[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मनोजले छोडेको कथा

[Please view other pages to see the rest of the postings. Total posts: 120]
PAGE:   1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 69220 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 11-13-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

“छ्या गाडी थोत्रो रहेछ ! ” मनमनै सोचेँ । कोशि वारि बाटै टिकटको लागि भनेको थिएँ पारी बाट गाडिको चढाई भो । त्यो पनि नेपालगन्ज सम्मको यात्रा ! मैले नारायणगढ सम्म त्यो गाडिमा बाटो काट्नु थियो । साथिको बिहेमा हिँडेको ! उसको सुखमा म बुङ्गो यति दुख गरी गरी जाँदै थिएँ , मैले जाँगर र रहर पनि देखाएकै हो उसको बिहेमा जाने ! कोहि कोहि ठिकै भन्छन् फुच्चे मुडि छ । साँचो हो यथार्थको धरातलमाँ जस्ले भावना र सम्बन्धलाई महत्व दिन्छ उ सनकि नै हुन्छ एभरेज भिँडको अघि । साँचो कुरा त दुनियालाई मेकानाइज्ड लाईफ मन पर्छ मेरो सनक र मुड भन्दा ! मलाई पनि उनिहरुलाई गलत साबित गर्ने रहर छैन , मेरो जिवन मा अरुको सुझावको लागि ठाउँ छैन ।

 “कहाँ सम्म हो ?” मेरो तन्द्रा भंग भयो । आवाज माला चुँडिएर मोति भुईमा खसे जस्तै थियो । मैले आवाजको भौतिकता नियाँले । अनुहारमा अघि चुँडिएका मोतिको दिप्तता थियो भने केश त्यहि मोति चुँडिएको रेशमि डोरी ! स्विटर माथिको गुलाबि ओढ्ने ले जोरले उनलाई कसेको हुनुपर्छ किनकि उनी पक्कै पनि छोड्न मन लाग्ने थिइनन् ।

 शायद फुच्चेलाई यहि भएर नेपालगन्ज सम्म जाने झोँक चलेको रहेछ , आज भने फिल्मी ( बेगर विद द प्रिन्सेस) यात्रा हुने भयो । मनमनैँ सोचेँ ।
 “यो गाडिमा त नारायण गड सम्म जाने हो !’ मैले उसलाई नियाल्दै भनेँ । गाडि बिस्तारै घ्यार घ्यार गर्दै चलायमान भयो । तर उसलाई नियाल्दा मैले आँखा यता उता चलाउने पनि फुर्सद पाएको थिईन । “नारायण गढ कति बजे पुगिएला ?”
“बज्ला बिहानको दुई तिन !”
 “तँपाई त्यहिँ सम्म जाने हो ?”
“होइन नेपालगन्ज ।“
“हो र ! म पनि नेपालगन्ज नै जाने हो त , साथि हुने भइयो ।“ उ खुशि देखिई ,तर म ठोकुवा गरेरै भन्न सक्छु उसको खुशि भन्दा मेरो खुशि हजारौँ गुना ज्यादा थियो ।
 “तँपाई पनि नेपालगन्ज जाने हो ?”मैले आफ्नो खुशि कन्फर्म गर्न फेरि पनि सोधेँ ।
 “हो तर तँपाईले मलाई तिमी नै भने पनि हुन्छ । At least I have to get some liberty of being younger !!!!!!!! मेरो नाम चाहिँ सुधा हो , सुधा भनेर बोलाए पनि हुन्छ । ”
 उसले मुस्कुराउँदै जवाफ फर्काई । अघिका सम्पुर्ण गुणलाई परास्त गर्ने त उसको मुस्कान रहेछ ।मन फुरुङ्ग भएर आयो ।म आफ्नो खुशी लुकाउन झ्याल बाट बाहिर नियाल्न थालेँ ।दुनियाँ चलायमान थियो ,मैले बिस्तारै दुनियाँलाई भनेँ “हेर तँ भन्दा पनि मेरो जिवन चलायमान छ ।“

 जब मैले बाहिरबाट ध्यान हटाएर उ तिर आँखा फर्काए । उ केहि खुला पानाहरु पढिरहेकि थिई । प्रिन्ट सानो थियो मैले राम्ररि नियाल्दा पनि ठम्याउन सकिन ।

 “साझा पढ्ने गर्नु भाको छ ?त्यसैको एउटा कथाको प्रिन्ट हो ।” उसले मैले उसले पढ्न खोजेको कुरा देखिछ क्यार ! मुटु एक चोटि बुरुक्क उफ्रियो ,अब कुरा अगाडि बढाउन अफ्ठ्यारो पक्कै हुनेछैन । मैले भगवान लाई धन्यवाद दिन एकचोटि माथि हेरेँ किनकि जब धेरै कुराहरु एकैचोटि मिलेर आउँछन् विश्वास गर्न पनि डर लागेर आउँछ ,कतै झल्याँस्स बिउँझिइने पो हो कि भनेर !

 “थोरै थोरै पढ्ने गर्छु ,कस्को कथा हो त्यो ?”
“Somewhere on the earth!!!”
“Lucky सोम दाई , मेरो नाम किन आएन! “मैले मनमनैँ सोचेँ ,फेरि सोचेँ मान्छे साँचै असन्तोकि हुन्छ स्वभावैले ,यति सबै भइसक्दा पनि म त्यो कथा पनि मेरै होस् भन्ने चाहिराखेको थिएँ । “तिमीले फुच्चेकेटो को कति कथा पढेकि छ्यौ ?” मैले उसको आँखामा आँखा जुधाउँदै प्रश्न गरेँ । म मेरो नाम आउँदा उसको मुहारको परिवर्तन नियाल्न चाहन्थेँ ।
 “सबै कथा पढेकि छु दुइटा कथा अधुरा छन् उसका ,किन?”
 “त्यो फुचेकेटो म नै हुँ ।“
क्रमश:
Last edited: 13-Nov-08 09:11 AM

 
Posted on 11-13-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Interesting hola jasto chha, kati chhoto lekhera chhodeko ani arko katha pani tettikai chhodeko chha.
 
Posted on 11-13-08 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे त क्या फास्ट - सोमे को नाम आउन साथ आफ्नो परिचय दिइहालेको हेरन
ल ल फुच्चे कै मोज रैछ, अनी अली लामो लेखौ न 
 
Posted on 11-13-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनोजले कथा त राम्रै छोड्या जस्तो छ तर कति छोटो छोडेछ पहिलो भाग त!
 
Posted on 11-13-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे, लौ कती छिटो आफ्नो परिचय दिएको? कुर्नु पर्थ्यौ नि अलिक। तर ठिकै छ। कथा निकै रमाइलो होला जस्तो छ। त्यो कल्पनाकुन्ज जस्तो चै नकुराउ है।
 
Posted on 11-13-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khai ali laamo lekhaauna ho, chittai bujena.
 
Posted on 11-13-08 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

फुच्चे कथालाई रोमान्चक र कौतुहुलतापूर्ण बनाउदै लगेका छौ, आशा छ यस्लाई निरन्तरता दिन्छौ। शुभकामना!

 


 
Posted on 11-13-08 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great skill of writing...
I will be waiting for the next part
 
Posted on 11-13-08 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh! Fuche is back with his original style. Give us more.
 
Posted on 11-13-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे ब्रो,

त्यो सुन्दरीले साझामा दीपले लेख्या चैं पढ्ने गर्या छ छैन रे छ, बुझेर खबर गरम न--पोजिटिभ र छ भने नारनघाटाँ चढ्नु पर्यो म नी बस-- नभ्याए गैंडाकोट, कावासोती, अरुण खोला, दाउन्ने, बुटवल, गोरुसिंगे सम्म पुगेरै भए पनि चड्नु पर्ला--तर नी प्रभो --त्यो पढ्न ला कथा सोमे प्रभो कै हो त? "दीप ईन माई हार्ट" लाई कतै "समह्वेरडाउनदअर्थ" देख्या हो कि? हँ प्रभो? त्यस्तो नी हुन्छ कैले काईँ त --

लेखाई दरो छ। घुमाएर बजाम प्रभो।


 
Posted on 11-13-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ फुच्ये केतो को अर्को कथा अै पुगेछ। कथा को सुरुवात राम्रो छ।।। एस पाली चै बिच मा छोड्ने होइन नि।

 
Posted on 11-13-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep jyu U r too much

Fuchheketo jyu ko favorite  naam raichha "Sudha" bhanne bujhiyo!! kathako suruwat dami chha!! lekhdai janu hola hai!

 
Posted on 11-13-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा त उसै बेजोड़, तेस्मा दीप प्रभु को कमेन्ट, ........................................ज्वरों आउला जस्तो छ त हँ !
ल केटो छिटो लेखु अर्को भाग ........
 
Posted on 11-13-08 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाई, भाउजु बोलाएउ, घर उतै हो बुटवल तिर । राम्रो संग पुर्याउनु ।

मनोजलाई मैले धेरै गालि गरेको छ भन्देउ। कवाडि,  गति नै त छाड्न हुन्न नि । लेख्नै बन्द गर्ने हो त!!

तिमी हराएको थियौ । साझा शुन्य थियो । अब मजा आउला जस्तो छ । गुलियो लालमोहन मैले  के बिर्सन्थे र!!
 सुधा सम्झाएउ, म पनि कसिनु पर्यो!!!
तिमी थप अरु । के के गरिछे कालिले, सुनम न म पनि!!

P.S. दीप प्रभो, हन कृष्ण नै हुनु भएन । साझा का १६०० ले पुगेन? एक दुई वटा त हाम्रो भाग नि राखम न प्रभो । गुजारा चलाउनु पर्यो!!!
 
Posted on 11-13-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Som dai ko pani Sudha wala katha dami  thyo!! sajha ma padheko ho ki antai bhanne ta birsiye! tara ekdum ramro thyo, Siligudi wala...

kina hola hamra kathakar haru lai "Sudha" naam matra man parne?

 
Posted on 11-13-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुधा नाम मात्र हैन मान्छे पनि मन परेको हो!!

 
Posted on 11-13-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hmmmmmm....
la badhai chha teso bhaye!!
 
Posted on 11-13-08 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

man pareko ho.. paiyeko chaina!!`:(((

badhai kasari linu!!

thanku anyways!!

Last edited: 13-Nov-08 04:06 PM

 
Posted on 11-13-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malai k tha ta .. yasto khule aam man pareko bhannu bhayepachhi paunu bho hola bhanera ni

Anyways, all the best!!

 
Posted on 11-13-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा लास्ट छोटो भयो। नाइट बस म थियो क्या हो? अरु नै कुरामा बेस्ट भयो जस्तो छ!!!
राम्रो सुरुवात छ। कती राम्रो नाम राखेको सुधा ।।।

 



PAGE:   1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters