[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी ३२

[Please view other pages to see the rest of the postings. Total posts: 318]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 137437 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-21-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन



width="650" height="450">

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......


सान्नानी:
अहिले आएर कुरो उल्टाउछौ?
बासङ्ग कुरा गर भन्दा उहिले
".. not ready yet" भनेको बिर्सिन्छौ?

कति कुरिबसे
बिदेशबाट फर्केला सङ्गी भनी
सङ्गी त आएन आएन एउटो चिठि सम्म पाइएन
बा आमाको किच् किच् को अगाडि मेरो केही लागेन।

पून्टे दाई:
"बासंग कुरा गर" भनेऊ उहिले
जम्मा १७ बर्षको त थिएं जहिले
अनि त कुरो भयो नि चेट
भनेको मात्रै हैन, थिएं नै "not ready yet"

चिट्ठी त पठा'को भए पो पाऊँथेऊ त
जत्ति कराएनि ई-मेल तिम्ले काँ चलाउँथेऊ त?
राम्रै भो बा-आमाको किच् किच् सहन नसकेको
भेट्टाको छु यतै तिमी भन्दा धेरै चिटिक्क परेको।

दीप ज्यो:
कैले म सङ्ग कैले उ सङ्ग गरेउ
मायाको खेलमा मलाई डुम पारेउ
उ हिनेसी म किन रेडी हुनी हो?
तेई भेर ".. not ready yet" भन्या हो
 
Posted on 11-23-06 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, चित्रेलाई अस्तिदेखि स्तै लागिरहेको जस्तै म त इउरोपआँ हो तेइ भेर लामो बिदा मोरु, भोली अझै काममा खटिनु छ, तेस्पछि चाँही दुई दिन छुट्टी !!
चित्रे, तिमी त जासुस हो कि क्या हो ?
 
Posted on 11-23-06 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, धन्यवाद ज्ञापन दिवसको अवसरमा म चौतारीका सप्पै गाम्लेहरूमा धन्यवाद टक्र्याउन चाहन्छु। तपाईहरूकै योगदानले चौतारी यति रमाइलो र आकर्षक भएको हो। :-))
 
Posted on 11-23-06 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! ग्वाँचे, म पोरफेसनल जासूस त होइन, तैपनि यस्सो अलि अलि जासूसी चैं गरिटोपल्छु ।:)

मलाई तपाई इउरोपमा जस्तो लागेको कारण चैं तपाईको पोस्ट गर्ने टाइमिङ् हो। तपाई धेरै जसो अम्रिकामा बिहान सबेरै (४,५ बजे) हुँदा पोस्ट गर्न थाल्नु हुन्छ र युरोपमा साँझ नपर्दै पोस्ट गर्न रोक्नु हुन्छ, सायद घर जाने ट्याम हुन्छ होला।:)

तर निसे र जिम्माल बूढाको जासूसी चैं कसरी नमिल्या हो खै, तैपनि केही कारणले गर्दा मलाई अझै जिम्माल बा र निसे यौटै हुन् कि जस्तो लाग्छ। कारणहरू चैं पछि लेखम्ला।
 
Posted on 11-23-06 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-23-06 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-23-06 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो कस्तो हो धन्यबात टक्र्याउने चाड भन्या ?

ए चित्रे छुट्टै आइरिश भिसा पो हो ..........

म ता युके भिसालेनै काम गर्ला र तेता पनि घुमम्ला भनेको ता हावा खायो त .........
 
Posted on 11-23-06 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाचेको नया कथा गज्जब् छ उता बल्खु गाउँमा।
राते किन स्याड्?
हाई यामे
 
Posted on 11-23-06 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे, हो छुट्टै चाहिन्छ आइरिश भिसा, युके भिसाले त खालि उत्तरी आयर्ल्यान्ड मात्र जान पाइन्छ।

यो धन्यवाद टक्र्याउने चाड अम्रिका गाममा मात्र हो, खै के के गर्छन् राम्ररी था' नि भएन। साथी भाइको घरमा गएर टर्की खाँदै धन्यवाद भन्छन् क्यारे।:)

यामे बस्या देश नि था' भो ल, 'मध्यरातको सूर्यको देश' हैन त? ;)

आज चैं युरोपियन गाम्लेहरूको जमघट भो चौतारीमा, लौ केनडाँडा र जापुनबाट नि आम् ल गफ चुट्न। अम्रिकाकाहरूलाई चैं टर्कि खान दिम्।:)

अनि यो रातामकैले किन रून्चे मुख लाको नि?
 
Posted on 11-23-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, थ्यान्कस्!

चित्रे, मध्यराताँ सुर्जे त नर्वेमा उदाउँछ भुन्ने पढ्या थे मुइले त! ;-)
 
Posted on 11-23-06 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा चित्रे ले क्या गेस गर्या ल

उस्तै उस्तै हो नानु भन्या जस्तो हो चित्रे

ए सान्नानि हाइ हाइ के छ तिम्रो खबर्? तिमि ता अम्रीका तिरै होला क्यारे

धन्यबात टक्र्याउदै हौलि

ल मेरो तरफ बाट पनि सबै चौतारीका लाइ थ्याङ्स गिभिङ्
 
Posted on 11-23-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-23-06 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यामे पनि ङिचिक्क हाँसेर हिडेछ त
 
Posted on 11-23-06 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल २९० कटेछ चौतारीमा पोस्टिङहरु, कसैले नयाँ चौतारी चिनुम् त।

आज टर्कीको मासु खानुपर्ने छ अहिले बेलुका। त्यहि भएर दिनभरि भोकै बस्ने बिचार गरिराको छु, हेरुम् कत्ति बेला सम्म धान्न सकिन्छ।

आफ्नु त बिदाको दिन भर्खर उठियो। हिजो निश जी सङ क्लब गएको, बाबा!! कस्तो रमाइलो गर्ने हौ हाम्रो निश पाट त!

अनि सान्नानी, ग्वाँचे, चित्रे, यामे, राते के छ हौ हालखबर?

:-)
 
Posted on 11-23-06 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता त सब ठिकै छ कुम्ले ब्रो, तिम्रो चाइ छु ख ?
 
Posted on 11-23-06 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है गाम्ले हो! म त लागें बाटो! ३-४ घण्टा डाईभरी अर्न छ। हेप्पी थेङ्क्सगिभिङ!

हरन पिलिज! ;)
 
Posted on 11-23-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पुन्टे दाइ उर्फ निसब्रो भन्ने मेरो शंकाबाट हटेको (?) मान्छे,
ह्यभ अ ग्रेट टाइम!

यतातिर पनि आज थ्याङ्क्सगिभिङ् र'च। आज बिहान हतार हतार कलेज गा' त! क्वै पनि छैन। म त एकछिन ट्वाँ परिराख्या भन्या।
अनि गाम्ले हो, एक अर्कालाई धन्यवाद दिंदै गरम्। म चैं सयन गर्न हिंडें।
 
Posted on 11-23-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, धन्यवाद ज्ञापन दिवसको अवसरमा म चौतारीका सप्पै गाम्लेहरूमा धन्यवाद टक्र्याउन चाहन्छु। तपाईहरूकै योगदानले चौतारी यति रमाइलो र आकर्षक भएको हो। :-)) :D:D

लौ जदौ गरें है सप्पैलाई, आफ्नो नि आज अब टर्की खाने भन्या छन साथीहरुले, दिउसो चैं तेतै होइएला जस्तो छ, कतिखेर हो चियाउन भ्याउने चियाउदै गरुम्ला

के हो गालब ज्यु, चनाश पायो को सयन ल ल मोज गरुम है

अनि ग्वाँचे, कुम्ले, यामे, चित्रे, सान्नानी, राते सबलाई नमस्ते

ल पुन्टे दाइ उर्फ निसब्रो भन्ने मेरो शंकाबाट हटेको (?) मान्छे,
ह्यभ अ ग्रेट टाइम! :P:P:P
 
Posted on 11-23-06 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हरु !
:-)
 
Posted on 11-23-06 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त सुन्सान रे'छ चौतारी, हेल्लो .........हेल्लो.............कोइ हुनुहुन्छ ?
 
Posted on 11-23-06 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यांक्यू है सप्पैलाई !!
साच्चि यो समिधा र निशान्त को होला ??
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters