चौतारी! चौतारी! चौतारी! कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुन्जायमान हुँदै, हँस्सी मजाक, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो सोह्रौं खुड्किलासम्म पुग्न सफल भएको हो।
म बिर्खे माईल्दाईको यौटा गीत गाएर यो चौतारी शुरू गर्छु।
होइ हाSS हाSS हाSS सानोमा सानो भन्दा मा रोसीमा खोलाले बगायो गएको हिउँदमा देखेको सानी अईले पो मलाइ छक्कायो
हाम्रो त बाजे को पालामा बाजे ले भन्थ्यो हेर केटा बिहानी दिउँसोमा बाख्रामा हेर बेलुकी भैँसिको कुँडोमा हेर एककोरी बर्समा पुगिमा सक्यो अब त यस्सोमा घरबार हेर जुत्तामा हेर्दामा ठुलो हेर बुहारी हेर्दामा सानो हेर
आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।
चित्रे क हो तिमीलाई त खाली भुगोल र भकुन्दो मात्र आउदोरैछ । अस्ती गणित सिकएदे । आज ईंग्लिश (english) सिकैए देउ रे । ल आउ A for apple B for Boy c for Chitre D for dog
ल यो कन्थ पार । अर्जिन्तीन जितेको मा बधाई छ तिमी र मलाई।
मीठो गीत सुनाए सान्कान्छाले। जापानले त भ-यागंको फेदमै लड्यो लड्यो, कोरिया पनि लिस्नो चढ्न सकेन अनि भकुन्डो सकुन्डो हे-या छैन मैले त। हुन त ट्याम पनि छैन हिजोआज। जे होस् सबैलाई बधाइ छ।
अनि नेपे दाइ पनि के हो लोकतन्त्र आएसी त आम्नै छोड्नु भो, हुन त यस्तै हो नेताहरुको काम। मैले त लास्टको लास्टाँ करैकरले भोट हालेको, गुनासो गर्नी ठाम पनि छैन छन त।
जे होस् रमाइलो गर्दै जाम्। काका साका, बबे सबे, सिरे पिरे, भौते सौते, नमे समे, सबैलाई सोध्याछु है।
पिरती र मास्टर्नी नानी २टी शिक्षिकाले स्कुल धान्या देखेर म पनि मख्ख छु। खुसुखुसु हे-या छु है हेर्न त दिनदिनै जसो।
ठुल्नानी तिमी कति किलासा हो औरेजी त साह्रै जान्ने पो रहिछेउ,ल सबै सिकाउ है चित्रे लाइ, हामि नि सुनम्ला।अनि फोउसे लाइ के भेछ ,इन्द्रेनि नानि लाइ कता को को म्याडोक्स् को मम्मि भन्या हो, तिम्रो आखा को चस्मा को पाउर् मिलेन जस्तो छ।ऐले नै आखा जचौ इस्कुल् लागेपछि पढ्न गारो होला नि। ओहो,दादा ,हामि नया इस्कुले ले नाम् चैखुब् सुन्या देख्न नपा मुन्छे,नमस्कार् है यहा लाइ।किन आउन छाड्नु भो के रे अचेल्? लौ अब चै आउदै गर्नुस् है त् येसो नये इस्कुले भुर भुरि लै कथा हाल्न ।खुसुक्क हेर्दै फर्किदै गर्न नपाइ है त अबदेखिन्।
नाम लिनु भएकोमा धन्यवाद । फाट्टफुट्ट त चियाईरहेकै छु साझामा, पोस्टिङ गर्न मात्र नभ्याएको हुँ । सधै एकनास नहुने रहेछ । फेरि साईबरलोकमा मात्रै उफ्रीपाफ्री गरेर राउनीति गर्ने फेज पनि होईन यो भन्या जस्तो मान्छु ।
साहित्य र राजनीति को मिसावट व्यापारमा छु अहिले, त्यो त तपाईलाई थाहा छदैछ ।
*** *** ***
गोतामेजी,
वाह ! वाह ! गज्जब छ, "शेर खाँ" चरित्र ।
तपाईलाई कुनै साता अतिथि बनाउछु है "साप्ताहिक शायरी" मा ?
ढाँट्छेस् ओ मोरी इन्द्रेनी, अझै सम्म सुत्दै छे, अल्छिनी मोरी! तलाई पख न भद्रे लाई नभन्दिए मरिजाम्! चौतारी स्कुलको १+२ किलास् =३ किलास् मा हुँदा खेरिको फोटो हेर्, ल मलाई अनि आँफै लाई चिन्! अझै सुत्दै छे! चाओ
साझा घुम्दै जादा ठ्याक्कै गाममै पुगे । गाम पुगे पछि चौतारीमा नआइ त काहा धित मर्च र ? यसो आफु पनि गामको हावा खाउ, अरुलाइ पनि हावा खुवाउ भनेर तल फोटु तासिदिए है ।
सबै कता गए छन? ओइ ! प्रिती ,इन्द्रेनि ठुल्नानि, चित्रे,सन्कान्छा, कुम्ले सबै कहा हो तिमि हरु? सान्कान्छा त्यो चिल् झै उड्ने तिमि हो?लौ गज्जप् गरेछौ नि त हावा म कावा खाएर। अनि दादा ,मौका मिल्दा हुदि हैन ,मौका मिलाएर आउनु परो पात् बजाउदै चौतारि मा। नेपलेअन् जि हावा ख्वाउने भन्दै पानि को फोटु टास्दिने :) (nice landscape though) सब् केट केटि ले रोल् न् नि बिर्सिसक्या जस्तो छ, सबै ले लेख्ने है त आफ्नो आफ्नो रोल् न्। मेरो २२ हो।
मेरो त नाम नि लेखाको छैन रे बा ले भन्नु भाको। अब बारी को धान बिक्यो भने भर्ना गरी दिने रे। धान को भाउ नि घट्यो रे यसपाली। खोइ अब कति रोल नम्बर भन्ने होला?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.