[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI ! Continued....

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 203388 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 09-15-05 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाम्ले दाजु भाइहरु, केरे चाइनि यो सानेको पसलां त ३०० भन्दा बढि सामान भयो भने पसलैनै भत्किनच अरे ( खोइ पैला ५१ वटा भन्दा बढि झ्याल भको घर बनाउन नपाइनि जस्तै नियम हो कि ?) तर पनि सानेको पसल गोलखाडि गो भने त हाम्रा चोतारा सौतारा कता लङ्का पलङ्का पुइहाल्च नि गांठे । तेसैले अब देखि यो चौतारां सितल तापेर गफ अरम है ।
-------------------------------------------------------------------------------
उहि पुरानै नमेको चौतारो

 
Posted on 10-07-05 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा र सन्जु लसूनघारिमा हरा जस्तो छ ?
 
Posted on 10-07-05 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, याँ गाऊँमा घोइरो घोइरो हल्ला चल्न थालिसक्यो है। धेरै हराउने हो भने सिरे बूढाझैँ झ्याम्मै आँटे भो नि।
कता दादाले लसुनका साप्रा च्यात्ने भो भन्ने हल्ला पनि सुनिन्छ गाँठे। हैन के भा'को यी केटाहुरलाई। आर्को साउन हुँदी हाम्रा गाऊँमा छ्यास्छ्यास्ती जन्मिने भे' बच्चा।
 
Posted on 10-08-05 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर गाऊँका केटीहुरलाई दशैँ आ'को।

 
Posted on 10-08-05 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त मुस्ताङतिर गाऽ थेँ खशी खोज्दै।

 
Posted on 10-08-05 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजभोलि बजारतिरै पनि खसी सस्ता भा'छन् भनेर लेख्या थ्यो त पत्रिकोले। दादा कुरो के हो? खसी कि लसुन घारी भित्र पसी?
 
Posted on 10-09-05 5:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hai na hau ti ketiharu kastari pingma machchiyeka ?
 
Posted on 10-09-05 6:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्याय २५
------------
रातभर निद्रा लाग्ने होइन । सायद च्याङग्राको मासु बढि भको जस्तो छ । भोटां च्याङग्राले के के जाति जडिबुटि खाको हुन्च रे क्या । तेसैले तेसको मासु ओखति हुन्च रे । तेसो भइ ओखति धेरै भो भन्नु पर्यो । के गरु कसो गरु भो अनि त उकालो लागे छापाको चौतारो तिर । यसो सोचे भउते पनि एक्लै होला अनि तेल्लाइ पनि बोलायं । चाइने आजकाल त सिरे र दादाका पर्या जोडि बनेका छन क्या , घरां कैले पनि भेटिन्नन । तेसैले भउतेकां गको । भउते र म लागेम पिङ तिर । यसो पिङ नजिकै गको त गाइ गुइ पो सुन्चु । पिङ पनि हल्लेको होइन फेरी मान्छे पनि बोल्चन । सातो गो हाम्रो , अब पिचासले छल्ने भो भनेर । फेरि बोले त चिने जस्तै लाउच । यसो सोचे चिनेकै भुत परे जस्तो छ । अनि म र भउते पिङको नजिक गाको त पिङा एक एक जना मान्छे पो रचन । ल हेर एउटा एउटा पिर्का दादा, सन्जु, सिरे, जमुनि बसेर गफ अरिराखेका रैचन । अब केरे तलै बसेर भए पनि गफ अरेको भए हुन्थयो नि किन पिङा बसेर स्टाइल पारेर पिरम अरेको रैचन कुन्नि । खास कुरो के र च भने नि तिनि हरु पिङ खेल्न गका, अब मच्चाइदिने कोइ भनच । अनि त त्य सन्जु छडुलिले चेपारो घस्दै नमेदाइ पिङ मच्चाइदिनु न पो भन्चे । दशैको पिङ फेरि त्यो मोरि सन्जुले भनेसी कसरि नाइ भन्नु । मन मनै त सारै रिस उठेको थियो , माया चाइ दादालाइ गफ चाइ हामिलाइ । त्याट म र भउते गिठाको लरो राखेर घुइक्याइदियाम पिङ । फेरि त्यो सन्जु छडुलि चिच्याउन पो थाल्चे बा । तेल्लाइ डर लाग्यो अरे । पिङ पनि खेल्नु पर्ने अनि डर पनि लाउने रे कस्तो केटि रइचे । भउते रिसा झोकआ करायो ' मायोडा माठिंजाडा मान्जुसडा माङपिडा माटबाडा मासेरखडा मार्नमडा मानिपडा माक्दिनसडा ' (यो जाठि सन्जु पिङ बाट खसेर मर्न पनि सक्दिन)। अनि त सन्जुको रिस न पर्यो पिङैट जालि चप्पले भउतेको टाउका बजार्चे बा । क्यार्नि यस्तै छ, पिङ पनि मच्चाउनु पर्ने फेरि तेसकै धक्कु ठुला । खोइ स्याल आच कि बाग आच दमैगाम तिर पपि भुकिराखेको थियो ।
 
Posted on 10-09-05 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Din ka din khasi ko masule cherpatti lagyo jasoto chha malai... kunai upaya chha ki ?

 
Posted on 10-09-05 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब मासु तेस्तरि भइमा काटेपछि लाउदैन त छेरपाटे । काउखोला ठकुरिका गर डाइजिनको गोलि खाउ च्वाट्टै निको हुन्च तिम्रो छेरपाटे ।
 
Posted on 10-09-05 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chautari ma hooooo.. chautarima

 
Posted on 10-09-05 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्याय २६
------------
"लेकाली हे हे चोयाको डोको
सानु माया हे हे लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे!
हे, भन सोल्टी बरोबर नढाँटी!
हे, भन सोल्टी बरोबर नढाँटी!

ठुटे चोलो, पाखुरीमा टिमिक्कै
तिम्रो माया, आँखैमा झिमिक्कै

हे के गोऽड्नु कर्कलो बारी
हे पर्ख तिम्लाई रोइरने नपारी ... ... ... "


पिङ् बाट झरेसी हामी त नाच्न पो थालियो, शरदका ती जुनेली रातमा। पारिको पहारोमा हाम्रो आवाज ढोकिएर प्रतिध्वनी हामीतिरै फर्किएर हाम्लाई जोस माथि जोस थपेको थियो। एकैछिनमा राजुपनि माद भिरेर हामिसितै मिसयो, सिरे र जुमनी हात समातेर नाच्न थाले। म र सञ्जु घरि पिङ् मा घरि सुर्के गर्हो लडिबुडी खेल्दै थिएम्। राजु र नमे पनि हात समातेर नाच्न थाले, घरि उढ्दै घरि बस्दै नि अब के भन्नी।

यस्तैमा जिवन र खेमेपनि च्याग्राको मासु गन्हाउँदै आइपुगे र पिङ् मा झुन्डिन थाले। यसबेला नवमीको मध्यरात भइसकेको थियो। हामी थाकेर होला सबैजना चुप लाग्न पुगिएछ। पिङको चुईँ चुईँ गरेको आवाजमात्र सुनियो। घरि घरि पपि भुकेको आवाज पनि नेपथ्यमा सुनिन्थ्यो।

मुखियाबाको सुर्के गर्हाको खिर्राको फेदनिर सिरे र जमुनीको छाँया मात्र देखिन्थ्यो।

 
Posted on 10-10-05 5:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोखरीबाट झिक्दाखेरि सञ्जु!

 
Posted on 10-10-05 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे अनि जमुनी कता लागे लागे ।। दादा ले सन्‍जु लाई पोखरी मा
डुबाएर के के गर्न थाले । अब यो चौतारी मा के के हुने हो कुन्‍नी म पनि
सानु लाई लिन को लागि सानु को घर तिर लागे तपाई हरु रमाइलो गर्दै
गर्नुस ।।


....spa?
 
Posted on 10-10-05 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो दादा कस?-कसको नाम लिन्च । अब शरद रे , मलाइ त गैराबारि शरदको याद आयो । त्याट यसो फून अरेको त ठाटियां सास्क्रितिक कार्याक्रम अर्दै रचन । शरद त कार्याक्रमको हर्ता कर्ता भइहाल्यो नि फेरि । कस्तो सन्जोग मिलेको तनि । मैले पनि सबै गामले मिलेको बेला पारेर सास्क्रितिक कार्याक्रमको माइक बाट गामले सबैलाइ शुभकामना दिहाले । गामै पुएको जस्तो पो लायो मलाइ त !
----------------------------------------------
साच्यै हो है यो त ।
 
Posted on 10-10-05 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल साथी हो, चाइनी जो, मैले पनि यहि पिङमा मच्चिएर गाऊँका सबैलाई शुभकामना चिच्याएँ है।
च है च है चच होई----
सबैलाई शुभकामना होई-------


ल यी भुरा पाटीले धीत मारेर पिङ खेल्न पनि देनन्। ल खेल खेल।

ल ल बधाई छ दादा। भाउज्यु चैँ सारै राम्री हुनु हुँदो र'च । डाहा लागेर आयो। दादाका साली छन् कि छैनन्?



 
Posted on 10-11-05 6:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्याय २७
--------------
आयू: द्रोणसुते
श्रियं दशरथे
शत्रुक्षयं राघवे!

ऐश्वर्य नहुसे
गतिश्च: पवने
मानन् च: दुर्योधने!

दानम् सुरोसुते
बलं हलधरे
शत्यन् च: कुन्तिसुते!

विज्ञाने बिदुरे
भवन्ती भवताम्
कृतिश्च: नारायणे!


नमेले पनि टिका लगायो। सिरेले जमुनीलाई टिका लाइदियो, जुमनीले गोडाँ ढोगी।
पशुपीले राजुलाई टिका लाइदिए, सिरे, निरे, भउते, हर्के, कैले जम्मैले टिका लाए नि त आज त।

अनि मसित पनि टिका थाप्न आए नि केटाहुर। मैले टिका लगाऽर ""ल गोडाँ ढोग्नी!"
भनेर गोडा दिएँ केरे के मान्थे केटाहुर हुन्न "गणतन्त्र चाहिन्छ!" भुनेर हातमा पो ढोग्छन् बा।
के भन्नी अब जेम्मा पनि गणतन्त्र चाहिनी अरे यिनेरुलाई।
"लौ मरिजाओ!" भनेँ।

अनि अब गुरुको हातबाट पनि टिका लाम्न पर्च है भनेसी भउते जनै र के के पोको पारेर नेपे
दाजीकहाँतिर लाए केरे गायत्री मन्त्र, गजल के के सुनाम्नी गुरु जो भनेर।
सिरेका गुरु त पुन्टे दाजी जो भैहाले केरे। अनि फेरि जमुनीले पनि बाटुली भाउजुसित के के जाति मन्त्र सुनेकी हुन् अरे केरे नि, तेसो भाऽसी बाटुली भाउजु गुरुमा परिन् जमुनीकी। अनि सिरे र जमूनी माथि डाँडाथोकतिर लाए।

हामी उता लोकराज काकाकहाँ देखुन लिएर सप्पै घर टिका लगाऽर छापाका चौतारियाँ निस्किँदा नमे पिङा थियो। मचचाइदिएको कोलाई हो कुन्नि। "ल एकछिन हाम्लाई मच्चाइदेन त उसो भा" भनेको "मामाघर जान्छु।" भन्दै उफ्रिन थालो, काहुँका डाँडातिर हुन् केरे त्यसका मावली, एक सर्को पिङ खेलसी जान्छु भन्दै थियो। पालो आउला जस्तो थिएन।


 
Posted on 10-11-05 6:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता मौवाका फेदबाट बने मलाइ जुल्काइराखेकि थिई के सञ्जुले।
के भन्नी अब तेल्लाई त्यस्तो हतार दशैँमा पनि लुकामारी खेल्नु पर्ने।
कता कोले देख्छ र सिस्नु पानी लगाउँछ भन्नी पिर फेरि मलाई।

बाहाँ भाँचिएर साह्रो दु:ख खेपियो तर पनि यसपालिको दशैँ रमाइलो भयो।

 
Posted on 10-11-05 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन दादा बाजे!!! सञ्जु बज्यै खोइ त???:P
लु टिका त थापियो, गणतन्त्र नि चाँडै आवस् है!!!...:)
 
Posted on 10-11-05 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्याय २८
--------------

ए दादा तिमि पनि के के सुन्चौ यार । काहुको डाडा तिर त बुडा माओलि हुन क्या । सिस्नेपानि भन्थे के रे । तर अइले त एउटा बुडा मामा मात्रै बस्ढन अरे, एउटा त दमौलि सरे अरे अनि अर्का चाइ मधेशतिर गए अरे । मेरा मावलि त उत केरे भरत पोखरि हो के रे , नया कास्कि क्या । पैला त स्याङजा थियो अरे , हाम्र हजुरबाको नागरितामा त अजै स्याङजा नै छ के रे । अझ तेस भन्दा पैले त पश्चिम ३ नं हो भन्थिन बुढिहजुरआ । ति त बितेको पनि १० बर्स जति हुन आटेच ।
तेति टाढा जानु पर्ने मामाकां , अनि त म यसो दादा, सेरि, सन्जुलाइ मच्चाइदिए अस्तो अरि लाते मामाकां । पैसा कमाउने बेले अइले त हो नि । अब त दिक्क लाइसक्यो मामाका जादा जादा, अर्को साल त ससुरालि जाने सुर निकाल्नु पर्च कि क्या हो ? गज्जब भो नि त , राजुको पपि त मेरो पछिलार पो जान खोज्च गाठे । कता ग च राजु, मोरो चाड भनेर जाड खार बसे जस्तो छ । अरु बेला त जाड खादैन तर दशैआं त खान्च के तेसले पनि जातले पाकको भनेर , बजिया मोरो ।
 
Posted on 10-11-05 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निर्माण ब्रो!
सञ्जु त मौवाको बोटमुनि छे नि, लु बस यता, जमरा कता परेछ।

नमे, मैले कथाको बिट मारेँ भन्या त उधिनेछौ नि। ल मिलाएर बिट मार है, अब तिम्रो जिम्मा।
फेरि फेरि भेटौँला, छापाको चौतारीमा!
उँधो उँभो गर्दा भारि बिसाउँला!

आउँदा जाँदा लाउँला पिरती! जदौ!(कसको चो-या रे?)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters