[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 299]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 140409 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 08-27-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





२३ औ चौतारीमा धेरै रमाइलो गर्दै भर्खर तिजको रमझम सितै २४ औ चौतारीको छपनी तयार पारेको छु । यि चिटिक्क परेका छपनिमा सितल तापेर रमाइलो गर्न चौतारीका नियमित चौतारीबासि नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ब्वस्था मिलाएको छु ।

यसपाली पुन्टे दाइले बनाएको मसलादार माछा खान पाइयो । प्रिती र तितौरीले बनाको सेल रोटी खान पाइयो अनि मिसले बनाको दर खान पाइयो । यस्तो हो भने त खानैको लागी भए नि तिज बर्षको ४-५ पटक आओस । हुन त तिज चौतारीमा मज्जाले लाको हो, खोइ मिस जुत्ता लार बेस्सरी नाच्नु भएछ कि के हो, चौतारी नि नै बाङगियो । धन्न पुन्टे दाइले होस्टे गरे अनि सप्पैले हैसे गरेर जेन तेन सोझो भयो । कस्सो बांगो चौतारीबाट झन्डै नगुल्टिएको । हुन त फ्याउरको चश्मा लाउदा त सिधै देखिएको थियो अरे के रे । तर रमाइलै हुन्च कैले काही बाङो सिधा हुदा, पुन्टे दाइ धोबिनीको बाट हिडेर आए जस्तै । यसपलालि पनि कथा, कबिता पढ्ने अबसर पाइयो, यसरीनै चौतारीको उचाइ बढाउदै जाउं ।
यसपालि पनि एउटा पत्रकार रिकुटे आएर नाना भाति टास्यो के रे । जे भे नि हामि सप्पै मिलेर त्यसलाइ ठिक पारेम । धन्न मिसले राजिनाम दिनु भको पुन्टे दाइले बिरामि हुदा बर्बराए भनेर । पुन्टे दाइ तेस्ता छैनन् बिचरा, त्यो त बिरामी हुदा बर्बराको मात्रै हो ।
जे भे ने यसो अगुल्टो ठोसेको राम्रै हो, आगो राम्र संग बल्छ नि ।
अनि ठुलि चुइगम खएर नबोले के रे, फेरी भउते भुइमा लडिबुडि खेलेर हास्दा चौतारीबाट गुल्टेला । तेस्को त भर पनि छैन जा पनि गु्ल्टिन्च त्यो त ।



अझै पनि नेपालले तक्मा थप्ने काम गर्दै छ , अझै गर्दै जाओस । अब त चौतारीको महोत्शव पनि आउने लागि सक्यो । धुमधाम तयारी गर्नु पर्छ है । सप्पैले एक एक ओटा सल्लाह दिउ अनि तेही अनुसार गर्नु पर्छ ।
अन्तिममा प्रितीले गाको मिठो गित गाउदै चौतारी -२४ चिटिक्क पार्न तिर लागौ ।

ए चिटिक्कै भा छु रे
पोते र चुराले
मै दङ्ग परेँ, मै छक्क परेँ
सङ्गिको कुराले

ए चिटिक्कै भा छु रे
हिराको टपैले
हो क्यारे साँच्चै
खाउँला झैँ काच्चै
हेर्छन नि सबैले

 
Posted on 08-28-06 7:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आकाशैमा चील उड्यो धरतीमा छायाँ"

कस्तो राम्रो गीत सम्झाउनु भो जिम्माल् बाले। सुन्न पाइन्छ होला कतै यो गीत्?

रोल नम्बर ५
हाजीर् छु मिस्
 
Posted on 08-28-06 7:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो नयाँ चौतारी नि बनै सकेछ यो नमे ले । नयाँ चौतारी बनको मा तपाईंलाई धन्यवाद छ । तीज को ब्रत के त मेरो आज सम्म टाउको दुखिराछ । तर जे भएनी धरै रमाएलो भो ।
लौ हजिर नि गर्नु परो ।
रोल्# ६ थुलि
येस् मिस्
 
Posted on 08-28-06 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो! नमेले बनाएछन् नयाँ चौतारी, धेरै धेरै धन्यवाद।

जिम्माल बा को गीत गजबको छ। "आकशमा चिल उड्यो" भन्ने चाँहि खूब राम्रो लाग्ने गाना हो। नेपाल तिर यसो जमघट हुने बित्तिकै केटाहरु सुरमा भाको बेला यो गाना गाइहाल्ने। त्यो दिनहरु याद आयो।

सान्नानी तिमीलाई त्यो गीत चाहिए म सङ्ग हुनुपर्ने हो।

ठुल्नानी, अहिले कस्तो छ नि तिम्रो स्वास्थ्य। अझै टाउको दुखि रा'छ? त्यस्तो टाउको दुख्ने गरी नि ब्रत बस्छ त, कोहि?? हुन त हो, मनको कुरा, मनले भने पछि कस्को के लाग्ला र, हैन?? हे हे हे
 
Posted on 08-28-06 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले अहिले मलाई ठीक छ ।
 
Posted on 08-28-06 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेहरुलाई मेरो नमस्ते

ठुल्नानी, तिम्रो टाउको दुखेको निको भएकोमा खुशी लाग्यो ।

रोल # ८ चित्रे
हजुर मास्टर्नी दिदी
 
Posted on 08-28-06 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यसपाली त चौतारीमा हाजिर अर्न ढिलो पो भे'छ्, गाँठे । पैला सप्पै गाम्ले'रुलाइ जदौ टक्र्याए है । नमेले फेरी कति राम्रो चिटिक्क मिलेको चौतारी बना'को, जती धन्यवाद दे'नि कम हुन्छ, तैपनि नमे तिमीलाइ मुरि-मुरी धन्यवाद!

यसभन्दा अगाडिको चौतारीमा पुन्टे दाइले पका'को माछा नै खान पायिएन, क्या बोर भो । लौ न पुन्टे दाइ यस्सो माछा नभे'नी माछाको काँडा त बाकी होला, म त आउनु परो जस्तो छ । चित्रे ब्रोले 'नि खतरा दर ल्याको रै'छ, अनि सान्नानीले पका'को सेल हेर्नमा बाङ्गो-टीन्गो भे'नी खुब मिठो होला जस्तो थ्यो, सब मिस् गरियो । सप्पै मिलेर खतरा डानस् 'नि गरेछन्, सप्पै मिस् गरियो, लौ न अब अर्को तीज कैले आउने होला ? एउटा पार्टी गर्नु पर्‍यो कि क्या हो फेरी सबै मिलेर चौतारीआँ ?

रोल लमबर १०१ ग्वाँचे .................... आ'छु मिस् ।
 
Posted on 08-28-06 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-28-06 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-28-06 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल बल्ल अस्ति भन्दा अलिक बिसेक भा’ छ के रे। अब आज नि आराम अर्नि, अनि भोलि सम्म त धोबिनी काँ रउसी घोक्ने हुम्ला कि? ;)
 
Posted on 08-28-06 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो “पोईला जान पाम्” गीत चईं रमईलो ला’गो। :D
 
Posted on 08-28-06 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् कुम्ले गीत् पठाइदिएको मा।

ग्वाँचेले ठिक् भन्यो मीईईईईईईईईईईइठो थियो मैले बनाको सेल्। :D:D:D

तिरु र ठुल्नानी कति हाँसेका नि?

पुन्टे दाई चाडैँ ठिक् हुनु के अब।
 
Posted on 08-28-06 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि सेल् मिठो रे :-O :p:p
तेइ भएर हासेको
 
Posted on 08-28-06 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल धेरै नहास् अब अफ्नो चहि कत्तिनै मिठो जस्तो के... आज कस्तो सुन्सान् छ त चौतारी मा है?
 
Posted on 08-28-06 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हजिर गरेर भागी हाल्नु परो।

रोल नम्बर २१ नेप्चे
हाजिर छु मिस


 
Posted on 08-28-06 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नेप्चे हाजिर् गरेर भाग्ने रे? ल कथा हाल त एउटा सारै सुन्सान् भो।
 
Posted on 08-28-06 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यु आर वेलकम, सान्नानी!!

मलाई पनि एउटा गाना चाहिएको थियो। "आज बार्‍ह हाते पटुकीको कुरा गर मायालु" भन्ने। मेरो एकजना साथीले दशैँमा नाँच्ने रे त्यो गानामा। यदि कसैसंग भए मलाई पठाइदिनु हुन्छ कि?
 
Posted on 08-28-06 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहेहे सान्नानि मेरो नि मिठो(?)थ्यो तेइ भएर हासेको के अनि के गर्दै छ्यौ नि आकशै मा चिल् गीत् गाउदै नाच्दैछौ ल ल चौतरी म नाच्या भए हुन्थ्यो अलि सुन्सान् हुने थे'न कि ।

खै कथा भन्ने सिपालु मान्छे हरु कता जानु भयो ,सब् ले एउटा एउटा ले'र आउनु पर्यो सारै सुन्सान् भयो ।

रोल्न् २२ हाजिर् मिस्
 
Posted on 08-28-06 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उहिले बाजेका पालामा - कपिल लामिछाने

उहिले बाजेका पालामा, पैसा गन्थे डालामा अहिले हाम्रा पालामा, मकै छैन डालामा !... विरक्तिएका गीत गुनगुनाउँदै बसेको थिएँ । त्यस्तैमा दीनबहादुर टुप्लुक्क आँगनमा देखापर्‍यो । ऊ टोलछिमेकको पढालेखा ठिटो थियो । उसका बाबुले पेट काटीकाटी उसलाई पढाएथे । ठिक ठाउँमा विरुवा रोपे त फल्दो रैछ बा ! ढोकाबाट भित्र पस्दै उसले भन्यो- काका ! त्यसो भन्ने गए । हामीले फाइनान्स कम्पनी खोलेका छौं । त्यहाँ पैसा जम्मा गर्ने गर्नुहोस् या पैसा चाहिएको भए त्यहाँबाट लिने गर्नुहोस् अनि त फेरि हाम्रो अहिलेकै पालामा पैसा हुन्छन् डालामा । पहिले त मैले उसले ख्यालठट्टा गरेको होला भन्ने सम्झें । तर होइन रहेछ । उसले फाइनान्स कम्पनी खोलेकै रहेछ । आफ्नो भाइभतिजाले गरेको काम अगतिलो किन हुन्थ्यो - जम्मा गर्ने पैसा त थिएन, तर खर्च गर्ने ठाउँ थियो । मैले फाइनान्सबाट पैसा लिएँ । दिल खोलेर खर्च गरे्र । टोलछिमेकमा फाइनान्सको खुब प्रचार पनि गरें । अरुहरू पनि फाइनान्स धाउन थाले । केही समयपछि व्याज तिर्ने ताकिता आयो । त्यही पैसाबाट व्याज तिर्दै गएँ । पैसा सकिँदै गयो । खै पैसा त फलेन बा ! मेरो अवस्था झन्झन् खस्केजस्तो, फर्ुमास बढेजस्तो, मन बाँध्न नसकेजस्तो पो लाग्यो । तै फल्ने बेला हुँदै पो छ कि भन्ठानेर चिन्ता र आशा मनमै साँचें ।..... अनि फेरि एकदिन झारझुर पारेर व्याज तिर्न फाइनान्स पुगें । त्यहाँ व्याज र किस्ता बुझाउनेको धुइरो लागेको थियो । ऋण लिनेको पनि धुइरो उत्तिकै थियो । फाइनान्सका कर्मचारीलाई पैसा गन्न भ्याइनभ्याई थियो । नोटहरू मेसिनले फर्रर्रर गनेर बिटा बाँधेर राख्दै थिए । सिक्का -रेच्की) जति दर्ुइ तीनवटा डालामा गन्दै नगनी थुपार्दै थिए । म कुकुरले कलो हेरेझैं धित गाडेर हेरिरहेको थिएँ । दीनबहादुर टुप्लुक्क देखापर्‍यो । सुट र र्टाई लगाइएको खुब सुहाएको थियो ।

देख्दैमा त्यसै खाइलाग्दो मान्छे आफ्नो भाइभतिजा भन्न पनि धक लाग्ने । ऊ मीठा मुस्कान र्छर्दै मेरा नजिक आयो । म त्यसै गद्गद् भएँ । मेरा नजिक आएर उसले भन्यो- के छ काका ! गारो परे फेरि पनि भन्नुहोला है ! म छु नि ! एकछिन त म केही बोल्न सकिन । पछि धक मानीमानी भनें- बाबु, खै डाला त पैसा फलेनन् नि ! डालो त रित्तै छ । उसले त्यहीँभित्र देखाउँदै भन्यो- ल काका पनि, हेर्नोस् न यी । यी यस्ता पैसा हामी गन्दै गन्दैनौं, यति डाला उति डाला भनेर पाथीले नाप्छौं । अझ पनि हजुरले डाला पैसा देख्नुभएन - म केही बोलिन । मैले बुझें- डाला पैसा हाम्रा होइन, तिनका पो फल्दा रहेछन् । मेरा लागि त उही गीत पो साँचो रहेछ- उहिले बाजेका पालामा .....!

Source: Madhuparka
 
Posted on 08-28-06 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है नाच्न त नाचम तर चौतारी नै बाग्गिने गरेर नचाउ है ।
 
Posted on 08-28-06 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gare hai sppai lai
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters