[Show all top banners]

dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 उही अतितका सम्झना

[Please view other pages to see the rest of the postings. Total posts: 51]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 42146 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 09-19-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा उही पुरानो। म र मेरी पूजा को। पूजा गम्भिर मुद्रामा आइपुगी मेरो घरमा। टिउसन पढ्नु पर्‍यो भन्दै। आज अचानक कसरी पढाई प्रती दया लागेछ, अचम्मै लाग्यो।
"हुन्छ, मलाई पैसा तिर, सबै बिषयको को पढाई दिन्छु टिउसन"---पाएको बेला फुर्ती झार्देको नि।
 
"ह्या नकरान घरबाट बाहिर निस्किनु पर्‍यो मलाई"---उस्को जहिले गुनासो  त्यही हुन्थ्यो। कस्तो अचम्म घरमा त फिटिक्कै बस्न मन नलाग्ने।
 
कुरा के भएछ भने उस्को बाबाको सरुवा काठमाडौं मै भएछ। बाबा अफिस बाट घर आइपुग्दा उ घरमा हुनु पर्ने। शनिबार र आईतवार त कतै जान्छु भनेर नसोचे पनि हुने। बाबा आमा दुबैले कडी कडाउ गर्न थाल्नु भएछ। तेत्तिका बर्ष सम्म हरेक दिन स्वतन्त्रता दिवस मनाइरा पूजालाई बिचरा तेत्रो घरको बन्धन। हुनत उस्ले मनाएका ति दिवसका उर्तीहरुमा आफु पनि अन्न धुन्न कती हिंडेकी छु। कती कुरा त हामी बिच नै दबिन्थे, उही दिन बिग्रेर फुस्क्यो भने चै आपत हुन्थ्यो। उस्ले मेरो नाम किन छोड्थी र? जेस्मा पनि "दीपिका र म" त उस्को थेगो नै जस्तो थ्यो। उ फस्दा आफु उम्किउला भनेर त नचिताए पनि हुन्थ्यो। उही माथि बाट कसैले हेरेकै हुनु पर्छ, भगवान ले त के हेर्थे होला र? हजुरबुवा ले हेर्नु भएको हुनु पर्छ, आफु त बाचिन्थ्यो। कुरा घर सम्म आइपुग्नु अगाडि नै आफ्नै मुख ले बाबालाई भन्यो, त्यो पनि भएका कुरा लाई फुल बुट्टा भरेर अनी अन्तिमा चै "बाबा गल्ती भयो" भनेपछी, परेको खन्डमा दुई चार थोपा आशु पनि झारिदियो, जस्तो गल्ती पनि माफ। गल्ती स्विकार्नु नै ठुलो हो भन्नु हुन्थ्यो बाबा अनी उहा को फुल सपोर्ट पाए पछी त ईन्द्र को बाबा चन्द्र नै आए पनि को डराउछ र? तर कहिले चै निकै नरमाइलो लाग्थ्यो बाबाको विश्वाशको फाईदा उठाएको भएर। दुई दिन त ज्ञानी पनि भईन्थ्यो, फेरी समय सँगै कुरा पनि बिर्सी सकेको हुने, फेरी जस्ता को त्यस्तै।  
 
१२ सुरु भएको २ महिना पनि भएको छैन, केस्को टिउसन पढ्ने भन्ने? पूजा चै जुन सजिलो छ त्यसैको पढ्ने भन्छे। कुरा सुन्दै रनक्कै हुने गरेर। उस्को भनाइ अनुसार सजिलो बिषय को पढ्यो भने धेरै मेहनत नगरि राम्रो नम्बर आउछ रे र घरमा देखाउन पनि सजिलो हुन्छ रे। उस्लाई पढ्ने होइन घर बाट बाहिर हुने धुन मात्रै थ्यो।

"हेर घरमा त म बस्नै नसक्ने भईसकेँ। फोन आयो भने बाबाको कोठामा पनि उठेकै हुन्छ, अझ घरी घरी कोठाको ढोका खोलेर चिह्याउने छोरी कोठामा छे कि छैन भनेर"---दिक्क मान्दै भन्दै थिई पूजा। अनुहार देखेर त माया पनि लाग्यो। त्यस्को बाबालाई फुपुहरुले नराम्रो सँग कान भरिदिएछन छोरीलाई ठीक ठाउमा राख भनेर त्यसैले त्यस्तो निग्रानी मा थिई उ। हुन पनि हो हामीलाई अली कडा त गर्नै पर्ने भएको थ्यो। छ चोटि "कुच कुच होता हे" हेर्न जाँदा त्यो पनि छ नै चोटि स्कुल हापेर जाँदा पनि कसैले थाहा नपाएका, त्यस्तो पनि हो त? झन त्यो त उमेर पनि तेस्तै। बिग्रिन के गाह्रो थ्यो र? जे पनि आँफैले भनेको ठीक लाग्ने बेलामा। 
 
मैले आँफैले तेस्लाई अप्सन दिएँ। पढ्ने भए कि फिजिक्स कि म्याथस। उ त दुबै होइन नेपाली पढ्ने भन्थी। हुन त नेपाली पनि कुन्ताको सजिलो हो र तर जती गरे पनि ६० कट्न मुस्किल हुन्थ्यो, घरमा चै थोरै नम्बर आयो भने पनि टेन्सन नहुने रे भन्न। त्यस्ता बठ्याइ मा त कती दुर दृष्‍टि थ्यो भने , चोरको हजार बुद्धी भने झैँ। धेरै बाद बिबाद उठ्यो तर अन्त्य मा गएर म्याथस कै पढ्ने भयौँ। बल्ल तल्ल गुरु भेट्यौ छेत्रपाटिको। उहा सँग नै पढ्ने भयौँ। ग्रुप मा ४ जना थियौ। म, पूजा, चारु र सुशिल। गुरु ले ग्रुप मा ४ जना त चाहिन्छ नै भन्नु भएको भएर। 
 
चारुलाई पूजा ले चिनेकी, महा बौद्धमा बस्थी। कता बाट चिनेकी हो मैले सोधिन। सुशिल चै मारवाडी, अर्को ग्रुप मा बढी विद्यार्थी भएर गुरुले हाम्रो मा लेराउनु भएको थ्यो।  जन्मन चाइ न्यू रोड मै जन्मेको रे तर नेपाली बोली त्यती प्रस्ट थिएन। हुन त हिसाब को टिउसन मा नेपाली किन प्रस्ट चहियो र? बरु हिसाब मा चै छुरा जस्तो रहेछ। छ कक्षा देखी नै बाबा को साडी को दोकान मा हिसाब किताब गरिदिन सुरु गरेको रे, हामीले क्याल्कुलेटर मा उत्तर निकाल्दा उस्को दिमाग ले पहिलेनै निकाली सकेको हुने।
 
त्यो ग्रुपमा मन लगाएर पढ्ने खाली सुशिल मात्रै थ्यो। चारुलाई संगत को अशर त्यती छिटो पर्ला भनेर त सपनामा पनि सोच्न नसकिने कुरा थ्यो तर आफ्नै आँखाले देखियो। गुरुबा ले बोर्डमा हिसाब गरिदिने, प्राय त किताब कै गर्नु हुन्थ्यो, स्कुल मै १० चोटि गरिसकेको हिसाब भनेर कहिले सारीएन। म त नसारे पनि बोर्ड मा हेरी त रहन्थेकी, पूजा त त्यो पनि नगर्ने। गुरुको कोठा चारै तिर हेरेर बस्थी। अनी बाटोमा सुरु हुन्थ्यो कहिले चै "बुझिस गुरु त क्या ह्यन्सी रइछ नि आफ्नो जमानामा, फोटो त खतरा खतरा छ नि भित्तामा" भन्दै। अझ एक्चोटी त "गुरु त भयन्कर रोम्यन्टिक रइछ नि" रे। कसरी थाहा पाइस भनेर सोधेको, "त्यो दराज ले अलिकती छोपिएको फोटो हेर्न गुरुबा र गुरु आमा को क्या पोज छ। अलिकती दराज को कुना बाट चिहाउनु पर्छ, भोली हेर है?"--उस्ले यो भन्दा म चै त्यस्को अनुहार हेरिराथेँ। आँखा चम्काइ चम्काइ सुनाइराथी। त्यस्को ताल देखेर म त मर्नै आँटेकी थिएँ बाटोमै हाँस्दा हाँस्दा, उस्ले त छोपिएको फोटो धरी चिहाउन भ्याइ सकेकी रहिछ। कस्तो निडर।
 
३ महिना टिउसन पढ्दा मुस्किल ले २० पन्ना भरिएको थ्यो होला। उही पढिस भन्दा पढेँ भनेको जस्तो। अन्तिम शनिबार चारुले हामीलाई घरमा खाना खान को लागि बोलाई। पूजा र म मात्रा जाने भयौँ। सुशिलले मिल्दैन भनिसकेको थ्यो। कालोपुल चोक बाट सफा टेम्पो चड्ने गरेका थियौँ। त्यो दिन त मरे काटे आउँदै आएन सफा टेम्पो नै। बाटोमा कुरेको आधा घण्टा नै हुन आटिसक्यो। कालो टेम्पो चै फाला फाल फेरी। अझ हाम्रो अगाडि आएर "ओ दिदिहरु कहाँ जाने हो" भन्दै सोध्ने। त्यस्तो जुङे मुठे हरुले अझ दिदी रे। पूजा चै हिड बरु यस्मै जाउ भन्न थाली। घाममा कुर्दा कुर्दा दिमाग पनि तातिसकेको थ्यो। पैसा को अनिकाल लागेको बेलामा दुई जना सँग गरेर जम्मा ४८ रुपया रहेछ। तेस्ले त टुडिखेल घुमाउदैमा सिध्याउछ, वान वे भनेर सिधा फेरी कहाँ लग्थे र? पूजा चै ह्या हिड जहाँ सम्म पुगिन्छ जाउ अनी ठ्यक्क ४८ भएपछी ओर्लिउ भनि।  अरु उपाए पनि थिएन। सुरुमै ५ रुपया त टेम्पो को मिटर मा चडेकै हुने, दुई मिनट पनि अगाडि गएको छैन जम्मा ३ रुपया हानेको थ्यो टेम्पो बिग्रियो। चालक ओर्लेर बनाउन थाल्यो हामीलाई ढिलो भईसकेको। अनी हामीले दाई ल भयो हामी जती चडेको छ  दिन्छौ अनी अर्कोमा जान्छौ हामीलाई ढिलो भईसक्यो भनेर पूजाले मेरो पैसा पनि लिई र ३ रुपया दीइ। चालक त ८ रुपया पो माग्छ। टेम्पो जम्मा १० पाइला पनि अगाडि बढाएको थिएन होला चडेदेखी।

"ओ दाई हामीलाई ठग्न खोजेको, थोत्त्रो टेम्पो आफु चलाऊछ अझ बसेको भाडा लिने? लिने भए खुरुक्क ३ रुपया लिउ नभए त्यो पनि पाउदैनौ"---पुजा सन्किन थाली। ड्रैभरले झन के छोड्थ्यो र। झन मुखै पो छोडेर कराउन थाल्यो। 
 
यस्तो ठग झारपात सँग पनि को कुरा गर्छ भनेर पूजा त लुइ लुइ हिडि। म पनि के गर्ने? चुप लागेर हिंडेको, त्यो ड्रैभर ले म अली झगडा गर्न नस्क्ने देख्यो कि डराएको देख्यो कुन्नी, उ त च्याप्प मेरो हात समातेर "ल जा त पैसा नतिरी " भनेर छोड्दै छोडेन। अब ८ रुपया नै भए पनि तिर्नु पर्‍यो भनेर  हेरेको त सबै पैसा पूजा सँग रहेछ, तेइ अघी तिर्ने बेलामा तेस्ले सबै पैसा लिएकी थिई। त्यो बुढो ड्राइभर ले हात भाँचौला नै झै गरेर समातेको छ छोड्ने होइन। फेरी त्यही कालोपुल टोल कसैले देखेर चिने भने अर्को बेज्जेत। पूजा छिटो तिर पैसा यस्ले मलाई छोडेन भनेको त, "तेस्ता ठग बुढोलाई लात्ताले हानेर अइजो, म ३ रुपया बाहेक त अरु ज्यान जाला दिन्न। तेस्ले के सम्झेको छ" भनेर उल्टो कराउछे। चुप लाग्दा त हात नै भाचौला जसरी समातेको थ्यो, लात्ताले हनेको भएत खुट्टै भँचिदिन्थ्यो होला। 
 
पसलको मान्छेहरु को केही काम छैन रमिता हेर्न बाहिर निस्के। पूजा त कहाँ हो कहाँ, गई त्यो त मलाई छोडेर। टेम्पो ड्राइभर आफ्नो टेम्पो नबनाएर उल्टो मलाई समातेर बसेको छ। एक्मन ले त हात सात टोकेर भाग्छु भनेर पनि सोचेँ तर सांच्चिकै गर्नु पर्दा त कहाँ बाट आट आउनु? अनुहार नुन खाएको कुखुरा जस्तो भईसकेको थ्यो। अनी तेस्लाई अली नरम भएर दाई मेरो घर नजिकै छ ल हिंड्नुस् त्यहा जाउ अनी म पैसा दिन्छु, अहिले त म सँग केही पनि छैन भने। पहिले त बाउठिराथ्यो पछी मान्यो। घर पुगेँ। भन्ने त अब बाबालाई नै हो। भने। यो पाली त साच्चिकै रुन मन लाग्यो आफु कती कम्जोर भएको भएर। बाबाले माथि बाट १० रुपया फ्यकिदिनु भयो ड्राइभरलाई, अरु केही भन्नु भएन। चुपचाप कोठामा गएँ। कम्ता लाज लागेको थिएन त्यो बाटोको सिन सम्झेर देख्ने हरु पनि हाँसेर गएका थे।    
 
३० मिनेट जती पछी पुजे आइपुगी। म रिस ले चुर भएर बसेको ठाँउमा अझ आएर " हेर मलाई त तेरो एकदम माया लाग्यो, त्यस्तो नाथे ड्राइभर सँग आफ्नो हात छुटाउन नसक्ने ले १२ पछी अमेरिका जान्छु भनेर के भन्छेस? बरु भनेको मान बाबालाई भनेर एउटा मुस्तन्डे सँग बिहे गरेर बस नेपालमै, तेरो रक्षा त गर्छ कि" रे उ त उल्टो 
 
..........

 
Posted on 09-19-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पूजा जी को कहानी आएछ ।
अहिले बाहरि छु । घर पुगेर पढ्ने भईयो ।



 
Posted on 09-19-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dbl positng!!
Last edited: 19-Sep-08 02:00 PM

 
Posted on 09-19-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol, Danger rachhin Pooja nani ta. Where is she thesedays?

 


 
Posted on 09-19-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

interesting story....

so did you find any मुस्तन्डे Dipikaji ??


 
Posted on 09-19-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पूजा महात्म्य त आइसकेछ नि , कती हास्नु तर तपाईंको दु:ख मा हासेको चाँही हैन है

"बुझिस गुरु त क्या ह्यन्सी रइछ नि आफ्नो जमानामा, फोटो त खतरा खतरा छ नि भित्तामा" भन्दै। अझ एक्चोटी त "गुरु त भयन्कर रोम्यन्टिक रइछ नि" रे।
साच्चै त्यो पूजा त तपाईंले  छ चोटि हेरेको फिलिम मा बास्केट्बल खेल्ने केटी जस्तै लाग्यो, पूजा पनि खेल्थी कि? कती तगडा हो त 

 


 
Posted on 09-19-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो दीपू, धेरै पछि तिम्रो कथा फेरि पढ्न पाएर रमाइलो लाग्यो।

"हुन त नेपाली पनि कुन्ताको सजिलो हो र तर जती गरे पनि ६० कट्न मुस्किल हुन्थ्यो,"

आफ्नो पनि संधै ५० र ६० को बीचमा आउने। आइ एस्सीमा चाँही कसरी ६७ आएको हो, कापी जाँच्ने माड्साब नै जानुन्। सप्रसंग व्याख्या गर्नु जस्तो झर्को केहीमा लाग्दैनथ्यो।

ट्युसनको कुरा गर्दा, कार्बनको ठ्याक्कै मुन्तिरको पाना कसले लिने भनेर पालै पालो गर्नु पर्थ्यो। तल तलको त फिक्का भएर पढ्नै गार्हो।
लोडशेडिङ हुन थालेपछि आँफै ईमर्जेन्सी लाईट लिएर जानु पर्थ्यो। अहिलेको जस्तो सानो हुन्नथ्यो त्यो पनि, बल्लबल्ल ब्याकप्याकमा अट्थ्यो। त्यसैले पालै पालो गरी लग्थ्यौं हामी। त्यत्रो ग्रुपका ग्रुप पढाएर पनि बत्ती किन नकिन्या होलान्, लोभी गुरुजीहरु!!!!
        

 
Posted on 09-19-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deepu,

Mustande yeta teera mustandiko pratiksha ma cha
यस्तो ठग झारपात सँग पनि को कुरा गर्छ भनेर पूजा त लुइ लुइ हिडि. LOL


 
Posted on 09-19-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i need to read, m busy, willdo later hai haha.
 
Posted on 09-19-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपुले काइदाको कथा लेखी सक्या रेछिन। पूजाको हिम्मत त मान्नै पर्ने रेछ। अनी बाबालाई भन्योउ त मुस्तन्डेसँग बिहे गर्दिनु भनेर? 

अतितको सम्झना रमाइलो रेछ।


 
Posted on 09-19-08 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा नानु कती हसाउन सक्या अनी मुस्तन्डे सँग ब्या गर्ने रे ROTFL
 
Posted on 09-19-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि मुस्तन्डे संग भेट भयो त दिपिका दिदि  

  कस्तो हुदो रहेछ मुस्तन्डे देखिने मान्छे ? (नजानेरै सोधेकी) म चै त्यो मुस्तन्डेलाई भिनाजु भन्दिन है दिदी  साच्चि !


 
Posted on 09-19-08 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


धेरै पछी पूजा लाई लिएर आयोउ नि त भान्जी, मलाई काममा एउटा कुरो ले टेन्सन दिराथ्यो यो पढेर अली हल्का भयो। रमाइलो लाग्यो तिम्रा अतितका दिन्हरु पढेर,साँची पूजा चै कता छे नि अचेल,की यू नै मुस्तन्डे समातेर बसिसकी।
ह्याभ अ ग्रेट विकेन्ड।
 
Posted on 09-19-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ROTFL  भन्या के हो ??????
दिपिका, पूजा त खतरा हो ल!! मैले नि मानें

 
Posted on 09-19-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ROTFL --> Rolling on the floor laughing bhanya cheli

BMLB --> bhuima ladibudi  jastai ke hehe.


 
Posted on 09-19-08 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hilarious 

ईन्द्र को बाबा चन्द्र नै आए पनि को डराउछ र?

कुच कुच होता हे" हेर्न जाँदा त्यो पनि छ नै चोटि स्कुल हापेर जाँदा पनि कसैले थाहा नपाएका, त्यस्तो पनि हो त?

चुप लाग्दा त हात नै भाचौला जसरी समातेको थ्यो, लात्ताले हनेको भएत खुट्टै भँचिदिन्थ्यो होला। 

कम्ता लाज लागेको थिएन त्यो बाटोको सिन सम्झेर देख्ने हरु पनि हाँसेर गएका थे।    

those lines are written very innocently yet funny. nice work....


 
Posted on 09-19-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै महिना पछी बल्ल पूजा झुल्किन। बडा अच्छा लेखाइ, बुझाई अनी हेराइ।


के गर्नु दीपिका नानु, जमाना पूजाहरु कै छ, पूजा न बनी भूजा खान न पाइने भो नेपालआँ। त्यसैले दीपिका अम्रिका आएको। कुरो असली यहाँ छ। सत्य तथ्य नि त्यही हो।

माथि राख्दै गर्नु ( कीप इत अप )


 
Posted on 09-19-08 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दिपिका को कथा आइसक्या रैछ,
पूजा त पूजा भैहालि - जहिले पनि फोर्वार्ड - अट्याकिङ मा गैहाल्ने किन नजावोस त दिपिका जस्तो दिफेन्शिवमा भएपछी 
कुच कुच होता है छ चोटि हेर्द्या रे - त्यो पनि कालेज हापेर -
खतरा नै हो। मैले त कस्तो सोझी भन्ठान्या यो दिपिका लाई - एक नम्बर को नौटन्की बाज रैछ - आखिर मेरो साथी न पर्‍यो अली अली असर त परीहाल्छ नि - नाटक पनि कत्ती गर्न आउने - दुई चार आसुँ झारिदिने रे लोल
अनी को पर्‍यो नि त्यो मुस्तन्डे

कहिले काही मलाई दिपिका पूजा हो अनी पूजा दिपिका हो जस्तो लाग्छ है - धेरै भयो लागेको भन्न मात्र नभन्या खै किन किन त्यस्तै लाग्छ।

एसो टाईम टाईम मा कथा टाँसिदिए त रमाइलो नै हुन्थ्यो पढ्न - टाईम लाई दिन्छ र पो,
दिउसो कता गै भनेर सोचिरा त कथा पो लेखिरा राइछ -

तर क्रमश चाँही देखिन नि - त्यो थोप्ला थोप्ला राखेको क्रमश: हो - 


 
Posted on 09-19-08 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्छौ त नि ह्यमान को मुस्तन्डे  ५ बर्ख देखुन हेरी पछी लाउदा नि फुट्या आखोले पत्यायनन हेरी हाँरो भन्दा राउरो ज्यान काँट पाउछेउ बा। तिउरा बा आउँदा नि हाँरो कुरो सुनेर भुतुक्कइ भा थे। क्यार्नु फुट्या करम तेई बा का छोरीले कैइलेई हेरिन। बा सअ बे नहुने बे अर्नेले मुन्टो बाटार्ने।

उत्तम अती उत्तम लेखाइ दिपु। अनी तिउरो मुस्तन्डे हेरम्न हौ


 
Posted on 09-19-08 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर, मैले पनि पढे ।
रमाईलो लाग्यो । पूजा जी को पात्र जीवन्त छ ।

 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters