[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIX

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 135860 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-20-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १९ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा पनि रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।

माझी दाइ पोखरा फेवातालको
लाऊ माया साँच्चैको, नलाऊ है ख्याल-ख्यालको!



 
Posted on 07-25-06 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले,
ऊ ठूल्नानी पछाडि बसेर हाँस्दैछिन् :D मैना भनेको ठूल्नानी कै अर्को नाम हो क्या :) मैना अलि 'अफिसियल' नाम भएकोले माया गरेर ठूल्नानी नाम राख्दिएका हौं नि हाम्ले। ;)
 
Posted on 07-25-06 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मोरो चित्रे अस्ति माथि थुम तिर गको थियो । केटी त देख्नै नहुने , ठुलिलाइ भेटेच फस्फुस्लुम पारिहालेच । ए चित्रे यस्तो मन्तर त हाम्रा भउतेलाइ नि सिकाइदिनु पर्यो ।आजकाल भउते कसैले नि हेरेनन भनेर घरैमा औलो लार बसेका छन ।
 
Posted on 07-25-06 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे,

तिमि लै सम्झेर त्यो अफिस र जेल को तुलना हैन बरु एउटा सानो टुक्रा पो लेखेको थे। अलि अगडि छ गएर पढ बरु।
:P
 
Posted on 07-25-06 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे,
ए हो रैछ त, 'रोग' भन्ने टुक्रा रैछ, साह्रै मज्जाको रैछ, धनियाँबाद है। ;)

मैले त्यो कामबाट पढेको त थिएँ, घर पुगेर चैं भुसुक्कै बिर्सेछु, फेरी अर्कै पन्नामा हराएछ त्यसैले होला।
 
Posted on 07-25-06 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप जी को टुक्रा नि गज्जबको छ ल, एकदम सटीक! :)
 
Posted on 07-25-06 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



भउते अझै निद्रा बाट नउठेको हो त ?
 
Posted on 07-25-06 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे,
भौते त म भन्दा नि खप्पिस छ नि केटीको मामलामा, उसलाई मन्तर सिकाउनु त ईन्द्रको अगाडि स्वर्गको बयान जस्तै हुन्छ। ;)
 
Posted on 07-25-06 6:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु जिम्माल बाको त त्यो गती भा रहेछ पट्टाउने ममिलाम अब यो लुते ज्यानले खै के पाएर पट्टाउने हो :पी
क्याम्री पाए त राम्री नि पाइन्थ्यो होला लेकिन आफ्नो त करेला (corolla) परो अनि क्यार्नी हो त्यो तीती करेला काँधमा राखेर, टोक्नु न बोक्नु जस्तो।

तितौरी मुय्याँ,
अब गोडा ३-४ हप्ता बसिन्छ होला क्यारे। उताबाट डाँक आएर "छिटो मर् लुतेका काल" भन्यो भने भोली पर्सी मै कुलेलम ठोक्नु पर्ने पनि हुन सक्छ।


लु त आजलाइ अब भाग्नु परो, लाहुर्नी कुरी राखेकि होलिन् घराँ, फेरि अहिले कुचाले ठटाउँचिन्। भन्न नहुने ब्यथा सार्हो छ यो लुतेको ज्यानको नि :पी

उही खानाको काल
लुते
 
Posted on 07-25-06 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भा न'भा उटपट्यागं कुरा गरेर बस्या होलान।
यो दुर्गम पहाडाँ नि का'ट आउछ ए क्याम्रि र केरला। कुरा नि अलिमिल्ने खाले गर्नु नि सुन्दै रिस उठ्दो huh!!!
गए म त घरतिर
:) :)
 
Posted on 07-25-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी लाई रोल् नम्बर् दिन्छु भनेको त काम मै अड्कियेछु। बल्ल घर आइपुगे। मेरो रोल् नुम्बेर् चैन् २४ है मिस्। नया बिध्यर्थि भयेकोले १९ किलास् पास् गर्न सक्ने हो कि होइन सन्कै लग्छ तर पनि प्रयत्न गर्ने छु। :D
 
Posted on 07-25-06 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई ग्य ( gya)लेख्न आएन :( :(


:D

ह्या त १,२ र ३ कलास अनि प्रौढ कलास मात्रै छ त । त्यो के जाति १ र ९ ‌‌=१९ ‍‍‌कलास कल्ले पढाउनेहोला र भन्छु?

:)
 
Posted on 07-25-06 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम राम------, के कुरा ग-या होला मिसले पनि! म किन मिससंग रिसाऊँदो हुँ र मिसको ठट्टामा। मिसले जे भने नी रमाइलो लाउच मलाई त!

मिसलाई "ज्ञ" लेख्न आएन रे?

ज+्+ञ=ज्ञ (ज को खुट्टो काटेर ञ जोडिदिने)

"ञ" लेख्न भने shift थिचेर Y थिच्ने।

टराई मारिहेर्नुस् त!
 
Posted on 07-25-06 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन भउते अझै सुतिरा'छ कि क्या हो भन्या? बिरामी भो कि क्या हो? डोकाँ बोकेर भा'नी अस्पताल लानु परो।
 
Posted on 07-25-06 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फटिंग्रे

पख-पख !! म अडिन्छु। रुक्न चाहान्न तर अगाडि नि बढ्न पाउदिन। विवस म फटिग्रेलाई हेर्छु अनि फुपूलाई।
हो ! फटिंग्रे म नि उसलाई फटिंग्रे नै भन्छु। सबै उस्लाई त्यहि नामले बोलाउछन। तर , मलाई यो नाम मन पर्दैन।
एक दिन मैले बाबालाइ भने " बाबा फटिंग्रेको नाम ‘शिवप्रसाद’ राखि दिनुस न।" बाबा रिसाउदै भन्नु भयो"यो तेरो दादाको नाम हो"।त्यसो भए ‘हरिप्रसाद’ राखिदिनुस न त। बाबालाई सायद मेरो कुरो मनपरेन--"त चुप लागेर बस् त"।
म आज्ञाकारी भए।

तर मलाई यसरी चुप हुन लगाइएको मन पर्दैन।कस्तो रूढ बाबा ??म उदास भए। उहाँको चोर औंला पकडेर हिड्नमनपर्छ मलाई । “बाबा”शब्द भित्र हराउन मन पर्छ मलाई। त्यसैले, बाबा भन्दा उहाँ रिसाउदाको आखाँसगं डर लाग्छ मलाई।

फुपुले अम्खोरामा पानी लिएर म भएतिर छर्कनु भयो अनि भन्नु भो "जा अब "।
म खुर्र दौडेर आमाभए तिर गए "हेर यो नाक को फुलिमा के टाँसिएको हरियो?"
म झन काख मा बस्न गए.... नकुनै अनुरोध न कुने स्विकृती मानौ आमाको काख मेरो अधिकार हो। ।म डराउदा,आमा भन्दा टाढा हैन नजिक हुन मनपर्छ "ल हेर कपाल मा पनि यस्तै छ"।
“फटिंग्रे” !!
“ए! फटिंग्रे” !!
आमाको आवाज ले म भएभित हुन्छु।
“हजूर!!!!"
उ हस्यागं फस्यागं दौड्दै आएर ढोका बाहिर ऊभिन्छ। उ बाहिर उभिएको मलाइ मनपर्दैन। खै आमाले भित्र पस्न नदिएको हो अथवा उ अभ्यस्त छ घर भित्र पस्न हुदैन भनेर । उस्को निन्यारो मुख देखेर माया लागेर आउछ। लाग्न पनि किन नालागोस त माया .....शिव दा सधै आमाको काखमा बस्न आउनुहुन्छ । मेरो चकलेट खाईदिनुहुन्छ।मलाइ 'नानी' 'त' भन्नुहुन्छ तर फटिंग्रे कहिले पनि आमाको काखमा बस्न त के आमालाइ छुनपनि आउदैन ..मलाई 'नानू "हजूर" भन्छ। उ आमालाई किन छुदैन त्यो जान्न चाहान्न म बरु उ आमाको काख मा नबस्दा खुसी छु
मेरो अबोध दिमाग सोच्न थाल्छ “माया” त मैले आमालाइ पो गर्छु त।
होइन.. यो माया हैन होला... यो कुनै चेतना होला अथवा कुनै आक्रोस होला अथवा सहानुभूती होला ..... कि आत्मियता होला ।
 
Posted on 07-25-06 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तल वेसी खोलामा गा'थ्यौ" फटिंग्रेको जवाफ संगै मेरो सहास बढेर आउछ।
"हो नि " म आमालाइ कुरा प्रष्ट पार्न खोज्छु।
"आमा हाम्ले माछा मारेको" ।
'खै त माछा ?" आमाले अधिकार प्रयोग गर्नु हुन्छ् मानौ मेरो हरेक कुरा थाहा पाउनुपर्छ उहाँलाइ।
मलाई लाज लागेर आउछ झुठ पक्डिएकोले। "छोरी!तिमी त झूठ बोल्न पनि जान्दिनौ"
म निशब्द हुन्छु। आमालाइ थाहा छ .. छोरी माछा मार्न चाहान्ने बरु माछा पानीमा दौडेको( पौडेको ) हेर्न मन पराउछे।
*****************
हो त माछा पानीमा स्वतन्त्र उन्मूक्त भएर पौडेको कस्तो राम्रो। आहा!!! म पनि यस्तै पानीमा पौडनसके??!!!! म पौडन सुरु गर्छु उफ!!!पानीमा जादा त खुट्टा माथि
पो आउछ त ?!! उफ!!! म आफूलाइ कमजोर सम्झन्छु तर आफैलाई ढाँडस दिन्छु
मलाई पौडिन भन्दा पानी माथि लागेको स्याँउलि झार ओड्न मनपर्छ।
“फटिंग्रे!!” म कराउछु
“माछाको खुट्टा छैन त?” उ हास्छ ।
यसरी हाँसेको मनपर्दैन मलाई ।
तर म सक्दिन माछा जस्तो दौडन ?मलाई उत्सुकता जागेर आउछ
“म माछा जस्तो दौडन किन सक्दिन?”
“नानू हजूर ठूलो भए’सि सक्नु हुन्छ”
म सोध्छु “तिमी कसरी सकेको त”?
उ रोमान्चित हुदै भन्छ “ म ठूलो छु”।
मलाई उस्को कुरा पटक्कै मन पर्दैन।
खुब! म भन्दा एकहात मात्रै त अग्लो छ नि ... मनमनै रिस उठ्छ मलाइ।तर उ म भन्दा ठूलो त पक्कै छ ..... आक्रोस पोख्न सक्दिन।
“अब घर जाने .... आउनुस” म फटिंग्रेको आवाज ले झस्किन्छु।
“ल हजूरको खुट्टामा के लागेको?” म खुट्टा हेर्छु । हो त साच्चिकै .... कालो तर चेप्टिएको म हटाउन खोज्छु । सक्दिन।
मलाई रुन आयो... “हजुर रुनु भयो भने मलाई घरमा गालि गर्नुहुन्छ”
म चाहान्न कसैले उस्लाई गालिगरोस। रुन चाहान्छु तर रुन सक्दिन।
“के हो त्यो?” मैले जान्न खोजे।
“ठूलो जूका” उस्ले आफ्नो टोपिले समातेर खुट्टा बाट निकालिदियो।
“हजूरको खुट्टा मा रगत.......?

मलाई डर हैन कौतुहल लाग्यो रातो रगत देखेर ।
म सम्झन थाले ----एकदिन उ घाँस काट्दै थियो । सानो सानो किराहरु उड्दै एताउता गर्दैथिए। एउटा चाहिँ कहिले एता कहिले उता फट्किदै थियो।
“यो किन उफ्रेको”? मैले जान्न चाहेँ।
“ऊफ्राइएको”... उस्को आवाजमा कडापन थियो। म उदास भए।
“नानू हजूर लाइ कुन किरा मनपर्छ?” सायद उसलाई मनपरेन मेरो उदासिनता

“मलाई मखमली किरा खूब मनपर्छ” म प्रफुल्ल भए
“तिमीलाई नि?”
उस्ले एकपटक मलाई हेर्यो-“उ त्यो उफ्रिराको किरा मनपर्छ मलाई”।
म उत्सुक भए” के हो यस्को नाम?”
“फटिंग्रा”
मैले पहिलो चोटी जिवन्तता भेटे । केहि हुनुको ।
त्यहाँ सत्यता थियो ।म झल्यास्स भए “हरिप्रासद” ? त्यो भनेको के होला????!!!!
मेरो खुट्टा बाट रगत बगिरहेको थियो मैले त्यो रगत हेरि रहे ।“
अस्ति घाँस काट्दा तिम्रो हातमा नि रातो रगत थियो नि?” मैले उस्लाई सोधे

“थियो नि” उ गम्भिर भयो
“जूका को रगत कस्तो हुन्छ?” मैले जान्न चाहेँ।
उ चुप थियो । स्तब्धता !!!!!?? मलाई डर लाग्यो।

उसलाई हेरे मैले त्यहाँ उस्को आखाँमा तुफानी समुन्द्र देखे।
उ त्यसरी चुप लागेको मलाई मनमर्दैन। मैले कुरा मोड्न चाहेँ मानौ उस्लाई खुसी गराउन चाहेँ....“सबै माछा मिलेर जूकालाई किन नमारेको होला?”
सायद मेरो एकोहोरो पन मन परेन उस्लाई।
मलाई सान्त्वना दियो अथवा उस्को अन्तरमन बोल्यो-
“एक दिन अवस्य मार्नेछन्।“
म चुपचाप उस्को हातसमातेर हिड्न थाले
मानौ मलाइ हतार थियो आमालाई जूका को कुरा सुनाउन ।
 
Posted on 07-25-06 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"दिदी, फटिङ्रे हैन के।" म दिदी भन्दा चलाख बन्न खोजेँ।

"फटिङ्रे नै हो के कालु।" दिदीले जिद्दी गरिन।

"होइनssssss होइनssssss होइन sssssssss।" मेरो आवाज झन झन चर्को हुँदै गयो। " त्यो त शिशिर हो के। बसन्त आगो लिन भनेर टाँढा पिल पिल गरेको बत्ति देखिए तिर जान्छन। शिशिरले उनलाई कुरेर बस्छन। ....." मैले उल्टै दिदीलाई कथा सुनाउन लागेँ। राति राति आमाले सुत्ने बेलामा मलाई सुनाउने गरेको शिशिर र बसन्तको कथा मलाई कन्ठाग्रै थियो। मलाई लाग्थ्यो शिशिर र बसन्त को बाहेक अरु कुनै कथा नै छैन। मेरो लागि शिशिर र बसन्त नै कथाको पर्यायबाची थियो।

"काले ! कथा नि सुनाउँनु छ, उही बाठो हुनु पर्छ। मैले फटिङ्रे भने पछि फटिङ्रे नै हो। तँ गुहेले जिद्दी गरेर हुन्छ?" दिदीले झर्केर भनिन्।

मेरो पनि कन्सिरी तातेर आयो। "तँ जर्बुटेले भनेर हुन्छ? सुन्दिन तेरो कथा, जा।" मैले दिदीको कपाल तानेँ। मलाई हनहनी ज्वरो आइराखेको थियो। मलाई भुलाउन भनेर दिदीले काखमा बोकेर मलाई कथा सुनाउँदै थिइन। म भने आफ्नै लिँडेढीपीमा मस्त थिएँ। म उनको काखमा शरण लिइरहेको थिएँ, तर हैकम भने मेरो चलिरहेको थियो।

"सउदिन तँलाई लिन।" दिदीले एक्कासी मलाई भुईँमा झारिन। मेरो सुइटरमा उनको फुली अड्केछ। फुली नाकबाट बाहिर निस्केर मेरो सुइटर सँगै आयो। दिदीको नाकबाट रगत बग्न थाल्यो। दिदीले रुन्चे मुख लगाइन। मलाई सारै आत्मग्लानी भयो, ब्यर्थै जिद्दी गरेको भनेर। दिदी भन्दा अगाडि नै म पो रुन लागेछु।

"किन रोएको भउते ?" दिदीले बिस्तारै मेरो निधार हुँदै कपाल तिर हात लगिन। यत्तिकैमा कतै बाट कर्कश स्वर आयो। "एक झापड दिनुस न मास्टर्नी दिदी। अनि ठीक हुन्छ, भउते जँड्याहा। हिजोको अझै बाँकी जस्तो छ" आवाज सँगै मेरा गालामा थप्पड बज्रे। अनि त मेरा आँखा खुले। मेरिबास्यै ! गामका मुन्छेहरु त सप्पै चौतारीमा। आडैमा मास्टर्नी दिदी कथा सुनाउँदै रैछिन। धुत ! म त सपनामा पो सुनिराखेको रे'छु।

हिजो बिर्खेका घराँ धोँकेर हिँडेको। गोताएँले त चौतारीमै छोडेर हिनेछ। मुखमा अझै प्याज र रउसीको गन्ध बाँकी रे'छ। जति जे भने नि मास्टर्निका अगाडि रउसी खा'र देखा पर्न लाज लाउछ के मुलाई। म त जुरुक्क उठेर पिपलधाराको ओरालो सुईँकुच्चा ठोकेँ। चौतारीका मुन्छे हाँस्दै थे। नमे, बिर्खे, लुते र गोताएँका आवाज पछाडि बाटै चिनेँ। अनि कता कता डाँडा पारी कि सञ्जु (sajhauser) पनि बोलेको सुन्थेँ।

अब भोलि कसरी मुख देखाउने हो कुन्नि गाममा मैले।

:p :p :p

:-)
-भउते
 
Posted on 07-25-06 11:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute......eeeeeeeee!!!!! :D :D :D kati hasaunasakya hola
 
Posted on 07-25-06 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माष्टरनी नानीको जुका र माछाले बोकेका अर्थ अनि बालशुलभ भावना गजब को लाग्यो। शैली धेरै राम्रो छ! :)

***************************
" ए भौते, समात् समात् "
बल्छिमा आइसकेको माछा पनि भौतेको हात बाट चिप्लेको देखेर मलाई उठ्नु सम्म रिस उठ्यो। "खाने बेलामा दुइ माना चामलको भात खार नि अझै छ कि भनेर कसौँडिमा हेर्छ, काम अर्ने बेलाँ चाइँ अइले येइ माछो चिप्लाको जसरी काम चिप्लाम्छ"। यस्तो सोचाइ आयो र आफै ससर्केर माछा समाउन हुत्तिएँ म। टाउकोमा नराम्रो सँअ दुख्यो र बल्ल होस आयो। आफ्नै खाटको सिरान पट्टीको भित्तामा टाउको ठोक्न पुगिछु। जिम्माल्नी मलाई क्वारक्वार्ती हेरिराको रेछे।
मैले जुरुक्क आधि शरीर उठार जिम्माल्निलाई हेरेँ र कराएँ
" ए बुढि, समात् समात् माछो उम्केला!"
मैले आधि सपना र आधि बिपनामा जिम्माल्नीलाई पनि खोलैमा देखेछु।
" लौन यो बुडालाई केभो" भनेर जिम्माल्नी त रुन थालिन्।
" लौन बौसि लाओ अस्तो छ मेरो बुडालाई" भनेर औधि कराम्न थालेपछि बल्ल मलाई हिजो राति गोताएँ र भौते संह मिलेर रौसि खाको सउँजना आओ।हिजो रातीओ रौसि मलाई नि लाउनु सम्म लाएछ।
"चुप लाग बुडि, तेरो बुडालाई बौसि हैन रौसि लाएको अइले ठिक भो, बाहिर कान्लाओ बुटाबाट कागती लेर आइज" भनेर बुडिलाई कागती लिन पठार, कागती पानी खाएसि अलि सञचो भो।
 
Posted on 07-25-06 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसको कथा राम्रो लाग्यो। सकिएको हो र मिस? अरु भाग पनि आऊँदै छ होला नि है।
*************

बिर्खे जिम्माल र भउते बिचेत भे'सी डराइ डराइ घर त पुगियो, तर ढोकामा गोताइनी पूरा---- पोजिसनमा। देब्रे हात कम्मरमा, दाहिने हातमा कूचो, अनि आँखा चाइञ्जो गोलभेंडा भन्दा पनि राता रिसले। छेउमा डाडु, र पन्यू पनि रेडी थिए।
"तँ---ल्लाइ पातकी बूढा, यति खेर हो घर आम्नी ?" भनेर झम्टेर आई के रे। "ए पख् पख्, म त ----" भन्दै थिएँ , "के को पख् पख् नी तँ जँड्याहालाई--?!" बनेर कूचो प्रहार गरीहाली। कूचोले मलाई छलेपछि डाडु प्रहार गरी, त्यल्ले त मेरो टाउकोमा आर्को एउटा सानु सानु टाउको पो निकाल्दियो। त्याँसी गोताइनी भित्र पसेर चुकुल कसेर रुन थाली। मलाईचैँ रातभरि बाहिर पिँढीमै लडाईदिई गाँठे! बिहान उठेपछि एक गिलास च्या' सम्म ठ्याँस्स राख्देकी थिई, बोलेकी भने हैन।
आज भात पनि खान देली कि नदेली!
 
Posted on 07-26-06 2:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्ता यस्ता कथा हाल्नी मुन्छे रैचन । ल कथा भन्ने सप्पैलाइ फुलको माला अनि हाम्लाइ चाइ सुनको माला । नेपाला सुनको भाउ बढेको छ अरे, तेइ माला बेच्नु पर्ला ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters