[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १७१

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 289800 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-05-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७१ ~

नयाँ बर्ष बिशेष







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 171 editions.

Last edited: 05-Jan-10 10:16 AM

 
Posted on 01-11-10 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<सला जइब हमि छ त लातका झटका जब लरकि आवँछ त नैन मटक्का? हँ?>>>



Hi NitiSa

 
Posted on 01-11-10 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<नतिशा बैगम।>> LOL

 
Posted on 01-11-10 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


लाग्छ सइब के सइब घइरको गिएछ। हमि अकेले सुसरा कथि करने। अरे बाप रे, बस खुसिया सुन्द्री और हमि छ हियाँ? सला हमि शरमके मारे पानी पानी भएछ, बोलति बन्द भयो हमरो कथि करने?


 
Posted on 01-11-10 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोलति बन्द भन्यो भने चुप लार बस्ने त्याँ कुना मा गएर - ल गैइ हाल अनी चुप लाग
 
 
Posted on 01-11-10 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु खोज्छु बिर्सिदिन गहरायी बाट
बिपनिमा बिर्सें पनि सपनी मा आउंछ याद
मुटु मेरो जलाई दिने उनको बानी कस्तो,
फक्रिएर बसन्तमा झर्ने फूल जस्तो
झर्ने फूल जस्तो
लाग्न थाल्यो जिन्दगीमा मेरो कथा एस्तो  
फक्रिएर बसन्तमा झर्ने फूल जस्तो

मिस्सिङ यू अरुण ब्रो ।


निम्ने बेलामा धपक्क बलेको जस्तो कस्तो हुल भएको चौतारी अहिले,
सबैलाई मेरो अन्तिम राउन्ड्को जधौ है .
चिप्लेबाद पढेर खुशी लाग्यो
लहरेको साएरी दामी लाग्यो
चिप्ले ले नसम्झेको मा दु:ख लाग्यो
नितिसाको गीत रात भरी सुनेको थिए, अहिले अगाडि देख्दा दंग लाग्यो
बैरेले कथामा रोक्न नहुने ठाउमा रोकेको जस्तो लाग्यो
खुशीले त्येति धेरै प्यालो टाउको राखेर हास्न्दा दान्त नदेखेको मा दु:ख लाग्यो


Last edited: 11-Jan-10 05:09 PM

 
Posted on 01-12-10 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलबारे जधौ है सबै आउने हरुलाई

 
Posted on 01-12-10 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


मंगलबारे गन्नुमय जदौ ।


तारेमाम रामपुरे,


हिजो देखी राखेको अरुण थापाको गीत अझै गुन्जिराखेको छ ।


 


लाग्न थाल्यो जिन्दगीमा मेरो कथा यस्तो
फक्रिएर वसन्तमा झर्ने फूल जस्तो , झर्ने फूल जस्तो...........................


 
Posted on 01-12-10 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलबारे जदौ! यो बिर्खे_माईलाको!


राम्बादुर र ठूल्दाई नमस्कार! बिहान बिहान अरुण थापाको गित सम्झिएर किन दुखि भएको होला, बरु कुमार बस्नेतको गित सम्झिएर काउकुति लगाऊ ए राम्बादुर--


मिठोमा भन्नु भैँसिको दहि


खाने मन छैन कत्ति नि लै


ठूलिकान्छि पनि तरुनी भै


साईँलाssss बाउले कुरा बुझेनन् खै


आशा छ राम्बादुरको बुबाले यो वर्ष छोरोको कुरा बुझ्नुहुनेछ।


धन्यवाद्!


 


 
Posted on 01-12-10 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा,


लोल "आशा छ राम्बादुरको बुबाले यो वर्ष छोरोको कुरा बुझ्नुहुनेछ।" लोल


 
Posted on 01-12-10 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामतोरिया, ठुल्दाइ, जिम्बाल


सबैले गीत गाइरा बेला हाम पनि के काम



कलयुग को बेला मा, जोश मा हुन्न होश


उनकै छोरी तरुनी हाम्लाई के को दोष 


 


 
Posted on 01-12-10 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे


कस्को छोरी तरुणी भनेर चम्केको लहरे ? दाई भाई वाइस्याल पर्ला, र्‍यालस्याल  जम्मै भुइमा झर्ला??


 
Posted on 01-12-10 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उsssss त्यो तरुनी को बाउ कि छोरी तरुनी भन्या ठुल्दाइ


तरुनी मात्र नि सुने पनि ठुल्दाइ को काम ठाड्ठाडो हुने भन्या - के रोग लाग्या रैछ ठुल्दाइ लाई


 
Posted on 01-12-10 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलबारे गन्नुमय जदौ ।


माथि रामे देखी तल बौचा सम्म सपै लाई तारे !!


 


बौचा चिचाउने बाकस बहिस्कार की क्या हो ?


 
Posted on 01-12-10 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jadau bahndi halau na ta yata pani, k janchha ra......... ki kaso?
 
Posted on 01-12-10 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुटेको सम्चार


फुटेको सम्चार मा यहाँ हरु लाई फेरी पनि स्वागत छ। आज को फुटेको सम्चार को केन्द्रबिन्दु को बिषय रहेको छ प्यारेलाल हजुर प्यारेलाल भनेर चिनिने उही पुरे प्यारेलाल पुइक्क। आफुलाई निक्कै सोझो भलादमी, अरुलाई गाली गर्दा मुखबाट भए भर को नराम्रो कुरा भनेर पनि आफु लाई सजन भनेर चिनाउन सफल प्यारेलाल को नयाँ चर्तिकला बारे आज तपाईंहरु लाई जानकारी गराउदैछौ। डिसेम्बर को महिना हस्तिनापुर गएर के कस्तो चर्तिकला गर्‍यो त्यो त सबैलाई थाहा भएकै कुरा हो। त्यती गर्दा पनि जिम्बाल्नी लाई आफ्नो बिहे गर्न केटी खोज्न सम्म आग्रह गरेको आफ्नै मुखले भनेको पनि जगजाहेर नै छ। अब मुख्य कुरा मा आम, आज बिहान धुर्ब्या पसल मा चिया खान आउँदा पुरे को गाला मा रातो निलो दाग देखेको कुरा धुर्ब्या सालीका पछी परेका हाम्राइ बिस्टे बहादुर बस्नेत ले पहिला देखेका थिए। दर्शकब्रिन्द दाग वा डाम निक्कै अचम्म किसिम्को  ओठ अनी दाँत अली राम्ररी अनी पर बाटै देख्न सकिन्छ, यस्तै दाग प्यारेलाल को घाँटी मा पनि देखिएको थियो। लिप्स्टिक वा अन्य कुनै प्रकार को रङ जस्तो चिज पनि निज को गाला मा देखेका थिए बिस्टे ले। कसरी दाग बस्यो भन्ने प्रश्न मा प्यारेलाल ले बाटो मा लडेको मात्र भनेर कुरा अन्तै मोड्न प्रयास गरेको थियो अनी छिटो छिटो चिया खाएर आफ्नो बाटो लाग्न कोशीस गर्दा बैरेले एक्छिन कुरा गरौ भन्दा त्यही एक्छिन बस्न वाध्य भएका थिए। एसै क्रम्मा बैरे ले प्यारेलल को लुगा बाट चार पाँच वटा लामो कपाल भेटाएका थिए - कस्तो बाल यो भन्दा खै कस्को कस्को भनेर जवाफ नदिई त्यहाँ बाट प्यारेलाल हिंडेका थिए। बिस्टे र बैरे बाट यो कुरा हाम्रो मा आएपछी अली रिसोच गरेर केही कुरा पत्ता लागेको छ।


प्यारेलाल हिजो रात भरी घर मा नआएको
बिर्खे जिम्बाल को गाई भैंसी सबै रातभरी गोठ बाहिर रहेको
सुन्तली का बाउ सुन्तली लाई राती भरी खोजी हिंडेको
बिर्खे जिम्बाल को गोठ बाट रात भरी बिभिन्न आवाज निस्केर जिम्बाल को सातो पुत्लो गएको
धाँमी लाई देखाएर  आज गोठ पूजा गर्ने जिम्बाल ले निधो गरेको
सुन्तली आज बिहान घर पुगेर - साइली कहाँ बसेको कुरा भनेर तर साइली ले सुन्तली उसको मा नबसेको भनेको
अनी अन्तमा मुख्या कुरा
सुन्तली र प्यारेलाल को शरीर बाट गोबर को गन्ध आएको


यी माथि का कुरा बाट के प्रस्त हुन्छ भने - अब के भनाइ भो र यहाँ हरु ले बुझ्नु नै भयो होला। अहिले लाई एतिनै। पछी फेरी भेटौला नमस्कार।।। 


 
Posted on 01-12-10 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




murdaar bajye... karya byastataa ka kaaran haajir huna sakina.. pachi single single kuro clear garamlaa... yo lahre ko kuro sab bhraamak ho bhanne sabai lai thaha bhayekai kuro ho kyaare.. tei bhera ma aile kei bhandina. pachi milyo bhane aaunlaa.. tara aaja bhanna sakinna...

praNaam.....

 
Posted on 01-12-10 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>yo lahre ko kuro sab bhraamak ho bhanne sabai lai thaha bhayekai kuro ho kyaare.. tei bhera ma aile kei bhandina. pachi milyo bhane aaunlaa.. tara aaja bhanna sakinna... <<


भन्न खोजेको के हो त प्यारेलाल ले, भ्रामक सम्चार भए कसरी भ्रामक भनेर देखाउनु पर्‍यो - सबै लाई थाहा नै छ भनेर के भन्न खोजेको हो।
कुरा प्रस्ट भएन।


अब एती हल्ला चलिसकेपछी गर्नु गरिसकेछी बिहे गरेप्छ्ही प्यारेलाल र सुन्तली त्यो रात गोठ मै बसेको हो भन्ने


साचो कुरा नभा भए एत्रो आरोप खपेर कोही चुप लागेर बस्छ त - सोचनिय बिषय छ 


 


 
Posted on 01-12-10 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बौचा लोल
ल ल पुरे कुरा खुलस्त गर्नु पर्‍यो ।
बिचरो जिम्बाल को सातो लाग्यो रे खे खे खे खे
 
Posted on 01-12-10 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लहरे!


 


"बाँssssss!"


गोठमा बाँधेको गाई र भैँसि कराएको करायै थिए।


" हन कति कराऊन सक्छ यो डाम्नु!"


जिम्माल मनमनै फत्फताउँदै अँध्यारैमा ओछ्यानबाट उठे र निद्राको सुरमा लड्खडाउँदै ढोकातिर हिँडे।


" ए बुडा गोठमा चितुवा पसो कि के हो हँ?"


जिम्मालनीले हाई गर्दै सोधिन्।


"हँ?"


चितुवाको कुरा सुनेर जिम्मालको सातो गयो। ढोका खोल्न हात बढाएका मात्रै थिए डराएर फेरि फरक्क फर्किए र छामछामछुमछुम पार्दै सन्दुक खोल्न तिर लागे।


"ए बुडा बाइर ग'र हेर भनो क्यार्न सन्दुक सुमसुमा छौ फेरि?"


जिम्मालनी फेरि बोलिन्।


"तेरो बाजे चित्वा रेछ भन्देखुन तेरो चुरा फुट्छ कि भनेर टरच खोज्न लाग्या नि!"


जिम्मालले यति भन्दै छामेर टर्च निकाले र सिधा उभिएर टर्च बाल्न खोजे, टर्च बलेन।


"यसको टाउको अइले नै बिउरिनु पर्या टरचलाई!"


जिम्माल फेरि भुनभुनाउन थाले।


"गुलुप बिउर्या छ बुडो कैले साउकाँटि किनेर ल्याऊ भन्या सुनेनौ, क्यार्छौ त नि अब?"


बुढि फेरि फत्फताईन्।


बाहिर गाइ र भैँसि अझै कराएको करायै थिए। बुढाले केहि सोचे र भान्सातिर गएर छामछुम पार्दै सलाई कोरे र नजिकै राखेको पानस बाले। एक हातले पानस समाउँदै बुढाले घुरुक्क गरेर ढोका खोले र गोठतिर पाइला बढाए।


"बुढो आयो जस्तो छ, छोड मलाई!"


कुनै स्त्रीको साउति मारेको जस्तो स्वर बुढाको कानमा पर्यो।


"बाँssss!"


गाई फेरि करायो!


बुढा पानसको उज्यालोमा गोठतिर हेर्ने कोशिस गर्दै थिए।


सररर हावाको एउटा झोका आएर गयो। पानसको बत्ति हल्लियो र निभ्यो! बत्ति निभ्नु भन्दा अगाडि बुढाले एकै समयमा कुनै तरुनी फुत्त गोठबाट तल कान्लामा हाम्फालेको देखे तर चिन्न सकेनन्।  गोबरको तिव्र गन्ध छोड्दै भाग्दा झन्डै लडेको लहरेलाई भने बुढाले बत्ति निभ्नुभन्दा अगाडि प्रश्टै संग चिने!

 

Last edited: 12-Jan-10 11:08 AM

 
Posted on 01-12-10 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे मान के छ हौ


खै पुरे ले कुरा खुलस्त पर्ला जस्तो छैन


अनी अघिन सोधेको कुरा है - हिजो देखी चिच्याउने बाकस बहिस्कार -


चिच्याउने बाकस मुर्दाबाद मुर्दाबाद लौ जा त -


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters