[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 469]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
[VIEWED 196534 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 24 pages, View Last 20 replies.
Posted on 08-13-06 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि
गर्ने मेरो सल्लाह छ ।

फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु ।




आँङ्ग किन तन्काउछौ त्यसरी
अल्छी त मलाई लागेको छ यहाँ!

हाई किन गर्छौ त्यसरी
निन्द्रा त मलाई लागेको छ यहाँ!!

हरेस किन खान्छौ त्यसरी
दशा त मलाई लागेको छ यहाँ!

चरेस किन खान्छौ त्यसरी
नशा त मलाई लागेको छ यहाँ!!


 
Posted on 08-17-06 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नं १ अपराधी त काउरेस हो के रे । त्यो के जाती मरेको नेता खोइ के कोइरालाको मुर्ती ल्यार राखे केरे । तसैको भुतले हो कि ? फेरि ए.मा.ले देखि नामै नसुनेका कम्निस पनि तेइ चौतारीमा, गाउले फौदारी पनि तेइ चौतारीमा, जो पनि तेइ चौतारीया भासन दिने, अनि त पिपलको रुखलाइ बुनकाइटिस लागेच , यसो सानो हुरि आको चिलिम फर्किहाल्यो नि त ?
 
Posted on 08-17-06 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे, म र ठूल्नानीको रोल नं पहिले नि लगातार चैं थिएन।

नेप्चे, मलाई ८ नं मनपर्ने, ठूल्नानीलाइ ६ नं मनपर्ने, त्यसैले हाम्रो रोल नं चेन्ज भने हुँदैन, तर म मास्टर्नी दिदीलाइ ७ नं फ्रिज गराई पाम् भन्ने निवेदन चैं टक्राउँछु, ताकी कोहि बीचको कुर्सीमा बस्न नपाओस्। ;D
 
Posted on 08-17-06 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा यहा त छनक्क् सम्मेलन चल्दै रे'छ , छनक्क कबिता छनक्क दोहोरि कति राम्रो लौ ,
ल म पनि आए है छनक्क चौतरीमा ।

चित्रे ,ठुल्नानि,सान्ननि सबै को हाल्खबर् त छनक्कै होला नि?

लौ त मिस् लाइ मेरो नमस्ते।

एए मेरो चै २२ हो है रोल्न् भन्द्या छ नि

मरे कति हास्नु ... :D
 
Posted on 08-17-06 6:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् बा को श्लोक् सारै मन् पर्यो हा...हा...हा :O :O

*********एउदिन दीप चौतारीलोक पुगिगया छनक्क बनुम भनि
माष्टरनी त्यहिँ थिया छनक्क भनिदिया गाम्लेले बुझुन भनि
सान्नानी छनक्क, तितौरी छनक्क, छनक्कै बिर्खे जिम्माल
पुन्टे दाई छनक्क, भउते नि छनक्कै एस्तो छ भिउसको कमाल ***********
 
Posted on 08-17-06 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि तितौरी पनि छनक्कै हो? रोल # ७, ८ तिर छान्न त अलि बिबादास्पद देखियो, बरु तितौरिकै छेउ २१# छानूँ कि कसो?
 
Posted on 08-17-06 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले, रोल नम्बर २१ त मेरो हो। अस्ति यामे आएर चोर्न खोज्दै थ्यो मेरो रोल नम्बर, आज फेरि चिप्ले। हैन सबै को आखा किन लगेको होला मेरो रोल नम्बर मा?

रोल नम्बर २१ नेप्चे
यस मिस

चित्रे, बरु त्यो हजिर कपि को एक प्रति "PHOTOCPY" गरेर टास्देउ त चौतारी मा, कुन कुन रोल नम्बर बाकि छ भनेर।
 
Posted on 08-17-06 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो रोल नं १ चाइ कसैले नचोरम है ?
 
Posted on 08-17-06 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले जि
रोल्न् १०१ ग्वाचे को पछाडि कोहि छैन जस्तो लाग्छ १०२ ,त्यहि लिनुस् न। कि पुरोड् किलास् तिर भए चै मलाइ थाहा छैन है । :-)
 
Posted on 08-17-06 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

४२० पनि कसैले ल्या' छैन जस्तो मानिछु। चिप्लेलाई त्यै लम्बर दिँदा कसो होला तिरु?
 
Posted on 08-17-06 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

४२० त लाहुरे दाइ , (loote )के कैले काहि आउथे नि , को होइन र?
 
Posted on 08-17-06 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए चिप्ले, मेरो उमेरको मुन्छे भ'र क्यार्न केट्केटिओ किलासाँ रोल लम्बर खोज्दै हिन्छौ हँ?
आऊ पुरोड सिछ्छेमा रोल लम्बर फालाफाल छ।
म फस भाइ (first boy) मेरो रोल लम्बर १
बब दाईको रोल लम्बर २
अरु सपै खालि छ।
अर्को बर्ख म फस तिमी सेखेन हुनु पर्छ, तो बब दाई गाँजा खा'र कता लडिराको होलान् फस र सेकेन म र तिमी नै हो :)
 
Posted on 08-17-06 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे तितौरी तिमि कस्ति छनक्क देखिएकी आज :P
कुम्ले कता छ?
 
Posted on 08-17-06 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, म यहिँ छु :-)

लौ के के कुरा भा रहेछ यहाँ, के हो त्यस्तो "छनक्क" भन्या जहाँ मिलाउदा नि हुने, हा हा हा!!

मैले त्यस्लाई बाटाँ "छनक्क" देख्या, उसले नि मलाई "छनक्कै" देखिहाल्यो! मोरोको पसलमा मैले एउटा सामन किन्दा मलाई बढी पैसा ठटाएर "छनक्कै" पारेको थियो। आज चाँहि त्यसलाइ "छनक्क" भेटेको मौकामा त्यस्लाई "छनक्क" नपारी कहाँ छोडम्ला र भनेको त? त्यत्तिकै मा पछाडी "छनक्क" बजेको सुनेर के रहेछ भनेर "छनक्क" फर्केको त त्यो मोरो "छनक्क" कता बिलायो बिलायो। अनि त आफु देखि रिस उठेर आफैलाई "छनक्क" पारुम् जस्तो भाको भन्या।



अनि चिप्ले जी, लास्टाँ भाको नम्बर चाँहि मेरो हो। अब तपाईँ आउनु भे छ, म देखि अगाडीका नम्बर लिनुस् है।

:डि
 
Posted on 08-17-06 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D :D
कसरी "छनक्क" शब्दले डराएर सुटुक्क उठेर लुरुक्क भागेर् फुसुक्क गएछन् त् दीपजी!!!

कुच्च्रुक्क् परेर कहाँ टुक्क्रुक्क् बसेछन् खै?
******************
Namaskar hai hajur haru sappailai:):)
 
Posted on 08-18-06 12:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मै, एकै दिनमा चौतारोको धागो त तिनसय कटाइ सकेछन्।
बाख्राको पुच्छर खाएछन कि क्या हो सबैले आज?

अब दिउस काममा जान पर्ने भो,पुरोढ सिच्छे भे' नी हुन्छ लौ अब एउडा नाइट किलास सुरु गर्न परो।
Saachchi mero ta roll no. nai birsiyo, 9 ho ki 13 thiyo?
haajir chahi gari hai mees.
 
Posted on 08-18-06 2:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ मेरी छनक्क छल्लो!

हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽई! रातै छनक्कै हुन लाओ। सलक्क सुतम् के रे। भोलि छनक्कै बिउंझेसि सबको कान छनक्कै हुने अरि ट्याउँ ट्याउँ अरम्ला।

छ छ छ छ छ छ छऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽनक्क्क्क!
 
Posted on 08-18-06 3:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे तितौरी तिमि कस्ति छनक्क देखिएकी आज :P
कुम्ले कता छ?
---
La jimmal budhako kuro, aijan aijan garera ha.ta. garchhu.
 
Posted on 08-18-06 3:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी, काँ'ट मेरो छेउआँ चिप्लेलाइ ल्याउन ला'को ? लौ चिप्लेले रोल लमबर १०२ लिए नि मेरो छेउमा चाँइ तिमी नै बस है, छनक्क ।
 
Posted on 08-18-06 4:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, जाँड काटेर टुक्रा टुक्रा पारेर पोलेर छनक्क सुँघ्या बेलामा लेखेको के के लेखिएछ्, के के, कुम्लेले मुक्काले छनक्क माया गर्ने भो जस्तो छ ।
 
Posted on 08-18-06 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नम्छे त्यस्तो रोल # चेन्ज गेर्ने गुर्न नवन । बरु तिम्रो #२१ चै चिप्ले लाई देउ ।

तितौरी "छनक्कै" भनेको के हो?

यो गाम मा त रोल # चोरने को बिग्बिग्ती ले लागेछ । खबर दार रोल्# ६ चै चोरनु पैदाइन ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters