[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 451]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 199419 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 08-02-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला
रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै
अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ?


२०औ चौतारी रमाइलो बनाउने साथिहरुलाइ २१ ओ चौतारीमा पनि तेस्तै गर्ने आशा राख्दै स्वागत गर्दैछु नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे,
मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ ।


पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ ।





काँचो सम्झि बेलौति-आर माझमा
पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म

बिरफाँट्याको जुवा माउरिर-माझमा
काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म

रामिडाँडा सिपाचौर रमझम
रामिडाँडा सिपाचौर रमझम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
कइले भेट होला भनि रमझम
कइले भेट होला भनि रमझम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम

 
Posted on 08-08-06 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु फोटाँरु आँफै खिचेर हाल्छु भनेको त कहाँ थिचिईच् (Aru) मात्रै पो भएछ:P

 
Posted on 08-08-06 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाSSS...चट्ट कपाल कोरन सान्नानी
तिम्लाई नलिइ म जाँदै जान्ननी
तानसेन खस्यौली
जोबन साँचेर कति बस्यौली...



गिद गाएको है सान्नानी फेरि जिम्माल बुडा पात्तिएछन भन्लाऊ
 
Posted on 08-08-06 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हि..हि ल म भन्नै ला'थि जिम्माल् बा मात्तेको! भनेर आफै भन्नु भएच, ल गीत् त होला, त्यो सान्नानि चै को हो नि ? हाम्री सान्नानि लाइ भन्या हो भने चै............?!
 
Posted on 08-08-06 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हुनु नि तेसै गिद गाको पो त।
तितौरी तिमीलाई नि जिस्क्याएर गिद गाइदिम?
 
Posted on 08-08-06 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज जिम्माल् बा लाइ के भे'च लौ म चै भागे है ,
जादा जादै जिम्माल् नि आँ लाइ सुनाइदिम्ला हजुर् को चर्तिकला अनि त्यो गुद्पाक् जसरि सन्दुकाँ ताल्चा ल'र राख्नु होला ।
 
Posted on 08-08-06 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..हाSS...तितौरी नानी के साह्रो फुर्केकी
कुरा लाउछु भनेर घुर्केकी
तानसेन घमाइलो
जता निरमाया उते रमाइलो..

 
Posted on 08-08-06 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो त अब फेरि? झगडा अरे हो त? मन को बिचार पोखेको पो त! माने नमाने। मतिराँट रिसानि भा’ भे मरिजाम, लु! अरु कोई रिसानि भा’ भे चईं माफ पाम् के रे!

बरु, चोट माउनी त कुरै भएन के रे, आफू त मुखले मनको कुरा बोलेनि हातै हालेर लड।ने कालको हैनम् के रे। भउतेको डोकाँ चईं स्वाङ् पार्दै अईया र आत्थु अर्दै चड्नि मौका छोप्न परो! घर सम्मुन आनन्दले बसि बसि पुगिन्थ्यो कि? एक फेर त बोकाम्ने पर्नि हो के रे भउते काजीलाई यो ज्यान! तेस्तरी उसैको लागि भुनेर साली छोड्द्‌या छ!

मास्टर्नी नानी कता जानु भएछ, साँच्चै? फकाम्नै पर्नि भए, अब यो बुढो गरिबको के छ र? आज बिहान मात्रै मट्याङ्ग्री पोथीले पारेको ठुल्ठुलो तिन्टा अण्डा छ के रे! पोच बान’र ल्याईदिम्? गुलियो च्या बनाम्ने काम चईं भउतेको! सालीको हाते घराँ भा’को दुई पोको चिनी सबै उसैलाई पठाईदेको थेम् के रे।

अन्केरे, तितटरी र पिरती बुईनी! “+” भुनेको त जोर्नि रे। “‌‌‌+++” भुनेको चईं के नि? तीन्फेर जोर्नि? २ +++ १ ‍= ५? अचेलको हिसाब नि के के हो के के। पिसाबै आम्नि त नि!
 
Posted on 08-08-06 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु अँ म अलि भ्याइ नभ्याइ थियो, जिम्माल् बा साच्चै ल मनि के भएछ भनिरा त गीत ग रेछ ठिकै छ। :)
कुम्ले कथा लेखिसकेको हो? मैले पढ्नै भ्याएको छैन।
 
Posted on 08-08-06 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..हा...धानको बाला ललौरी बिलौरी
साँच्चै कता भागिछिन तितौरी...
तानसेन खस्यौली
जोबन साँचेर कति बस्यौली...

लु पुगो अब बुडो मुन्छे भ'र धेरै गिद गाम्न हुन्न, फेरि अचेलका ठिटिहरु बेकारमा बुडोले
लइन मारो भन्लान....हरिशरणम्!!
 
Posted on 08-08-06 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha birkhe jimmal!

 
Posted on 08-08-06 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-08-06 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु, मो पनि चौतरीमा आयो है। २-४ दिन खासा तिर नुन लिन गाको थो, बाटो त क्या सारो रै छ नि हो, आफ्नो चौरी झन्डै खसेको त्यो घोप्टे भिर बाट कर्नालीमा। आज यहि चौतारीमा थकाइ मारेर भोली बिहानै गाउ तिर लाग्नु पर्ला।

हैन गाउलेहरु के कुरा गर्छ + अनि - को, आफु तो जम्मा ४ कलास पढेको है, त्यो पनि धेरै अगाडी, अहिले सम्म त सबै बिर्सि सक्यो। आउने भनेको जम्मा
३ + २ = ५ र ३ - २ = १ मात्र हो। सहिलाले + को बिच बिच मा सन्ख्या हल्न भुलेछ जस्तो लाग्यो है मलाइ त। आफ्नो हिसाब फेरि एक दम कमजोर छ।

ल गाउलेहरु रमाइलो गर्दै गरम है, म चाइ मेरो चौरीलाइ घास हाल्न गयो।
 
Posted on 08-08-06 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्कार् है

रोल लम्बर २१
यामे
यस मिस्
 
Posted on 08-08-06 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए यमे,
त्यो २१ त मेरो रोल नम्बर पो हो गाठे। मैले हाजिर गर्न बिर्से भन्दैमा मेरो नम्बर नै चोर्न त पाउदैन है।


रोल नम्बर २१ नेप्चे
यस मिस
 
Posted on 08-08-06 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha lau arko roll number chor aaechha.
 
Posted on 08-08-06 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरी मेरो ता २० पो हो त
धेरै लामो बिदा भएर रोल लम्बर् नै
बिर्सिएछ
लौ लौ तिम्रो २१ नै हो
पृति ले मलाई चोर बनाको
 
Posted on 08-08-06 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु नेप्चे र यामे नि आएछन्।
क्यार्दै छौ ठिटाओ? दुबै जना भोट ग'र आको हो कि के हो?

नेप्चे (छुर्पी चपाउँदै)-

भोट माथि चिनमा यो दिनमा
भोट माथि चिनमा
गाई भैँसिको डमाडम
गाई भैँसिको
तिमी जस्तो केटि काँ हो काँ
तिमी जस्तो केटि
पोइला गै सक्यो धमाधम
पोइला गै सक्यो



यामे (चौँरिलाई पराल हाल्दै फूलमाया तिर छड्के नजरले हेर्दै)-

सेर्मा थानको डल्ले मुला
सेर्मा थानको
चानामा पारि भरौँला
चानामा पारि
कान्छिलाई (फूलमायालाई) लगिन भने त
कान्सिलाई लगिन
गार्दनै काटि मरौँला
गार्दनै काटि

 
Posted on 08-08-06 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्ते लाई आज के भो ?
 
Posted on 08-08-06 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मा को को छन ????????
धरहरा बाट हेर्नु पर्‍यो

 
Posted on 08-08-06 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारी मा रोल # चोरने को बिग बिग ति लागे जस्तो छ । सब जना आ-आफ्नो रोल # समाल्नु है भन्देको छु । पछी चै झगडा गर्‍यो भने मास्टरनी दिदी ले गाला साला फुत्ने गेरी चाडकौनु हुन्छ ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters