[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 झेल्ली झ्यालकुमार !

[Please view other pages to see the rest of the postings. Total posts: 25]
PAGE: <<  1 2  
[VIEWED 22481 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 10-19-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस एल सी पछिका दिनहरु अति रमाइला थिए। त्यसबेला न त पढाइको टेन्सन थियो न त पट्यार लाग्दा टिचरको मुख हेर्नु पर्ने बाध्यता। होमवोर्कको झन्झट पनि थिएन। अघिल्लो लेखमा उल्लेख गरिएको कुरा, कम्प्युटर क्लास र मेरो साथी, दुबै मेरो लागि रुचिका कुरा थिए। कम्प्युटरमा चाहि थरि थरिका साथीसङ भेट हुन्थ्यो अनि त्यो मोरो ह्यान्सीको अनुहार हेर्दा पनि आनन्द आँउथ्यो, घरि घरि मेरो लेटरको इन्सल्ट भएकोमा अहिले तेसलाइ कुच्याइ दिउँ झै लाग्थ्यो। मेरो साथी "स्विटि" (नाम परिबर्तन)को दिवानाहरुको स्टोरीहरु पनि रोचक नै हुन्थे। तर आफुलाइ चाहि केटाको अनुहार हेर्ने हिम्मत पनि भएन पहिलो लव लेटर को घटनाको कारण।
स्विटि र म एउटै टोलमा थियौँ र सङै हिड्ने गर्थ्यौँ। कहिलेकाहिं म उसङ हिड्न मन् गर्दिन थिएँ। किनभने उसङ हिड्दा हरेक चोटि एउटा न एउटा केटा पछि लाग्थ्यो। उ झिम्झिम गर्दै हाँसिदिन्थी, कहिले गाली गर्दैनथी तिनिहरुलाइ। मिठो बोलीले 'मेरो त ब्वाइफ्रेन्ड छ नि' भन्थि। तैपनि केटाहरु उसको लागि मरि हत्ते गर्थे। उसको अगाडि म हिराको अगाडि जिरकोन स्टोन जस्तै थिएँ। एकदिन हामी कम्प्युटर क्लासबाट फर्किरहेथ्यौं, बाटोमा अचानक मेरो घर अगाडिको केटा भेटियो। उसलाइ देख्नासाथ मेरो आँखाहरु भुइंतिर गाढिए, एकछिनमा नै केहि खोज्या जस्तै भुइंमा खोज्न थालेँ। स्विटी उ सङ "हाइ" भन्दै कुरा गर्न थाली र त्यो केटा आफ्नो बाटो लाग्यो।
"तेरो के हरायो?" स्विटीले सोधी।
"एक रुपैयाँ खस्या जस्तो लाग्यो।" मैले झुठ् बोले।
"तलाइ तेसले मन पराउंछ हो?"
"कसले?"
"तेसले तलाइ क्या हेरिराको थ्यो तँ त ब्लश भइस नि तेस्को अगाडि।"
"खोइ थाहा छैन।"
"क्या राम्रे रैछ नि त्यो। तलाइ मन् पर्दैन भने म अगाडि बढुँ त।"
"अनि त्यो अनिल तेरो ब्वाइफ्रेन्ड होइन त? के गर्छस नि उ सङ पनि अनि यो सङ पनि?"
"साथी मात्र त के हुन्छ नि? यो क्या भलादमी छ है। तेरो घरको अगाडि होइन येसको घर?"
" हुन त हो। तर म कहिले पनि उ सङ बोलेको छैन।"
" ल ल, कलियुगको साबित्री। तैले मलाइ कहिले पो हेल्प गर्या छस् र।"
स्विटीले भने देखि मलाइ पनि साँच्चै त्यो भलादमी केटोले मलाइ पहिला पनि एक दुइ चोटि हेर्या जस्तो लाग्यो। अलि अलि मलाइ पनि त्यो मन पर्थ्यो। त्यो काले जस्तो झगडा गर्दै हिड्थेन, साथीहरुसङ बसेर बाटोमा केटी पनि जिस्काउदैनथ्यो। हेर्दा पनि सोझो लाग्थ्यो। अँ, टि भि बिग्रिदाँ तेसले कहिलेकाहि हाम्रो घरमा पनि आएर बनाइदिन्थ्यो। मेरो मनमा कल्पनाहरु आउन थाल्यो, उसलाइ घरमा नै बोलाएर कुरा गर्ने बहाना खोज्ने। के उपाय होला? मैले सोचें र जुक्ति निकालें। भाइलाइ टि भि फेरि बिग्र्यो भनेर तेसलाइ बोलाउन पठाँए। त्यो आयो र टिभी बनाउन थाल्यो, मैले मैन् मिटरको स्विच नै अफ गरिदिएको थिं, मायाको कुरा थियो। म उसलाइ लुकेर हेर्दै थिएं अर्को कोठाबाट। अनेक प्रयासपछि उसले बल्ल बत्ति छ कि छैन चेक गर्यो। मेरो भाइले मेन स्विच अन गर्यो र मलाइ ब्ल्याक्मेल गर्ने भयो। मैले भाइलाइ पचास रुपियाँमा कसैलाइ नभन्ने शर्त गराएँ। पैसाको नाममा मेरो भाइ सधै उदार थियो। मेरो भाइलाइ देशको अर्थमन्त्री बनायो भने देश डुब्छ भन्ने थाहा थियो। सोझो हिरो त अब टि भी बिग्रे पनि नआउने भो। झन उसङ कुरा गर्ने मौका पनि गुम्यो।
अब के गर्ने भनेर सोच्दैथें, एकासि मेरो आँखा मेरो झ्यालको ठ्याकै अलि परको उसको घरको झ्यालमा पर्यो। सोझो केटो तेहि बसेर मेरो झ्यालमा हेरिरहेको थियो। मलाइ त कताबाट सुर्य उदायो आज जस्तो लाग्यो। म पनि झ्यालमा एकटक लगाएर बस्न थाँले। आँखाको भासा आँखाले बुझ्थ्यो, म उसलाइ हेर्थें, उ मलाइ हेर्थ्यो। हामीलाइ कहाँ के भयो केहि थाहा हुदैन्थ्यो। मङ्सिरको त्यो मिठो घाममा पनि उ तेहि झ्यालमा हुन्थ्यो र म मेरो झ्यालबाट डेग चलाउदिन थिं। हातमा एउटा किताब लिएर उसैलाइ हेरेर बस्थें। कोहि कोठामा आउनासाथ किताब पढेको जस्तो गर्थें। त्यो समयमा मलाइ लव सङहरु असाधै रमाइलो लाग्थ्यो। हरेक गितले उ र मेरो मायाको बारेमा गाएको जस्तो लाग्थ्यो। कबिताहरु फुर्या फुरै हुन्थ्यो र स्विटीको लव लेटर पनि राम्रो हुन्थ्यो। बिना कारन मुस्काउन मन लाग्थ्यो। जे गर्दा पनि उसैले हेरिराको जस्तो लाग्थ्यो। मेरो हरेक गतिबिधिमा उसकै झ्याल्को फोटो हुन्थ्यो। भरेङमा एक होइन दुइ खुड्किला जम्प गर्न मन लाग्थ्यो। स्विटीको लव स्टोरी झ्याउ लाग्न थाल्यो। झ्यालकुमार र मेरो दिनचर्या हरेक दिन बिहान ११ बजे झ्याल आएर सुरु हुन्थ्यो र ४ बजे पछि बन्द हुन्थ्यो। मलाइ येस्तो लाग्थ्यो, झ्यालकुमारको आँखा हेरेर म सबै कुरा बुझ्थें। उसलाइ पनि तेस्तै भएको हुँदो हो। किन शब्दहरु को आबशय्क्ता छ र आँखा हरु बोल्ने भएपछि भन्ने लाग्थ्यो। एक महिना जत्ति नै भयो हाम्रो नयनको भासा चल्न थालेको तर पनि उसले मलाइ केहि लेख्यो न मैले उसलाइ केहि भने। येदि हाम्रो मायाको फिलिम बनेको भएपनि जरुर सुपर हिट हुन्थ्यो जस्तो लाग्थ्यो। जाडोको मौसममा छिट्टै अध्याँरो हुने भएकोले म पनि उ जानासाथ झ्यालबाट बिदा लिन्थे।

एकदिन म कम्प्युटर क्लास सकेर घर पुग्ना साथ खाना खाएँ र गएँ मेरो प्यारो झ्यालमा। झ्यालकुमार अघि नै आइसकेको रहेछ। म पुग्नासाथ मुसुक्क हाँस्यो, मेरो रक्त प्रणालीमा उसको हाँसो दौड्यो, सन्सार कति सुन्दर मैले मन मनै सोचें। म पनि मुस्काइदिएं। मैले त तेसले हाँस्न जान्दैनकी भन्ठानेको, फोटो जस्तो अनुहार पनि हाँस्यो त्यो दिन त। तेसपछि उसले हातबाट के हो के इशारा गर्यो, मैले बुझिन। मैले अरुहरुले थाहा पाउला भनेर इशारा गर्न सकिन। मलाइ लाज लाग्यो र किताब पढेको जस्तो नक्कल गर्दै झ्यालमा बसें। मेरो दिमाग झ्यालकुमारको इशारामा नैं थियो। उसले के भन्न खोजेको होला? एकछिन सोचें र १० मिनेटपछि झल्याँस्स भएं। उसले तल एक्छिन आउ भन्या जस्तो लाग्यो। उसको घरको ठ्याक्कै तल एउटा 'प्रेम मार्ग' थियो, जहाँ जोडा जोडिहरु आँउथें। म पनि कस्तो लाटी, तेति पनि नबुझ्ने। शायाद आज उ मलाइ आफ्नो प्रेम ब्यक्त गर्न चाहन्छ। मैले फेरि उसको झ्यालमा हेरें। उ तेहाँ थिएन। पक्का पनि उ तल गैसक्यो। घरमा येताउति हेर्दै म तल झरें र त्यो गल्लितिर लागेँ।
गल्लिमा झ्यालकुमार मैले देखें, मेरो खुशीको सीमा अप्रत्यासित रुपमा बढ्नु अघि नैं स्विटीको हाँसोले म झस्किएं। उनिहरु दुबैजना कुरामा मस्त थिए। मलाइ कस्तो गार्हो भयो। भाउन्न रिङटा लागेको जस्तो भयो। कस्तो मेरो बुद्धि ? मेरो घरसङै जोडिएको घर स्विटीको थियो र मेरो झ्याल सङ जोडिएको उसको घरको भित्ता र त्यो भित्ताको दाँयातिर स्विटीको झ्याल।


 


 
Posted on 10-26-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

great work, crazy love
 
Posted on 10-26-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्याङ्बा,
सापाइलाइ तोंइले भागायो भाने मेरो के हुन्छ? तोङ्बा पोनि मोलाइ दिन्न तोइले। मेरो साथीहरु पनि सापाइ डाराउछा तों देखि।

Thanks, Nepakanchhi.

Bhakunde bhut, I am sure u r not my jhyalkumar.

Felicity, thanks fren.


 
Posted on 10-26-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy as always yo pani kati ramailo raichha saathi.
 
Posted on 10-26-07 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..Crazy love, झ्यालकुमार matra झेल्ली hoina, but yoe are too. In the begining of the story you have stated what Sweeti says:

"साथी मात्र त के हुन्छ नि? यो क्या भलादमी छ है। तेरो घरको अगाडि होइन येसको घर?"

...So that means, sweeti did not know that guy before, and sounds like she does not even live next to her house...it looks like you just ended it just for the shake of story....yo ta झेल्ली bhayo hai.


 
Posted on 10-29-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Pretty , How r u there? Long time no see.

Americano, thanks for your comment. ummmmmm I am jhelly?????


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters