[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ^^^ चौतारी ७९ ^^^

[Please view other pages to see the rest of the postings. Total posts: 691]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 358936 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 10-04-07 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७९ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 
 




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 79 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






कुम्लेको चौतारी बयान
 नेपे दाजीले उहिले खुब कथा लेखेर सुनाउने हाम्लाई, अचेल के भो कुन्नि, अलि अलि आउने गजलपनि ठ्याप्पै भओ घाँठे, तर धन्न जिम्माल बा ले धान्नु भा'छ, यसो उसो गरेर भए नि केहि न केहि त पस्किनुहुन्छ हाम्रा लागी भनेर, तर अचेल खोइ यो गर्मी महिना भएर तुषारो पर्न छडेर हो कि, कविता सुन्न पा'होइन बरु दादा बुरो कत्ता लाग्नु भओ कुन्नि? त्यो साहिंला नि मुग्लान पसो भन्थे उहिले नै चिट्ठी खबर केहि अत्तो पत्तो छैन, काका सअँ भेट हुन्छ कि उस्को, सङ्गै छन् भन्ने सिरेले सुनाओ थियो। तो पनि एउपल्ट आएर सबैलाई बुर्का दिएर गओ मान्छे फेरि फर्केन। जे छन् हाम्रै पून्टे दाई छन्, फुर्सद नभा बेलापनि म:म: को अचार बनाम्न भ्याउछन् तर अरु तिर लेख्न भ्याउने हाम्रा गोताएँ दाईले चौतारी माया मारेको देखेर मन खिन्न छ बा! उहाँ सिको गर्दैछ हाउँरो भउते काजीले पनि त्यो नमे, हाउँरो अभियन्ता, खाली जिउदो छु भन्नलाई आउछ त्यत्ति हो! बरु हाम्रो झिल्केले ट्याम पाउन थालेछ, बेलुका हुँदि आएर दिनभरीको कुरो अर्न भ्याउछ नारन! हैन ती लाहुरे जेठा कत्त लाए अचेल? हाउँरी मास्टर्नी दिदी लाई पो केहि थाहा छ कि? खोइ अचेल त स्कूलको हरिबिजोग भओ जस्तो लाउछ, स्कूलाँ पढ्नेमा अहिले सान्नानीठूलीमात्र छन्, तितौरी नि हराइन्, यी तिनजना त कहिले नि नछुट्टिने हुन हुनलाई त तर के भओ तितौरीलाई, किन चित्त दुखाइन चौतारी सअँ! तो निरेले मास्टर अन्खेरुन् रूइनाले पिएचडी अर्दैछुम् भनेओ पनि जुग भओ कहिले सकिने हो तिनेरुको? पुष्पपुरी, मुन्द्रे, लाले, बेंसीथाने नेपाली, सान्कान्छा, ईश्वर, फुलौरे कत्ता हराए कत्ता! न खबर छ न खोजी निती गर्छन् हाउँरा गाम्लेहरु,  चित्रेले धर्म छोड्या छैन, गुड मोर्न्लिङ, गुड नाइट मात्र भन्नलाई भए नि आउन त आउछ! बरु धने,  डल्ली फुपू हराए! शुभ दिदी नि आउनुहुन्न अचेल! चिप्लेले फोटो सबै राखिसको कि कसो? अचेल राख्दैन नया फोटोहरु, मिस्टे ब्यापारमा लागेओ छ रे! टन्न कमायो होला क्यारे! अनि किन आउथो गाममा? उतै सहराँ महल बनायो भन्थे हाउँरा गाम्लेले! ग्वाँचेको कथाको मुल नि सुको कि के हो? आम्छन् टुलु टुलु हेर्छन् र जान्छन्, साहुले पेलो कि? सन्जु, भट्टे कत्ता छन्? गालेले खुब कथा लेख्थो उहिले अचेल उ नि रिसा छ लुतेले नि लेख्या हो आउरेजीमा, तर हाम्ले पो बुझेनम्! शेर्पिनी, चमेली, रामकिस्ने, नेप्चे, सेरू, यामे, काहिंला, चरिनंग्रे, बबे दाई ले माया मारीहाले! धन्न दीप ज्योले ब्यान ब्यानै स्वास्ती गर्नुहुन्छ र धानेओ छ चौतारी! ईन्द्रेणी,मानेले खोइ के जाने जाने, आउदैनन्, कैले आ'थ्यो अस्तिन, हल्ला गरो अन्खेरुन् कत्ता गओ कत्ता? तो हरितालिकेले बाहना पा'छ अफिसाँ इन्टरनेट छैन भन्ने, हरेक दिन आउँछ र त्यहि भन्छ, उस्ले रिकुटेलाई नि जितो गफ हाँक्न, जग्गेले एमेसी गरो भनेर कत्रो हल्ला चौतारीमा! सब खुसी भा थे, खोइ नाक मुख देखाएन त्यसपछि, ती मरन्च्याँसे, राते, किन्जेले त मया मारेकै हो! निसब्रोले बबाल खोक्स दिन्थ्यो, उ पनि प्रशान्त सङ्गै कन्सर्टमा बाउन्सर बन्नु गयो कि? ज्योत्स्ना खोइ? राहुलदाइले रि-सोच गरेरै दिन बिताउने भए! तिनको सबिता र भिबेको कविता नसुन्या नि धेरै भयो, सुनिमा डाँउडर्नी नानीले प्रसान्तेलाई जिताउन लागिपरेको खबर त आ'थ्यो, त्यसपछि कत्ता हराइन? नेप्ची भाउजुले चटक्कै बिर्सिनु भयो, हाई नानु दाई हराको त पल्लो गाममा नि निकै हल्ला चलेको थियो, उहाँ सङ्गै दिले, हरिश, चने, भेडे, निले, चिन्डे,  पांडेओअनि हराए! बरु सुरुमा फ्यान्टे भनेको त हाम्री उफ्री नानी रैछिन्, अचेल तिनले रमाइलो गर्छिन्, त्यो नेप्लेपनि बोर्डिङ स्कूलाँ मस्त भओ, फेरि थाप्ले, रेस्सम, रामचन्द्रे  ज्वाइ, फरे, इरे, गुन्द्रुके, खैरेको कुरो गरो कुरै कै दुख, न नमस्ते भन्छन्, न बाँचेओ मरेओ खबर केहि आउँछ।  मुन्नी आउथिन्, भेना सङ्ग मात्रै बोलेर जान्थिन्, तिनीपनि हराइन अचेल, हैन भुन्टेदाइ कत्ता गएछन्? हाउँरी दुर्गे भाउजुले गीत गाओ सार्है राम्रो! कत्ति मिठो स्वर रैछ भने! चना दाई साह्रै भाग्यमानी! यो बिरालेपनि मुसाको दुलो भित्र छिरो कि के हो? धन्न एउटा मदनवा छ, उसैले नाक राखेओ छ, लरकि पाएपछि उ पनि हराउने हो कि? धनियाले खुब माया गर्ने हाम्रो हरितालिकेलाई! दानेपनि एक दुई दिन को पाहुना रहेछ, बरु सब्बुले सोबर केटा नभेटेर हैरान भयो। कोहि नि सोब्बर छैनन् भनेर रिसाकी थिन्, त्यसपछि अत्तोपत्तो छैन,  रिठ्ठेको चाँहि तारिफ गर्नैपर्छ, उस्ले निकै रमाइलो पारेको छ चौतारीलाई, घरी घरी न्याउरो अनुहार लाउछ पछि खोइ किन हो, खुसीले फुरुक्क हुन्छ, उस्को कुरा बुझ्न नि गार्है छ, अन्तरेदाईको त झन के कुरा गराई भयो र, सबैलाई चिन्छन्, उनलाई चिन्न आँफुलाई गाह्रो भयो, साँची पर्वते कता गएछ? सुन्तलेको गाना चाँहि खास्साको हो!आकासि मैंयाँ को के कुरा गर्नु? लौ लौ माकुरेले पनि चटक्कै बिर्सेछ!
 
 
 
Posted on 10-05-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो रिट्ठेको मोराल बढाउनु पर्यो!

गोss! रिट्ठे गोsss!!!

तितेपाति तितेपाति झ्याप झ्याप झ्याप

ल जावस छिटो! नत्र बम्बे सेन्ट्रल बाट रेलगाडि छुट्ला सोम!


 
Posted on 10-05-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुरो भने सोर्है डलर खाट्टी गर्या हो अहिले त
तर के गर्छौ बा, समय ले आँखा चिम्लिन लाग्यो
अब उकालो चढ्ने बेला नि त हुन लाग्यो
ल सिकाउ है त सिकाउ, आफु त परे सोझो साझो (कुम्ले जस्तो)

 
Posted on 10-05-07 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 i'm here

कस्लाइ खोजेको ऊफ्रिले ?

 


 
Posted on 10-05-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गो रिठ्ठे गो मात्रै भन्दा जता पायो उतै जाला -- मिलार भन्दिम न जिम्माल --

गो रिठ्ठे गो -- हो हो उफ्री उफ्री गो --


 
Posted on 10-05-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

हो हो रिट्ठेको मोराल बढाउनु पर्यो!

गोss! रिट्ठे गोsss!!!

"तितेपाति तितेपाति झ्याप झ्याप झ्याप"

भन्दा नि,

 "तीन पाने तीन पाने झ्याप झ्याप झ्याप"

भने अझै जोस आउला कि?


होस् सम्हाल, जोस संगाल। जीत प्यार् कै हुन्छ।


 
Posted on 10-05-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री ले आगासि लाई के खोज्थिन र कठै !
लौ आगासी कस्तो बेला न कुबेला टुस्स ला'र  छिरेको नि बिच मा


 
Posted on 10-05-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो रिट्ठेको मोराल बढाउनु पर्यो!

गोss! रिट्ठे गोsss!!!


 
Posted on 10-05-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे,

जहिले पनि म आयो कि तिम्रो उकालो जाने बेला हुन्छ।


बाङे सर, हाम्रो रिट्ठेको मोरल तेति चिटो अप र डाउन हुने जस्तो त लाग्दैन मलाइ। के हो तपाइ फेरि कवाबमा हड्डी?

जिम्माल बा,

नलि खुट्टो चर्किएला, अलि होश् गरि उफ्रिनु।

Sky, yehaa manche haru ritthelaai hawa bhardai chan ke.

kyaa, raahul daai pani. ritthe roidincha ani.


 
Posted on 10-05-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै केही बुझ्नु छ भने अनुभवी ठुल्दाई छंदै छ, साथमा जिम्माल बा र दीप ब्रो छंदै छ।
लैजा भैरे लैजा भन्थ्यो उहिले उहिले।

 
Posted on 10-05-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kums bro, riTThelai encourage garnu ta chautaari rankaauchu bhancha ni.
 
Posted on 10-05-07 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु को को छन् हो गामका साथीहरु,

लौ आउनु पर्यो येहा। आज रिट्ठेले भासन दिने भएको छ।

लु स्वागत छ है सबैलाइ

चौतारीलाइ जरो आउने भो आज रिट्ठेले गर्दा।

ko sanga cetamol cha?


 
Posted on 10-05-07 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप बांगे खै ह? सुन्तला घारिमा गको होला

'उफ्री ले आगासि लाई के खोज्थिन र कठै !
लौ आगासी कस्तो बेला न कुबेला टुस्स ला'र  छिरेको नि बिच मा
!'

भन्दा भन्दा आगासि रे  

 किन छिर्नु नि  उफ्रिलाइ साथ(हावा भर्न) दिन


 
Posted on 10-05-07 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे नडराऊ! जाऊ!

मौका आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन!

यद गर भोलि, गाउँ गाउँमा, शहर शहरमा, टोल टोलमा, गल्लि गल्लिमा तिम्रै नाम हुन्छ! हरेक युवा युवतिको ढुकढुकिमा तिमी नै हुन्छौ! अरु त अरु उखान पनि बन्छ तिम्रो कथा संगै-

"मस्कनु त रिट्ठे जस्तो" भनेर।

नेपाली भाषाको इतिहासको पाना पाना तिम्रो उखानहरुले भरिएको हुनेछ। जता ततै तिमी! प्रत्येक प्रेमग्रन्थ लेखिनु भन्दा पहिला तिम्रो बारेमा दुई शब्द लेखेर सुरु हुनेछन्।

गोsssss! रिट्ठे गोsss!!!


 
Posted on 10-05-07 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आफु आउने कुबेलाँ आर्का लाई हुन लाग्यो अबेला
अली बेलै मा आए पो यसो लामो कूरा कानी गर्न पाइन्थ्यो त उफ्री
ल ल ठिकै छ, नमरी बाँचे, मायाले साँचे
दिन छदैछ नि बाँकी फेरी भेटम्ला


 
Posted on 10-05-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ सबैको मोल छ, तर सीतामोल छैन।

 


 
Posted on 10-05-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो यहाँ त कति रमैलो गाँठे। कम्मर मर्काई मर्काई नाचुम नाचुम लाओ। :-)


 
Posted on 10-05-07 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे! मेरे भाइ!

कहाँ जाने कुरा गरेको! ल हेर हेर, मनभरि पेटभरि कुरा गर्न मन छ उसलाई, समय नमिलेको कारण देखाउँछ! यस्तै परिस्थिती भोलि आयो भने कसरि दुई चार कुरा गर्ने भन्ने कुराको चाहिँ छिनोफानो गरेर जाऊ!

गोsssss! रिट्ठे गोsss!!!

संसारमा, के के जाति इमेल, च्याट र टेलिफोन भन्ने जन्तु छ, समय त यि सबैको दास भै सक्यो, निराश नहोऊ, हिम्मत नहार!!

गोsssss! रिट्ठे गोsss!!!


 
Posted on 10-05-07 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol, jimmal ba,

Ritthe is nervous now. Please make him feel comfortable.

Don't worry ritthe. Express whatever u want. We are here to hear you.

R u getting late? then say "bye" to all.

Sky, thanks for hawa.

bhaute, hera khushi bhako.


 
Posted on 10-05-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल !

म लेख्न न सक्ने भये अब हाँस्दा हाँस्दा
जिम्माल बा हजुरलाई प्रणाम गरे मैले

"यहाँ सबैको मोल छ, तर सीतामोल छैन।"
 
Posted on 10-05-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा सोझो रिठ्ठेलाई किन र्याग् गर्या हँ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters