[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 265442 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-05-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सकिएन परभु!!!!!!!!!!! जवाफ छैन!

लोल :D
 
Posted on 01-05-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL!!!
Khit...Khit...Khit...
 
Posted on 01-05-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बिहानै देखि के घाटि खस्खस् गरेर मर्न ला'थि है अनि तातो पानि खादा नि हुन्न कफि खादा नि हुन्न केहि खादा नि भएन । सारै भए'छि झल्यास्स याद् आयो पक्का पनि मेरो गुइठे भाइ हरुले घर मा कुरा काट्दै होला जस्तो लाग्यो के ( They r my the biggest enemy in the world होइन नि फेरि घर् मा हुदा मात्र ऐले त सन्सार् मा सबै भन्दा बढि माया उनार कै लाग्छ हौ) येस्सो २-३ पल्ट रि-गरेर सोचे पक्का हो फोन हानेर साफ स झपर्नु पर्यो गुइठे हरु लाइ भनेर फोन गरे को है कस्तो माया ले कुर गर्छन् "मिस् यु" पो भन्छन् के कुरा काट्थे नि बरै तिनारु ले।
अनि अझ मैले काटिस् है मेरो कुरा बिहान् देखि मेरो घाटि खस्खस् गर्यागर्यै छ भन्या त मामु ले नानु अधुवा अनि खै केके हो तातो पानि मा राखेरे खानु रे लोल्... धुत्... हिहि:D :D
अनि लौ भएन अब को हुनसक्ला भनेर बिचार्दा झ्वाट निश् भेना याद् आयो के कुरा काट्ने मा एक लम्बर को , चौतारि का गाम्ले हुर् त के काट्थे र मया पो गरेका त बरा हुर् ले :P ।
तै नि एक् पटक् च्याएर हेर्दिम् के हो के हो भने र हेर्या त मेरि बास्सै !! सप्पै जाना करार उधुम रे छ सुरुमा कुरा काट्ने निश् भेना रे'छ आबो मैले क्यार्ने होला आफ्नु भेनै उस्तो क्या ।
लोल्... न आइ के सुख । बल्ल सन्च भयो मेरो घाटि खस्खस् गर्या भन्या :D।

सान्नानि ठुल्नानि साथि,मिस् मेरि दिदि ,मेरो दा पुन्टेदा अनि ग्वाचे हरि, ध्वासे दादा, चितरे , निश कुरौटे जिजु अनि अरु गाम्ले हरु लाइ -- Thanks for remembering me :-)!!!

हरिशरणम!!
 
Posted on 01-05-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वास्थानि को कथा कति राम्रो हौ गालब् ले लेख्या !!
फुल्पाति हात् मा लिएर सुन्दैछु है म पनि :D
 
Posted on 01-05-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह! गालव गज्जब छ ल।

भौतेकाजी कहिले केन्डाँडा भन्ने राज्यको राजा हुन्छ? उसलाइ केन्डाँडाको हात्तीले माला पहिर्याउँछ हो? हे गालब जी, अरू पनि सविस्तार वर्णन गरिदिनु पर्यो।

कर्पूर गौरम् करूणा वतारम्
संसार सारम, भुज्गिन्द हारम्
सदा बसन्तम् हिर्दयार बिन्दे
भवम् भवानी सहितम् नवामी:।।
 
Posted on 01-05-07 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्थानि को श्लोक भनेको हो चित्रेभाइ यो ?
देखेउ त तिरु स्वस्थानिको कमाल ।तिमिलै चौतारिमा आउदिन भनेको बचण भंग भयो :)
फेरि त्यस्तो नाउने कुरो नगर है । बरु कसैले भनेको चित्त नबुझे मैले जस्तो गालि गरिदेउन । फेरि तिम्रो टुक्रा (कबिता)शब्दले सबैले मुखभरिको जवाफ दिइको हुन्छ नि

:)
 
Posted on 01-05-07 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोssssss....
तित्स सालि आयो बादल लागेको चौतारिमा झलमल्ल घाम पो लाग्योन्त नि हौ!
फिरि तित्स सालि भनेको जस्तै गरेर हर्रामि धमाकेदार एन्ट्रि मारिदिने के।
ल हेर तिम्रो एक एन्ट्रिले तिम्रो घाँटिको खस् खस् र मेरो दिलको ढ्याक ढ्याक दुइटै ठिक भयो हौ! :)
कुरौटे रे म??? खित्.. खित्.. खित्... आबो के गर्नु तिम्रो बात चल्यो कि नाइटै देखि गफ निस्कन्छ, आन्द्रै देखि रमाईलो लाग्छ अनि घुच्चुक देखि स्टाईल निकालेर खोक्न थाल्छ मो त!:)
 
Posted on 01-05-07 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिल् को ढ्याक-ढ्याक बन्द भयो रे निस भेना को :O :O :O!!!
 
Posted on 01-05-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सब लाई, साली भेनाको कुरो मा बजाएं ताली ।
 
Posted on 01-05-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बन्द भएको हैन हौ, ठिक भएको, ब्यालेन्स मा आएको :)
बन्द त कसरि हुने नि हौ? तिमी आउँदा बोरु बन्द हुन लागेको पनि स्टार्ट हुन्छन्त नि!

आँssच राहुल सुड्डा टायर एम एम छ ल मेरो साइड बाट पनि!
लास्टै घाँटि चिलाएर बबाल छ, एक स्टिक यता फालिदिउँ न हौ सुड्डा, झ्याप हुनु पर्यो सालि आएको खुसिमा!:)
 
Posted on 01-05-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश ब्रो, साली ले गाली गर्लान नि फेरी चिलिम तान्यो भने, तै पनि ल मोज गर्, आफ्नै दुनियाँ मा मस्ती सँग गस्ती गर्न पाइन्छ ।
 
Posted on 01-05-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नसकिने भो, गालेको स्वस्थानी सुनेर। आर्को अध्याय चाहियो चाडै।

आम्बोssssss....
तित्स आयो बादल लागेको चौतारिमा झलमल्ल घाम पो लाग्योन्त नि हौ!
फिरि तित्स भनेको जस्तै गरेर हर्रामि धमाकेदार एन्ट्रि मारिदिने के।
 
Posted on 01-05-07 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे चौतारीका तमाम अगस्त्यमुनी हरुहो ! हे अगस्तेम्निधरि मान ब हो !
गदतन्त्र ल्याउने नाम मा भुक्ने सारा दानब हो !
तिमीहरु ले के लोत्र्याएउत सडकमा ताएर बालेर ?
बल्ल बल्ल बनेको पुल को पिल्लर तुधिखेल वित्र फालेर ?
हे अगस्तेमुनी धारि मानव हो !
श्री स्वस्थानी माताले ति सारा पापी दैत्यको नाश गरुन्,
बरु प्यालामा डुब्ने र धुवामा उदने हरुको हृदयमा बास् गरुन

क देखि ग्या सम्मको राजालाई त मासी हालेउ माता
अब खुमे र गोविन्दे अनि प्रचन्दे र बाबुरामएलाई पनि मासन्,
तब मात्र पाउलाम हामी मुग्लानिया हरु आफ्नै देश गै
श्री स्वस्थानी पढ्दै परिवार सँग रमाइ-रमाइ हासन ।
 
Posted on 01-05-07 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या तो स्वस्थानी चलेको रैछ, मो त सिरेको भ्याडियो हेरे्र बस्याको । लु तुहारू पनि हेर् यो सिरेको करिमा ।


सिरेकोकरिमा

 
Posted on 01-05-07 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ए कुमलवा भैया, एकछिन यता आउनुस्" गाउँमा हजामत गरेर हिड्ने लछुमनियाले मलाई बोलायो।

लछुमनिया, हाम्रो हजाम के!!, निकै निरास थियो। मलाई अचम्म लागेर आयो किन निरास भएछ भनेर सोध्न मन लाग्यो।

"किन नि लछ्छु, के सार्हो झोक्राको हौ तिमी?" मैले उसको पिर बुझ्ने कोशिस गरेँ।

"कि कर्नु कुमलवा भैया, एकदम बिजिनेस चौपट छ, घरी घरी म सोच्छु कि रौतहट नै फर्किउँ" निकै निरास भएर उस्ले भन्यो।

"हत्तेरी! यस्तो कुरो नि गर्छन्। गाउँको एक्लो हजाम तिमी। सबले तिम्रैमा आएर कपाल दारी काट्छन् अनि के को मन्दी छायो र तिम्रो बिजिनेसमा?" मैले फेरि उस्लाई सोधेँ।

"तपाईँ कुरा गर्नुहुन्छ। मेरो बिजिनेसको पोलिसी छ, कि म एउटा काम घाटा खाई खाई करिदिन्छु और दुस्रा मे फाइदा लिन्छु।" उसले कुर्सी तानेर मलाई बसाउदै भन्यो।

"ओहो! के मा फाइदा लिन्छौ नि लछ्छु?" मलाइ बुझ्ने इच्छा भयो।

"अब हेर्नुस, जब म कपाल कटाएको हुन्छु, तब कपाल कटाउनेको दाडी भि काट्छु। उस्मे मलाई के छ, कपाल मे मिहिनेत बढी पर्छ और दारीमे थोरै। त दाडीमे फाइदा हुन्छ और कपाल मे खर्चा पानी अलि अलि उठ्छ।" उस्ले मलाई बिजिनेस सिकाउन थाल्यो।

"लौ कपाल काट्दा नि तिमीलाई त फाइदा नै हुन्छ नि" मैले उस्को कुरो बिस्वास गरिन।

"अरे! सबै पून्टे दाई जस्तो कहा हुन्छ? निस दाई आउनुहुन्छ और १ घन्टा सम्म कटाउनुहुन्छ और लास्ट मे फिर से एक इन्च छोटो करिदेउ भन्नु हुन्छ। त मलाई पुरा दुई जनको कपाल बनाए जस्तै भएन?" लछुमनिया त्यसरी जङ्गेको मैले देखेको थिइन।

"ल ल तिम्रो बिजिनेस त बुझेँ तर अहिले कसरी मन्दी आयो नि?" मलाई त्यत्ता तिर बुझ्ने इच्छा भयो।

"अरे सुन्नुस्! आजकाल सबै दाईहरु कपाल काट्ने को लागी आउनुहुन्छ और मज्जाले काट्नु हुन्छ, पर दाडीको कोहि कुरै कर्दैन। अस्ती पून्टे दाई आउनु भएथ्यो कपाल कटाउन, पहिले पहिले उहि छुराले उहाँको कपाल और दाडी बनाउथेँ मलाई डबल फाइदा हुन्थ्यो यो पल्ट कपाल मात्र बनाउनु भयो और दाडी बनाउनु भएन।" निकै निरास थियो बिचरा लछुमनिया।

"किन यस्तो गरेको होला पून्टे दाईहरुले? तिमीले सोधेनौ त?" भन्दै मैले अरु कुरो चाख लिएर सुन्न थालेँ।

"खोइ दाई! के कुरा कर्नु? और फिर तपाई सङ्ग के कुरा लुकाउनु? जबसे सिरे दाई आउनुभएछ और साथ मे उहाँको दाडीको इस्टाईल आएको छ गाउँमे, सबै जना दाजुहरु दाडी राख्ने और जुङ्गामात्र बनाउनु हुन्छ। जुङ्गामे कति पैसा माँग्ने? बेकारमे मेरो मिहिनत मात्र जान्छ।"

बिचरा खूब पिरमा परेको रहेछ भनेर उसलाई हेर्दै म नि चिन्तित भइरहेको थिएँ।

त्यत्तिकैमा उत्ता बाट हाम्रा दर्जीदाई हस्याङ फस्याङ गर्दै हिड्दै रहेछन्। उनलाई त्यसरी हिँडेको देखेर मैले सोधेँ, "ए दर्जी दाई! कता हो त्यस्तो हत्तार गरेर?"

मलाई हेर्दापनि नहेरी उनले कराउँदै दौडिए, "क्यार्नु! मिस, तितौरी, सान्नानी र ठुल्नानी भएर मलाई एकथान कालो कपडा दिएर गएका छन, जमुनी भाउजुको जस्तो लुगा सिउनुपर्यो रे। त्यहि लुगा हेर्नलाई जमुनी भाउजुको घर हिँडेको नि। भोली सम्ममा सक्नुपर्ने रे"।

समाप्त :पि

==================================

दादा: मैले त्यो प्रचण्डलाई चिठ्ठी चौतारीमै लेखेको छु नि। चौतारी भित्रकै अर्को थ्रेड हो नि।

अनि जाँदा जाँदै सबैलाई सन्ध्याकालिन नमस्ते!!

आज कसैको ५० डलर बचाउनु थियो। क्या गार्हो!! :पि
 
Posted on 01-05-07 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमलवा भैयाले बहुत् अच्छा लेखि दिनु भयो, राहुल् बुढाको दिल् खुश् भै गयो। गाम्लेको मुलुक्मए लोकतन्त्र आये बाद् बहुत् चेन्ज् आयो।
 
Posted on 01-05-07 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे कुम्ले मोरोले नि हँसाम्छ गाँठे!

सपै कता लाएछन?
शुक्रबार लाओ उरन्ठेउला ठिटा ठिटि क्यार्न आम्थे चौतारिआँ!
लु बुडाखाडा त छौ होलाउ के रे यतै?
 
Posted on 01-05-07 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्,यो बुढो छ कुना च्यापेर चिलिम सल्काउदै । तान्ने हो? गजब को दुनियाँ मा पुगिन्छ, चिन्ता चित्ता छु मन्तर?
 
Posted on 01-05-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यं ब्रम्हा बरुणेन्द्र रुद्र -------

कुमारजी आज्ञा गर्नु हुन्छ हे अगस्त्य मुनी आज तिमीलाइ जे सुन्नको मनसुबा छ म तेई सुनाउँछु --- लौ भन --- यसरी कुमारजीले आज्ञा गरेको सुनी धन्य प्रभो भन्दै अगस्त्यमुनीले नाना तरहले कुमारजीको स्तुती गर्दा भए। तहाँ उप्रान्त मलाई साझा लोकको बयान सुन्नको मनसुबा छ आज्ञा होस भनी अगस्त्य मुनी भन्दा भए।

कुमारजी आज्ञा गर्छन हे मुनी सारै राम्रो कुरा गरेउ। ल एक चित्त गरेर सुन --- कालान्तरमा -- (कुमारजीले आज्ञा गर्नै लाग्दा "सरकाईलेउ खटीया जाडा लागेको रिङ टोन बज्छ) --- तेस्तो पैले कैले नसुनेको सङ्गीत सुनी के को आबाज् हो भनी अगस्त्य मुनी आश्चर्यमा पर्दा भए--- रम्भाको कल रे छ साझाको बारेमा भोली बिस्तार गरम्ला --- अब तिमी अहिले लाई गालबको खालमा बस्दै गर भन्दै कुमारजी बिजुलीको बेगमा त्यहाँ बाट जाँदा भए ---

इति श्री हाबापुराणे साझा खन्डे चौतारी माहात्मे --
 
Posted on 01-05-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ठुल्दाई के कुरो अरेओ एस्तो?
चाइन्जो "हुक्का चिलिमले, कति दिन रुवाउने हो मया पिरिमले"-
भनेओ अस्तो पइले पइले नानाभाँति खाइयो के रे, अइले आ'र भात मोरो त राउँरो सँअ पच्दैन अब यो चिलिम तान्दा आफैँ चिलिम फर्कन के बेर!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters