[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 कथा- "एक जोर सूट"

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE: <<  1 2  
[VIEWED 19191 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 11-02-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"एक जोर सूट"


साँझको आठजति भईसकेको थियो। बिहानैदेखि ल्याबमा खटेको हुनाले उ अत्यन्त थकित थियो। कोठातिर फर्किन भनेर निस्किसकेको थियो, ‘मेल चेक गर्नुप-यो हिँड्ने बेलामा’ भनेर कम्प्यूटर अगाडि बस्यो।

"के लेखेछ बूढाले?!” एउटा मेल प्रोफेसरको पनि रहेछ।
"चन्द्र कुमारजी, भोलि योकोहामामा हुने 'निप्पोन बायोटेक'को त्रैमासिक बैठकमा भाग लिन तपाईँ जानुहोला। म जान नभ्याउने भएँ।गत महिनाको सम्मेलनमा पेश गरिएका सामाग्रीहरु पनि लैजानुहोला र त्यसबारेमा छोटो प्रस्तुति दिनुहोला। धन्यवाद।“ चन्द्र कुमारले पी.एच.डी. शुरु गरे यता एक दुई पटक बूढाले यस्ता बैठकमा आफ्नो साटो चन्द्र कुमारलाई
पठाएको छ।

चन्द्र कुमार अल्छी तालले कोठातिर फर्कियो। चिसो बतास चलिराखेको थियो। ‘हिऊँ पर्छ कि क्या हो!’ आफैँसंग बोल्दै ढोका खोल्यो र झोला ओछ्यानतिर हुर्र्यायो। जुत्तै नफुकालीभान्छा तिर गयो,चाउचाउ पकाउन कराहीमा पानी बसाल्यो र त्यसपछि जुत्ता फुकालेर हातगोडा धुनथाल्यो।

उम्लेको पानीमा चाउचाउ एक पोका र दुइटा अण्डा हाल्यो। दराजबाट कोट र पाइण्ट निकाल्यो। कोट ठिकै हालतमा रहेछ, पाईण्ट अलि खुम्चिएको जस्तो देखियो। खाइसकेपछि आइरन गर्ने सोच बनाएर चाउचाउ खानथाल्यो।

खाईसकेपछि पाइण्ट टेबुलमा फिजारेर आइरन दल्न थाल्यो। अलि अलि आइरन गरेर नपुग्ने जस्तो लाग्यो चन्द्र कुमारलाई, अलि बढीनै खुम्चिएको रहेछ। । दिक्क मान्दै दोहोराएर आइरन ग-यो, तैपनि उस्ताको उस्तै! मन नलागी नलागी तेस्रो पटक आइरन ग-यो, पाइण्टमा परेका मुजाले हराउने नामै लिँदैनन्!
‘स्सा—ला! थोत्रो भाँडोमा धो’को लुगा यत्रो गतिलो हुन्थ्यो---!’ धेरै पुरानो वाशिङ मेशीन थियो उस्को, कुनै नेपालीले नेपाल फर्किने बेलामा छोडेको। पछिल्लो पटक धोएर निकालेकै बेलामा पाइण्ट एकदम खुम्चिएको याद गरेको थियो उसले। पछि हेरौँला र कुनै ड्राइक्लीनरकहाँ लगेर ठीक पारौँला भनेर छोडेको थियो, तर त्यसपछि एकपटक पनि हेरेनछ उसले। अर्को एक जोर कालो सूट हाल्ने विचार पनि पुरानै हो चन्द्र कुमारको, तर कहिले के कहिले के भएर किन्ने मेसै परेको छैन। पाइण्टले भोलि घोर बेइज्जत गर्नी भो भन्ने भावले मन खल्ल भयो चन्द्र कुमारको। ‘भोलि बिहान एकछिन फेरि मच्चिनुपर्ला आइरन ले’र।‘ भन्ने सोच्दै उ सुत्यो।

भोलिपल्ट बिहानको नित्यकर्म सकेर फेरि आइरन लिएर मच्चिन थाल्यो। अहिले भने एकछिनमै छोडिदियो किनभने जति मच्चिएपनि पाइण्टले ठीक ठाऊँमा आउने सूर ल्याएन।

“अँ--- भन्।“ फोन उठायो चन्द्र कुमारले।
“जिम्दै छस् तँ? के गर्न लाग्याछस् नि अहिले?” ओमे बोल्यो उताबाट।
“पाईण्टले टेन्सन दि’राछ यार!”
“के भ’ र?”
“हेर्न, आज एउटा कार्यक्रममा योकोहामा जानुपर्नी, सूटको पाईण्ट नराम्रोसंग खुम्च्या’ रैछ अस्ति धुँदा, जति आइरन गरे नी ठाममा आऊँदैन।“
“अनि अर्को सूट लाएर गए हुन्न त तँलाई?”
“अर्को त हरियो छ यार, दाजुको बिहेमा हालेको, नेपालाँ जन्त जाँदा मात्तै लाउन हुन्छ त्यो त! कागको माझाँ बकुल्ला भईन्छ यार त्यो लाएर गयो भने त! जाप्नीज बूढ्ढाहरु छपक्कै कालै भ’र बस्या हुन्छन्।“
“अनि अर्को एक जोर कालो सूट हाल्नु पर्दैन त?! कट्टू र चप्पलका भराँ’ पि एच डी सक्नी भईस् कि क्या हो?! स्कलरशिपको मूठो सटक्क बुझ्नी मान्छे, दिनदिनै सूट फेरेर हिँड्नु, वर्षैपिच्छे गाडी फेर्नु! बोरामा पैसा कोचेर राख्या छस्, अनि यत्रो! कति बोरा येन लानी भईस् नेपाल? कि सिरकको खोलै भरिसकिस्?! हा—हा—हा !” ओमेले उडाउन पा’को, किन छोड्थ्यो?
“नकरा मु--, किन फोन गरिस् भन्।“
“तेरो कुच्च्या मुख नदेख्या धेरै भ’थ्यो, आज भेटेर संगै खाना खाम् भनेर हो, भईहाल्यो अब।“ फोन राख्यो ओमेले।

चन्द्र कुमारले अमिलो मन लिएर लुगा लगायो। रेलमै बेन्तो किनेर खाऊँला भन्ने सोच्दै कोठाबाट निक्लियो।

रेल स्टेशनसम्म पुग्न दश मिनेटजति हिँड्दा एक शताब्दी पूरै हिँडेजस्तो लाग्यो उसलाई। हरेक सेकेण्ड उस्को मनलाई कसैले आफ्नो खुम्चेको पाइण्ट हेरिरहेको होला भन्ने सोचाईले चिमोटिरहेको थियो। सधैं काँधमा झोला झुण्ड्याउन मन पराउने चन्द्र कुमारले आज हातमै झुण्ड्याएको थियो, ता कि खुम्चेको पाइण्ट अलिकति भएपनि छेकियोस्।
 
Posted on 11-03-06 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समयको फेरोमा लतपतिएको जीवनलाई फुकाउने प्रयास आज फेरी पुरा नहोला जस्तो छ । समयले फेरी कोल्ते फेरिसकेको रहेछ ।
जीवनका हरेक मोड मा खुट्टाहरु काम्न लगेको आभाश भएको छ । थाहा छैन कुन मोड मा पुगी फेरी सम्हलिने हो, -------
 
Posted on 11-03-06 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा पढेर प्रतिकृया दिनुहुने सबैलाई धन्यबाद!

सान्नानी, तिरु, कुम्ले;
नेपाल जाँदा आम्दा जापानमा रोकिउम्, अनि संगै बेन्तो खाम्ला।

चित्रे, ठूल्नानी;
खास मैले देखाउन खोजेको त पात्रको मनोवैज्ञानिक स्थितिनैहो, तर त्यति सफल भईन जस्तो लागेको छ मलाई।

दिप पर्भो;
विषयवस्तु त्यति सशक्त नभएपनि सिकारु कथाकारलाई के फरक पर्ला भनेर हात चलाएको हुँ। सम्बादहरु आफन्त जस्तै लागे रे? कथा यो शैलीमा जन्मिनुमा हजूरका पछिल्ला दुई कथाहरुको
प्रभाव पनि एउटा कारण हो।

मोहनजी;
मनपराईदिनुभएकोमा धन्यवाद।
"यो कथामा प्रयोग गरिएका पात्रहरु र घटनाहरु सबै काल्पनिक हुन्। कसैको वस्तविक जीवनसंग मेल खाएमा संयोग मात्र ठहरिने छ। अलि अलि मेरै जीवनसंग मेल खाएमा पनि संयोग मात्र ठहरिनेछ!"

तात्तातो-चियाजी;
यस्तै हो कहिले काहीँ लेखिन्छ। लेख्ने कुरामा म अलि अल्छी छु, तपाईँको शुभकामनाले मेरो आलस्यलाई हटाईदिनेछ भन्ने विश्वास छ अब।

सुजितजी;
शब्दहरुका लागि धन्यबाद।

मिस;
धन्यबाद हजूरको प्रतिकृयाको लागि।

गालउ;
यो चन्द्र कुमार भन्ने अलि अलि हजूर, अलि अलि म, अलि अलि जिम्माल र अलि अलि कुम्ले मिसिएर बनेको जन्तु हुनुपर्छ। कुम्लेको अंश बढी हुनुपर्छ। माथि कुम्लेका कुरा सुन्दा त पात्रको नामै कुम्ले राख्या भएपनि हुने रहेछ जस्तो लाग्या छ।

जिम्माल;
चन्द्रेको माया लाग्छ मलाई पनि, तर त्यो साइध्वा आफैं अलि अब्याबहारिक छ क्या!

भटटट--जी;
रमाइलो प्रसंगको याद दिलाउनु भयो। '1 crore'!

दादा;
एहिमे पुगेपछिको कुरा गालउलाई थाहा हुनुपर्छ। लेख्लान् नि तीनले।

बुध्दि गुरु;
कल्ले धोका दियो हजूरलाई र यस्तरी बिरक्तिनुभएको?
 
Posted on 11-05-06 7:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada jee, Katha kai kura hola ... alikati matri yad chha.

Kunai bela Sunaula.
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters