[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 373401 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
Posted on 04-03-07 7:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ यो बिर्खे_जिम्मालको
:)
 
Posted on 04-03-07 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ यो बिर्खे_जिम्मालको पनि
:)
 
Posted on 04-03-07 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कति जना बिर्खे जिम्माल छन् यहाँ?

कि प्रोक्सी भोट हाल्न लाग्या हो? :P
 
Posted on 04-03-07 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ यो बिर्खे_जिम्मालको :P lu jaa ma ni ke kam
 
Posted on 04-03-07 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठूलु बिर्खे_जिम्माल, :P
ह्याप्पी मंगलबारे पर्भात! के गर्दै चौ? :)
 
Posted on 04-03-07 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ- प्रभात है सबैलाइ । नयाँ-नयाँ कथाहरु पढन पाउदा रमाइलो लाग्छ । लेख्दै गरम है । आफु त लेखन नि जान्दिन के गर्नु । बल्ल-बल्ल प्रौढ-कक्षमा राती लाल्टीन को उज्यालोमा क ख ग सिकेको । यसो चिट्ठी पढन जानुम भनेर ।
 
Posted on 04-03-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jhilke i didnt get it. what r u trying to say? what do u mean by सबैलाइ चेतन भया
 
Posted on 04-03-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन! ज्यान थर थर काँपो। खप्पर हनहन्ती रन्को।नाक मुख ड्याम्मै। गर्धन चिरे जस्तो भओ। पुराओ मुलाई घाट! राम नाम सत्ते हे!

:(
 
Posted on 04-03-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है हउरहुर सप्पैलै मेरो !:)
ग्वाँचै ,अनिअनि 'एफ बि.के' सर ले अरु के के गरेछन आदिलै ? फेरि त्यो के जाती केमेस्ट्रिनै पढ्या पो ?!:) :)
फनिन्द्र ले नि चौतारी हेर्ने लेख्ने भए त बरबादै हुन्छ नि ओ :P
****************************************************
ज्योत्सनाजी ,मलै कुरो अर्न मात्र आम्छ के । खोपडिमा केहि भए पो ?;)

प्रितीतिमीले चै यसपटक हसाउन छोडि रुवाउने कुरो अरिछौ।
**************************************************
चनातरकारि, जमाना कस्तो आओ-आओ?
' "हे भुँडिगणेश, तेरो आमा मेरो कब्जामा छ । यदि तँ तेरो आमालाइ सहिसलामत देख्न चाहन्छस भने मलाइ एउटा साइकिल पठाइदे !!!!! ।" --- :)

म नि सुनाम है्त। यो चै साच्चि हो है तर.....मैले नै भोग्या नै भनुम न
ममि: ल जाउ त छोरी त्यो तिन-पेज सबै लेख
छोरी: हस् ममी
ममी: हस -सस हैन मलाइ लेखेर देखाउ नत्र...
छोरी: नत्र के ममी?
ममी: वाथरुममा राख्छु
एकछिनपछिछोरी दौड्दै आउछिन....
छोरी: ममी वाथरुम सफा गरिस्योन...
ममी :किन?!
छोरी: मलाई लेख्न अल्छिलागिसक्यो।
******************************************
अनि झिल्केको वार्निङ पछि त झन मज्जाको अनुभव पो गयो त दिपक(यो साच्चिकै नाम हो?)

यहिनेर सोधिहाल्नु पर्यो ? मुलाइ त 'नेपे' भन्दा 'दिपक' नाम मुनपर्यो भन्न पाउछु ?:)
 
Posted on 04-03-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घाटाँ पुगेर को ठूलो भा छ र दाई? किन त्यस्तरी उत्तानो परेर हरीबिजोग ग‌र्या? गर्दन थिच्ने होईन त? खोई यता आउनुस, मै थिचिदिम्ला !!! आफ्नै हातले ॥॥॥ ehe
 
Posted on 04-03-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन हाम्रो पून्टेदाईलाई के भो? याम्बुलेन्स बोलाम् कि क्या हो? अस्तिको पार्टी कस्तो भो पून्टेदाई?
मिस दिदीलाइ नमस्ते.
आज त कैलेले नि बाटो बिराएछ.
 
Posted on 04-03-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाइ के भनेको त्यस्तो आफ्नी ठुल्बुइनिलाइ छोडि घाट जाने कुरा नगर्नुस् । लु भनुस् के गर्यो फेरि त्यो धोबिनिको च्यातेको फरियाले। as usual nice to see u poonte dai
 
Posted on 04-03-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पुन्टेदा !!के भयो हउरलै ?
लौन प्रभु!!मेरो दालै बचाइदेउ । दा पछि त घाट जाने मेरो पालओ पो आम्ने हो क॥ :D :D

मलाइ ठिकछ चित्रेभाइ । बरु हजुरलै कस्तो छ?
 
Posted on 04-03-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु नि, केटकेटी? बुढेसकालाँ फुलु लाग्न लाओ! खेत जान नि सकिन। सुत्छु अब फेरि एक बाजी।
 
Posted on 04-03-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टेदाइ, कसरी लागेको फूलु? मोउसोम चेन्ज हुन लागेर होला. ओखती खाएर आराम गरम्, ठीक हुन्छ.

मिस दिदी, मलाई नि सन्चै छ.
तपाइको जोकले हँसायो. :D
 
Posted on 04-03-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो हाम्रो पून्ते दाइ कस्तो चेरुवा जाबो फुलु देखि डरउने ।
 
Posted on 04-03-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदा चिन्ता अर्नपर्दैन हउरले । ह्या नि तेस्तै छ । रुखबड त्यो के जाती हो पहेलोपहेलो झरेर आखैमा पर्न आम्छ । बाहिर हिड्नै नहुने भा'छ । आखा चिलाउने ,घाँटि दुख्ने यस्तै यस्तै ।
अन्न पानीको जिउ क्यार्नु त बाबै :) ज्यान छ र बिमार परिन्छ...... मरेओ भए त कल्लाइ पो बिसन्छो हुन्त्योहोला र ?
लौ जा भनिहाले कस्तो पो सुनिने हो :)
 
Posted on 04-03-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याSSहुSS, ट्याम टु गो होम!!! :D

सि यु लेटर चौतारिबासिज्

ऐया, अझै नि खुट्टा दुखिरा'छ.
 
Posted on 04-03-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सबै गाम्लेलाई । मन्तयक ला?
बाटो अलि गिलो थियो, त्यसैले ढिलो भयो ।
रमाइला कुरा सुन्दा सुन्दै पुन्टेदा को घाट लाने कुरो पो सुनिन थाले ।
गिरिजा बाजे त जिउदै छ, देशलाइ आबश्यकता छ भनेर । हाम्रा चौतारीमा पनि पूण्टेदा अत्याबश्यक भएकोले केही हुन्न, पूण्टे दा । खै त चौतारीको डाक्टर नानी? पून्टेदा को श्वास्थ पारीक्षण गरी लाभ को ओखति सिफारिश गरी दिनु पर्‍यो ।
मिस, चित्रे, ठुली, डल्लि, गुन्टे, ह्यारि, कलंकी, कुम्ले सबै लाई तारेमाम्।
 
Posted on 04-03-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तै भन्या, राहुले। चाईने बेलाँ कता मरिछे ति डाउडरनी?

क्यार्नु, ठुल्लु? तिमेरुको जस्तो हट्टा कट्टा तरुनो उमेर हैन के रे दा को। छिप्पिन्दै गएसि त जाबो फुलुले नि परलोक पुराम्छ रे।

"ज्यान छ र बिमार परिन्छ"। बडो मजाको डाईलोक सुनियो मास्टर्नी नानीऽट!

अनि, चित्रे, के भई रा'छ तर्खरी? अरा'को काम गरेऊ? अउँरिकाँ उत्रेसि ठुल्लुले मिचिदेलिन् नि तो दुखेओ खुट्टो! :p
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters