mr.jomsom
Replies to this thread:
More by mr.jomsom
What people are reading
Subscribers
Please log in to subscribe to mr.jomsom's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 32]
|
[VIEWED 22271
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
mr.jomsom
Please log in to subscribe to mr.jomsom's postings.
Posted on 01-22-08 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
देवकोटाको नेपाल
एउटा ग्लोबमा अटाएको विश्वको मानचित्र । जब मेरो अगाडि फनफन्ति नाच्न थाल्छ । सागर महासागरहरू, छलछल्ति उफ्रेको महसुस हुन्छ । जसको अट्हासमा म झस्कन्छु । हिन्द महासागरको उत्तर तर्फ दौडन्छु त मात्र एक छिटाले छोपी दिन्छ नेपाललाई । अनि म भन्न पुग्छु, वास्तवमा नेपाल धेरै सानो छ । साँचि नै अल्प छ । विशाल सागरको अगाडि, विश्व मान चित्रमा । ओह मेरो विचारमा पनि उहि झलक । उहि प्राचिन पूजारी । उहि भूगोल । जब ‘के नेपाल सानो छ ?’ भन्दै देवकोटा प्रश्न गर्छ । अनि म बाँध्य हुन्छु सोच्न । चिन्तनको गहिराईमा देख्छु, नेपाल फुक्दै गएको । पर्वतस्तनहरूको हिमगिरिशिला, प्रकृतिको मनोरम घच्चाघमासान, निश्चल झरनाका अमरवल्लरीहरू, सानो, मीठो, शान्त, सुगन्धी, अनुपम, देवकोटाको नेपाल । जहाँ, वाग्नर कोदाली खन्छन्, सेक्सपियर हलो जोत्छन्, भेडा गोठालो टिसियन र टर्नर, गुफाबास सोक्रेटिज, ऊकालि ओरालिमा गीतको झंकारसँग रमाउने कालिदास, दाउराका भारी बोक्ने सान्डो, वन-वन मधुर गीतमा रमाउने हेलेनकेलरहरू, सति-सावित्रीहरूले भरि भराऊ नेपाल देख्छन् । अनि मलाई पनि लाग्छ, देवकोटाले भने झै, यहाँका कथाहरू संसारले सुनेकै छैन् । यहाँका साहित्यहरू लेखिएकै छैन् । अनि देवकोटा चुनौति दिन्छन् मलाई, सायद तिमीले पनि लेख्ने छैनौं । नालाहरूका प्राकृतिक वेद बुझ्ने छैनौं । जहाँ मेरो, दोषी रवाफको खिरखिराउदो प्रवृति झल्किन्छ । सायद ठिकै होला, शस्यशालिनी देखिन होला, देखिएको नेपाल अवश्य विशाल हुनुपर्छ । ढुङ्गामा चाँदीजिभ्रा झै, झ्याऊमा छरिएका मोती झै, माधूर्य रोसनी छ । उब्जन प्रतिभा छ । त्यसैले पनि म बुझ्न सक्छु, एक दूध मुखे शावकले, नेपाललाई नन्दन बनाउनु भन्नु, ताती गर्नु अगाडी दौडनु समान हुन, भिन्नता शुन्य भएको । तर पनि, म भित्रको अमरत्वलाई जगाई राख्न, सर्पको प्रणाली त्याग्न, व्यभिचारको दुराशामा, दिव्य सिंहासनको निर्माण गर्न, देवकोटाले भने झै, म पनि, स्वदेश प्रेमलाई संकुचित गुण भन्दिन । भुल्न चाहन्न स्वदेशमै बिकासिएको विश्व प्रेम । किनभने म पनि देवकोटाको स्वदेशी हुँ । बोलचित्र विदेशमा हेरिन्छ । जीवनको अनुभव स्वदेशमा गरिन्छ ।
Last edited: 23-Jan-08 05:22 PM
|
| |
|
|
|
|
mr.jomsom
Please log in to subscribe to mr.jomsom's postings.
Posted on 01-26-08 6:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
डरको अन्त्य मृत्यु
प्रकृतिको सिर्जनामा, कोहि उड्छन् । कोहि हिड्छन् । त कोहि पौंड्न्छन् । उड्दा खस्लाकि, हिड्दा लड्लाकि, पौंड्दा डुब्लाकि, भनि सबै डराउँछन् । जुन स्वभाविकै छन् । जसलाई सतर्कता मान्न सकिन्छ । ‘बाँच्नको लागि संघर्ष’ त्यसैले सबै बाच्न चाहन्छ । तर, परिस्थिति अहिले त्यो छैन् । डर त्यति देखि मात्र छैन् । व्यक्ति व्यक्तिमा डर छ । समाज देखि डर छ । हिंसा प्रति हिंसा देखि डर छ । विज्ञान देखि डर छ । डर ... डर ... डर ... जताततै छ । साँईली साँईला देखि डराउँछन् । माँईली माँईला देखि डराउँछन् । कतै माया मार्ने त होईन् ? कतै बेचिने त होईन् ? डरको खाडल बढेकै छ । डरको सागरमा डुबेकै छ । महामारी फैलिएकै छ । भयानक रोग देखिएकै छ । त्यसैले त डर बढेकै छ । समाजमा बितृष्णा बढेकै छ । स्वार्थले व्यक्ति लतपत्तिएकै छ । एक आपसमा अलग्गिएकै छ । महत्वकांक्षाको चुलि थपिएकै छ । त्यसैले त डरले घेरेकै छ । जातियताको सवाल उब्जिएकै छ । गुटगुटको कठ्घरा बनेकै छ । कोहि ‘राम’ भन्छन् । कोहि ‘मरा’ जब्छन् । आफू देखि आफै लुक्ने बेला आएको छ । डरका सागरहरू फैलिएका छन् । पर पर क्षितिजसम्म पुग्ने गरि । सिमा नाघ्न मृत्यु नै कुर्नुपर्ने गरि ।
|
| |
|
|
mr.jomsom
Please log in to subscribe to mr.jomsom's postings.
Posted on 01-26-08 6:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
एक्लो सुनसान आज किन किन, आफूलाई एक्लो पाएको छु । हिमाली भेगको घर हुदाहुदै । माया गर्ने बुवामुवा हुदाहुदै । दिदीदाइ बहिनीभाइ हुदाहुदै । किन किन आफूलाई एक्लो पाएको छु । हल्लै हल्लाको यो सुनसानमा, रूख बिनाको यो जंगलमा, मानवता बिनाको यो समाजमा, जति बढि अरूलाई सम्झन्छु , त्यत्तिनै एक्लो पाएको छु । भारी बर्षातको पिपल झै, विशाल बाँढी बिचको चट्टान झै, माऊ मरेको लैनो झै, हजार कदमहरू बढेको बेला, मेरो एक्लो कदम रुकेको छ । शोषकहरू बिचको यो खोक्रो देशमा, हत्या, हिंसा, मानवताको नाममा, भ्रष्टाचारीहरूको बदनाममा, म आफू विल्कुलै रित्तिएर, आज मेरो सुनसान एक्लो भएको छ । सुनसान एक्लो भएको छ ।
|
| |
|
|
mr.jomsom
Please log in to subscribe to mr.jomsom's postings.
Posted on 01-26-08 6:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आखिर कस्का लागि ? कुनै बेला मात्र ठेस लाग्दा, भयभित अनुहार लिई, डरको अघि भागेथे । गला नै फाड्ने गरि चिच्चाएथे । रसाएका मेरा आँखाहरू, ओइल्याएर थकित देखिन्थे, एउटा सहारा पाउने आँशमा । अनि, एक्लोपनको आभास हुदा, ‘आमा आमा’ यी शब्दहरू, हृदयको अन्तसकरणबाट प्रस्फुटन हुन्थ्यो । वातावरण नै गुञ्जायमान हुन्थ्यो । मानौं जानेका शब्द यिनै हुन् । सधैंको सहारा यहि हो । कत्ति प्यारो लाग्थ्यो । कत्ति आत्मियता बढ्थ्यो । अनि कत्ति उत्साहित हुन्थे । उच्चारण यी शब्दहरूको गर्न पाउदा । भयभित मनलाई सान्त्वना हुन्थ्यो । हराएको साहस पाए जस्तो । अनि उत्साहित पाईलाहरू आकाशमा हुन्थे । कमलो भिजेको धर्तीले शान्तिको कामना गर्थ्यो । तर, बिधिको बिडम्बना भनौं या कुसस्कारको विकाश या असाधारण महत्वकांक्षा । दिन प्रति दिन, केहि न केहि भएकै छ । कोहि न कोहि मरेकै छ । एक धर्तीका सन्तान नभएको जस्तो । धर्ती माथि नै सौता हाले जस्तो । एउटा सुशिल धर्ती अहिले, विधुवा बनि सकेको छ । आफ्नै रगतले लत्पत्तिएका छन्, सेता फरियाहरू । सुन्दै कहाली लाग्ने आवाजहरू, आज मस्तिष्क नै स्तब्ध हुने गरि, आधा आँखा बाहिर आधा भित्र, अडिएका आसुका थोपाहरूले, अवश्य पनि केहि मागेको हुनु पर्छ । नत्र लुकिएको वेदनाहरू आँखामा किन अडिन्थ्यो । निक्लिएको आवाजहरू गलामा नै किन रोकिन्थ्यो । तर, अहिले यहाँ बुझ्ने व्यक्तिको कमि छ । एउटा ठोस नितिको आवश्यकता छ । कालो भन्दा कालो बादल, ठुलो पहिरो लैजानलाई, धर्तीलाई जर्जर बनाउनलाई, मडारिरहेको छ धर्ती माथि । तर अफसोच, हिजो सम्म आमा आमा भन्ने आवाजहरू, आज अवाक छन् । रगत बगाउदै र बगाउन बाध्य गराउदैं ।
|
| |
|
|
mr.jomsom
Please log in to subscribe to mr.jomsom's postings.
Posted on 01-26-08 7:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
फरक उस्को र मेरो ऊ धर्तीमा उभिएर, एकोहोरो आकाश तर्फ बढिरहेको छ । म धर्तीमा उभिएर, अघि पछि दायाँ बायाँ गरिरहेको छु । ऊ आफ्नो जीवन बिताउदै छ । म आफ्नो जीवन बिताउदै छु । ऊ आफ्नो भविश्य खोज्दै छ । म आफ्नो भविश्य खोज्दै छु । थाहा छैन मलाई, ऊ किन शुन्यता तर्फ दौंडदै छ ? मैले त केहि पनि देख्दिन् । किन ऊ त्यसरी लालायित छ ? विशाल आकाशको स्पर्श गर्न । के त्याहाँ स्वतन्त्रता छ ? थाहा छैन् मलाई, म प्रति उसको सतर्कता कति छ ? म त हरपल उसलाई हेर्ने गर्छु । के उसलाई थाहा होला ? मेरो अवस्थाको बारेमा । मेरो वरिपरी के के छ भनेर ? तर वास्तविकता, याहाँ स्वतन्त्रता छैन् । विल्कुलै छैन् । शोषण र दमन छ । भोग र पीडा छ । दु:ख र रोग छ । तर.. आनन्द पनि छ । जव कदर हुन्छ पसिनाको । आनन्द पाईन्छ मिठो फलमा । वास्तवमा, उसको र मेरो फरक भनेको । ऊ दाऊरा भई खरानी हुन्छ । म लास भई खरानी हुन्छु । त्यसैले, अन्त्य हाम्रो एउटै हो । खरानी भई धर्तीमा समाहित हुने । मृत्युलाई आलिङ्कन गर्ने ।
|
| |
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-26-08 12:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओहो कस्तो धाराप्रबाह कबिता। साह्रै राम्रो लाग्यो। कबिताको भाबमा डुबेर बाहिर निस्कन मन नै न लाग्ने। लेख्दै गर्नुस।
|
| |
|
|
mr.jomsom
Please log in to subscribe to mr.jomsom's postings.
Posted on 01-27-08 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आवाज सुनसानकोकोहि आयो, अह होइन । ढोकाको आवाज, त्यो पनि होइन । अनि के भएको त यो, केहि पनि होइन । जवाफ पनि अजिवको, केहि नपाएर झाडा टार्न गरेको नाटक जस्तो । कस्तो यो बिचित्रको शहर, सबमा स्वार्थको मात्र रहर । अरे बावा मेरै ढोकालाई अधिकार छैन कराउने । मैले त स्वतन्त्र नै राखेको छु । सायद स्वरुप नै यसको भयङ्कर छकि । मानवको अगाडि दानव पो हुन्छ कि । उ, भर्याङमा पदचाप सुनियो । साँच्चै अब त, ढोका कराउनेछ । कराएर मलाई बोलाउनेछ । होइन, यो ढोका लाटो भए जस्तो छ । मस्तिस्कले ठाउँ छोडे जस्तो छ । म त यसलाई, उघारेरै हेर्छु । अह हुदैन, ढोकाको मर्यादा तोडिन्छ ।
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-29-08 9:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
"आवाज सुनसानको"
यो शीर्षक गजबको लाग्यो! एनिग्माको एउटा गितको थिम थियो 'साइलेन्स मस्ट बि हर्ड' भन्ने! मेडिटेसन बिधाको त मान्यता नै छ क्यारे सुनसान पनि सुन्न सकिन्छ भन्ने!
जे होस कविताहरु राम्रा छन् लेख्दै जानुहोला!
|
| |
|
|
mr.jomsom
Please log in to subscribe to mr.jomsom's postings.
Posted on 02-06-08 5:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लासको रास मलामी नपाएका लासहरू सडकका बिचोबिच भेटिन्छन् । सडकका किनारै किनार भेटिन्छन् । सहरका गल्लि गल्लिमा भेटिन्छन् । ठूला-ठूला घर देखि झुप्रा सम्ममा भेटिन्छन् । जिउँदै कुहिएर गन्हाएका लासहरू सहर देखि गाऊँ सम्म भेटिन्छन् । कोठा देखि सिँह दरबार सम्म भेटिन्छन् । मैदान देखि पहाड सम्म भेटिन्छन् । जन्मदा आमाको पिँडा बढाएकाहरू, हुर्कदा बाबाको पाऊ थकाएकाहरू, आमाको ममता पाएकाहरू बाबाको काँखमा खेलेकाहरू आज आमाको ममता अनि बाबाको काँख बिर्सन सक्ने भएका छन् । आमाको पिँडा अनि बाबाको कष्ट देख्न सक्ने भएकाछन् । वाह... वाह... आज आफ्नै आमाको छातिमा टेकेर बाबाको टाँउको थिचेर सगरमाथालाई झुक्न लगाउनेहरू बैरीलाई हाँस्न लगाउनेहरू दिनानु-दिन बढिरहेको छ । जसरी, असार – श्रावणको भारी बर्षातमा, बाटो नपाई मरेका मुसाहरू, विबेदले मारिएका कुकुरहरू, यत्र तत्र छरिएर, जहाँ तहि भेटिन्छन् । त्यसरी नै, मरेर लास सरह भएका छन् । मलामी नपाएर यत्र तत्र छरिएका छन् । लासको रास थुप्रिएका छन् ।
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-06-08 8:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
राम्रो निरन्तरता छ जोमसोमजी! लगावलाई नछाडौँ!
त्यो माथीको 'नरुवाऊ' शीर्षकको कवितामा --"अनि मेरो छाति गर्भले फुल्न थाल्छ" मा 'गर्वले' होला!
साधारण कुरा हो तर, कविता पढ्दा चाहिँ अर्थ अर्को लाग्ने देखेर खट्केकोले भनेको मात्र हो!
अरु नि थपौँ रचनाहरु, शुभकामना छ!
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-06-08 8:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दोहोरिएछ पोस्ट!
Last edited: 06-Feb-08 08:33 AM
|
| |
|
|
mr.jomsom
Please log in to subscribe to mr.jomsom's postings.
Posted on 02-17-08 4:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
एक एकाई आयतन आफ्नो मनलाई अलि तल झारे । मैले आफ्नो मनलाई अलि बायाँ सारे । फेरी अलि पछि धकेले । अनि बनेको एक एकाई आयतनलाई राम्ररी नियाले, त्यो अटल थियो । त्यो विश्वस्त थियो । अनि निश्चिन्त पनि थियो । मनलाई तीन तिर सार्दा पनि । मेरो मस्तिष्कले लगाएको, साम दाम दण्ड भेद देखि टाढा थियो । वरिपरीका सम्पूर्ण ढोका खोली, शुभ साईतको लक्षणमा, सु-स्वागतको लागि तत्पर थियो । एक आकार दिन । तरललाई ठोसमा बन्द गर्न । संयोगान्तको आशमा । दरिलो भविष्यको खोजमा । मन आखिर कमलो नै हुदो रहेछ । भावनामा बग्दो रहेछ । सदा टाढा हुन खोज्दो रहेछ । दिमागको चतुराई भन्दा टाढा, धेरै टाढा । स्वच्छ प्रक्रिति तिर खेल्दै, रमाउदै । सजिलै देख्न नसकेको त्यो । आज छर्लङ्ग हुने गरि उदाङ्गियो । झ्यालको पर्दा हटाउदा, देखिएको सुन्दर हिमाल झै, सुन्दर अनि पवित्र त्यो । निर्दोष अनुहार लिई, केहि मागिरहेको थियो । कसैलाई खोजिरहेको थियो । सायद हुन सक्छ, स्वतन्त्रता …… ? स्वछन्दता …… ? स्थायित्व …… ? सदाचार …… ? अनि अधिकार …… ? मेरो जीवन सजाउने । एउटा बनेको अल्प घनाकारमा उच्च घनत्व पाईदो रहेछ । विशाल अर्थ भेटिदो रहेछ । जुन कल्पना भन्दा बाहिरको भयो । म सोच्न बाध्य छु । यथार्थताहरू हिजो कसरी जालोमा अड्क्यो ? वास्तविकताहरू कसरी अन्धकारमा डुब्यो ? यी सारा यसरी देख्न सकिन्छ, अर्थहरू यसरी भेट्टाउन सकिन्छ, भन्ने पहिला नै थाहा भएको भए । म पहिले नै, एक एकाई आयातनको निर्माणमा अवश्य लाग्थे । अनि स्वच्छ मनलाई सान्त्वना दिन्थे ।
|
| |
|
|
mr.jomsom
Please log in to subscribe to mr.jomsom's postings.
Posted on 03-15-08 5:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सारभूत सन्तुलन
स्वतन्त्रताको लहरमा हावाको बहाव सँगै जब एउटा चङ्गा उड्न थाल्छ । अनि एकटक हेरीरहन्छु म । खुशी, उमंगका साथ विशाल आकाशमा अगिपछि, दायाँबायाँ गर्दै एउटा मसिनो त्यान्द्रामा अडिई आधार एउटा लट्टाईको जीवन दाता एक मान्छे । यहि बलियो जगको सहारामा जब चङ्गा नाच्दै रमाउदै हुन्छ । अनि मलाई लाग्छ, ऊ हावालाई गिज्याई रहेको छ । आफ्नो कुशलता देखाउदै । शितलवमा झै चमक स्प्रिङमा झै लचक मत्स्यको चालमा मृगको हिडाई लिई तल माथि उफ्रिरहेको छ । आफ्नो अस्तित्व बनाइरहेको छ । हेर्दा लाग्छ, उ जीवनको भरपुर आनन्दमा छ । नविन सोचाईमा छ । उदार हृदय लिएर, स्वतन्त्रतामा रमाईरहेको छ । तर जब, महत्वकांक्षा उनीहरूमा बढ्छ । स्वतन्त्रताको सीमा नाघ्छ । अनि हनन् हुन पुग्छ एक आपसमा, स्वतन्त्रताको, सदाचारको, सदिच्छाको, सु-विचारको । चैतन्य स्फूरण हुन नपाउदा, सिर्जना हुन्छ भिमकाय परिस्थिती, अनि परिणाम, चेट… चेट… चेट… अव वातावरण भिन्न देख्छु । समयले नयाँ मोड लिन्छ । एकपल पूर्व, हावालाई जिस्काई नाच्ने । अहिले हावाको इच्छामा लडिरहेको छ । हावाको चाहनामा बगिरहेको छ । न त कुनै रोमाञ्चक चाल नै छ । न त कुनै नव-जाग्रतको आँश नै छ । मात्र आभास हुन्छ, पर्वत छोडेको ढुङ्गा झै । एकपल्टको वक्रदृष्टिले गर्दा, हृदयविदारक स्थिती जागृत हुन्छ । सारा जलमलाहटले रोसनी गुमाउंछ । आफ्नो जग गुम्न पुग्दा । आधारबाट छुट्न पुग्दा । अनि मलाइ सम्झना हुन्छ । मेरो आधार, मेरो घर । मेरो जग, घरको सुरुवात । फरक पनि देख्छु, घर र आधुनिक समाजको दोसाधमा । जहाँ, विषम परिस्थितिहरू मडारिन्छन् । अपार भुटोहरू देखा पर्छन् । सन्तुलित गर्न उखुम नै पर्छ । यसरी एउटा सच्चाई, सामुन्ने आई घुँडा टेक्छ । अनि, मेरो अन्तस्करणबाट आवाज आउँछ । चङ्गाको लट्टाई, मेरो घर । खुला हावा, अत्याधुनिक समाज । मसिनो धागो, सारभुत सन्तुलन ।
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| NRN card pros and cons? |
| TPS To F-1 COS |
| Nepal TPS has been Extended !!! |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| Nepal TPS decision |
| TPS to F1 Status. |
| legal Query for married nepali girl now have taken US citizenship |
| ICE kidnapping people off the streets over op eds |
| ए १ पनि पुगेनछ ? |
| Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
| 2020 : Why No Trump ! |
| Business Ideas in Nepal? |
| A legit Non-Profit organization "United For TPS Nepal " |
| Leave messages on US congressman's facebook to support TPS |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|