[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 229635 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-24-07 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी पूछारतिर पुग्न आँट्या भ'र माथि तान्देको। को को छन्, सबैलाई नमस्कार!
 
Posted on 01-24-07 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सबै जनलाई । आफ्नो त बल्ल प्रौढ शिक्षाको किलास् सकियो । खैरे मोरो ले आज नि थुप्रो गृह कार्य दियो ।

चित्रे को कुरा बुझ्न गाह्रो, कुरा जानेको कति साह्रो? तारेको म:म:= फ्राइड म:म्: , बल्ल बुझियो ।


जीवन रुप बिभिन्न किसिमको हुन्छ
आफ्नो त म:म: र चिलिम को हुन्छ
 
Posted on 01-24-07 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाइञ्जो औंरिकातिर आजचैं सबै नवै बजे सुतेछन् जस्तो छ! जिम्माल पनि घुरन थालिसक्या हो र भन्या!
 
Posted on 01-24-07 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त! कति चाँडै सुत्या होलान्। आफ्नो त नौ बजे सुत्ने बानी ४ कक्षामा मात्र थियो। :)
 
Posted on 01-24-07 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँ पा'र घुर्न थाल्नु नि गोताएँ! के जाति एउडो रोमाउँटिक गित हेरेर बसिरा!
हेर्ने भा तल टाँसिदिएको छु! लाउरे भाषाँ छ है गित फेरि!


 
Posted on 01-24-07 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिम्माल् बा ली अच्छा गाना राख्नु भयो, आफ्नो जवानी याद् आयो।
 
Posted on 01-24-07 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!!
हिजो चै ए तिमुर सुत्या छैनौ भुन्ने आज चै कति छिटो सुतेचन अरे?!
जे गरेनि यि जपुनाँ गाम्ले लै नहुने रे'च :)
( मनमनै -- लौ जा भुनिहाले के रे रिसाम्ने पो हुन कि )
 
Posted on 01-24-07 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मै! क्यार्न रिसाम्दा हुम् र मिस?

नमस्ते गरें।
****************

जिम्मालले ओखती खाने सूर ल्या'का छन्!
 
Posted on 01-25-07 1:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो राहुले नसुती कति चिलिम खाएर बसेको हो

 
Posted on 01-25-07 7:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु हूऊऊऊऊऊऊऊ ।
चिप्लु तिमी नेपाल जान लागेको हो । म त तिमी जिस्की रा भन्थाने । मैले एउटा चिनेको हाम्रै गाम् तिरको मान्छे सँग यो खस्रो गाडीको टिकात किनेको । तिमीलाइ उस्को फुन नम्बर चाँही छ भने मलाई ईमेल लेख्नु है ता ।

चित्रु के च त? खै मेरो प्यरो भुन्तु गाले।
 
Posted on 01-25-07 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु हूऊऊऊऊऊऊऊ ।
ठूली के च त?
 
Posted on 01-25-07 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

ठूली मेरो ठीकै छ, तिम्रो के छ नि? गरम् चाय पियौ? :)

तिम्रो प्याऽऽलो भुन्तु गाले फुजी पर्वतको टूप्पोमा तपस्या गर्दै स्वस्थानी लेखिरा'होला। :P


कुम्ले के छ? अचेल तिरू चैं कता गायव हो नि? बोलाउ न उसलाइ पनि।

अरू पछि आउने गाम्लेहरूलाई नि मेरो अग्रीम जदौ!
 
Posted on 01-25-07 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु हूऊऊऊऊऊऊऊ ।
ठूली, कुम्ले, चित्रे के च त?
 
Posted on 01-25-07 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि, चित्रु, कुम्लु मेरो सबै ठीक च । अनि तिमीहरु को के च ताआआआआआआआआआआआआआ?
 
Posted on 01-25-07 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु हूऊऊऊऊऊऊऊ ।
ठूली, कुम्ले, चित्रे, ह्यारी के च त?
 
Posted on 01-25-07 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो। कत्रो ठुलो हौ त्यो चिलिम त। ठुलि, भर्खरै ईमेल गरेको छु है तिमीलाई।
 
Posted on 01-25-07 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

huss chiplu. gwachu ke cha timro aaraamai taaaaaaaaaaaaa?
 
Posted on 01-25-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई सँचै छ ठुली, तिम्रो के छ नि हालखबर ?
 
Posted on 01-25-07 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुखी को घर मा मात्र तेरो बास हुने भए,
हे ईश्वर दया राखी मलाई अझ दुख दे

यो मैले अर्को threadमा देखे र राम्रो लागेर तस्दै छु ।
 
Posted on 01-25-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ मेरो नि सबै ठीक थाख छ । तेही सदै झै काम्, स्कुल घर उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ बोरिङ्ग लाइफ ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters