर्ना परीक्षामै सीताराम भयो रे भन्ने हल्ला ब्यापक थ्यो टोलाँ। कति सम्म सत्य हो चैं थाह छैन। भन्न आफै त्यो हल्ला हल्लै मात्र हो भन्थ्यो तर जान चै अर्कै स्कुल जान्थ्यो। त्यै झन आर्कै स्कुल जानाले त्यो हल्ला झन बलियो भा थ्यो। कुरा जे भए पनि शहीद स्मारकको परीक्षामा शहीद भएको ठहर टोलको थ्यो। त्यसरी उस्लाई टोलले जिउँदै शहीद बनाईदिएको थ्यो।

 

त्यै शहीदको घरमा बस्न आएको परीबारमा एउटी बिछट्टी राम्री ठिटी थिई। त्यहाँ बस्न थाले देखि शहिद कहाँ आवत जावत बढेको थ्यो मेरो। उस्को कौसीमा बस्दा त्यो ठीटी पनि आउँथी कैले काईँ उस्को फुच्चे भाई सँग। भाई सँग छडके बोलचाल चै सुरु गरी सक्या थिएँ।, अनि त्यो सुन्दरीको नाम क्षितिज रे।

 

अब शहीदले उस्कै घरा बस्या सुन्दरी आफ्नै लागि एकलौटी पार्न छोडेर जस्तो प्रतिद्वन्दीलाई किन मौका दिन्थ्यो होला घराँ बोलाई बोलाई भन्ने कुरा पनि उठ्न सक्छ। तर खाँट्टी कुरा उस्ले बुझेको के थ्यो भने उस्को प्रतिद्वन्दी नै थिईंन। सधै त्यो सुन्दरीको कुरा गर्दा उस्लाई "तेरी क्षितिज" भन्दिन्थें। भन्दिनु त हो नी, मेरो के जान्थ्यो र? उस्ले बुझे अनुसार म त्यहाँ उस्को र सुन्दरीको लभ पार्न आउँथे। त्यसै शहीद भन्या हो र टोलले त्यसलाई?

 

संगत बाङ्गे र अरुहरु सँग कम, शहीद सँग बढी भएको झण्डै एक महिना जति भएको थ्यो। त्यो सुन्दरीको क्षितिजमा आफु उदाउने रहर मेरा सबै साथीहरुको थियो। नबुझेको हैन।

 

शहीदले तर उस्को घरमा मलाई बाहेक अरुहरुलाई खुला निम्तो दिएको थिएन। अरु साथीहरु उस्काँ पुगीहाले पनि उ आफै बाहीर आउँथ्यो घर भित्र अरुहरुलाई लाँदैनथ्यो। म पनि उस्को त्यो डरको आगो मौका पाए पिच्छे हम्किन्थें। अरु साथीहरु क्षितिजलाई सडकाँ अभिनन्दन गर्थे म त्यसो कहिलेई गर्दिन थें।

 

एक दुई दिन भा थ्यो उस्ले मलाई एक्लै भेट्टाउँदा मुस्कानका छिटाहरु छर्केर जान्थी। त्यो कुरा मैले कसैलाई भनेको थे न। भन्ने कुरा पनि भएन। त्यस्तो कुरा भन्दा मरभुमीमा बरालिएका साथीहरु अरु ब्याकुल हुन्थे। के गर्थे के भन्थे ब्याकुल अबस्थामा भन्न सकिन्न थ्यो।

 

एक दिन यस्तै अपरान्हको पाँच जति बजेको थियो होला कौसीमा शहीद र म थिम। क्षितिज र उस्को भाई आए। म तिर हेर्दै हेरीन उस्ले भने पनि हुन्छ। शहीद सँग भने मुसुक्क मुस्काई। मैले कुईनाले हल्का हिर्काएँ अघोरीलाई। क्षितिजका नजर शहीदबाट हटना साथ मैले मेरो हात बढाए शहीद तिर बिस्तारै "ल बधाई छ" भन्दै। उस्ले दरो सँग हात मिलायो। उस्को अनुहारमा खुसी चम्केका थिए।

 

एक्कै छिनमा शहीदकी आमाले तल भान्सा बाट उस्लाई चिया लिन आउन बोलाईन। सर्सोती दीदी घराँ रैन्छिन क्या रे। शहीदले क्षितिजलाई अलि नजिकै गएर सोध्यो "तिमी पनि चिया खाने?"। उस्ले सुमधुर स्वरमा "नखाने, खाई सकें" भनी। शहीद तल ओर्लियो। जाँदा जाँदै म तिर मख्ख परेर हेर्यो।

 

यै मौकामा म चै छडके कुरा गर्नु पर्यो भनेर उस्को भाई सँग कुरा गर्न थालेँ। "मलाई बुबाले ल्याईदेको ब्याडमिन्टन हेर्ने?" भाई चै ले सोध्यो। "खै हेरम त" मैले भनें। भाई चै लाग्यो तल तिर। क्षितिजले उस्का हेराईहरु म तिर उठाई, मेरा त उ तिरै थिए। अद्वितिय सम्मोहन थिए उस्का आँखामा। म उस्का हेराईमा अल्झेकै थिएँ उस्का अधरमा मुस्कान पूर्बी आकासमा उदाउँदा सूर्य किरण झै फैलिए।

 

"भोली बिहान हामी पशुपती जाने" उस्ले भनी।

 

मैले केही भन्नु अघि नै उस्को भाई आईपुग्यो र्‍याकेट बोकेर। अनि त्यसपछि शहिद आयो, चिया उस्ले क्षितिजलाई पनि लिएर आएछ। पहिले त नाईं भनी अनि त्यो चिया लिएर उ तल ओर्लिई। भाई चै त्यै थियो हामी सँग। तल ओर्लिदा अघि आउँदा झै उस्ले म तिर हेर्दा पनि हेरीन।

 

शहीद काँ बाट निस्किना साथ फेरी उही कुरा आयो मनमा। अब भोली पसपती नगै भएन। बिहानै जाने त होला नी। सम्झें, भोली त शनिबार। यसै पनि पशुपती जाने गरेकै हो। जान त सजिलै भयो तर साथीहरु सँग जाने गरेको। भोली एक्लै जाने कुरा भएन। एक्लै गए नै पनि वहाँ भेट भै हाल्थ्यो अघोरीहरु सँग। कुरो उही हो फेरी।

 

शनिबारको पर्खाई र पशुपती जाने रहरमा त्यो शुक्रबार बिताउन मुस्किल पर्यो मलाई। राती पनि सुत्नै मन लागेन। त्यो रातले हाप्देर एकै चोटी बिहान आए नी हुने जस्तै भयो। प्राय: सबै कुरा बाङ्गेलाई भन्ने गर्या थ्यो। उ सँग गफ गर्दा रमाईलो हुन्थ्यो। मनमा बोझ पनि नहुने। अब यो कुरा फेरी भन्न भएन। सबै भन्दा बढता डरै बाङ्गेको थ्यो।

 

बिहानै बाङ्गे आईपुग्यो पशपती जान। अनि सधैं झै ट्वाक र सुपारी कहाँ गैयो। छ्याक र झ्यालिन्चा सँग प्राय जसो उहीँ पशपतीमा भेट हुन्थ्यो। फर्किदा चै हामी हुलै चुरोटको धुवाँ उडाउँदै भण्डारखाल तिर बाट आउँथिम। शहीद सधै शनिबार हामी सँग पशपती जाँदैनथ्यो। कैले जान्थ्यो कैले जाँदैनथ्यो। त्यो शनिबार त उ जाने कि नजाने मैले त्यो पनि सोधिन। नगए हुन्थ्यो भन्ने थ्यो।

 

आफ्नो धुन अर्कै आज। घर देखी पसपती पुगुन्जेल पनि यता र उती हेर्दैको हैरान। उस्लाई कतै देखिएन बाटामा। "किन सुना होला मलाई पसपती जाने कुरा?" सोचें। सोचाई नै पनि कत्ति रमाईलो।

पशपती पुगियो। एक चक्कर हानीयो। छैन क्षितिज कतै। "कस्लाई खोज्या हँ तैले?" बाङ्गेले पस्चिम ढोकाबाट अगाडी बढ्दै गर्दा सोध्यो। "कस्लाई खोज्नु पर्यो? मैले पनि उसैलाई सोधें। बाङ्गेले मलाई हेरी रह्यो। अनि "हैन त्याँ अघि एउटीलाई चिन्या चिन्या जस्तो लाग्या थियो ऐले कता लागिछ भनेर ---" भनें। बाङ्गेले "हाम्लाई त त्यस्तो जुन तरुनी देखे नी देख्या देख्या जस्तो लाग्छ--- हेर्नु हेरीया छ नी त तरुनी पनि --- के नौलो भो र" भन्यो। सबै हाँसीम। त्यतिमै टर्यो।  

 

टर्न त टर्यो तर क्षितिजलाई देखिएन। दिक्क लाग्यो। चिया र सेल खाईयो। खै उ आईन। "उडाईछ ठीटीले आज" सोचें।

 

त्यस्को एक दुई दिन पछि शहीदको कौसीमा उस्को र मेरो फेरी कुरा भयो। "त्याँ पसपतीको सेल मिठो हुन्छ?" उस्ले सोधी। उस्ले कुन बेला देखिछ मलाई त्यहाँ। मैले चै देखिन। "हाम्लाई देख्या थ्यो?" मैले सोधें। "अरुलाई हैन जस्लाई हेर्नु थ्यो उसैलाई चै देख्या थिएँ" उस्ले भनी। "मैले त देखिन" मैले भनें। "मैले जसरी हेरेको भए देखिन्थ्यो होला नी" उस्ले भनी। म अवाक भएँ। उ मुस्कुराई।

 

 

त्यसपछि उ म संग बाटामा पनि मुस्काउँथी तर म एक्लै हुनु पर्थ्यो अनि उ पनि। अनि बोल्न पनि थाली यसो एक दुई शब्द।

 

शहीदको कौसीमा हामी हुँदा अब उ सधै आउँथी माथि। शहीद सँग पनि कुरा गर्थी, म सँग पनि। त्यहाँ कुरा हुँदा म सधै शहीदको तारीफ गर्थें। उ पनि मुस्कुराउँथी अनि शहीद पनि। 

 

एउटा साँझ म घर तिर आउँदै थिएँ। शहिद्कै घरको बाटो आउनै पर्यो। कौसी तिर हेर्नै पर्यो। के गर्ने? बानी लागीसक्या थ्यो। उस्लाई कौसीमा देखें अनि बाटामै अलमल गर्न थालें। अघि ४ बजे तिर उ सँग भाटभटेनी देखि झण्डै ढल्कु सम्म कुरा गर्दै आएको थिएँ म।

 

उस्ले हातले के इसारा गरी कुन्नी मैले बुझिन। इसारा गरे पछि उ हराई कौसीबाट। म के गरुँ भन्दै थिएँ। बाङ्गे आईपुग्यो कहाँ बाट हो एक्कासी। "के हो महाराज? अघि भाटभटेनी देखी ढल्कु सम्म शहीदेको ढुकढुकी सँग धडकिदै थिस रे? अहिले पनि यही मडारीईराछस--अचेल भेट्नै गार्हो छ तँलाई-- "उस्ले भन्यो अनि--शहीदको घर तिर इसारा गर्दै थप्यो "छिर्के हाल्न लाईस की के हो त्यता?"

 

"बौलाईसकि के हो?" मैले बाङ्गे तिर हेर्दै भनें।

 

बाङ्गे चुरोट तान्दै थ्यो। त्यै चुरोट म तिर तेर्स्यायो। मैले लिइन। "उस्ले देखी भनें?" जस्तो लाग्यो। "सुन्दरीले देख्छे भनेर त होला नी" बाङ्गेले सुनायो। म अघि बढें बाङ्गे पनि म सँग आयो। शहिदको घर अगाडीको गल्लीमा के आईपुग्या थिम, क्षितिज त कम्पाउण्डको ढोका जुन गल्ली तिर खुल्थ्यो त्यहाँ बाट फुत्त निस्की। उस्को हातमा एउटा किताब थ्यो। म र बाङ्गे टक्क अडिम। उ पनि उभिई त्यहाँ। उस्ले बाङ्गे तिर हेरी। अनि आफ्नो पछाडी। उस्लाई कसैले भित्र बाट बोलाउंदै थियो।

 

उ अलिकति अगाडी आई अनि उस्ले बोकेको किताब म तिर बढाउँदै भनी "ल यो किताब --" म किताब लिदै थिएँ, बाङ्गे बोल्यो "मेरो नी पढाई अलि कमजोर कमजोर छ, एउटा किताब पाए म पनि घुँडा धसेर पढ्थें--" क्षितिजले  बाङ्गेको कुरा नसकिदै भनी "छैन किताब सिताब जे धस्नु पर्ने हो धस्नु"। बाङ्गेले तुरुन्तै जबाफ फर्कायो "अब यस्तरी पछेपात गरे पछि खरानी धस्नु पर्ला नी --" क्षितिज भित्र गै। ढोका लाग्यो।

 

मैले किताबको शिर्षक पढें। अगाडी हेरें पछाडी हेरें। बाङ्गेले म सँग किताब खोसेर लियो र पाना पल्टाउँदै भन्यो "के अगाडी र पछाडी हेरी रा? बिचाँ कता तिर राखेकी छे लभ लेटर त्यो पो हो त हेर्ने त --"  ....

 

 

 


 
Posted on 07-25-08 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भने पछि , प्रभो को गाडि यसरि कुदेको थियो??
जय होस् ।

चिठीमा के लेखेको थियो, जान्न मुन लायो । क्यार्ने हो प्रभो??

 
Posted on 07-25-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ब्रो सकेको हो - नसकिनु पर्ने जस्तो लाग्याथ्यो
खै क्रमश: त देखिनन नि, हाम्लाई भन्न नहुनी हो
त्यो लोप लेटर मा के लेखेको छ भनेर,

एक्चोटी पढ्न पाये हुन्थ्यो - हाम्लाई पनि थाहा होस् न
लोप लेटर मा के लेखेको छ भनेर - ब्रो को जय हुन्छ ल
खोक दिये ल मैले - बिचार  गर्ने हो कि  


 
Posted on 07-25-08 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्लाई त त्यस्तो जुन तरुनी देखे नी देख्या देख्या जस्तो लाग्छ--- हेर्नु हेरीया छ नी त तरुनी पनि --- के नौलो भो र"

घच्चिको छ यो पनि। लास्टाँ सधैं सस्पेन्स फेरी।  

 
Posted on 07-25-08 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथा त मैले बुझिन
क्रमश: छुटेको हो?
 
Posted on 07-25-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शृंखला हो नी शिर्षक त -- के सकिन्थ्यो अहिले--
 
Posted on 07-25-08 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घच्चिको छ यो पनि।... बाकी भाग नि पढम न त।
 
Posted on 07-25-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घच्चिको छ यो पनि।... बाकी भाग नि पढम न त।
 

Hai hai . Daami chha.

Aja mero katha padhne din raicha. bihana dekhi 3-4 ota katha sakisake


 
Posted on 07-25-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deep jyu.. padheko chaina furshat ma aananda lera padchu
 
Posted on 07-25-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि कथा सारै नसकिनु पर्ने जस्तो लाग्ये
बाकि कहिले पसकिने होला?


नेपाली ठिटा


 
Posted on 07-25-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शृंखला हो नी शिर्षक त -- के सकिन्थ्यो अहिले

उसोभा क्रमस....खै त?

नबुझिने  कथा रहेछ मलाई पनि बुझ्न गाह्रो भयो


 
Posted on 07-25-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब यस्तरी पछेपात गरे पछि खरानी धस्नु पर्ला नी-----
LOL

 
Posted on 07-25-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा जक्कड छ नी ।

 
Posted on 07-25-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-25-08 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप सर  यो कथा लेख्नै बाँकी भएर क्रमश लेख्या कि तेतिकै कथा लामो बनाउन लेख्या
last tension दिन्छ यार् यो क्रमशले
जे भय पनि कथाचै दामी होला जस्तो छ
जाओस जाओस

 


 
Posted on 07-25-08 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो गाठे, अली लामो लेखन यार

anyway, very nice story

 


 
Posted on 07-25-08 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep jyu,

Daaaaami gayo. Waiting for next one.

By the way malai "क्षितिज" naam saroo maan paryo.

-daum


 
Posted on 07-26-08 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी गयो नि त दिप ब्रो, क्षितिज कत्ती राम्री हो साचिकै क्षितिज जस्तै लाग्यो  मलाई नि, शहिद को घर चारिन्छ अब त आफु नि। लौ प्रभु को अर्को एक जना कम्पिटिटर बढ्यो है। अर्को श्रीन्खला कहिले त ?
 
Posted on 07-27-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाटभटेनि देखि ढल्कु सम्म राम्रै यात्र परेछ त!

लौ प्रभु, अब श्रीङ्खला भनिया रेछ, यहि कथाको हो कि यो कथामा आएकी क्षितीज जस्ति अरु क्षितिजहरुको श्रीङ्खला हो आउने भागमा थाहा होला।

गजब छ!


 
Posted on 07-27-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deep ji, aba arko shrinkhala kahile ta?
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters