[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI- IV

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 179922 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-08-05 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?
पुरानो चौतारी जाने सुरूङहरू =>

-------------------------------------------------------------------------------------------------------
भउते हराए =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23369
--------------------------------------------------------------------------------------------------------
चौतारी - १ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23759
--------------------------------------------------------------------------------------------------------
चौतारी - २ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23948
--------------------------------------------------------------------------------------------------------
चौतारी - ३ =>

- http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=24829

 
Posted on 12-23-05 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु है सईँहुर,

आफू त २-४ दिनलाई बेलडाँडा (Blue Mountain) तिर लागियो। दाईँ पनि सक्कि हाल्यो। अब
तिर्थ वर्त अर्न परो, बर्ष दिनको थकाई पनि मेट्नु परो। सिरे र काका पखरा'ट फर्किँदा सम्म
आइपुग्छु कि। २-४ दिन चौतारीमा आईँदैन जस्तोछ।

चौतारीमा गफ चुट्दैअरम के रे। चित्रे र मैनाको बिहे छुट्छ कि भुनेर पीर लाईरा'च।

:-)
-भउते
 
Posted on 12-23-05 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै, म त कता कता'ट लाहुर तिर पो आईपुगेछु जस्तो छ भउतेलाई जेठानी खोज्दा खोज्दै त । यता चईनी साहेपहुरको
चईनी दसैँ आको रैच केरे, म पुनि २-४ दिन त अब भन्न सक्तिन है ।

ल है गाम्ले हुर सबैलाई यो नयाँ सालको शुभकामना पनि ।

Keep rolling...
 
Posted on 12-24-05 12:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु ! फेरी सप्पै हिडेचन् ! यस्तै हो भने यो चौताराँ दुवो उम्रिनि भो ।
नमेको अत्तोपत्तो छैन, सिरे पखरातिर ला'चन भउतेको के कुरा अर्नु बेलडाँडा तिरै ट एउडी टीपेर ल्याउनी होला ! यसो मनमनै कुरो गम्दाखेरी त बिर्खे माइल्दाइको पनि राम्रो सुर छैन जस्तो मान्चु म त ! कैले फिलिप्फलपी भा'ठाम्मा भँइँमा लडेँ भन्चन, कैले आफ्नै सुराँ "केटीले शेखी नअर्नु" भन्दै हिडिरा' देउछु !

अइले आ'र फेरि माइलदाइ त घराँ जिम्माल्नी भाउजुलाइ पखरा जान्चु भनेर पल्ला गामतिर पुयारचन् !साथे खोज्दै आ'कुम म त भन्ते अरे ! यसो अर्न हुन्न माइल्दाइ भन्दाखेरीनी नेपाले कान्छाको झ्याँको झार्नीअरी झोक्किएचन्, "मैले के बिराएँ" भन्दै ! जिम्माल्नी भाउजुलाइ था'छ की छैन कुन्नि !

लु अब यो रित्तो चौताराँ पुसमासको चिसो स्याँठ खान म नि आउदिन एउदुइ दिन । ओहो...डियाँलाइ घासपराल अरेकै छैन गाँठे..... जान परो !
 
Posted on 12-24-05 1:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेले मैनालै छोड्या हैनन्। मैना नी फर्कि फर्कि मुस्कौंदै हिड्छे मोरी। जे भे नी कुरो मिलायो चित्रेले भने भउते र चित्र्या एउटै लगन पार्न पर्छ।

चित्रे:
मुसुमुसु हाँसिद्यौ मैना,
यस्पाली त झ्याइँ पार्ने झ्याइँ पार्ने।
सलसल बगिद्यौ मैना,
यस्पाली त झ्याइँ पार्ने झ्याइँ पार्ने।

हेर न मैनाको मुहार, मखमली फूलझैं फुलेको
आँखाले हासेर बोलने, मुहार त धपधपि बलेको
छमछम नाचिद्यौ मैना,
यस्पाली त झ्याइँ पार्ने झ्याइँ पार्ने।
 
Posted on 12-24-05 1:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै! हैन यी केटाहुरलाई के भ' को हो? जतापाच्छे कुरा काट्दै हिनेका छन् गाँठे! आफ्नो याँ हानीमुन चल्दैछ अझै रे क्या!
कुरो के भो भने केटा हो, दाईँ सकेर ससुराली आइयो। "अब किन गाम् बस्ने ज्वाईँ, यतै पखरातिर केहि गरे कसो होला? अनि हजुर र याऊँकला पढ्नु पनि परो।" भनेर भन्छन् सासु ससुरा त! छोरीलाई दु:ख होला भन्ने लागेको रच ती बूढा बूढीलाई। हुनत अब हाम्रो गाम्मा पनि विकासे कलधारो, हेल पोष्ट (Health post), भटभटे हिन्ने बाटो बनिसकेको छ, गाम्मै बसेपनि याम्कीलाई खास दु:ख त हुने थेन, तैपनि मलाई पनि पखरै बसुम् जस्तो लाग्यो।
अब शहर बजाराँ बसे कुरै अर्कै हुन्छ, धेरै कुरा जानिन्छ। अब अलि अलि कमाएर मात्तै गाम् आम्छु म केटा हो अब!
आजभोलि महेन्द्रपुलमा आइमाइका लिपपोत गर्ने सामान (cosmetics) को पसल चलार बस्याछु म त! च्वाँक च्वाँक केटी पनि हे्र्न पाइने (हुनत क्याम्पस छुट्ने बेलाँ याम्कीले एकछिन छोड्ने होइन पसल, 'केटी देखेसी तिम्ले त जे पनि सस्तोमा दिन्छौ' भन्छे।)।
हिजो सिरे र काका आ'का थे। काका पहिला अलि अलि खुट्टा खोच्याम्थे, अहिले त ठम ठम हिन्दा रचन्। काँ के ओखती गर्यौ बूढा भनेको, "नेपाने डाउडर (Doctor) ले दे'को अम्रिकाको बिजुलीको तेल दुई दिन दलेको च्वाट्टै भ'। अब त म पनि तन्नेरी भ'छु; तेरी काकी अर्की एउटी पनि ल्याम्छु अब।" भनेर हाँसे।
"एउटा जडुरी (जरुरी) कुरो छ गोताएँ। एकछिन बाहिर जाम् ।" भनेर काका र सिरेले भनेपछि याम्कीलाई पसलमा छोडेर म पछि लागें। माडेको पसलमा चिया खान थालियो। "भउते साह्रै छटपटायो ब्या गर्न नपा'र। केटी खोज्नु पर्यो गोताएँ। बुहारीका साथी भए कुरो चलाईहाल्नु पर्यो। नत्र भउतेले रात बिरात कल्लाई समात्ने हो!" काकाले भने। सिरे पनि हामीसँगै थ्यो एकछिन त, बाहिर फेटा बाँधेको जोगी देखेपछि उतै लागेर धूवाँ उडाम्दै थ्यो।
"हुन्छ काका, म याम्कीलाई सोधम्ला। बरु भरे भातचैं मैकाँ खाम्। सुत्नचैँ लजै खोज्नुपर्ला, एउटो कोठो लेर बस्या छम् ऐले।"
तेसपछि काका र सिरे लेउसाइट (lakeside) तिर लागेका थे।
याम्कीलाई सोधेको, "साथी त छन् केरे तर भउते त अलि कस्तो कस्तो लाउच मलाई त, ...." भन्छे। "भउते मान्छे खराब छैन बरा, तेत्रो प्याज (डी) खेती गरेको छ, तिनटा लैना भैँसी, चारौटा लैना गाई छन्। गाम्लेलाई डाह लागेर नचाइनी हल्ला चलाका हुन्।" भनेर मैले सम्झासी "भउतेलाई स्वाम्ने (सुहाउने) केटी छे भण्डारढीकाँ। मेरो ईसकुलकी साथी हो। नस (नर्स) हो ।" भनेर भनी। "बरु अग्ली र अलि अलि मोटी भा भेर केटाहुर्ले टडक भनेर जिस्काम्छन्।" "भउते पनि खाइलाग्दो छ नि, मुरीको धोक्रो एक्लै बोक्छ। टडक त के पिलेनै (प्लेन) पनि भउतेले धान्छ।" मैले भने।
हुन पनि हो।

*******************************
बेल्का त काका मात्रै पो आम्छन् ए!
"खोइ सिरे?"
"त्याँ लेउसाइटाँ एउटा देब्रे कानाँ मुन्द्रो ला'को छक्का जस्तोले 'आई लप यु' भन्या थ्यो, सिरे त पछि लागो। मैले नजा भनेको मानेन, गाँजा' सूरमा थ्यो। छक्काले धक्का देसी गाँजाको सूर सिध्धेर आउला नि भरे।"
तै याम्की भान्छाको धुनमा थिई र यो कुरो सुनिन, नत्र अहिलेको अहिल्यै जमुनी भाउज्यूलाई फुन गरिहाल्थी! अनि हुन्थ्यो सिरेको न्वारान!
केटीको कुरो सुनेसी काकाले पनि "काईदा हुन्छ तो केटी र भउतेको जोडी!" भने । भउतेको कुरो भण्ढारढीककी नससंग चल्ने पक्का भो। भउतेले इञ्जेउसन (इन्जेक्सन) दिने भो नसलाई यसपाली! अब कता कता के के हुनी हो!
सिरेचैँ राती नौ बज्नी बेलाँ आईपुगो। अनुहार अलि न्याउरो थ्यो। याम्कीका अगाडि सोध्ने कुरो भएन। लजमा काकाले सोध्लान नि रातभरि।
 
Posted on 12-24-05 6:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>यसो मनमनै कुरो गम्दाखेरी त बिर्खे माइल्दाइको पनि राम्रो सुर छैन जस्तो मान्चु म त ! कैले फिलिप्फलपी भा'ठाम्मा भँइँमा लडेँ भन्चन, कैले आफ्नै सुराँ "केटीले शेखी नअर्नु" भन्दै हिडिरा' देउछु !

हँसायो यो गर्मिनीका समूद्रले।

चित्रेको त यता आयरीतिर जाने बेला भऽछ केरे अनि मैनासित बिदा माग्दै हिने बरा।
कुरिराखे त हुन्तो मैनाले।

चित्रे:
>
जाँदैछु है म बिदेशमा
जाँदैछु है म बिदेशमा
धन कमाई ल्याउने आशैमा
नरोऊ है आपा हे आमा!
म आउँछु २,४ वर्षमा

जाँदैछु ... ... ...

कर्मले लेखेको यो दिन
यो मन रुन्छ छिनछिन
होऽ,
कर्मले लेखेको यो दिन
यो मन रुन्छ छिनछिन

बावु आमा दजुभाइ छोडेर
जानुछ मन यो बाँधेर

जाँदैछु ... ... ...

कलम कापी लिएर
दु:ख पिरलाई बिर्सेर
होऽ
कलम कापी लिएर
दु:ख पिरलाई बिर्सेर

लेखौँला चिऽठी हाँसेर
आफ्नो घरलाई सम्झेर

जाँदैछु ... ... ...

दिन र रात गनेर
महिना बर्ष भनेर
दिन र रात गनेर
महिना बर्ष भनेर

चाँडै नै आउँछु म फर्केर
खुशीको बहार बोकेर
औँसीको रात बिते झैँ
दु:खको दिन जानेछ
बिहानी घाम झुल्के झैँ
सुखको दिन आउनेछ
सुखको दिन आउनेछ
दु:खको दिन जानेछ

जाँदैछु ... ... ...!

 
Posted on 12-24-05 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा पनि कम्तिका रइन्चन् ! बिचरा त्यो चित्रे को निम् पारेर आफ्नै मनको गीद गाइदिनि? हा हा हा हा !
अनि बिरानो देशा'ड आफ्नै देशतिर कैले लाउनी हो नि ? सँगै जाम दादा, म पुनि आजको ठ्याक्कै पैँसठ्ठी दिन पछी जानि हो ।त्यो दोँवा हुदै नेपाल जानी वाइपङ्खी चडेर ! यो जाँठो गर्मिनिमा बस्तिन म ! मुन्छे पनि सपै लाखु जस्ता याँ त ! रिस उठेर आम्नी हेरन ...यौडी लाखुनि सँ यसो मयाँ पिर्तिका कुरा अरम भनेको त्यै पनि ठूलि हुन खोच्चे.... वा वा हो !

लौ हेर त, काम अर्दा अर्दै यो चौताराँ नआइ त चित्तै नबुझ्नी ! मेरो कामको चटारो येसै छ घराँ, म त हिडेँ ।
 
Posted on 12-24-05 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता गएछन् सबै?

ए समूद्र तिमी कहाँ हो यार त्यहाँ?
----------

चित्रे + मैना

 
Posted on 12-24-05 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-24-05 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता मैना भने बिचरा चित्रेको प्रवृ्तीप्रति आसंका गरेर छटपटाउन थालिन्। अल्छी गरेर चिठी पनि लेख्दैन, नगरुन् पनि किन।
घाँस काट्न जाँदापनि याद गरिराख्नी, मेलापात जाँदापनि चित्रेकै सम्झना गरिराख्नी नि। हैन ए चित्रे इ-मेल त गर यार मैनालाई।
लौ मेरा हात चिठी छ।

मैना:

गोठालो जाँदा लाएको माया
खेतालो जाँदा भुलेछ
पोखरा जाँदा गाएको माया
काठमाण्डु जाँदा भुलेछ
निष्ठुरी मायालु
निष्ठुरी मायालु

गोठालो ... ... ...

(सारे सारे सारेग
रेम रेम रेमप... ... (

बाटो त टाठा थिएन तर
मन धेरै टाढा भएछ
बाटो त टाठा थिएन तर
मन धेरै टाढा भएछ
रोती को रानो छोडेर मौरी
नौडाँडा काटी गएछ
निस्ठुरी मायालु
निस्ठुरी मायालु

गोठालो ... ... ...

पुरानो माया तेर हो फाटेर हो कि
बिरानो नयाँ रोजेको
पुरानो माया तेर हो फाटेर हो कि
बिरानो नयाँ रोजेको
माया त बुढो हुँदैन हजुर
माया त बुढो हुँदैन हजुर
बिर्सन हो कि खोजेको?
निष्ठुरी मायालु
निष्ठुरी मायालु

गोठालो ... ... ...


 
Posted on 12-25-05 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दादा, मैले पनि मैनालाइ इमेल गरें नि। फोटु समेत याटाच गरेर पठा'को छु। साथमा कस्तो हिर्दय छुने सन्देश पनि छ। पढम्..
(मुना मदनबाट चोरेको)


हे मेरी मैना! नभन त्यसो, जूनमा फलेकी।
फर्कन्छु फेरी म चाँडै भन्ने किन हो भुलेकी?
म बीसै दिन बसुँला आयर, बाटामा एकै दिन,
चखेवा फेरी आउँछ उडी बिहान कुनै दिन,
प्यारी! भेटको बडा दिन!
कि मरिछाड्यो, कि गरिछाड्यो मर्दको इरादा,
नहाल प्यारी! बाटामा मेरो आँसुको यो बाधा।
अनार दाना दाँतका लहर खोलेर हाँसन,
तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन।
प्यारी! बिदामा हाँसन।

 
Posted on 12-25-05 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए फोटु त आएन छ। फेरी याटाच गरें ल।

 
Posted on 12-25-05 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर त चौताराँ यो वरका बुटाँ त के के ल्यार टाँस्या होलान ! म त पखरातिर फिलिम फेरिएच र तिनै हिरो हिरोनीका नयेँ नयेँ फुटा टाँस्या रचनकी भन्ठानेको !

मैना त गरीखाने खाले नै रचिन्, इस्कूल जाँदा पनि खेताँ पानी भ'को नभ'को हेरेर, मिला'र जानी कति राम्रो बानी र'च ! दादाले मैना नानीको फोटु काँ पाऊँदाहुन कुन्नी ! आर्का दौँतरीले फेरी मैनाऽऽ नाममा ताजा झिलिमिलि फोटु चिटिक्क पारेर टाँस्दिनुभे'छ !कुन ठामको होला यो ?

ल है दम्तरीरू किसमुसको बेला सपैलाइ मेरोनी धेरै धेरै माया अनि शुभकामना !

 
Posted on 12-25-05 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा आउन मुन लागी हाल्नी, आएसी लेख्नुलाई हात चिलाइहाल्नी.क्यारम क्यारम क्यारम भओ. अनि मुनामदनकै चोरेर हाल्दिनु मुन लागो.

मैना:

आयराकी ठिटी, आँखाकी छिटी,सुनमा कुँदेकी,
बुल्बुले बोली गालाको बिच गुलाफ फुलेकी !
ती सबै नाँचुन् ती सबै खेलुन् X_masको माहोलमा,
मलाई बिर्से यो आँशु पिर्ला भन्नेछु म डरमा !
... ... ...

---
हाम्रा गामका पत्रिकामा चित्रेको गजल देखे झैँ मानिचु मुइले. आयरल्याण्डबाट भनेसी पक्कै चित्रे हुन बेर छैन.

- http://www.nepaljapan.com/Sahitya/2005/December/24-2.htm
 
Posted on 12-26-05 12:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दम्तरीहरु सप्पै आक्कल झुक्कल देखा पर्छन बा आजकाल। म चैं यो अम्रिगन सापहर्को दशैंको पालाँ चेपाचेपमा पर्याछु। अब 'आफ्नो दाइँ सकिवरी आर्काको नी भ्याइन्छ र अम्दानी बढ्छ भने त किन नअर्नी र' भनियो आफ्ले त। बेला बेलाँ साथिहर्ले के भने त चौताराँ भनेर च्याइ पनि रा'छु, साझागाममा खुसुखुसु गर्न नी भ्याको छु। तर खैरेहरु रमाको देखेर त आफ्नो देशकै गामको झल्को आम्नी क्या।
आफ्लै त 'कौवालै बेल पाक्यो, हर्क न बिस्मात'।

भिरमाउरीलै भिरको पिर, घरमाउरीलै घरको पिर
यो माउरीको मनचैं पर्यो, भनको तिर, सलाम भनको तिर,
ए बिजुलीको तार तार तार तार तार
फुर्सत भए ए हजुर भेटौं शनिबार।
 
Posted on 12-26-05 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले डाँडा बारिका बेलाम्तीका बुटा' टुप्पा'ट हेरेको, कट्टुवालको साँहिलो आएर चौताराँ आँसी उदाए. अनि आँसि कत्तिको लाग्नी भओ त नि भनेर टेस अरेको होला नि, साँहिलोले चौतारीया पिपलका बुटाको उँधोतिर लर्केको झु्पुल्लो हाँगालाई झ्या्मम काट्छु भनेर बुरुक्क उम्ले. अनि दम्तरीको काँजो साँजो फुक्ल्यो आँसिको, अनि "हैन,कता अल्झो आँसी?" भनेर एक्लै गुनगुनाए... पछि लास्टाँ झ-यो, तेइ झुपुल्लाँ अड्केको रच नि आँसी त.मैले बुटा' टुप्पा'ट टुलुटुलु देखेँ नि केटा हो.

साँहिलो:

पाके सुन्ताला
नटिपे है माया कुन चाल
टिपे यो चाल
... ... ...

 
Posted on 12-26-05 3:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, त्यो गजल मद्वारा लिखित चैं हैन, अरू नै कोइ हाम्रै गाम्ले पर्नु भए जस्तो छ, नाम कतै सुने सुने जस्तो लाग्छ.
हाम्रो अलि फुर्सत नभइरा'छ क्या ठूला साहित्यका काम गर्ने, फेरी गजलको त 'ग' सिक्न नै बाँकी छ. मैनालाइ चैं कतैबाट चोरेर भएपनि इमेल लेख्दै गरूँला अहिलेलाइ.
 
Posted on 12-26-05 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्लै परियो आजनी चौताराँ त ! कता जादा रचन दम्तरीरू नी ! दिक्क लाउनी ! यो मन भन्नीकुरोनी के हो के हो कैले कैले त यसै बिरह चलेर आउच !

मन रहे पो माया प्रिती, हाँसखेल हिरा मोति
मनै मरे के को तिर्सना..
होऽऽऽ मनै मरे के को तिर्सना..
मन फुले पो हरियाली पोहोर साल यसपाली
मनै झरे के को तिर्सना..
होऽऽऽ मनै झरे के को तिर्सना ।

जति बाँधीराखे पनि मुहान सरि फुट्दो रैछ मन
गँगा जति बगे पनि आफैभित्र सुक्दो रैछ मन
जति शिखर टेके पनि उल्का सरि खस्दो रैछ मन
जित्न सबलाई जिते पनि आफैसँग हार्दो रैछ मन

मन रहे पो माया प्रीतिऽऽऽ.....

आफ्नै आगन् पुरिदिन मझेरी त कस्ले खन्थ्यो र
यति सुन्दर कोमल मनलाई कस्ले त्यसै भाँचू भन्थ्यो र
बुझ्नै पर्ने कुरो यौटै साँचो माया हराउँदैन
अर्काको मन भाँची आफ्नै मन त पलाउँदैन

मन रहे पो माया प्रीति हाँसखेल हिरा मोति
मनै मरे के को तिर्सना..
होऽऽऽ मनै मरे के को तिर्सना
मन फुले पो हरियाली पोहोर साल यसपाली
मनै झरे के को तिर्सना..
होऽऽऽ मनै झरे के को तिर्सना ।
 
Posted on 12-26-05 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर धेरै दौतारि हरु त कता हराएचन । कोइ त बेलडाडा तिर लागेचन केरे, कोइ चाइ आर्कैको दशैआं खसि बोका काट्दै फुर्सत रैनच । म नि यसो दाइ साइ सकार अर्काको गामको दशैको जात्रा हेर्न गको नि । त र मुन्छे जात्रा भए नि मुन चाइ त यइ चौतारिआं हुने के फेरि ।
 
Posted on 12-26-05 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै कता हराएचन । अजै पानि अउरेजि दशै ला जस्तो छ केटहुरलाइ ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters