[Show all top banners]

SurNaTal
Replies to this thread:

More by SurNaTal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

somewhereondearth

ThahaChaena
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 म

[Please view other pages to see the rest of the postings. Total posts: 27]
PAGE: <<  1 2  
[VIEWED 18998 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 02-16-08 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"म"

मलाई डोसा एकदमै मिठो लाग्छ,
तर ढिंडो चाखेकै छैन।
मलाई मिनिस्कट एकदम सुहाउंछ,
तर फरिया-चोली लगाएकै छैन। 

******************

मलाई म्याडोनाका गीत मुखाग्र छन,
तर कुमार बस्नेतका सुनेकै छैन। 
मलाई पियानो राम्ररी आउँछ,
तर सारंगी देखेकै छैन। 

*******************

मलाई एथेन्से एकदमै मन पर्छ,
तर लुम्बिनी पुगेकै छैन। 
विश्वाज्वतिमा रंगिला फेरि चले हुन्थ्यो,
तर दक्षिणा हेरेकै छैन। 

******************

म बिदेशी भाँडा माझ्न मन्जुर छु,
तर गाउँमा खुकुरी पिट्न लाज लाग्छ। 
किनकी मेरी प्रेयसी शहरकी हुन,
तर मेरो घर कहाँ हो सोचेकै छैन।

******************

 

Cheli Writes,

हामी

हामी विध्यार्थी हौं

भविष्यका कर्णधार,

तर जूही र श्रिदेवीलाई गुरु मानेर

सीताको आदर्शलाई लत्याइरहेछौं ।

 

हामी बालक हौं

देशका भावी पालक हौं

तर माइकल ज्याक्सनको बाटोमा हिंडेर

सहीदहरुलाई रुवाइरहेछौं ।

 

अक्षय र अजयको आजको युगमा

कालिदाशको मान्यता नै के छ र

म एक्ली चिच्याएर के गरुं

जगत् सारा निदाइ रहेछ ।

(ps: Akshaya Kumar and Ajay Devgan were very hit actors at that time)

Last edited: 22-Feb-08 02:51 PM

 
Posted on 02-22-08 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो कविताले त्यस्तो भन्न खोज्या हो र???? . "तोडफोड गर्नेले कोही मालिकलाई रिझाउन गरेका हुन् भन्ने आरोप लाउन खोज्या हो र???? I am so confused.
 
Posted on 02-22-08 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली-हजुर,

 

मलाई पनि लाग्दैन राहुलज्यूको आसय त्यही हो; वहाँजस्तो पठित र अनुभवी, अझ खास गरेर वहाँ स्वयं पनि मधेसी जत्तिकै नभए पनि सापेक्षिक रुपले न्युन-समाविष्ट नै भन्नुपर्ने सम्प्रदायको, हुनु भएको आधारमा । सम्भवत: भानुभक्त, सरुभक्त र अन्धभक्त को काफियावन्दीको शिकार हुन पुग्यो कविता, किनभने विषय र प्रसंग (नेपालको) ले त्यस्तै अर्थ लाग्न पुग्छ ।

 

जे भए पनि पिडीत पक्षको व्यवहारलाई, उत्ताउलो र अतिवादी नै भएपनि अलिकता समझदारी र सहानुभूतिको दृष्टिले हेर्नैपर्छ भन्ने मेरो आग्रह हो ।

 

Nepe


 
Posted on 02-22-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 नेपे दाई
हो दाई, नचाहदा चाहदै पनि तपाईंले इंगित गर्नु भएको तरङ तिर मन भरङ हुने बेला छ। मेरो आशय अर्कै भए पनि काल परिस्थितीले त्यस्को अर्थ अर्थिने भाको छ।
मैले केवल मोडर्न बाच्ने पुरातन आत्महरुको रुप कोरेको थें। कच्चा बैद्यको मात्रा, यमपुरिको यात्रा जस्तो भयो कि?
मेरो आशय थियो, नेपाली साहित्य र नेपाली भाषालाई घ्रिणा गर्ने स्वघोषित झिल्केहरु प्रती ब्यङ प्रस्तुत गर्नु, तर ब्यङ्ग को नि ढङ्ग हुनु पर्छ भन्थ्यो, त्यही बेढङ्ग को भयो जस्तो छ।
जे होस्, दाई ले सिक्कको अर्को पाटो देखाइ दिनु भयो, एक छिन् त लाग्यो साटो लिनु भयो। धन्यवाद, तपाईंको सल्लाह सुझाव सदा झै पाइनै रहने विश्वाश का साथ तारेमाम।
 
 
Posted on 02-22-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Nepe daaaaaaaaaaaa khit khit khit

 
Posted on 02-22-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul-jyu,

 

All is well that ends well. तपाईको भद्रताको तारीफ गर्छु म ।

 

 

*** *** *** *** *** *** *** ***

 

अब एउटा शेर सुनाउछु, पुरानो हो तर यस धागोको शिर्षकसंग र भर्खरको प्रसंगसंग समेत मेल खाने,

 

शायद त्रस्त छु म, र सशस्त्र छु म

किन्तु तिम्रो सामु, जे छु, प्रष्ट छु म

 

http://www.nepalikavita.com/1/?q=node/447

 

 

*** *** *** *** *** *** *** ***

 

ठुलु,

 

तिम्रो खितखितमा एउटा पुरानो गजल । सोझै मेरो नोटबुकबाट । 

 

_____________________________

 

गजल

नेपे

 

पर्ख नजाईदेउ यो रातको बिट मरुन्जेल

तिमीसंग मार्नु छ बात धित मरुन्जेल

 

सबेरै फूलहरु टिप्दा पातहरु रुनेछन्

पर्ख बिहान सम्म, पर्ख शित मरुन्जेल

 

ल नहाँस, ल मलाई झट्टै विदा देउ

पर्खिन सक्तिन तिम्रो खितखित मरुन्जेल

 

मेरो गुनासोको लौ हेर जवाफ उनको,

के हेरेर बस्यौ दीपु, प्रित मरुन्जेल ?

 

(रचनाकाल: 1986-87)

 _____________________________

 

Nepe


 
Posted on 02-22-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि राहुलदाइ कै आशय बुझेकी थिएँ । नेपेदाजुले अर्कै तरङ इंगित गरेपछि पो म नि भरङ भएँ ।   (Sorry for copying and pesting)

 


 
Posted on 02-22-08 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबेरै फूलहरु टिप्दा पातहरु रुनेछन्

पर्ख बिहान सम्म, पर्ख शीत मरुन्जेल

 

नेपे-गुरु, यो शेरले साँच्ची नै मेरो बाल्यकालको स्मृति छताछुल्ल पारिदियो। सानो छँदा दिन-दिनै बिहान बिहानै घरमा पुजाको लागि फूल टिप्ने जिम्मेवारी मेरो हुन्थ्यो। अनि हतार हतार बिहानै फूल टिप्न खोज्दा आमाले "एकछिन पर्ख शीत ओबाउन देउ" भन्नुहुन्थ्यो।   तपाईँको गहन र बहुअर्थी शेरलाई पिन्जडामा कैद गर्न खोजेको चैँ पक्कै हैन है, आफ्नो सम्झना बाँडेको मात्र।  

 

 

Last edited: 25-Feb-08 04:26 AM

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters