[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७५ (हीरक अंक!)~~

[Please view other pages to see the rest of the postings. Total posts: 650]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 321595 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 09-06-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक

समय पंक्षी हो
खुल्ला यसको बंधन
बाँधेर बाँधिदैन
उड्छ हर प्रहर
दिन रातको
पंख सेतो कालो
चालेर आकाशैमा
उड्छ हर प्रहर


साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।

 
Posted on 09-10-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Miss चम्चुर bhaneko ke ho?

rahul dai mero chasma harayo last week. need to get new one

birkhe dai how r ya?

ritthe mora ke cha ?

where is my hari darling ?
 
Posted on 09-10-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सबेलाई शुभ-हिरक चौपारीमा!
 
Posted on 09-10-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलीईीईीईीईीईीइी
मलाई मोरा रे............. हरी लाई डार्लिङ रे........
भगवान के लिये केह्दो कि ये झूट है ठुलि

 
Posted on 09-10-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरि यो चौतारिआँ कथा कुथुङ्ग्रि कविता गजल इत्यादी एउटा दोटा आम्दा र केहि बेराँ पडेर मजाले कस्तो लाओ लेख्न धेरै सजिलो हुने रेछ गाम्लेओ! आज म चाइँ के जाति रनभुल्लमा परेँ भन्नु परो!

अहम्!

सुरु अरुम के जाति हाउँरा चौतारिका म भन्दा नि बयोवृद्ध दाई नेपे दाई बाट!
यि बुडा रिडियाँ बज्ने गित जस्ता छन; "तिन दिन भेट भओ ज्यानमाया तिन बर्खै हराम्ने"!
जे होस नेपे दाईले चौतारिमा आउनुभयो सबैलाई धेरै खुसि लागेको छ! गजलको त के कुरा गराई भयो र प्रत्येक शब्दले कथा बयान गरिरहेको हुन्छ! गजब!!

अन्तरेको अहिले खुलेर आएको प्रतिभालाईचाइँ कसरि बयान गरौँ खै! एउटा साहित्यिक लय र शब्दमा बयान गर्न मन लाग्यो यसलाई अन्यथा नलिनुहोला! केहि दिन अघि सम्म अन्तरेको प्रतिभा मलाई कस्तो लाग्यो भने कुनै नवयौबनाले आफुलाई अत्यन्त मन पर्ने २-४ बर्ष अगाडिको पोसाक लाए जस्तो!!

ग्वाँचेको कथा र माष्टरनी नानीको कविताको रस्वास्वादन त सबैले पटक पटक गरेकै कुरा हो!
मजा आयो!

चित्रेको पनि धेरैमा पढ्न पाईयो, खुसि लाग्यो!

अब अन्तरे र नमे दुबैजना मिलेर लेख्ने कि एउटा अर्को बिर्खे महिमा?लोल!


 
Posted on 09-10-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता के खुस्किन्छ जस्तो त लाइरा थ्यो, नभन्दै खुस्केछ!
नेउचेको अउँरेजि पिरेम कविताको परसम्सा त गर्नै बिर्सिरा तेसइ मख्ख परेर! हन तिउँरो त के जाति आफ्नै ठाम छ रे नि इनटरनेटाँ आफ्नै बल्खु?? तेसको ठेगाना लु खुरुक्क राख त सपै मिलेर हेरुम??
 
Posted on 09-10-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे!!!
ए गोताएँ बुडा! तिउँरो झन सपै भन्दा मजाले आनन्द सँअ ढल्केर मजा मान्दै पडेओ कुरो सुरुमा लेख्छु भनेओ झन छुटेछ! मार्ने भए बुडाले! पड्ने कुरो धेरै पाएर रमाएर के जाति ओउभरहुलामेड भइछु गाँठे क्यार्ने होला!
 
Posted on 09-10-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घोर् अन्याय, जिम्माल बुढाले यो बुढाको को लेखनलाई नेपाली कम्पुटरमा फाल्दिने?
गुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र, गुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र।
अन्तरे, रिट्ठेभाइलाई तारेमाम्।
 
Posted on 09-10-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाई!!
हाहाहाहा के भा हो आजा दिन लोल!!
हेरि तो सपैको कुरो पड्न थाल्दा तपाइँको थेन, पडेसि सपैलाई उत्तर लेख्दै गा'को अनि छुटेका हरुलाई भन्दै जाँदा यसबेला भओ! त्याँसि तपाइँको पडेँ, अब कमेन्ट लेख्नु परो भनेर आँटेको तै नि एउबाजि रिफ्र्यास अरम भनेको चित्त दुखेको पित्ते गुनासो आइसकेछ!!
हाहाहा मिलाउन चाहिँ मिलाउनु भएछ दाजु तो सेन्सर सेन्सरको चक्कर छोडेर मजाले हान्दिम बाँकि कथा!


 
Posted on 09-10-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मउत्सबको लागी

सिङ्गल सिङ्गल

सुपारीले काउली र मुला चोरेछ हिजो राती ट्वाक सँग गएर -- पिकनिक गर्न कुस्त छ रे --अब चामल घर घर बाट ल्याउने अनि दुई किलो राँगा मासु र गोल्भेडाको अचार भए सी पिकनिक भै गो नी - ब्यानै आएर ट्वाक र सुपारीले स्थिती अबगत गराए। पिकनिक जाने भन्या नी कथै हुन्थ्यो।

धोबीखोला फाटाँ माथी रिङरोड तिर पिकनिक गर्ने सल्लाह भो --त्यो बास्बारी छालाजुत्ताको पानी आउने ठाम त कटाउनै पर्यो। चोर्या काउली मुला तु सदुपयोग नगरे झन्झट आईलाग्ने पक्का थ्यो।

सुपारी र ट्वाक दुईटैले बाङ्गे नलाने भन्न थाले। बाङ्गेले सुपारीलाई त्यो सत्तेनारन थान्को ढिस्कोबाट खोला तिर गुटमुट्याई देको थ्यो -- जानी जानी हैन भनेर बाङ्गेले धेरै भनेसी बिबाद टुङ्गेको त थ्यो तर सुपारीको मन भाँच्चेकै रे छ। चुप लागेर सु गरी रा बेलाँ तेसरी धकेल्ने हो त पातकीले? भन्दै सुपारीले धेरै चित्त दुखायो । अस्ति साँझको त कुरा हो। फेरी जानी जानी हैन भन्या के हो? सुपारीले त्यो प्रस्न धेरै सोध्यो। कसले के जबाफ दिनु? दिए बाङ्गेले हो उ चैं समातुम्ला तँलाई भन्या त भ्याईन भन्थ्यो।

अब बाङ्गे पिकनिकमा नजाने त भएन -- आफ्नो साथे---- बल्ल बल्ल सम्झाएर बाङ्गे नी हुन्छ भन्नेमा पारें तर सुपारीले बाङ्गेले पकाको भाँडा माझ्नु पर्छ भन्नेमा अड्डी थाप्यो। सुपारी र बाङ्गेको बोल्चाल पानीपोखरीको उकालाँ पर्या ट्याम्पु जस्तो थ्यो तेती बेला।
बढ्छ अगाडी की पछाडी बत्तेर दुर्घटना हुने हो के ठेगान?

मैले हुन्छ बाङ्गेले पकाको भाँडा धस्छ भन्दें। पछि जे होला भनेर।

हामी अर्थात-- सुपारी ट्वाक म पुडके बर्मु छ्याक बाङ्गे र अर्को एउटा नी थ्यो एइले बिर्से तेस्को नाम पिकनिक जाने पक्का भो। सबै जम्मा हुने काममा लागिम।

बाङ्गेलाई मैले ल्याएँ। सुपारी सँग मिलीमतो हुनेमा उ खुसी भो। गोलभेडा बाङ्गेले किन्ने भो। भाँडा माझ्ने कुरो भन्ने मौका मिलेन।

पिकनिकमा जम्मा भैयो। सुपारी र बाङ्गे अप्रत्यक्ष अरु प्रत्यक्ष्य बार्तामा थिम। बाङ्गे गोलभेडाको अचार चलाउंदै थ्यो -- चुलोमा खानेकुरा पाक्तै थे -- चुलो नजिकै गएर चुरोट नी सल्काउनु पर्यो मौका मिलार बाङ्गेलाई भाँडा धस्ने कुरा नी मिलाउछु भनेर पुगें। अलि अलि ट्वाँट त अघि नै खा थ्यो केरे। १२ बज्न ला बेला भोकले हैरान पारी सक्या -- कुरा त गर्दै गर्नु पर्यो भनेर भुमीका बाँधेर भन्दै थेँ बाङ्गे नराम्रो भड्कियो--- ट्वाकले कुन बेला हो बाङ्गेलाई तँलाई दिपले धन्ना गर्न ल्याउँछु भन्थ्यो भन्दै कुरो चुहाई सक्या रे छ-- म सँग आगो भएर त्याँ चुलो छेउ झन रन्केर बस्या रे छ बाङ्गे।

पकाई रा सबै भाँडा घोप्टायो र एक्कासी गर्जियो मेरो सर्टको दुईटा टाँक छिनार -- ल आईज सिङ्गल् सिङ्गल --
 
Posted on 09-10-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

ठूली, राहुलदाइ, रिठ्ठे, मिस दिदी, दादा, जिम्माल बा, अन्तरे, दीप ज्यो सबैलाइ जदौ!

ठूली, हिजो मेरो फूनको घण्टी बन्द गरिरा'को, तिम्रो "आवाज" मेसेज आज मात्र देखें, सरी है, पछि कुरा गरम्ला!

कथा, कविता अरू नि जाओस्, पढेर कमेन्ट दिम्ला।
Last edited: 10-Sep-07 10:18 AM

 
Posted on 09-10-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oie ritthe me jhut nahi bolti hu. tum jyaada bak bak mat karo. agar jyadaa bak bak kiya to me fir rahugi ye haat mujhe de de ritthe ha ha ha he he he he

Dada dharai din pachi palnu bho ni. hajur lai aaramai.

oie birkhe budha hamlai dekhera ni nadekhe jasto garchu. timro aakha ke owl le lagyo.

Deep jyo nice to see u. how r u deep jyo.
 
Posted on 09-10-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
जिम्मालबा, दादा, दर्शन गरे है


दिपदा--उसोभा चुटाइ तेहा पनि खायियो है :)
ठूली चम्चुर भनेको बुझिनौ त?:)


राहुलदा पढ्दै छु खुलदुलि झन बढेर गयो कहिले पो आउने होला अर्को भाग:)


ओइ अन्तरे बज्जिया(माफि पाम),
अब मुलाइ सुड्डि खोक्स दियोन्त निशेजस्तो!!
हेर है सोम मैले नि तिम्लाई बोल्ने भाषा चेन्ज गर्छन्त । निशेबज्जियाले मुहार देखाउनै छोड्योन्त मेरो गालि ले । बेक्कार भुंग्रोमा हात नहालन हो अन्तरे सोम!! -----


लु हेर सोम मोएले कसैको नचोरेर आफै मेरो कहानी खोक्स देको छन्त -----(पहिले देखि नपढेकोलाइ नबुझिने होला भन्छु --माफि पाम त्यस्को लागि)


फटिंग्रे--



'आन्टि म तयार भए’’ सेतो र निलो स्कूल ड्रेस अनि हातमा टिफिन लिदै उ मेरो नजिकै आएर भन्छे।


उस्को यो “आन्टि ‘’शब्द मलाइ मनै पर्दैन । अघी भर्खर देखि म भित्र कुनै नया भावना संप्रेसन भएको छ । लाग्छ उस्ले ‘ममी’ भनेर बोलाओस। मेरो हात समातेर हिडोस् ,मेरोआँखा भरि छाइरहोस उसको हसिलो अनुहार। म उस्लाइ आँखै नझिम्काइ हेरि रहन्छु – उ भित्रको बालसुलभ लज्जालुपन मलाइ निकै मनपर्छ ।
अनि उ मेरो नजिकै आएर हात समातेर भन्छे’’ चाँडो जाने के” ठ्याक्कै मेरो कल्पना मेरो वास्तविकतामा परिणत भएको पाउछु म।
मन भित्र कता कता रमाइलो तर अनौठो लागेर आउछ। उस्कोअनुहारमा उस्कै बाबाको छवि धेरै देख्छु म। उस्का आँखा निकै चम्किला तर अलिक साँगुरा छन । हेराइ निकै गम्भिर छ तर बानी चुलबुले छ- छिनछिनमा बदलिन्छ ।



म उस्को हात समातेर स्कूल तिर लाग्छु। उस्को मुहारमा नया कान्ति फैलिएको छ। फुरुंग हुदै चारै तिर हेर्दै निर्धक्क हिड्दै छे उ।

“आन्टि मेरो मिस”- उस्ले पर बाट आउदै गरेकी सिक्षिकालाइ औला ले देखाउदै भन्छे।


"आन्टि होइन ममी भन"— उस्को आँखामा हेर्दै मैले सचेत गराउछु—एक्कासी कहाँ बाट फुस्कियो त्यो शब्द मआफै मा स्तब्ध हुन्छु। उस्ले म तिर टुलुटुलु हेरिरहन्छे। उस्को अन्तर्मनले शायद यो स्विकार्न नसकेको हुनुपर्छ।


"मिस नमस्ते!” उस्ले टाढैबाट नमस्कार गर्छे । उस्को परिपक्वता देखेर म अचम्म पर्छु।


"मेरो ममि” उस्ले अक्मकाउदै मेरो परिचय गरिदिन्छे । शिक्षिका मुस्काउदै म तिर हात बढाउछिन। म हात छोड्छु। केहि भन्न खोज्छु तर शब्द नै निस्किदैन । पहिलो पटक आप्नो परिचय लुकाएकि छु मैले । कता कता नमिठो लागेर आउछ ।

'यसपटक रेवतीले पहिले भन्दा राम्रो गरेकि छिन” शिक्षिका मलाइ हेर्दै भन्छिन। शायद सबै अभिवाबक हरु यहि जवाफ खोज्छन होला के रे ।


‘’चित्रकलामा प्रतियोगितामा प्रथम भएकि छिन’’शिक्षिका उसको टाउकोमा हात राख्दै कुरो शुरु गर्छिन। ‘’हो र?’’ मैले छक्क पर्दै सोधेछु क्यार ‘’ हो त तपाइलाइ थाहा छैन र , रेवतीको चित्र हरु निकै आकर्षक र अर्थ पूर्ण हुन्छन। सानै उमेर मा पनि उनि यति राम्रो चित्र कोर्न सक्छिन।‘’ शिक्षिका खुशी ब्यक्त गर्छिन।

‘’अँ एउटा कुरो सोधिहालु क्यारे।‘’ उनि म तिर हेर्दै भन्छिन


‘’बेला बेला मा स्कूल आउदै गर्नुस न। यो पहिलो पटक हो मैले तपाइलाइ देखेको- रेवती कति खुशी देखिएकि आफ्नो मम्मी संग।‘’ उन्को अभिब्यक्ति सुनेर मेरो मन एकाएक रोमान्चित अनी ढुक्क हुन्छ।

’ फनिन्द्रजी चै प्रयाजसो आउनु हुन्थ्यो क्यारे ।‘’ उनि उत्सुक हुदै सोध्न थाल्छिन। फनिन्द्र संग उनको राम्रो परिचय रहेछ भन्ने प्रष्ट थाहा हुन्छ मलाइ।


“फनिन्द्र” यो मेरो अन्तरमन भित्र बसेको नाम । सुन्दा ‘फटिंग्रे’ जस्तो लाग्ने यो नाम सुन्ने बित्तिकै म मित्र नौलौ कम्पन महशुस गर्छु।


यसरी बाहिरी संसारमा उस्को र मेरो नया संबन्ध को शुरुवात हुन्छ। उस्को स्कूलका हरेक कृयाकलाप मा म पुगेकै हुन्छु, उसको अनुरोध बिना नै। उस्को ममीको उपस्थिति एकदम न्यून हुनेभएकोले होला कसैले म माथि प्रष्नगर्न पनि सकेन । बाबाको नाम भए पुग्ने हाम्रो समाज तर आमाको अस्तित्व माथि कसैले कहिले औला ठड्याउने हिम्मत पनि गर्न सक्दैन । क्रमस....
 




 

 
Last edited: 11-Sep-07 12:25 AM

 
Posted on 09-10-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chitre its ok. ke gardai chau. jasusi gardai hola ni hoina
 
Posted on 09-10-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ केटा केटी हो!

ग्वाँचेले धमा----का कथा हाँक्या जस्तो छ। राहुलदाइले पनि, माड्साप्नी दिदीले पनि दामी कथा लेख्नुभईकी झैं मानिचु। अनि दीपले पनि। भोलि पर्सितिर फुर्सताँ पढम्ला।

ढिच्याउँ ढिच्याउँ---!!! थुली यु आर फायर गर्दियाँ मैले।
 
Posted on 09-10-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे आज पनि नयाँ दुलही बनेको हो कि? ठुलि मोरी तिम्रो डोको अस्ती त त्यो दान्विरे ले फाल्देको थ्यो यस्पाली चाँही मैले नै फाल्दिनु पर्ला जस्तो छ
ना रहे बास न बजे बसुरी
जिम्माल बा लाई जदौ गरे है दीप बुरो लाई पनि जदौ
 
Posted on 09-10-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लामा लामा कथाहरू पछि पढम्ला है!

ठूली, मेरो सधैं झै चलिरा'छ, जासूसी गर्ने ट्याम कमै छ अचेल।

गालब, के छ? आजकल निकै ब्यस्त भएर बिजी हो? चौतारीमा झल्याक झुलुक मात्र देख्छु नि!

रिठ्ठे, के को नयाँ दुलही बन्नु नि, बरू नयाँ दुलही भित्र्याउने विचार गर्दैछु!
 
Posted on 09-10-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिक् छ तिक् छ चित्रे, बिचार गरौ

 
Posted on 09-10-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मउत्सबको लागी

सिङ्गल सिङ्गल -II


---- 
बाङ्गेलाई भाँडा साँडा माझ्न लाउँछु र कुरो मिलाउँछु भनेर सोचिराथ्यो दीपे, एकै चोटि बाङ्गे आइलाग्दा सातो गएछ मोराको!
मजाले हावा भर्या बेलुन खेलिरा’ फुच्चेको अचानक बेलुन फुटेको बेलाँ भा जस्तो हालत भयो बिचराको, अक्क न बक्क!
एकछिन त थाहै पाएन के भयो भनेर! त्यसपछि बाठो मोरो, कुरो बुझिहाल्यो!
मनमनै “फसाद पर्ने भो बा! बाङ्गया लाटो रिसाँ परिस दीपे आज” भन्दै अलि पडाडि हट्यो दीपे!
बाङ्गे राता राता आँखा पार्दै घुर्दै थियो अझै!
उसै त बजियाका राता आँखा त्यसमाथि अलि अलि ट्वाँटको सुर, आरन घुमा कोइला जस्तो राता आँख देखेर दीपे डरायो!
“ यो बज्जेले त मार्न बेर लाउँदैन” भनेर मनमनै भन्दै अलिकता सम्हालियो र भन्यो-
“ याँ कुरा सुन न यार पहिला?”
“ के कुरा सुन्ने? तैँले मलाई के ठान्या छस् मुला?” भन्दै झन झन सुरिएर पो आउँछ!
अलि पर काँचो मुला चपाउँदै दुधिया बोतल बाटै ठाडो घाँटि लाइरा’ सुपारिले नि बाङ्गे बाङ्गेको देखेछ! त्यसलाई उसै त के निउँ खोजौँ जस्तो भैरा’ थ्यो पुगिहाल्यो तेल्लाई! मुला सुला एकातिर फालेर फुल उठ्या मकै हाँडिबाट उछिट्टया जसरि दौडँदै दिपे तिर आयो!
“ यो माचिसको काँटिलाई न्लयाउने भन्दै थेँ म, तैँ मुलाले ल्याउने भन्या हैनस?” भन्दै उल्टो दीपेलाई नै गालि गर्न थाल्यो सुपारि पनि! तर मोराको रिस त बाङ्गे संग थियो, बाङ्गे तिर हेरेर पाखुरा सुर्कँदै कराउन थाल्यो सुपारि-
“ के सिङ्गल सिङ्गल भन्छस साला बाङ्गे??” “यो दुब्लो बाउन देखेर हेप्या तैँले???”
“ लु आइज मो संग सिङ्गल सिङ्गल??”
सुपारि संग उसै त ठ्याक नमिल्ने बाङ्ग्या, झन निहुँ खोज्न आएसि र के चाहियो र बाङ्गेलाई!
“ ल आइज साले बलवान छाप! आज कि तँ छैनस कि म छैन! तैँ होस पहिले देखि निहुँ खोज्ने, आज तँलाई काटेर धोबिखोलाँ फालिन भने म कपनको गुम्बामा जोगि भ’र बस्छु ” भन्दै बाङ्गे मम पकाउन उमाल्या पानी जस्तो उम्लिन थालि हाल्यो!
ट्वाक नि “ ल बित्यास पर्यो” भन्दै त्यतै तिर आयो र बाङ्गेलाई समात्यो!
बाङ्गेको दीपे संग रिस मरेर सपै सुपारि तिर खनिइसक्या थ्यो यतिबेला सम्म!
ट्वाकले त बाङ्गेलाई समातिहाल्यो, तर दीपेलाई सुपारिलाई सम्हाल्न गाह्रो पर्यो, बजिया बलियो थियो!
“ तनावको सुराँ दीपेले अर्को कुन चाहिँ पातकि साथि नि संगै पिकनिक आ’ हो याद नै गर्न सकेन!”
तर हत्त न पत्त एकजना आ’र च्याप्प सुपारीलाई समात्या देखेसि बल्ल दीपेलाई याद आयो, निशे बजिया नि पिकनिक आ’ थ्यो नि साँच्चि भनेर!
दीपेको घराँ सराद्देको हबिसे भ’ र दीपेले नै मासु नखाने अड्डि कसेपछि, “आबो बाजेहरुको नाटकै बेशि” भन्दै निशे बिशालनगरको कुखुरा फारममा अन्डा किन्न गा’ थ्यो भन्ने बल्ल याद आयो दीपेलाई!
निशेले सुपारिलाई समातेसि बल्ल दीपेको सास आयो!
निकै तँ तँ र म म गरेसि बाङ्गे शान्त भयो र साह्रै कर गरेकोले मन नलाई नलाई सुपारि संग हात मिलायो!
बजियाहरु सबैलाई ट्वाँट लाग्या रेछ, एकछिन पछि त फेरि मिलिहाले!
“ सोमहरु आबो मासु दाम्मि बनाउनु पर्छ हौ” भन्दै निशेले अघि बाङ्गेले घोप्ट्याको भाँडो बसाल्यो!
भोकले सबै रन्थनि सक्या थे!
दीपेले भाँडो हेर्यो, एउटा भात पकाउने ठुलो डेक्चि र एउटा सानो कराई मात्र रेछ!
“ पहिला अन्डा उसिनौँ यार” मनमनै आफु मासु नखाने भोक लागिरा’ छ पहिला अन्डा पाके ठिक हुन्छ भन्ने सोचेर दीपे बाठो भयो!
“ रड्डिज गर्छ यार सोम, आबो पिकनिकमा मासु फस्ट पाक्नु पर्छ हौ!” भनेर निशे करायो!
“ म त काँच्चे नुन संग चोपेर खान्छु बरु बबाल भोक लाग्यो” भन्दै बाङ्गे नि कराउन थाल्यो!
सुपारि झन गिद्ध भइहाल्यो मासु भएसि केहि नचाहिने!
दीपेको केहि लागेन!
तर भोकले गर्दा दीपेको दिमाग चल्न थाल्यो!
“ ल त्यसो भए ठिकै छ मासु पहिला पकाउँ र अन्डा चाहिँ भातमा राखेर संग संगै पकाउँ, उसिन्ने त हो नि भात पाक्छ अनि अन्डा नि पाक्छ, झिकेर छोडाएर खाने” मनमनै आफ्नो आइडियाको आफैँ प्रशंसा गर्दै दीपेले भन्यो!
ल हुन्छ भनेर डेक्चिमा चामल, पानी र ६ वटा अन्डा राखेर अगि बलिरा’ चुल्होमा बसालेर बिर्कोले छोप्यो दीपेले!
उता बाङ्गे, निशे, सुपारी र ट्वाक मिलिजुलि मासु पकाउन थाले!
मासु बास्ना आउन थाल्यो, दीपेको भोक झन झन बढ्न थाल्यो!
बेला बेलामा भातको बिर्को खोलेर भात पाके नपाकेको नि हेर्दै थियो!

**************
( एक घन्टा पछि)
**************
बाङ्गे हाँस्दा हाँस्दा कहिले चौरमा लडिबुडि खेल्थ्यो कहिले निसे, सुपारि र ट्वाकको हातमा प्याट् प्याट पिट्थ्यो!
“खित् खित् खित…. सोम बेसि बाठो भैदिएको कि भरै नराम्रो भेट्यो हौ, आबो भोक लाग्ने भन्दा जात जाने ठुलो रैछ सोमको हामि के गर्न सक्छन्त हौ!” भन्दै निशे दीप तिर हेरेर मरि मरि हाँस्दै थियो!
“हाहाहाहाहाहा….दुख पाइस मंगले आफ्नै ढङ्गले” भन्दै भुटेको कुखुराको मासुको टुक्रा रक्सि संग निल्दै ट्वाक हाँस्न थाल्यो!
“ ल यति भै सकेसि सराद्दे भए नि पाप लाग्दैन, आइज मासु खान” भन्दै दीपेलाई जिस्क्याउँदै सुपारीले अन्तयमा बाँकि भएको एक टुक्रा मासु देखाउँदै मुखमा हाल्यो!
दीपे माघे झरिको आकाश जस्तो अँध्यारो मुख लाएर कहिले साथिहरुलाई हेर्दै थियो भने कहिले पाकेको भातमा पाक्दा पाक्दै फुटेर मुछिएको गन्हाउने ‘एग ब्वाइल्ड राइस’ हेर्दै थियो!!!

Last edited: 10-Sep-07 11:15 AM

 
Posted on 09-10-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-10-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुर्सदै भएन।
सप्पै पछि पढ्छु।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters