[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 488817 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-23-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-चौतारी - ११७

चौतारी मा यहाँलाई स्वागत छ!

चौतारीका दौतारिहरुमा समर्पित

ना कोइ था
ना कोइ है
जीन्दगिमे तुम्हारी शिवा


तुम दे ना साथ मेरा ओह चौतारी
तुम दे ना साथ मेरा ओह दौतरि




---BREAKING NEWS------

-हराएको भौते जुरेलीसँग पाइखानामा
-ठुलि पोइला, साझामा रुवाबासी
-चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब
-राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन
-रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा
-लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख
-जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी





(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM

 
Posted on 05-28-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

असारै महिनामा पानी पारी रुझाउने,

एक्लो यो मेरो मन कसरी बुझाउने

भन्छिन है मैच्याङले रुदै धरर

नौ डाडा पारी छ कम्पनी शहर

बिछोड को बेलै मा ..........

 

यो गीत को साथै बुधबारे घमाइलो जदौ जम्मै गाम्लेलाई। 
 


 
Posted on 05-28-08 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल एउटा सायरी है

अगर हम ना होते तो तुझे गजल कौन केह्ता,
तेरे चेह्रे को कमाल कौन केह्ता,
येह तो करिश्मा है मोहब्बत का,
वर्ना पठ्हरो को ताज महल कौन केह्ता।


 
Posted on 05-28-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पोस्ट्पन भन्न खोज्या ठुल्दाइ जिब्रो चिप्लेछ सुलुत्त !
सान्नानी झन्डा बोक्दै आएउ त बा, कि गणतन्त्र मनाउन सुरु गर्या हो?
बौचा ब्यान देखी केही खा' छैन रे? लौ मैले त हिजो बेलुका देखी नै खा' छैन त केही ! अब एक्कै चोटि भरै बेलुका खाने !
नेप्चे ब्रो लाई नि गूड् मर्निङ

यो मेरो तर्फ बाट नेप्चे लाई:

मनै बरालने न्याहुलको बोली
यती बेला मैच्याङ के गर्दै होली
सोफामा बसेर कसौटी हेर्दी हो
कहिले रुदी हो कहिले हास्दी हो
प्रेरणा लाई सम्झेर
आ आ आ

 
Posted on 05-28-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ्रान्तीपूर समाचार-

आज चौतारी मा बसेको पहिलो चौबिधान सभाले आजबाट चौतारी मुलुकमा औतारीतन्त्र लागु गरेको छ। औतारीतन्त्रलाई स्वागत गर्न चौतारीभरि खुसियाली मनाउने क्रम जारी छ!

चौतारीकै एक औतारी सुन्तलमान स्थापित सुन्तलाको बोट रोप्ने बेलामा अचानक गायब भए देखि अहिले लटरम्म सुन्तला फलेर टिप्ने बेलामा फेरि चौतारीमा देखा परेका छन्।

रिट्ठे भनेर चिनिने रिठाराम रायमाझीलाई आज बिहानदेखि अचानक बाडुली लाग्न पुग्दा पुरानो घाऊ बल्झेको संकेत उनको कतै अल्झेको कुराले देखाउँछ। रामनाम जपेर जेरि स्वारि खाने समयमा, हिपहप लगाएर भ्यागुता उफ्रे जस्तो उफ्रेर एक्सरसाइज गर्ने समयमा उनि नदेखिने घाउ दुखेको कुरा गर्दै सम्पूर्ण चौतारी सदस्यलाई बिर्सेर केवल दीपिका र ठुल्दाईलाई भएभरको सम्बोधन गर्नमा व्यस्त देखिन्छन्।

चौतारी रसरंग प्रधानको हिजो रातिको उदासिनताले गर्दा चौतारिमा खासै गितसंगित हरु टाँसिएनन्। र आज बिहान पनि उनि केवल सम्बोधन र हाइ हेल्लो गर्नमै व्यस्त देखिए। गजल र गित संगितलाई बिर्सेर उनि हर्केको संगतले आज बिहान देखि नै खाएको वा नखाएको कुरा गर्नमा व्यस्त देखिन्छन्। यसको विपरीत हर्केले भने लहरेको संगतमा राति राति व्यापक गित संगित टाँसटुस गर्ने गरेको देखिएको छ।

भोजरायल अधिनस्त साझा क्षेत्रमा सुङ्गुरुस्टाइन हरुको हडतालका कारण हर्कबहादुर हमाल आज पनि भोकै परेका छन्। हजारौँ सुङ्गुर तथा बङ्गुरहरु हडतालका कारण खोरमै थुनिन बाध्य भएकोले हर्कबहादुरको खुकुरीमा खिया लाग्न गइ उनको मुटु छिया छिया भएको कुरा खुल्न आएको छ।

केहि समय अघि घाइते भएर काइते अवस्थामा पुगेका पर्वत प्रसाद पुडासैनी, अहिले ठिक भए देखि चौतारीमा व्यापक छुनुमुनु र लडिबुडि गर्दैछन्। जानकार हरु बताउँदछन, उनि अर्को घाइते हुने साइत जुराउनमा व्यस्त छन्। पछिल्लो पटल नैपकिनले घाइते बनेका उनि भन्छन, अब उनि कपासले घाइते भएर आफ्नो पुरानो रेकर्ड ब्रेक गर्न प्रयासरत छन्। यो सुनेर कतै लुकेर बसेका भगुत भाई मुसुमुसु हाँस्दै आफू पटक पटक केवल बोलीमा घाइते भएको कुरा सम्झिँदै थिए!

बाँकि समाचार एकैछिनको बिश्राम पछि!

 

 


 
Posted on 05-28-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेको बोला दुकान्दार क्या चाहिये तुम्हे?

जो भी कहोगे मेरी दुकान पर वो पाओगे

लहरेने कहा क्या कुत्ते के खानेका केक है?

दुकान्दार बोला यहीं पे खाओगे या लेकेजाओगे?

 

लहरे narisau hai j/k


 
Posted on 05-28-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा हा

>>>हजारौँ सुङ्गुर तथा बङ्गुरहरु हडतालका कारण खोरमै थुनिन बाध्य भएकोले हर्कबहादुरको खुकुरीमा खिया लाग्न गइ उनको मुटु छिया छिया भएको कुरा खुल्न आएको छ।<<<

>>>पछिल्लो पटल नैपकिनले घाइते बनेका उनि भन्छन, अब उनि कपासले घाइते भएर आफ्नो पुरानो रेकर्ड ब्रेक गर्न प्रयासरत छन्। यो सुनेर कतै लुकेर बसेका भगुत भाई मुसुमुसु हाँस्दै आफू पटक पटक केवल बोलीमा घाइते भएको कुरा सम्झिँदै थिए!<<<

 
Posted on 05-28-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-28-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पछी आउनेलाई पनि नमस्ते है !!
झन गोप्य रुपमा कार्यक्रम सफल बनाउनुपर्ला भनेको जिम्माल बा को भ्रान्तिपुर सामाचारमा छापिएछ । 
रिठ्ठेको रिमिक्स पनि घत् लाग्दो रहेछ लौ
 
Posted on 05-28-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते
सबै जना सञ्चै?

बैठक शुरु हुन लाग्यो रे


जिम्माल बा को समाचार नि अती राम्रो/ रमाइलो


 
Posted on 05-28-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"प्रेरणा लाई सम्झेर " गाउँने रे नेउचेले?  को हो हँ प्रेरणा?
 
Posted on 05-28-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-28-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-28-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हो गाम्लेहो? सप्पैलाई मेरो बुधवारे सलाम छ है। यहाँ हरुको मेमोरिअल वीकेन्ड रमाईलै सँग बित्यो होला नि?

 


 
Posted on 05-28-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सुन्तलाको बोट रोप्ने बेलामा अचानक गायब भए देखि अहिले लटरम्म सुन्तला फलेर टिप्ने बेलामा फेरि चौतारीमा देखा परेका छन्"  अब सुन्तले दाई फेरी गायब हुन बेर छैन।

"हर्केको संगतले आज बिहान देखि नै खाएको वा नखाएको कुरा गर्नमा व्यस्त देखिन्छन्"  

"पछिल्लो पटल नैपकिनले घाइते बनेका उनि भन्छन, अब उनि कपासले घाइते भएर आफ्नो पुरानो रेकर्ड ब्रेक गर्न प्रयासरत छन्"

यो माइला दाइलाई कसरी आउने होला यस्ता यस्ता कुराहरु

 


 
Posted on 05-28-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरेले टायर भनेर झुत्रो बोरा बालेछ लोल
तेसै भन्छु म 'बौचाले टायर बालेर खाँदैन जिन्तखीमा' भनेर
नेत्रे को लोङ वीकेन्द बल्ल सक्क्यो कि क्या हो? अनी कस्तो भयो त? मलाई किन हो किन हाम्रो नेत्रे र टंके चाँही जुम्ल्या जस्ताइ लाग्छ, एउटै समयमा चौतारीमा छिरेर हो कि त
अनी टंके त नेपालआँ रोज मोज भोज गर्दै होला

 
Posted on 05-28-08 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वर्गिकृत बिज्ञापन-

एक प्रतिष्ठित चिलीम बिकास संस्थानलाई केहि चिलिमेहरु चाहियो। तान्नै नजान्नेहरुको लागि पनि व्यबस्था छ। सम्पर्क- ठूल्दाई ४३४५५८५

के तपाइँ गाँजा लागेको भन्दा पनि झुम्म हुन रुचाउनुहुन्छ? के तपाइँ केटि पट्ट्याउन चाहनुहुन्छ? के तपाइँ जथाभावि हल्लिन चाहनुहुन्छ?  हामिलाई डिजे चाहिएको छ। सम्पर्क- लहरे ४३४३४३४३

चालु हालतको चटपटे ठेलागाडा बिक्रिमा। चटपटे, मकै भटमास बेच्नको लागि उपयुक्त। समपर्क- मदनवा- ३४३३३४५, नोट- दलालले कस्ट नगर्नुहोला।

बुढो भइयो भनेर चिन्ता नगर्नुहोस, हामि तपाइँलाई ठिटो बनाइदिन्छौँ। बच्चा जस्तो देखियो भनेर पनि चिन्ता नगर्नुहोला हामि तपाइँलाई बुढो बनाइदिन्छौँ। हजूर, तपाइँले भने जस्तै मुकुन्डोहरुको लागि हामिलाई सम्झनुहोस्। बिस्टराम मुकुन्डो कारखाना, बिस्टुडाँडा! समपर्क- बिस्टे- २३४३३४३४

पुन्टेबडार तेल! केश नउम्रिए सबै पैसा फिर्ता! हजुर, आयुर्वेदिक तरिकाले तयार पारिएको पुन्टेबडार तेल लगाउनुहोस र चिल्लो टाउकामा लाखेको जस्तै कपाल उमार्नुहोस। सम्पर्क पुन्टे- बत्ताइ बत्ताइस सुन्ना सात।

आउँछ मौका पर्खँदैन! बगेको खोला फर्कँदैन! महंगिको यो जमानामा हामि तपाइँको बाल बच्चाको स्वास्थ प्रति चिन्तित छौँ! आउनुहोस सेवा गर्ने मौका दिनुहोस! नयाँ जस्तो देखिने रिफर्बिस्ड डायपरहरु बिक्रिमा छ। सम्पर्क- सान्नानी- ताल पाँत थ थात आत नउ दत।

सटर चाहियो- एक लायकको नालायक ठिटोलाई लुकेर बाहिर हेर्न मिल्ने ठाउँमा कन्या कलेजको वरपर सटर चाहियो! सम्पर्क- भउते- वान फोर थ्रि वान फोर थ्रि।

 

 

 

 


 
Posted on 05-28-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सटर चाहियो- एक लायकको नालायक ठिटोलाई लुकेर बाहिर हेर्न मिल्ने ठाउँमा कन्या कलेजको वरपर सटर चाहियो! सम्पर्क- भउते

ओ जिम्माल धेरै नहसाउ त यो त अत्ती भयो


 
Posted on 05-28-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>आउँछ मौका पर्खँदैन! बगेको खोला फर्कँदैन! महंगिको यो जमानामा हामि तपाइँको बाल बच्चाको स्वास्थ प्रति चिन्तित छौँ! आउनुहोस सेवा गर्ने मौका दिनुहोस! नयाँ जस्तो देखिने रिफर्बिस्ड डायपरहरु बिक्रिमा छ। सम्पर्क- सान्नानी- ताल पाँत थ थात आत नउ दत।<<<



>>>बुढो भइयो भनेर चिन्ता नगर्नुहोस, हामि तपाइँलाई ठिटो बनाइदिन्छौँ। बच्चा जस्तो देखियो भनेर पनि चिन्ता नगर्नुहोला हामि तपाइँलाई बुढो बनाइदिन्छौँ। हजूर, तपाइँले भने जस्तै मुकुन्डोहरुको लागि हामिलाई सम्झनुहोस्। बिस्टराम मुकुन्डो कारखाना, बिस्टुडाँडा! समपर्क- बिस्टे- २३४३३४३४<<<



>>>

सटर चाहियो- एक लायकको नालायक ठिटोलाई लुकेर बाहिर हेर्न मिल्ने ठाउँमा कन्या कलेजको वरपर सटर चाहियो! सम्पर्क- भउते- वान फोर थ्रि वान फोर थ्रि।

<<<



 
Posted on 05-28-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"रिफर्बिस्ड डायपरहरु " ewwwwwwwwwwwwwww

 


 
Posted on 05-28-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैठक सुरु भयो, नेपालआँ एकै छिन् यो एतिहसिक घडी लाई हेर्ने कि?
http://www.ustream.tv/channel/mysansar
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters