चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
भाभी भन्न आम्नेहुर त कत्ति कति (कुरो चौतारीको मात्रै हैन) तर सच्चिकै आफ्नो देवर जस्तो लाग्ने भउते बाहेक अरु भेटिन नि
थाङ्कु भेरी मच भाभी, लप यु भाभी। :-)
ए लहरे बौचा, त्यो राजमती गीतको लिरिक्स र त्यसको नेपाली अर्थ पनि लेखूम न यार। मलाई त्यो गीत यति मन पर्छ कि यति मन पर्छ कि यति मन पर्छ कि, त्यति मन पर्ने गीत सायद अरु नेपाली वा हिन्दीमा कुनै छैनहोला। प्लिज नेप्चि भाभी कि हजुरले नै लेखिदिनुस, कि त बौचालाई रिक्वेस्ट गरिदिनुस न।
देखिस्यो त देवरजीको मन --त्यसैले हजारमा एक भनेकिम :)
देवरजीले मेरो हातले बनाको परिकार कस्तो होला भनेर सोधेको जस्तो मानेकिम । आशा छ त्यो दिन चाडै आओस मेरो परिवार संग भेट हुदा मैले मेरो श्रीमानजीसंग 'भउते मेरो देवरजी, हजुरको भाइ' भनेर या देवरजी संग 'उँहा मेरो श्रीमानजी हजुरको दाजु' र भन्ट्यांग भुन्टुंग संग 'तिमुरको अंकल' भनेर परिचय गराइरा'को होस ।सामन्यता दाजु अनि भाउजु जोडिन्छ के रे तर मैले नँया परम्परा चलाएकिछु -पहिले भाउजु अनि दाजु।
लु गाम्ले हो चौतारीको ढोका खोले है त। सबै लाम लगार आउनु। लु म चै धोकाको अगाडि बसेर सबैलाई दुई हात जोडी नमस्कार गर्दै चौतारीमा स्वागत गर्दै छु है। कै अस्ती अन्तरे दाले अब देखी चौतारीको ढोका खोल्ने भन्नु भाको जस्तो लगेको थियो। खै अत्तो पत्तो छैन अन्तरे दाको कतै भाउजुले साचो त लुकाइ दिनु भेन खित खित खित।
नमस्ते ! बल्ल अली फुर्सद भयो चौतारीमा आउने। छिमेकतिर घुमियो गएको पन्ध्र दिन रमाइलो भयो। यो कोसेली चौतारी बासिहरुको लागि, बादलबिच लुकामारी खेलीरहेको आइफल टावर। चौतारीमा धेरै दिन अनुपास्थित हुँदा ठुलिले धमाकेदार कथा लेखिसकेकी रहिछन, पढ्न भ्याएको छैन, पढ्न बसेँ है म। सबैलाई सोध्याछुम!
ग्वाँचे को पेरिसको भ्रमण् निक्कै रमाइलो भयो होला मानिछु चित्रे के छ ताअाअ? उसै त चित्रे झन आज हिउ परेको बाहाना ठुल्दाइ तारेमाम है, ठुलि ले चौतारी को ढोका खोलेको मा धन्यवाद, अनी आज साग बेच्न जानु छ कि छैन?
पोर साल त गालब गुरुले चौतारिमा सोस्थानी बाचन गरेका थिए, यसपाली नि सोस्थानी छ कि भनेर हेरेको, छैन रहेछा। गालब गुरु अन्त कतै बीजी भा जस्ता छन। पोर साल चौतरीमा बाचन गरेको सोस्थानिलाई यो साल चौतरी मैं टास्न परमिसन लिनु पर्ने हो कि हैंन था छैन, तैपनी पहिलो तीन अध्यायहरु आर्काइभबाट खोजेर टास्दे है मैले त। बिच बिचको केहि अध्यायहरु बाचन गर्न चित्र गुरुले नि सयोग गर्र्या छन क्यारे, परमिसन माग्नु पर्ने भे, येइ पोस्टलाइ परमिसन रिक्वेस्ट मानिदिनु होला । चौतारी स्वस्थानी व्रतकथा - १ वाचक - गालब
यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्। हे अगस्त्यमूनि! तहाँ उप्रान्त पुन्टेले धोबिनीको पसलछेउको चौतारोको डिलमा उठेर "हे भउते! तँ पापिष्ट दिन दहाडै मेरा सालीको कोठामा पस्नी! तँलाई म श्राप दिन्छु। तँ हाम्रा गाउँदेखि २ कोशपर पनि जान नसकेस्" भनेर कराउँदा भए। गैरीको पसलबाट बस चढी पोखरातिर अलपिने बिचार गरेको भउतेकाजीका मनमा ढ्याँग्रो ठोक्न थाल्यो।
गैरीका पसलमा दिउँसो २ बजेको बस कुरेको बस नआएर भउते हैरान हुँदाभए। बस आउला भनेको त त्यसपछिको मिनिबस आइपुग्यो। मिनिबस भने नि चढुँ भनेको त ड्राइभरले रोकेन। त्यसपछि चितउनतिरबाट मुर्रा भैंसी बोकेर ल्याएको ट्रकमा चढ्छु भनेको त भैंसीले हानेर भूईंमा लडाइदियो। ट्रक नभए मिनि-ट्रक भने पनि चढुँ भनेको मिनि-ट्रकमा लोड गरेको, गिटीमा चिप्लिएर रोडमा लड्न पुगे। ट्र्याक्टर आएको देखेर ट्र्याक्टरै भने पनि चढ्ने प्रयास गर्दा भउते चढ्नी बित्तिकै बाटोछेउको ठुलो ढुङ्गामा ट्र्याकटर ठोकिएर फेरि बाटोमा लड्न पुगे।
पछि चेष्टा आउँदा आफैंलाई ढुङ्गो जस्तो पाए। उता जुरेली चाहिं "पुन्टेभेनाको पञ्जाबाट भउतेकाजीलाई फुस्काइपाउँ, मेरो भउते चाँडै घर फर्की आएस्, भउते पोई पाऊ" भनी, सुटुक्कै हात गोडाको नङ् काटी,अष्टोत्तर शय बेली पुष्प, अष्टोत्तर शर रोटी, अष्टोत्तर शय बिजुली खैनीको सरदाम तयार पारी मर्दीको तिरमा नित्य मध्यान्हकालमा मर्दी खोलाको कन्दरामा श्रीस्वस्थानीको पूजा गर्दी भइन्। इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे प्रथमोध्याय॥१॥
उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
चौतारी स्वस्थानी व्रतकथा - २ वाचक - गालब
यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्। हे अगस्त्यमूनि! तहाँ उप्रान्त भउते बाटोमूनिको गरोमा लडेको लड्यै भए। त्यहीबाटो नारदऋषि पनि "नारायण"को नाम पुकार्दै चौतारीतिर लाग्दै थिए। बाटोमूनि कुनै मनुष्य अग्रासको काठ झैं लडेको देख्दा खुलदुली लाग्यो र "हे मानव! तिमी को हौ? कुन देशबाट आयौ? के कति कारणले गर्दा यो गति हुन पुग्यौ?" भनी सोधे। आफ्नो सामु लामो टुप्पीको भएका, शरीरमा एउटा धोतीको सरो मात्रै लगाएका, ललाट(निधार)मा चन्दन लगाएका अधबैंसे वैष्णवलाई देख्दा भउते पनि अचम्भित हुन पुगे र उल्टो नारदऋषिलाई सोध्दा भए - "बरु तिमी को हौ? देख्दामा त दक्षिण भारतीय मुलका ब्राह्मणजस्ता देखिन्छौ। के-कति कारणले हाम्रा मुलुकमा आयौ?" यस्तो प्रश्न भउतेका मुखबाट सुन्दा नारदऋषिले भने - "भक्त! तिम्रो नाम पनि भक्त नै रहेछ। तर सबैले भउते काजी भनेर बोलाउँदा रहेछन्; मैले ध्यानदृष्टिले बिचार गरी हेरेर तिमीलाई चिनिसकें। तिमीले आज बिहान गाँजाको सुरमा, आफ्नो सकल फेरेर, धोबिनीलाई छल गरी जुरेली भन्ने कन्याको कोठामा गएका रहेछौ। र, पुन्टे नाम गरेका काजीले गर्दा यस्तो हालत हुन पुगेको रहेछ। आऊ म तिम्रो प्रेमदेखि प्रशन्न भएँ। भन के बर माग्छौ। प्रेम सम्बन्धी वरै मागेपनि माग। कामदेव मेरा भाइ पर्छन्, भनसुन गरी पुर्याइदिम्ला।"
आफ्ना अगाडि नारद ऋषि आएर एकाएक वर माग भनी भनेको देख्दा भउतेको आँखा हर्षले रमाए। आफूलाई पुन्टेले दिएको दुख सम्झे। तैपनि, नारदमुनिबाटै वर पाइने भयो भनेर मनलाई सम्हाले। मस्तिष्कभरि जुरेलीनै नाचिरही। सकी नसकी वर मागे, "जुरेली पाऊँ"। ऋषि प्रशन्न भए र "तथास्तु" भने। एकैछिनमा एउटा गुलेली भउतेको हातमा थमाउँदै नारदमुनिले "यत्रो वर पाउँदा अलि ठुलै कुरा माग्नुपर्दैन? यो जाबो गुलेली त तिम्रै गाउँका पसुपतिले पाँच रुपैयाँमै बनाइदिन्छन् के रे नि" भन्दा भए। जुरेली माग्दा गुलेली पाएको देखेर भउतेले मुख बिगार्दै भने, "ए नारद बुढा! जुरेली मागेको। गुलेली पो दियौ त!" भउतेको खिन्न भएको देखेर नारदमूनिले भने, "के गर्नु बाबु! म बुढो मान्छे लाखौं वर्षदेखि संसार चहारिराखेको छु। कान राम्ररी सुन्दिन। देउता पनि ३३ कोटी छन्। ती सबैलाई चेकअप गरेर धन्वन्तरीले पनि भ्याएका छैनन्। आजको ११६ वर्ष पछिको दिनको अप्वाइन्टमेन्ट लिएको छु। मैले गुलेली सुनें र त्यहीं दिएँ। दिएको कुरा फिर्ता लिन मिलेन। तर केही छैन, कुनै बेला काम लाग्छ सन्देह नगर" भनेको सुनेर भउते दाह्रा किट्न थाले र रिसले तीननेत्रबाट आगो निकाल्दै भने, "काम त अहिल्यै लाग्छ। मेरो पहिलो टार्गेट तिमी नै भयौ"। यति भन्दै भउतेले एउटा दर्शन ढुङ्गो टिपी नारदलाई गुलेलीले सोझ्याउँदा, नारदमुनि किंकर्तव्यविमूढ भए, र "नारायण! नारायण!" जप्दै अन्तर्ध्यान भई कैलाशपर्वतमा शिवजी र माता पार्वतीलाई भेट्न लाग्दा भए।
यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमूनि! अब अरु कथा भन्छु, दत्तचित्त भई सुन। यता जुरेलीले सुटुक्कै श्रीस्वस्थानीको ब्रतकथा लिएको कुरा एक कान दुई कान मैदान हुँदै स्वर्ग, मर्त्य, पातलमा फैलिन थाल्यो। जुरेलीले गरेको कठोर तपस्याको कारणले सारा ईन्द्रलोग डगमगाउन लाग्यो। आफ्नो राज्यमाथि चुनौती आएको देखेर स्वर्गका सबै देउताहरु मिली अन्तिम उपाय स्वरुप श्रीमहादेवलाई बिन्ती चढाउन कैलाशपर्वततिर लाग्दा भए।
३३ कोटी देउताको फौज कैलाशतिर आएको देखेर पार्वती पनि के हुन लागेछ भनी उत्सुक भई कुरिबसिन्। देउताका राजा ईन्द्रलाई नजीकैको आशनमा बसाइन् र भनिन्, "हे देवराज ईन्द्र! आज धेरै पछि कैलाशमा आएका छौ। पछाडि यत्रो लावालस्कर समेत लिएर आएका रहेछौ। पक्कै पनि कुनै जटील काम लागिपरेको हुनुपर्छ। भन के कति काम पर्यो।" माता पार्वतीको यति कुरा सुनेपछि ईन्द्रले दुई हात जोडी स्तुति गर्दै भन्न लागे, "हे माता पार्वती! मर्त्यलोगमा एउटी कन्याले गरेको श्रीस्वस्थानी ब्रतकथाको प्रभावले सारा स्वर्ग डगमगाउन लाग्यो। त्यही भएर हामी यहाँ श्रीशिबजीलाई भेट्न आएका हौं।" यती कुरा सुनी पार्वतीले च्याँठिंदै भनिन्, "हे ईन्द्र! मेरा श्रीमान् स्त्रीलाई छल गर्ने देवताको रुपमा लिएका छौ कि कसो। उहिले पनि तिमीहरुले भनेर नै बृन्दाको छल गर्नुभयो, गोमाको छल गर्नुभयो। अब फेरि यो बिचरी केटी। तिमी कपटी नम्बर वान रहेछौ। खाली अरुको खुट्टो तान्नु मात्रै तिम्रो काम रहेछ। कसैले राम्रो गरेको देखिनसक्ने। आफूभन्दा ठुलो कोही हुन नहुने। आफ्ना प्रजाको भलो नचाहने। तिमी कस्ता राजा हौ? तिम्रो यस्तो चाला छ भने मर्त्यलोगका राजाको के चाल होला। नेपालका राजा र तिमीमा फरक देखिन। यस्तै हो भने स्वर्गमा पनि आन्दोलन गरी संबिधान सभाको माग गर्न बेर छैन। मर्त्यलोगमा मात्रै हैन स्वर्गलोगमा पनि गणतन्त्र आउला। होस गर!"
पार्वतीका मुखबाट यस्ता कठोर बोली सुनेर ईन्द्र पनि लुचुक्क परेर बसे। तैपनि महादेवलाई भेट्नको लागि कर गर्न थाले। अन्त्यमा पार्वतीले भनिन् - "हे देवराज! अहिले पुसको महिना छ। महादेवलाई अलि जाडो लागेकोले केही दिनका लागि भूत, प्रेत, पिशाचका साथ कैलाशपर्वतबाट विन्टर रिसोर्टमा जानु भएको छ। अहिले म एक्लैले कैलाशपर्वत कुरिबसेको छु। उहाँ आएपछि म खबर गरुँला, जाऊ।" पार्वतीको यस्तो बचन सुनी ईन्द्रले "हे माता! यो विन्टर रिसोर्टको बारेमा पहिलो चोटि सुन्दैछु। कहाँ पर्छ? अनि महादेव त्यहाँ के गर्दै हुनुहुन्छ? बताइदिनुहोला" भन्दै बिन्ती गर्दा भए। अन्त्यमा हार मानेर पार्वतीले बेलीबिस्तार लगाइन् - "हे देवराज! ज्ञानेन्द्र नाम गरेका तिमी जस्तै राजा भएको नेपाल नाम गरेको मुलुकमा कान्तिपुरी नामको शहर छ। त्यस शहरको पूर्वखण्डमा गौचरन भन्ने ठाउँ छ। त्यस गौचरनमा शिवजीले आफ्नो साँढे ल्यान्ड गराउनुहुन्छ। नजीकैको सडकमा निस्केर केही समय दाहिने हिँडेपछि बागमत्तीको तिरमा हाम्रो विन्टर रिसोर्ट छ। गौशाला भन्ने त्यस ठाउँमा राहुल नाम गरेका हाम्रा भक्त महादेवलाई कुरिराखेका छन्। शिबगुटीहरु तयार गरेर राखेको छु भनी राहुलबाट खबर आएकोले यस पटक श्रीमहादेवले भाँङ-धतुरो केही पनि नलिइकनै जानुभएको छ। ती भक्त कस्ता भन्दाखेरि, चौविसै घन्टा गाँजाको सुरमा हुने। भैंसीको मासु भित्र राखेको पिठो खान भनेपछि मरिहत्ते गर्ने। जतिखेर पनि कविता कोर्न सक्ने। जे विषयमा पनि कविता कोर्न सक्ने। महादेवलाई सुहाँउदो जोडा मिलेको छ। त्यही भएर यसचोटीको बसाइ लामो पनि हुनसक्छ। तैपनि, म वहाँ आएपछि खबर गरुँला।" यति भएपछि ईन्द्र पनि बिदाबारी भई स्वर्गतिर लाग्दा भए।
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.