[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १६९~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 222248 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-16-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६९~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||




आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 169 editions.



 
Posted on 12-21-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपनामा है मस्त भै रा बेलाँ काँ बाट हो प्रभु यसु ख्रिष्ट आई रा भन्या --  मैले देख्ना साथ "ह्याप्पी बड्डे" भन्दें किसमसको बेला है अब भन्नै पर्यो। साझामा को को नचिनेका लाई त भनियो, उनलाई त उहीले देखि कालोपुल तिर, जाउलाखेल तिर पनि देखेको--चिनेको।


गुड मुडमा रे छन् -- भर्खर दार्जीमिङ्ग तिर बडादिनको कार्यक्रममा प्रमुख अतिथी भएर आएका रे छन् क्या रे भने "म आज हो डल्लै खुसी छु कि, अन्त के माग्ने हो माग" भने।


मौकामा भनेर मैले पनि " यो किसमसमा मलाई एउटी राम्री तरुनी --- " भन्दै थें --कुरै सकाउन पा थेन, दिनु पर्ला रे भनेर होला लुसुक्क ब्युँझाईदिएर हिन्दीरा भन्या। कस्तो ---


--


स्वस्ती।


 
Posted on 12-21-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ त हुजुर हमिलाई पुन्टे बुह्रोको थोबडा याद आइलियो खेँ खेँ खेँ


हेँख हेँख हेँख



मदन्वा हेर तैले उ जुनिमा ठुलै पाप गरेको हुनु पर्छ भनेर चिप्ले ब्रो ले भनिहाले नि !


हेर मदन्वा पाप साप त्यस्तै हो, बरु त्यो लुंगी वाला गेट अप चाँही चेन्ज गरिहाल अनी असर हेर १ महिना मा कती एउटा प्रोपोजल आउछ !


यि यस्तरी :-


 


 



 
Posted on 12-21-09 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले सर ।
खेलियो १० बजे सम्म। हारियो हड्डी न देखुन्जेल सम्म । लगभग साढे चार हजार ( नेपाली )हारियो। कुकुर को पनि एक दिन आउछ भनेर खेलेको खेलाई भयो। बर्षौं देखी हार्दै आएको, हार्नु मै मज्जा आउन थालेको छ ।


भरे भोली लामै गफ गरौला चिप्ले सर ।


बिस्टे बुढालाई बाटोमा फोनमा भेटेको थिए । घर तिर चिप्लो बाटो मा हौसिंदै गैराख्या बेला, डिस्टर्ब गर्न मनाशिव लागेन धेरै बेर। आराम सँग नयाँ नोकारीको लागि छोकरी सँग बसी फाराम भर्दै होला।


बिर्खे बुढाले बिर्सेंको नि जुग भैसक्यो । टेलिफोनमा हाम्रो नम्बरमा खिया पनि लागि सक्यो होला, हगी पिया ??


बिर्सेंर यसो नम्बर थिचे  नि हुने हो । आफुले थिचे "सरि" भन्दै सुन्द्री ले सन्देश छोड्न भन्छिन। धेरै पटक सन्देश नि छोडेको हुँ, नक्कलीले बुढालाई खबर नगरेको हो कि, सन्देशको जवाफ कहिलेइ आएन। 
 


 
Posted on 12-21-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि पुरैया दाजु।


तपाईँ जो छ लाग्छ हमरो सैन्टिमैन्ट बिलकुल बुझेछ। तपाइँ एक्टा दोस्त छ जो भन्छ कि हमि लरकि पावँछ। पिर हमि किएछेन पुरैया दाजु बस एक्टा सुसरा खालिपन लाईफवामा छ वहि फिल इन द बलैङ्क्स करनेको बात छ। तपाइँको ऐक्सन्टवा से हमिलाई जमानाको हमि सैन्डल खाएको याद आईलियो। हमि गएथिएँ एक्टा पारटीमे। सुसरा सइब के सइब जमिनपे सुकुलवामे बैठे थियो और मजेदार पकवानहरु परोसे थियो। हमि चावसे खान्दे थियो। एक्टा करारि लरकि आयो हुजुर। बाप रे बाप बहुते बुटिफुल थियो हुजुर। हमरो अगारि आइके हमिलाई सोध्यो कि 'ऐला ब्यू?' हमि सुसरा सुन्यो कि 'आई लव यु' हमि भि तपाक से बोल्यो कि 'आई लव यु टु'!  बस कथि थियो उसको बाइदमा सुसरा इतना सैन्डलको मार खायो कि याद कइर कइर के आज भि हमरो कन्चटियापे दरद हुन्छ।


जे राम जि कि।


 
Posted on 12-21-09 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योमाSSSSSSSS साSSSSSS टिम पो थ्यो ट्यो? २ बर्ष भेर ल्यायो होला, हाम्रो सुकु भ्वे भेर ल्याइराथ्यो, छम: हाकुचा हाकुचा धोटी ला'र भ्वे:मा बस्यो है, हाम सोच्यो कि हाम्रो घरमा बहाल गरेर बस्नी त्यो केरा बेच्ने चाइँ होला जस्तो लागेर ल्यायो, अनी केइ भनेन। अब हाम त, भ्वे:मा सप्पैलाई बजी राख्दै थ्यो, जिम चमा: चाइँ एला: राख्दै गा थ्यो, त्यो हाकुचाले त खै के के नचाइने कुरो भनेर ल्यायो भनेर हाम्रो बा हरु लाट्टिका लाट्टी हान्दै थ्यो, मैले नि एक दुई खौँ त हानेर ल्याको, मुख चाइँ देख्या थेन, भनेछी तिमी पो ट्यो?


 
Posted on 12-21-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमरो अगारि आइके हमिलाई सोध्यो कि 'ऐला ब्यू?' हमि सुसरा सुन्यो कि 'आई लव यु'
 
Posted on 12-21-09 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


बिलकुल ठिके बात बतियावनु भएछ पुरैया दाजु। हमि कालो रंगको मजेदार लुङ्गि लगाएथिएँ मलमलियाको। हमि शरमके मारे सिरफ सैन्डलवा खाएको बात किएथिएँ, उ बुह्रो लोगहरुको लात खाएको छुपाए थिएँ पर पुरैया दाजु पुरे के पुरे बात खोलिदियो। पर कोनो बात छेन। ऊ सुसरा भएको भि दु बरस होनेको छ। ऊ हमरो थोबडा तपाईँ देखेन पुरा अन्ध्यारो थियो हुजुर, उ मा हमरो किसन कन्हैया जैसन कलरके थोबडा तपाईँ कैसन देख्छ? ऊ हमिलाई लात हान्ने बुह्रो तपाईँको बाप भनेर मालुम भएको भए हुजुर हमि जे राम जि  कि भन्थियो लात खाने भन्दा पहले!


रिठे दाजु ऊ तपाइँ जो ईमैजवा दिखायो लुङ्गि छोइडके जिनस लगावने, हमि टराइ मारिलिन्छु, बस बताइदिनुहोस कि ऊ बाटन वाला जिनस कहाँ भेँट्छ? दु साल पहले हमि एक्टा जिनस टराइ किए थिएँ, सुसरा ऊ को जो फाँसनार छ उ लगावनेको टेममा सुसरा एक्टा दुर्घट्ना घटिलिएथियो जो बतावने मिल्देन, आईज तक याद करके सुसरा बदनियापे झुरझुरि आवँछ।


 
Posted on 12-21-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<< सुसरा ऊ को जो फाँसनार छ उ लगावनेको टेममा सुसरा एक्टा दुर्घट्ना घटिलिएथियो जो बतावने मिल्देन>>>

 
Posted on 12-21-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाट हानेर ल्याउने त बा थ्यो , अनी टिम्ले आइ लव यु भन्ने चमा: को बु'रा नि थ्यो नि। मैले खौँ हान्डा हाटमा सब टेलै-टेल लाको थ्यो, म त सोच्यो, यो मान्छेले ट्यो खसीको झोल टाउकोमा खान्याएर ल्याएछ, टर अब बुझिल्यायो, टिम्ले अस्टी भन्या थ्यो के के टेम लाउँछ भनेर, अब टि'नी: क्लेयर भेर ल्यायो ल।

 
Posted on 12-21-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजोको ले अली छोडेको थिएन र सुतिरहेको, हिक हिक आएर मर्यो, के भएको रहेछ भन्या त चौतारीका औतारिहरुले सम्झेर मरेका रहेछन .....

ल सबैलाई सोमबारे जधौ ......

पुरे म जिम्दै छु है ....... त्येस्ता मुला हिउले केही गर्न सक्दैन .

पुन्टे बुढाले राखेको फोटो सहि हो ....
बिर्खे बुढालाई हिजो फुन मा कुरा भएको थियो ... को को औतारी आएका छन ....... सिंगारिरहेको भन्दै थिए  ...... माइली बज्यै ले पनि तरकारी काटिरहेको बाबु भन्दै थियिन .... त्येस्तो नक्कल पारेर बुढाको फोटो खिच्न पो रहेछ .....

ल अहिले लाई एती ...... अरु मन लागे पछी अथवा पारीआए पछी  लेखम्ला

दीप स्वस्ति ।

खुशी HI


 
Posted on 12-22-09 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
मंगलबारे मंगलमय जदौ ।


बाहिर एकदम ठण्डा छ, चिया र अण्डा खान पाए क्रिसमस को आशिष लाग्थ्यो ।


 
Posted on 12-22-09 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ठुल्दाइ, ल आशिर्वाद चाइ मलाई नै चाइयो है! ल लिउम तात्तत्तो चिया र अण्डा!!



 
Posted on 12-22-09 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे



अण्डा को लागि धन्यवाद। तर चिया ठण्डा छ । त्यो पनि दुध हालेको त खाइन्न पुरे, दुध मा के के मिसाको हुन्छ रे । लेमन टी खाने, लेमन टी छैन भने धेवा ती ।


 
Posted on 12-22-09 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

असली चियाको दुध कामधेनूमा छ, के त्यो कछुवा पनि मेनु मा छ?


जदौ! यो बिर्खे_माईलाको!!


 
Posted on 12-22-09 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे शिव! कत्ती मात्रै तिकिट्याँस्-ट्याँस गर्नी होला, बुधेस्काल ला'यो ठुल्दाइ, लु माया लाग्छ क्यार्नु।

(चिच्याएर)अ जिम्मालबा, प्रणाम भनेको, कान ले नि सुन्न छोड्या जस्तो छ, चिया लिउम बा, कछुवा मेनुमा छैन, त्यो मेनु बाइर छाप हो क्या छाप! अहम अहम , झन्नै घाँटी नै सुक्यो बाSSSSSSSSSSS



 
Posted on 12-22-09 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पुरे को कुन चाँही खाताको पाता कस्यो?


 


तारेमाम बिर्खे बा।


कछुवा छाप त मच्छर टाप अगर बत्ती पो पाईन्छ , मखुला ??


 
Posted on 12-22-09 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कछुवा मेनुमा रहेनछ, भनेसि ठूल्दाईले भन्या जस्तो कछुवा जलावो, मछ्छर भगाओ, नास्ता खाओ और मुस्कुराओ होला!


लु सपैले यो बिदामा के के गर्दै छौँ भनम?


 
Posted on 12-22-09 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम तीन जना बुढा हरु के गरेर बस्या हँ -


हिसी मरु बुढा "ठुल्दाइ"  


कोँचा ख्वा बुढा "पुरे"


धोगिम: बुढा  "जिम्बाल"   


 


 
Posted on 12-22-09 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीनजना बुढाहरु, लहरेलाई कसरि फेरि बहिष्कारी बनाऊने भनेर रिसोच गरेर बस्या!
 
Posted on 12-22-09 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब त त्यो तिम्रा खपराँ तिम्रै लौरो ले बजाएर बहिष्कारी हुने म त - एसो गरे कसो होला 


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters