[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI V

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 195437 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-26-05 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारिया त छपनि थपिएको थपिएइ छ , झन झन कुदेका छपनि पो देखिन थाले! गाम ठामको सम्झना मेट्न फुटेकै ढुङा त काफी छन, कुदेका छपनि ले त मोहनि नै लाए । यसो ट्याम मिल्यो कि केइ ने केइ निहु पारेर दम्तरिहरु आइ हाल्चन केरे । मिठा मिठा गफले त एकैछिनमा गाम पुगिन्च केरे । कस्तो मिलार कुरा अर्चन यि दमतरि हरु, जति पढे नि मनै भरिन्न के, पढम पढम हुन्च ।
दमतरिहरु फेरि नि जुटम, उहि छापाको चोतारिमा, मिठा कुरा कुरा अरेर मनै हलुंगो बनाम, मनै खुसी बनाम , फेरी फेरी केइ निहु पारेर चौतारिमा खुसुक्क आउने माया लगाम । पुराना छपनि हेर्न तलका पाइटा समातम ।

भउते हरायो
चौतारी १
चौतारी २
चौतारी ३
चौतारी ४

 
Posted on 01-09-06 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ केटाओ, खुदाआ कुरो गरिहाल्यौ, यां कुरो गइरो भअछ। अब, १५, १६ बर्ख को उमेरां खुदो कति बाक्लो हुन्थ्यो गांठे, खैरो खैरो रंको। आचलत, उखुनि उति राम्रो नभाझै मान्चु, ऊखुबारिया केटाओ जम्मै झारपात उम्रेर, उखु चुम्रुक्क भअछ। अब, गन्नेओ झार, बेतेओ झार सप्पै उखेल्न पर्नि भअछ। अनि त्याड, बल्ल उखु गतिलो होला! हुनत आचल बजारा कुन्नि केजाति दबाइ आछअरे। "लाले चाइयो भने भन है" भनेर अस्ति दादाले भन्याथिए। गोतांलेत झन भख्खर बिया अरेको केरे, दैबलाइ तो दबाइ त सितलि मिठइ झै चुरुम चुरुम अरे। एउफेरां २ टब्लेट नचपाइ कोठि छिर्निओ भने ५ मिनेटां बाइर आउनि अरे, ओखति खा'सिभने तेसै सिऔरि खेलौ खेलौ हुनि अरे। आफु जे भानि येउ फेर सिरे सित सल्ला नअरि पाइलो नसार्नि बानि। लागियो सिरेआ घरतिर।नेपेले बजारड गोडा २ दर्जन टब्लेट ल्याछन भन्नि सुन्योछु, सिरेलाइ लिएर जान पर्ला।
 
Posted on 01-09-06 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु लाले नि आएच। कता 'तुच्च तुच्च' पार्न गो भन्ठान्या त कोलडाँडा तिर वस्तु चराउन गा रेच
 
Posted on 01-10-06 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(अब धेरै छाडा नबोल है दम्तरीहुर, फेरि अहिले नेपे दाजीले सुने भने कान बटार्छ्न्. धन्न सुनेनन् र हो. ए प्रमूख सचेतक, काका केटाहुरलाई यसो ठेगानमा राख है. )

मैले केटाहुरका ट्रेडमार्क फेला पारिचु. अब केटाहुरलाई ट्रेडमार्क दिनुप-यो. चौतारी ५ बाट पारित गरेर.


सिरेको त "माडम्! गुल्टयाम्!! Keep Rolling ..." भइहाल्यो.
नमेको "छापाको चौतारो" भो.
भउतेको "जुन खोलिमा अउँ पानि छैन अउँ... ..." भो.
मुन्द्रेको "ए बाबा ठाकुरे!" भो.

लालेको "ए! के भअ धर्मे स्यानाबा?"
बिर्खेको माइलाको "जिम्माल" भो. गौतमजीको "गोतामे" नै सहि ल, चित्रेको त "मैना" भो.


काका, नेपेसाइलाको म सोचुम् न है.
 
Posted on 01-10-06 3:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाले त मेरा घराँ आएर हरितालै लाएर बसे केरे । भन के परो भनेको बोल्दै बोल्दैनन्। त्याँसी एक छिन पछि
चा सा खान दिएँ । अनि धेरै बेर पछि बल्ल बक्के फुटाए ।

कुरो के भनि नेपे दाजीले अस्ति नै बटौली तिरा'ट के हो के हो दबाई लेराका छन् अरे । अनि के हो त नि भनेको
मरिगए भन्दैन केरे । खै के जाति हो दबाई हो भन्छ, अपुर थोक भन्दैन । मैले त कुरो बुझेको भा त मरिजाम् ।

त्याँसी मैले, "ठिकै छ त नि, अनि हामी जाम्ला त नि नेपे दाजीका घराँ, त्याँसी उनलाई भेटेसि के भन्नी हो त
नि तिनलाई" भनेर सोधेको लास्टाँ "मलाई भन्न अप्ठारो भओ, उहीँ नेपे दाजीका घराँ जो जाम्, त्यँही भनम्ला त
नि " भन्च केरे ।

ठीकै छ त नि भनेर नेपे दाजीका घराँ जो गईयो । उनको कोदो पनि पसारो परेको रहिछ केरे आगनाँ । कोदो ठटाम्न
ठिक्क परेका रैचन् । त्याँसी हामीलाई देखेसि नेपेले, "के काम परेर आम्नु ओ, सारै काम नभएरै लन्ठिराको भए मलाई
आज कोदो ठटाम्न पर्म लाम्नुस केरे, भोलिपर्सि तपैँको नि खेत बारी जोतिदिएर तिरम्ला त नि" भने ।

मैले, "खै दाजी, लालेले तपैँसँग के कस्तो हो दबाई का गोली छन् अरे, खास त तेही भनेर आको हो। मेरो त काम छैन
आज, मैले सघाम्ला, लाले सित हजुरले जो कुरो अर्नुस " भनेँ ।

अनि लालेले "तो तागत दिनी दबाई छ अरे तपैँसित, तेही ईतिकिति दुई-चार गोली-केउसुल (capsule) दिनुहुन्च कि
भनेर " भने ।

नेपे दाजीले त्याँसी , "तेस्तो त केही छैन, तागत दिनी त दबाई कहाँ हुन्च र, भन्नी मत्रै हो पैसा ठटाम्नलाई । दबाईले
त तागत दिनी हैन, खान्कीले हो खान्कीले । बरु सुत्केरी आईमाईलाई दिनी त के के भिटामिनी चक्की हुन्चन् तर हामी
लोग्ने मुन्छेलाई त केही नि भए झै मान्दिन । तेही भिटामीनी सिटामीनी चाईनी भा पुनि नेपाने डाउँडरकाँ पो होला र,
मेराँ त के हुनी हो र । गोरस छ गोरस बेस्सरी तागत दिनी, मोही खान्चौ भने सारेर लेईदिन्चु केरे" भनेर भित्र गएर
एउटा सिल्टेको आम्खोरा भरि मोही ल्याएर दिए केरे ।

लालेको मुखै रातो पिरो भयो, केही नि भन्न सकेनन् । मोही सम्म खाए ।

अनि "तो कोदालाको बीँड बनाम्नी दबाई हुन्च अरे है, तपैँसँग छ अरे है " भन्चन केरे ।

न नेपे दाजिले कुरो बुझे न मैले । कोदालाको बीँड बनाम्नी त अलिक दह्रो काठको सोझो हाँगो काटेर त्याँसी हँसिया,
चईनी आँसी खुर्पाले ताछेर बनाम्नी हो केरे । बरु रामो-बसिलाको काम होला । मुन्छेले मुखबाट दबाई खाएर पुनि क्यारी
कोदालाको बीँड बन्दो रैच र कुन्नि । केटो कोलडाँडा तिर गाको थियो, केही बौसी बन्डाईनी चईनी भूत-प्रेत मसान ससान
के के लागेछ कि क्या हो लाले लाई झैँ माने मैले मनमनै ।

नेपे दाजीले भने फेरि "लालेलाई नि खुवाम्नु भओ क्या हो शिबबुटी बिहान-बिहानै जो " भन्चन केरे । मैले अब के भन्नी
हो र, अनि "हो हो दाजी " भनेँ ।
 
Posted on 01-10-06 3:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि हुन्च भनेर नेपे दाजीको कोदो ठटाईयो दिन भरि जो ।

 
Posted on 01-10-06 3:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई भित्र-भित्र बेसरी डर लागो लालेको हालत देखेर । केटालाई पक्कै केही लागेको हुन पर्च । यसलाई भूतले छल्यो
होला केरे, सातै गए जस्तो छ । बेलुका यही कोदो लिएर गएर धोबिनी भाउजुका घराँ रौसी पारेर चईनी सबभन्दा माथिको
तीनपाने चईनी लालेलाई खुवाम्न परो, अनि लालेको अलि आँत आम्छ कि भनेर बिचार गरेँ । फेरि रउसी खानी कुराँ त
"तुच्च तुच्च भनेर केटो अगाडि जो सर्छ केरे ।

अनि कोदो ठटाएर सकेम र निफनिसके पछि नेपे दाजी सित फेरि एक पाथी कोदो लिएर गयम् धोबिनी भाउजु कहाँ ।
धोबिनी भाउजु रउसी पार्दै छन्।

 
Posted on 01-10-06 3:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाले ले चईनी हेर्दै छ रउसी पारेको वाहनाँ । अब फेरि के भन्नी हो, बन्चराको बीँड भन्नी हो कि, चाँडै जो रउसी पाके त
यसलाई खुवाएर लगेर सुताईदिन हुन्थ्यो ।

Keep rolling...

 
Posted on 01-10-06 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चैना फुल्टिन
भेलीको रौसीले धन्नै गुल्टिन...

चौतारो त हिजा'ज अति नै जो रमैलो भ'अस्तो मानिचु ! बेल्डाँडातिरा'ट नी भोगटे निचरेर आचन दम्तरीरू , फेरी खुदा कुरो नि अरिचन के हो कुरो ? कुराको चुरो ठम्याउनै गारो परो मलै त !

जे भा'नी बर्थेयाँ सपैले जो मीठा मीठा खानिकुरा ल्याइदेया रचन । लौ है सपै दम्तरीरुलै मेरो थ्याङ्कू छ ।

बस्न त मन थो चौताराँ एउछिन क्यार्नु खै मलै त हिजा अनिदाले कतिखेर ग'र बुङ्लुङ्ग ओछिना ग'र लडम् जस्तो भैच,

एऽऽ साँच्चै, सिरेकाजी ! जमुनी भाउजुले मलै भनेर पठाको तो गुन्द्रुकको तिउन र कोदाऽ रोटा सारै स्वादे मानेर खाएँ मैलै त ! ओहो कति मीठो अरेर पकाम्नी रचिन बाबा ठाकुरे ! घराँ ग'र भाउजुलै नी मेरो थाङ्कु छ अरे भन्दिनु है।

आजलै मु त गयेँ । नमरि बाँचे कालले साँचे फेरी भोलि भेटम्ला !

 
Posted on 01-10-06 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HANA,
Ajkal Shire r Nepe Daji kata haraichan???
 
Posted on 01-10-06 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सिरेले रौसि पारेच, अब लाले संग बसेर 'तुच्च तुच्च' पार्नु परो
:)
 
Posted on 01-10-06 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(अब धेरै छाडा नबोल है दम्तरीहुर, फेरि अहिले नेपे दाजीले सुने भने कान बटार्छ्न्. धन्न सुनेनन् र हो. ए प्रमूख सचेतक, काका केटाहुरलाई यसो ठेगानमा राख है. )

....टँअटा (सचेतक)ले कोर्रा (ह्विप) लाउँदैआँ टेर्नि भए त हुन्तो के रे नि आजकलका केटाहुर?
तेसैमाथि म त झन मैले यो चौपाराँ आएर धेरै गफ अर्न थाले भनि नेपे दाजी त देखै नपर्नि भए भन्ठानेओ थेँ। तै दादाले मलाई जो यिन केटाहुरलाई ठेगानमा राख्न परो भनेओ चैं बडो चित्त बुजो है मलाई त। होश गर् है लंठू हो!

तै नि आजकलका केटाहुरले चौपाराँ बसेर नाना थरिआ कुरा त अरिहाल्चन् नै भन्नि त हाम्रा नेपे दाजी जस्ता ज्ञानी, जान्निसुन्नि मुन्छे ले त बुजिहाल्चन के रे नि। रिसाउनी वर्नि त किन अर्ते! हैन तो नेपे दाजी? अव यो चौपाराँ बसेर सधैंभरि दुखआ कुरा नि कति अर्नि हो र? कैले कैले केटाहुरले निबुवा, भोगटे निचर्नि कुरा अरेको, उँखू पेल्नि, कोदाला हो कि बन्चराओ बिँड जत्रो बनाउनी कुरो गरेओ सुन्न नि रमाइलै जो हुन्च के रे नि! वान्नाओ दुलो, बाँसओ ढूँग्रोआँ के के जाति हालेको, गामका जुरेलीहुरलाई उत्तानो घोप्टो के के जाति पारेओ कुरो नि कैले कैले चौपाराआ केटाहुरले गरे भनेर नेपे दाजी किन रिसाउँते? हामी हाम्रा पालाँ तन्नेरी झिल्के हुँदा तिर चौपाराँ त तेस्तै जो कुरा धेरै अर्तिम। अव नये केटाहुर चैं अर्कै भआ भए के जानम् खै म।
....अव त साँच्चै जो हराउनी भए!
 
Posted on 01-10-06 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले सुन्याको कुरा हो, मैले सुन्याको कुरा हो
गाउँ घरमा तिम्रो मेरो हल्ला चल्याको कुरा हो
झ्याम्म झ्याम्म

बैँशको बेला हो यो नरोकिने उर्ल्या भेल
खेर जाला जोवन कतै बैँश भन्ने हुन्न सँधैँ
झ्याम्म झ्याम्म

छतिर गढी तल पर्यो, माथि पर्यो खैरवा
देउकीलाई साछी राखी खाएको कसम
झ्याम्म झ्याम्म

जात भात भन्दैन चोखो यो मायाँले
दुइ मन मिले पछि छेकिदैन डाँडैले
झ्याम्म झ्याम्म

यो ज्यानले रोज्याको तिमीलाई साँच्चैहो
घरमा पनि आमैलाई बुहारीको खाँच्चैहो
झ्याम्म झ्याम्म
 
Posted on 01-10-06 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेजी ! यो -याप हो की पप हो ? :)
 
Posted on 01-10-06 6:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्याने जी, यो -याप र प्याप बीचको ख्याप हो :-)
 
Posted on 01-10-06 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै भ'र पो रच, झ्याप झ्याप भ'को त ! कतै तिनपाने ले आफैँ झ्याप त हैन तपैँ ? :)
 
Posted on 01-10-06 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाइना फुल्टिन
तिनपाने रउसीले झन्नै गुल्टिन। :-)
 
Posted on 01-10-06 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाइना फुल्टिन
तिनपाने रउसीले झन्नै गुल्टिन। :-)
------------------------------------------
अब तिन पाने ला बेलां झ्याम्म झ्याम्म अरे पसि गुल्टिन्न त ? ल है कन्ननि डाडाट गुल्टिएर हाम्रा गाम तिर आइपुगौला ?
 
Posted on 01-10-06 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो' काका' कुरा सुनेसि बल्ल मजाभओ। येसो कइले कइलेत भा'तां खुर्सानि ठोसेर गास हाल्न
प-योनि, कि कसो काका।
इ सिरे फेरि, कुरा अर्न पाआसि के चाइयोर। बकेर्नो भैसिको थुना' नौनि घिउ लाअर तानि तानि पगारे झै, कुरा पानि पगार्दिन्छन।
हिजो, तल लाउरे ले मलायाट ल्याको रम अलिकिति तुच्च तुच्च पारेको अलि बडिनै बोलिएचकि कुन्नि, तेस्तो केहि भा भए धरोधर्म माफ पाम है।
 
Posted on 01-10-06 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिया बस्ने ठाम सकिन लाच । अस्तिनै दादाले छपनी राम्ररी हालम, जग बलियो भए पो चौतारो पनि जख्खड हुन्च भन्ते केरे । ल दादा छपनि कुदेर हान्दिम बिजुलिको तारां । तेइ फेउतालको छेउको रूख सार्नि काम त सप्पैले हुन्च भने केरे, यस पालि चै सन्जु छडुलिका जाने तअरो पनि हाल्नु पर्ला चौतारिको छेउमै । भउतेको झ्याल त हालि सकियो के रे । अरु के के राख्नि हो , बिजुलिकोतार समाउदै अरम केरे
 
Posted on 01-10-06 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागो, अघोषित रुपमै सहि, वयस्कहरुको लागि रिजाप भएको धागो हो । त्यसैले यहाँ यदाकदा वयस्क सामाग्री (अश्लिल नभनिहालौं के) आओ भने अवाञ्छनिय नहोला भन्ने मान्छु के रे ।

तै पनि कति चाहिं भनिहालम् भने, अचार जसरी अरु व्यञ्जन माझाँ पितिक्क हाल्नु र मेन कोर्स नै बनाअर ह्वात्त पस्किनुमा अन्तर हुन्छ के । तर पात पात अन्सार दुनो, दुनो दुनो अन्सार मुख, मुख मुख अन्सार जिब्रो, जिब्रो जिब्रो अन्सार स्वाद भन्छन के रे ।

अब क्यै कथंकदाचित दुत्कारीहालेचु भनेनी म कुट्या जस्तो गर्छु तँ दुख्या जस्तो गर गरे भैहालो नि त ।

अनि यि सिरे ख्याल कथा हाल्न जान्दैनन् । 'अरेबियन नाईट्स' लोककथाको 'शेहेरजाद' कै औतार होलान् यिनी भने झै मान्छु म ता ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters