[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - VI

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 216246 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-10-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण!
हो, कण्ठै खोली पैलो चरण!
श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!!
हो, बजाऊ गुरु धमधम!! ... ... ...

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा। चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्।
येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ। उ उता ढोका' छेउमा हुनुन्छ,,, खै अलि टाउको देखाम्त,,, ए भउते र नेपेजि हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब र हर्के ।ळ त ल जमौ अब,उ' तो रातो कमिज लाउनि दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआ के पस्किनि बिचार अर्नु भा छ।

चौतारीमा मै बसे होला कि १
मै बसे होला कि २
वरको हाँगो नुगेर छोला कि ३
सल्लै हो जोवन कल्लाई हो? ४
सल्लै हो जोवन कल्लाई हो? ५

 
Posted on 01-22-06 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल रमाइलो अर्दै अरम । यो लाले ले के कुरो अरेको हो कुन्नि ? मोरो छटाको ।
मुइले यसो पस्चिम झ्यालट (western europian windows) हेरेको सप्पै धागा मैकैका फुल जसरि एकै ठाउमा उनिएका (unicode UTF 8) रचन । केरे सप्पैले यउचोटि पस्चिमै झ्यालबाट (western europian windows)लेख्न कस्ट अरे नया नया मुन्छेहरुलाइ सजीलो हुन्थ्यो कि?
 
Posted on 01-22-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धत्तेरीका !यो कुरो त भेडो जस्तो पो हुँदोरच ! यौटाले झ्याल छोडेर लेखेसि तो पश्चिमको झ्याल बन्द अरेर पड्नै
परो के रे , अँसित्याँ'ट सपैले फेरि झ्यालतिर फर्केर नहेरिकनै लेखिदो र'च !
 
Posted on 01-22-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ भ र त मुन्द्रे कुरो उठाको । घर जान लाचौ, मेरो तर्फ बाट नि चिरादिको सांगमा पाति चडाइदिए ।
दादा पनि घर जान लाचन के रे, राम्ररि जानु है । त्यो पखर आउनि बेलामा बिजयपुरको पुल तरेसि कुडहरको फाटबाट उत्तर तिर देखिने गामको फोटु खिचेर यइ चौतारिमा टासिदिम । तेप फोटु हेरेर चित्त बुजाउनु पर्ला नि ।
सिरे नि जान लाको, सप्पै जान लाका----मलाइ नि जाम जाम लाग्यो ----तर क्यार्नि तेइ नगर बसको खलासिले जस्ते ढ्याङ ढ्याङ ढ्याङ ढ्याङ ढ्याङ(जाम जाम जाम जाम नजाम) अर्ने त होला नि ।
 
Posted on 01-22-06 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो लालेले छाडा छाडा कुरा गर्छ यार, पख अहिले मास्ट्रनी नानीले सुनिन् भुने खान्चौ - येलो काड. मेरो जस्तो अड्कलेर पो गर्नुपर्छ - हेर मैले टाँसेको फोटुमा लाजका गहनाहरु देख्यौ भने भन केरे! जति निउरी परेर हेरे नि देख्दैनौ. अनि मलाई किन येलो काड आम्छ?
 
Posted on 01-23-06 1:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए दम्तरी हो! यो चौतारीको झ्यालमा त अरु अरु धागा पनि आएर मिसिएका रचन्। हाम्रा धागा हुन् र ती? अऊरेजी नामका ती रिकुटे धागाहरुलाई चौतारीबाट लखेट्नै पर्छ।
 
Posted on 01-23-06 3:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै घुर्न गा जस्तो छ गौतमजी!
घुरुन् बिचरा!
Monday Morning सबेरै उठ्नुपर्दा अनि थाहा पाउँछन् सोमहुरले.
 
Posted on 01-23-06 3:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो दादा, हामी घुरिरहदा उठ्ने होलान् दम्तरीहरु। दादाको नेपाल यात्रा राम्रो होस्। झुक्केर पनि
शानेवानीको ट्याक्टरचैँ नचढ्नु है! कम्ता दु:ख पाइन्न!
 
Posted on 01-23-06 4:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को घुर्नी हो । राति राति अपुर काम हराओ केरे, अनि यै साझा छ त नि ।

दादा आम्नी भए भनेर पसुपति पुनि ओहोरै (अग्घोरै) खुसी छन। एउटा "झोला लेईदिन्छु भन्नुभाछन, सियो, धागो, कपडा सप्पै हाल्न मिल्नी खोपै खोपा भाको खोल्ती नै खोल्ती भाको" भन्थे ।

 
Posted on 01-23-06 4:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घराँ दादा आम्छन भनेर दादाको लागि छुट्टै कोठा तयार, ल हेर त ;)

अझ छुट्टै कोठा मत्रै हो र, तो कोठाँ जानी त दैलो ठेलो पुनि छुट्टै, तो पनि लिपपोत चईनी अरेर खाटाँ कपडा हालेर सप्पै तयार बनाका छन। ल दादा, चाँडै जानुस अरे ।अझ दादाको कोठाँ त तो सय वाटको बुलाप (lightbulb) पनि जोर्नु भाको छ अरे, फुटाँ नि देखिनी रईच केरे कालो तार त ।

Keep rolling...

 
Posted on 01-23-06 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेति मत्रै काँ को र ? जापुन देखि आउनी मुन्छे, थकै त ला'कै हुन्च के रे ! यति भा'देखुन त थकै नि मोर्लाकि भनेर
तेइ दोबाटे कि छोरी ले पारेको तिनपाने नी आलिकिति जोहो अरेर राख्या र'चन !खाट का दाइने तिर लुकाऽर राख्यो र'च ! कल्ले र'च कुन्नी यति धेरै मया अर्नी दादा लाइ !

 
Posted on 01-23-06 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो हाम्रा बुडाघरेओ घर परो ।दादा जापुन ट फर्केसी यस्तै मजाओ एउडा घुमाउनी घर बनाम्नी अरे लौ ! धुरी चैँ टिनका पाताले छाम्नी मुन छ पनि भन्ते के रे, क्यार्चन अब भौमान् जानुन ! बना'चन भने घर पैँचो अर्दा जान पर्ला हेर्न लाइ !

 
Posted on 01-23-06 7:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोलि बिहान म उठ्दाखेरि यो धागो भर्छन् केरे केटाहुरले नानाथरिका कुरा गरेर।
भोलि बिहान ३ मिनेटको भाषण अर्नुछ अड्डाँ अहिलेदेखि नै औडाहा भइच फेरि मलाई।
लु अब २८ पोस्ट त हो नि, लास्टा पालियाँ सबै दम्तरी एकेक थोक बोले नि भरिन्छ।

माछी मार न हो,
नेपे दाइ
रौसीलाई चटनी माछी मार न!

आउँदै गर न हो
मास्टर्नी
चौतारी सम्झेर आउँदै गर न!

खाना मीठो मकै चामल
तिहुन मिठो बोडी
यति राम्रओ चौतारीलाई
कहाँ जान्छौ छोडी?

माछी मार न हो,
बिर्खे भाइ
रौसीलाई चटनी माछी मार न!

 
Posted on 01-23-06 7:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माछी मार न हो
मुऊखिया
रौसीलाई चटनी माछी मार न!

 
Posted on 01-23-06 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाइले फेरि माछा को चट्नी र बोडी को तिहुन सम्झाऽऽर क्याऽऽऽऽऽ ।
अब क्यार्नु न क्यार्नु । तातो पानी हालेको चाउ चाउ खाएर मेलापात हिंड्दैमा ठिक्क छ । त्यसो नअरम्न हो । मन समेल्नै गारो हुन्छ के । अब माछाऽऽ चट्नी र बोडीको तिहुन सपनामा आउनी भो ।

नेपालाऽट आउंदा लेइदिनु होला ।
 
Posted on 01-23-06 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोदीका माछा कि मादीका ?
सेतीका खानी कि आँधीका ?
फेवाका खानि कि रुपाका ?
रानीपोखरीका माछाले त हुन्न होला ? माछाका पेटाँ मुन्छेको औँलो र औँठी दुवै भेटिन पनि कत्ति बेर हुन्न त्याँ त !:D
 
Posted on 01-23-06 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, यी काका त धर्मछाडा मुन्छै हैचन कि क्या हो? डोको बुन्नी भनेर लुकी लुकी आर्काको जनै काट्नी काम अर्चन जस्तो पो माने है मैले त ;)


दादा आम्नी भे भनेर सन्जु पुनि मख्ख पर्दै नेपे दाजीको फुटो ईस्टुडियोमा जो गएर चईनी फुटो खिचाईछ । यो
पाल्टा त जसरी नि लान्चु भन्थे अरे दादाले ।

Keep rolling...

 
Posted on 01-23-06 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


घर त गहिरी गाऊँ,
म फोटु पठाउँला
के हो तिम्रो नाऊँ?

 
Posted on 01-23-06 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि केटाहरुले फुलबुट्टे अक्षरमा लेखेचन के रे ! हुन त ३०० धागो पुन आटेसि सबै सल्बलाउचन के रे, यसपालि त के भ च कुन्नि ? दादा नेपाल जानि अरे केरे, यसपालि को चौतारी चिनेर जाम, सन्जु ठ्याक्कै फेला पर्चे त्यो पनि ३७ गुनले भरिएकि । ल यसपालि दादालाइ जिम्मा दिए चौतारो चिन्ने काम ।
 
Posted on 01-23-06 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पाउरवाल चश्माला'र निधार खुम्च्यौंदै हेरेको, त्यो सन्जु चैं इच्छाधारी नागिन रेछिन्। त्यै भे'र सिरेले आँखामा लेप लाईदे'छ।
 
Posted on 01-24-06 5:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो NAANI लाई आजै हो देखेको दाइने गाला चन्द्रंमा लेखेको फुल माया मा नभुल ......
पात खस्यो पिर्का झै बस्यो माया पानी को तिर्खा झै........
फुल माया मा नभुल...............




----------dedicated to SANJU----------
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters